शिखर इन्स्योरेन्सको नाफासँगै ईपीएस पनि बढ्यो, १.७६ अर्ब पुग्यो विशेष कोष
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १.५७ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ५५ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३९ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ४० करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड ६१ लख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६.९४ रुपैयाँबाट बढेर १७.३६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८२ गुणा छ ।
नेपाल लाइफले किन्यो इर्टहरीमा पौने १६ करोडमा भवन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इर्टहरीमा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले इर्टहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा पौने १६ करोडमा खरिद गरेको कम्पनी सचिव प्रवीण रमण पराजुलीले जानकारी दिए । उनका अनुसार ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको र ७२ लाख ३२ हजार ५९४ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १६ लाख ७९ लाख ५६ हजार ८८९ सय रुपैयाँ लागत लागत लागेको हो । कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक २८ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।
२४.५१ करोड रुपैयाँ नोक्सानीमा ओरिएण्टल इन्स्योरेन्स, यस्ता छन् अन्य सूचक
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २४ करोड ५१ लख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.०२ प्रतिशत बढेको हो । ं असोजसम्म कम्पनीले ५३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १८२.१२ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ३० करोड २८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ६२ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने २५ करोड १६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको विशेष कोषमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, अन्य इक्विटीमा ८० करोड ६१ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा ३७ करोड ५८ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.९३ प्रतिशत बढी हो ।