नेपाल इन्स्योरेन्स उद्घोष, ‘दुई वर्षमा नम्बर वान बन्छौं, हात हातमा बीमा पोलिसी पुर्याउँछौ’
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २ वर्षमा निर्जीवन बीमातर्फ नेपालको नम्बर वान बीमा कम्पनी बन्ने उद्घोष गरेको छ । ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले दुई वर्षमा नम्बर वान बन्ने आधारहरु समेत पेस गरेका छन् । ‘दुई वर्षपछि हामी प्लाटिनियम जुब्ली (हिरक महोत्सव) मनाउँदै छौ । त्यतिबेला हामी नेपालको टप थ्री कम्पनी बन्ने छौं । टप थ्री भित्र टप वान पनि हुन्छ’ सीईओ शाहले भने । ‘विगत दुई वर्षमा कम्पनीको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको छ । आगामी दुई वर्षमा उच्च दरको वृद्धि हासिल गर्ने आधारहरु हामीले तयार गरिसकेका छौं’ शाहले भने । प्रमुख कार्यकारी अधिकृतको घोषणालाई कम्पनीको अध्यक्ष अर्जुन पौडेल शर्माले समर्थत गरे । ‘नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभाले सञ्चालक समितिलाई मर्जर तथा एक्जिशनको अख्तियारी दिएको छ । हामीले मर्जर कमिटि बनाएर काम थालेका छौं’ अध्यक्ष शर्माले भने–‘बीमा कम्पनीको संख्या बढी नै भएको भन्ने महसुश बजारले गरेको छ । नियामक निकाय बीमा समितिको चाहानालाई समेत ध्यानमा राखेर हामीले मर्जर प्रक्रियालाई प्राथमिकतामा राखेका छौं ।’ आक्रामक बजार विस्तर र मर्जरको प्रक्रियाबाट दुई वर्षमा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी बन्ने अध्यक्ष र सीईओको भनाई रहेको छ । ‘हवाई बीमाको बीमा शुल्क बढी भएपनि पुर्नबीमामा ९९.५ प्रतिशत जान्छ । हामीले हवाई बीमामा जोड नदिएकोले बीमा शुल्कको आधारमा हामी टप थ्री बन्न नसकौला, अरु सबै परिसूचकको आधारमा हामी टप थ्री, हुन सक्स टप वान बन्ने छौं’ सीईओ शाहले भने । स्थापनाको आधारमा सबैभन्दा जेष्ठ कम्पनी रहेको नेपाल इन्स्योरेन्स कम्पनीका सेवाको आधारममा श्रेष्ठ बन्ने उनको दावी छ । ‘साईबर क्राइम इन्स्योरेन्स हामीले नै पहिलो पटक ल्याएका छौं । हामी बीमालाई गाउँ गाउँ पुर्याउछौ भनिरहेका छैनौ, प्रविधिको प्रयोग गरेर सबैको हातहातमा बीमा पुर्याउने रणनीतिक योजनासहित हामी अगाडि बढेको छौ’ शाहले भने । कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले नेपाल इस्योरेन्स कम्पनीले लामो इतिहास बोकेको जनाउँदै भने–‘इतिहासले विश्वास बोक्छ । विश्वासको आधारमा नै बीमा व्यवसाय संचालन हुन्छ । नेपाल इन्स्योरेन्सले सबै नेपालीको विश्वास जितेको छ । कर्मचारीहरु पुरस्कृत ७२ औ वार्षिक उत्सवको अवसरमा नेपाल इन्स्योरेन्सले आयोजना गरेको अर्को कार्यक्रममा कम्पनीमा २५ वर्षसम्म काम गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक, २० वर्षसम्म काम गर्ने कर्मचारीलाई प्रशंसा पत्र तथा उत्कृष्ट कर्मचारीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल इस्योरेन्स कम्पनीका विरागटनगर, हेटौडा, धनगढी, सतुङ्गल, न्युरोड, तथा कम्पनीको प्रधान कार्यालय कर्मचारीहरु पुरस्कृत भएका हुन् ।
एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३/- भुक्तानी गरिएको छ । यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९/-, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३/-, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४/-, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९/- र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०/- रकम भुक्तानी गरेको जनाएको छ ।
ज्योति लाईफले ल्यायो ‘ज्योति थ्री-२० धन बहार’ नयाँ जीवन बीमा योजना
काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आव २०७५/७६ मा उत्कृष्ट व्यवसाय गर्ने देशभरिका अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करण २०७६ सम्पन्न गरेको छ । दरबारमार्ग काठमाण्डौ स्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनी सञ्चालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, ब्राण्ड एम्बेसडर हमाल, संचालक जयन्तकुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पत्र तथा विभिन्न विधाका अवार्डहरु हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले “ज्योति थ्री-२० धन बहार” नयाँ जीवन बीमा योजनाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त बीमा योजना अन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लागि बीमा योजना खरिद गर्न सकिनेछ । बीमितले बीमा अवधि भित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । जसबाट योजना अवधिभरमा र योजना अवधिपश्चात समेत २० वर्षसम्म जोखिम बहन तथा नियमित धनबहार सुनिश्चत गरिएको कम्पनीले जनाएको छ ।