नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ८ दशमलव १६ प्रतिशत लाभांश पारित

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २४ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। कम्पनीले चालु आ.व. २०७६/०७७ को फागुनसम्ममा १ अर्व ४९ करोड १३ लाख १९ हजार ९७६ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सोही अवधिमा आ.व. २०७५/०७६ मा १ अर्व २३ करोड ६३ लाख २४ हजार ८७ रुपैया बीमाशुल्क आर्जन गरेको थियो । शुक्रवार सम्पन्न कम्पनीको २४ औं वार्षिक साधरण सभामा उक्त कुराको जानकारी दिइएको हो । दोहोरो वित्तिय विवरण बनाउनु पर्ने प्रावधानका कारण संस्थाले नाफाको अत्याधिक हिस्सा दोहोरो व्यवस्थामा राख्नुपर्ने भएकाले यसवर्ष शेयरधनिलाई प्रदान गरिने लाभान्स केहि कम हुन गएको बताउँदै अध्यक्ष रमेश कुमार निरौलाले कम्पनीले दिएको प्रतिफल तुलनात्मक रुपमा सन्तोषजनक रहेको बताए। यो अवधिसम्म आइपुग्दा कम्पनीको व्यावसायिक दक्षत अभिबृद्धि गरि गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गरी ग्राहकको विश्वास आर्जन गर्न सफल भएको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले ३ करोड चुक्ता पूँजीबाट शुरु भएको नेको इन्स्युरेन्स हाल मुलुककै सवैभन्दा बढी पूँजी भएको निर्जीवन विमा कम्पनीका रुपमा परिणत भएको बताए । ‘हामी अन्य सूचकांकमा समेत नेपालका बीमा कम्पनीहरुमा अग्रणी स्थानमा छौं’—खड्काले भने । कम्पनीले नेपाली बीमा बजारमै पहिलो पल्ट शूरु गरेको ठाउँको ठाउँ भुक्तानी योजना निकै लोकप्रिय बनेको र यसले धेरैको प्रशंसा पाएको बताउँदै प्रमुख कार्यकारी खड्काले ग्राहकहरुलाई पृथक बीमा सेवा उपलब्ध गराउने उदेश्यले कम्पनीले नयाँ नयाँ बीमालेखहरु जारी गरिरहेको बताए । विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व कै आर्थिक गतिविधि ठप्प भएको र नेपालमा पनि यसको प्रत्यक्ष असर परेको बताउँदै प्रमुख कार्यकारी खड्काले चालु आर्थिक बर्ष र यसपछिका वर्षमा पनि यसले नकरात्मक प्रभाव पार्ने बताउँदै कम्पनी यस्ता असरलाई कम गर्न हरसंम्भव प्रयत्न गर्ने बताए । साधरण सभाले रमेशकुमार निरौलाको अध्यक्षतामा ५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

कोरोना बीमा पुनः सुचारु गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले कोरोना भाइस (कोभिड-१९) को बीमा पुन: सुचारु गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि समितिले याे बीमा पुनः सुरु लागेको हो । यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण समितिले हिजो बिहीबार मात्रै कोरोना भाइरसको बीमा रोक्ने सम्बन्धमा कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो । गत बैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमा लेख जेठ २३ गतेदेखि केही समयकोलागि स्थगत गरिएकोमा सविककै बीमालेख आजकै मितिदेखि लागू हुने गरी सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन गरिएको छ । ‘सबै मिलेर हामीले यस महामारीमा काम गर्दै छाैं, अब कोरोना बीमाको विषयमा पनि ढुक्क भए हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । साथै, अब जारी हुने बीमालेख आगामी चैत्र मसान्त सम्मकोलागि मात्र जोखिम बहन गर्ने गरी बिक्री गराउनु पर्ने उनले जनाए । सम्बन्धित समाचारः कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार

कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार

काठमाडौं । कोरोना बीमा फेरि सुरु हुने भएको छ । यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण स्थगित गरिएको कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि पुनः सुरु हुन लागेको हो । अर्थमन्त्रालयको असयोगले रोकिएको कोरोना बीमामा सरकारले दाबी भुक्तानीमा सहयोग गर्ने जनाएको छ । नयाँ सहमति अनुसार पहिलो १० हजार बिमितको दाबी भुक्तानी बीमा कम्पनीहरु आफैले गर्नेछन् । यो दाबी भुक्तानी सबै बीमा कम्पनी मिलेर गर्ने हो । त्यसपछिको १० हजार बिमितको दाबी भुक्तानी गर्नु परेमा नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । सोभन्दा बढी ५ हजार बिमितलाई दाबी भुक्तानी गर्नुपरेमा बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोष प्रयोग गरेर दाबी भुक्तानी दिइनेछ । यसरी दाबी भुक्तानी गर्दा २५ हजार बिमितको दाबी भुक्तानी हुनेछ । त्यसभन्दा बढी १० हजार बिमितको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा बीमा समितिले आफ्नो कोषमा रहेको रकमबाट भुक्तानी दिनेछ । यसरी दाबी भुक्तानी दिदाँ कोरोना बीमा गरेका मात्रै ३५ हजार नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भइसकेको (पीसीआर परीक्षणबाट) हुनेछ । सोभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा सरकारले दाबी भुक्तानी दिने गरी व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस्तो बीमाको अवधि एक वर्ष भनिएकोमा आगामी चैत मसान्तसम्म मात्रै कायम गरिएको छ । सम्बन्धित सामग्री अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने