ज्योति विकास बैंकको लाभांश पारित

काठमाडाैं । ज्योति विकास बैंकको लाभांश पारित भएकाे छ । बै‌ंककाे १५ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ६.८ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ। सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले बैंकको आ.व. २०७९/८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

निफ्राको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्रचर बैंकको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त भएका छन् । नेपाल सरकारको, अर्थमन्त्रालयको तर्फबाट संचालकमा नियुक्त भएका हुन् । नेपालको स्थानमा यसअघि केदारनाथ शर्मा रहेका थिए । शर्माको पदवधि समाप्त भएपछि नेपाल संचालकमा नियुक्त भएका हुन् ।    

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त– द मेडिसिटि अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतकाे गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएकाे छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।