बूम रेमिट्यान्स र मिसन डेभलपमेन्ट बैंकबीच सहकार्य
काठमाडौं, ९ साउन । बूम रेमिट्यान्स प्रालिले मिसन डेभलपमेन्ट बैक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बूम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम मिसन डेभलपमेन्ट बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । उक्त सम्झौतामा बूम रेमिट्यान्सकोतर्फ बाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मिसन डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । त्यस्तै, बूम रेमिट्यान्सले तिनाउँ विकास बैकसँग पनि रेमिट्यान्स कारोबार सम्झौता गरेका छन् । सम्झौतामा बूम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र तिनाउ बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्र्रदिप कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने बूम रेमिट्यान्सका प्रमुख सञ्चालन अधिकृत विष्णुमान श्रेष्ठले बताए ।
आर्थिक पत्रकारिता लेखनवृत्तिका लागि सेजनलाई हिमालयन बैंकको सहयोग
काठमाडौं, ९ साउन । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्नेगरी स्थापना हुन लागेको फेलोसिप सम्झौतामा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जवरा र सेजनकातर्फबाट अध्यक्ष गोकर्ण अवस्थीले आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार छापा (अंग्रेजी) छापा (नेपाली ), विद्युतीय (रेडियो, टेलिभिजन ) र अनलाइनमा कार्यरत एक एक जना आर्थिक पत्रकारलाई फेलोसिप प्रदान गरिनेछ । “एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप” नाम रहने उक्त फेलोसिपको राशी एक विधाका लागि पचास हजार रुपैयाँ हुनेछ । यो बार्षिक कार्यक्रमका रुपमा रहनेछ । यसका लागि हिमालयन बैंकले २ लाख रुपैयाँ सेजनलाई प्रदान गर्नेछ । यसैगरि सञ्चालन खर्चका लागि बैंकले तीस हजार रुपैयाँ सेजनलाई प्रदान गर्नेछ । फेलोसिप सञ्चालनका लागि एक एचबिएल सेजन आर्थिक पत्रकारिता जुरी गठन गरिनेछ । सेजन अध्यक्षको संयोजकत्वमा गठन हुने उक्त जुरीमा सेजन कार्यसमितिले चयन गरेका एक जना सेजनका पूर्व अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृतले नियुक्त गरेका एक जना प्रतिनिधि रहनेछन् । उक्त जुरी टिमले फेलोसिपको कार्यविधि बनाउनेछ । उक्त कार्यविधिको अधीनमा रहेर सेजनले हरेक बर्ष फेलोसिपका लागि प्रस्ताव माग गर्नेछ । उक्त प्रस्तावमा छलफल गरि छनौट गर्ने अधिकार उक्त जुरीलाई नै रहनेछ । फेलोसिप यसै बर्षदेखि लागु हुने बैंकले जनाएको छ ।
१० कम्पनीलाई आइक्यान अवार्ड
काठमाडौं, ९ साउन । नेपाल चाटर्ड एकाउन्टन्ट्स संस्था(आइक्यान)ले बर्षभरी उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पर्ने १० कम्पनीलाई पुरस्कृत गरेको छ । सन २०१५ मा राम्रा वित्तिय प्रतिवेदन तयार पारेका १० कम्पनीलाई आइक्यानले पुरस्कृत गरेको हो । जसमा वित्तिय क्षेत्र तर्फ कैलाश विकास बैंक उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पार्ने कम्पनीका रुपमा पुरस्कृत भएको छ भने दोश्रो नम्बरमा नारायणी नेशनल फाइनान्स दोश्रो नम्बरमा परेको छ । यद्यपी यो कम्पनी सानराइज बैंकसँग मर्ज भैसकेको छ । बैंक तर्फ सिटिजन्स बैंकले उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पर्ने कम्पनीको अवार्ड हात पारेको छ भने नविल बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंक क्रमशः दोश्रो र तेश्रो भएका छन् । सार्वजनिक संस्थान तर्फ भने गत बर्षझै यसपाली पनि कर्मचारी सञ्चय कोष पुरस्कृत भएको हो । बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स उत्कृष्ठ बन्दा जनरल तर्फ नेपाल बुटबल पावर कम्पनी, नेपाल टेलिकम र बोटलर्स नेपाल क्रमशः प्रथम द्धितिय र तृतिय बनेका छन् । आइक्यानमा नयाँ नेतृत्व नेपाली चाटर्ड एकाउन्टेन्ट्सहरुको साझा संस्थाका रुपमा रहेको आइक्यानमा महेश खनालको नेतृत्वमा नयाँ कार्यसमित चयन भएको हो । नयाँ कार्यसमितिले आगामी दुई वर्षसम्म नेतृत्व सम्हाल्नेछ । कार्यक्रममा कार्य वाहक महालेखा परिक्षक शुकदेव खत्री, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की लगायतले लेखा परिक्षण व्यवसायलाई थप व्यवस्थित बनाउनु पर्ने बताएका थिए ।