प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि चैत ४ गतेसम्म ३ दिन संचालन गरेको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हुँदा अभिकर्ताको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ सहयोग रहने बताए । उनले अभिकर्तालाई उच्च सम्मान प्रकट गरे । एमडीआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएको भन्दै अभिकर्ताहरुलाई हार्दिक बधाई दिए । आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरे । अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए । अभिकर्ता पेसा छनोट गरी निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्ने उनले बताए । कम्पनीका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने धारणा राखे । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय रहेको बताउँदै मगरले सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुने जनाए । यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वासउनले व्यक्त गरे । उक्त कार्यक्रममा आउँदै गरेको फागु पुर्णीमा होलीको शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो । औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको कम्पनीले जनाएको छ । मोटिभेसनल स्पिकर रमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो । त्यस्तै, कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गरेका थिए ।
स्वास्थ्य बीमा बोर्डले माग्यो करार कर्मचारी (सूचनासहित)
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले करारमा १ सय ४३ कर्मचारी माग गरेको हो । बोर्डले शुक्रबार सूचना जारी गरेर विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा कर्मचारी माग गरिएको छ । सूचनाअनुसार आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।
८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो । फागुन महिनामा मात्रै १७९ वटा दाबी वापत ७ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले बताएको छ । हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका कम्पनीले दाबी भुक्तानीमा जोड दिइरहेको छ ।