पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाडाैं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा पर्नुभएको छ । यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा पर्नुभएको छ । वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन परेका छन् । यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा परेका छन् । मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीका अनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजारसहित पुरस्कृत गरिने छ । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुने मञ्चका महासचिव प्रज्ज्वल ओलीले जानकारी दिए । भोटिङ यही पुस २७ गते राति १२ बजेसम्म गर्न सकिने छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने छ । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा गरिने महासचिव ओलीले बताए । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड प्रदान गरिने छ । पिपल्स च्वाइस् अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ । अवार्डको मुख्य प्रायोजन मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले गरेको छ ।

महिन्द्रा केयर फेस्ट २०२१​ आयोजना हुँदै

काठमाडाैं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्ले महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे छ ​। कम्पनीले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे अनुसार सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि६० पाेइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक ​उपहारहरु प्राप्त गर्न सकिनेछ । प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने कम्पनीले जनाएकाे छ ।

प्याेर ईभीको दुई ईलेक्ट्रिल स्कुटर बजारमा, यस्ताे छ मूल्य

काठमाडौं । वाहईट लाेटस मोटर्सले प्याेर ईभी ब्राण्डको भारतीय स्कुटर नेपालमा लन्च गरेको छ । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । प्युर इभी आइआइटी हैदरबादले भारतको हैदारबादमा बनाएको ईलेक्ट्रिकल स्कुटर हो । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । यी स्कुटर नयाँ पुस्ताका स्कुटर हुन् जसलाई आईसिटीले स्वीकृति दिएको छ । यसलाई नेपाली ग्राहक र सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । यी दुवै स्कुटरमा २२०० वाटको मोटर र ६० भी र ४० एएचको रिमुमेभल लिथियम आवोएन ब्याट्रि रहेको छ जसलाई हरेक ४ घण्टामा चार्ज गर्न सकिन्छ । यसको प्रतिघण्टा ६० किलोमिटर दौडन सक्ने क्षमता रहेको छ । इप्लुटो सेभेनजीको मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ भने ईट्रान्स निओको मूल्य २ लाख २९ हजार रुपैयाँ रहेको छ । नयाँ वर्षको अवसरमा कम्पनीले यी दुवै स्कुटरमा २५ हजार रुपैयाँ बराबरको छुट दिने भएको छ । कम्पनीले दुवै मोडलको स्कुटरमा १५ हजार रुपैयाँ छुट र थप १० हजार बराबरको स्कुटरको सामान दिने जनाएको छ । प्याेर ईभी स्कुटर चलाउँदा एकजना व्यक्तिले वार्षिक ५० हजार बराबारको पेट्रोल खर्च बचाउनुको साथै पम्पमा बस्ने लाइनबाट पनि समय बचाउन सक्ने कम्पनी बताउँछ ।