सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कति बजे ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार (असोज ३० गते) बाँडफाँड हुने भएको छ । आईपीओ भोलि बिहान साढे ८ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो । कम्पनीले (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २९ गते बिहीबार काठमाडौंको नक्साल स्थित म्यारियट होटलमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।
भदौ महिनामा जीवन बीमा शुल्क ५२ करोड रुपैयाँले बढ्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क एक महिनामा ५२ करोड रुपैयाँले बढेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले भदौ महिनामा २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । गत भदौ महिनामा कम्पनीहरुले २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । साउन महिनामा नेपाल लाइफले ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन थियो । एलआइसी नेपालले भदौ महिनामा २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा एलआइसीले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । राष्ट्रिय बीमा संस्थानले भदौ महिनामा २७ करोड बीमा शुल्क संकलन गरेको छ । संस्थानले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । नेशनल लाइफले भदौ महिनमा २५ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा नेशनल लाइफले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । मेट लाइफले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा मेट लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एशियन लाइफ इन्स्योरेन्सले भदौ महिनामा १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा एशियन लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सूर्या लाइफ इन्स्योरेन्सले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा सो कम्पनीले ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा पनि ८ करोड रुपैयाँ नै बीमा शुल्क संकलन गरेको थियो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा कम्पनीले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा युनियनले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा सन नेपालले ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ९ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउनमा ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउन महिनामा २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलका अनुसार चैत ११ गतेदेखि देशव्यापी रुपमा जारी भएको लकडाउन साउन पहिलो साता नै खुलेका कारण साउन र भदौ महिनामा जीवन बीमा क्षेत्रमा उत्साह देखिएको हो । ‘चैतदेखि देशव्यापी रुपमा गरिएको लकडाउन साउन पहिलो सातादेखि नै केही सहज भएको थियो, महामारीले पनि बीमाप्रति सकारात्मक भावना जगाएकोले साउन र भदौमा जीवन बीमा गर्नेहरु बढेकोले प्रथम बीमा शुल्क बृद्धि हुँदै गएको देखिन्छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले विकासन्यूजसँग भने ।