डिजिटल बैंकिङ्गमा माछापुच्छ्रे बैंकको सफलता, भारतले गर्यो सम्मान

  काठमाडौं । माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ । डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो । यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३-म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट-गोल्ड’ नामक पुरस्कारबाट सम्मानित गरिएको हो । डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेको भन्दै बैंक उक्त पुरस्कारबाट सम्मानित भएको हो । बैंकले विगत दुई वर्षमा आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नविनतम कदमहरू चालेको छ । इन्फोसिस् फिनाकलले हरेक वर्ष विभिन्न १० वटा विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट नाथन एसोसिटिज लन्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रभु बैंक र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भायरमेन्त सोसल एन्ड गभर्नेन्स (ईएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने बैंकले जनाएको छ । यसै गरी ‘किओस्क’ मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग विनै आफैं क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनोट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै किओस्क मसिनबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट किओस्क सेवा गैरीधारा तथा न्यूरोड शाखामा सञ्चालनमा ल्याएको छ । अन्य शाखाहरूमा समेत यो सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकलाई सहज सुविधा पुग्ने शर्माले बताए ।