टिभिएसको एनर्टक १२५ स्कुटर सार्वजनिक, मूल्य २ लाख २४ हजार रुपैयाँ
काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको हालको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६।७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्दछ । यस स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्युन रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ । यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ ।
इटालियन मोटरसाइकल एसडब्लुएम नेपाल, मूल्य २३ लाख रुपैयाँ
काठमाडौं/नाडा अटो शोको अवसरमा इटालियन मोटरसाइकल एसडब्लुएम नेपालमा सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुर्भस प्रा. लि.ले यो बाइक भित्र्याएको हो । एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ । ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको कम्पनीको निर्देशक दीपेश श्रेष्ठले बताए । इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो । कम्पनीले बालुवाटारमा शोरुम र वर्कशप खोलेको छ । निकट भविष्यमा चितवन, पोखरा, बुटवल र धरानमा डिलर खोल्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।
दशै तथा तिहारका लागि रेनोका ‘शुभलाभ’ स्किम
काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो । ‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।