स्पार्क अटोमोटिभस्ले नेपालमा भित्र्यायाे एस इक्विपमेन्टका उत्पादन
काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो । एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । स्पार्क अटोमोटिभसको वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री वितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ । एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री वितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।
नयाँ प्रिमियम अवतारमा सुजुकी डिजायर: पहिलोपटक आइडल स्टार्ट–स्टप टेक्नोलोजीकाे प्रयाेग
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले २०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको बताए । सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएकाे र बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा याे सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको उनले बताए । ‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ चाैधरी भन्छन् । अत्याधुनिक शक्तिशाली इन्जिन २०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेशन रेसियो, कुल्ड भ्न्च् सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेकोभन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रति लिटर रहेको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ । बोल्ड र मोर्डन एक्सटेरियर २०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ । प्रिमियम र स्टाइलिस इन्टेरियर २०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ । १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमलेगज्जबको ड्राइभिङ अनुभव दिलाउँछ । सुपेरियर सेफ्टी नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।
नेपाली बजारमा होण्डा सिटीको दुई भेरियन्ट लन्च, यस्ता छन् मूल्य र विशेषता ?
काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आज (माघ ५ गते) धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा भीएक्स सीभीटी र जेड एक्स सीभीटी लन्च गरिएको हो । नेपाली बजारमा होण्डा सिटी भीएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ र होण्डा सिटी जेडएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । होण्डा सिटी पहिलो पटक लन्चभएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशनभन्दा बढी रहेको छ । होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुलएल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड् एलईडी डिआरएल, एल आकार एल.इ.डी. टर्न इन्डिकेटर, जेड आकार थ्रीडी र्याप एराउण्ड यूनिफर्म एलईडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्साभ्वाईस सर्भिस मार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ कि.मि. प्रतिलिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सकिने छ । यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेराभएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा सहज पार्किङ्ग गर्न सकिने छ ।