हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस अब नेपालमा
काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनुकाे साथै ८३ पिएस/६००० आरपिएम को सर्वाधिक पावर रहने १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलजि रहेकाे छ । यस्तै र हुन्डाई भेन्यू १.२ एसप्लस भित्र पनि पावर १२० पिएस/६००० आरपिएमको १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलोजि रहेकाे छ । बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिंग्नल्स भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्राेमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ । यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको एलइडि डिआरएल लाइट विशेष छन् । इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस लाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ । हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस थपविशेषताहरुमा वाइरलेस फोन चार्जर, व्रmुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । यी गाडीहरुको सुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एसप्लस ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार कायम गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमा पर्दछ ।
नेपाली बजारमा पियाजियो अप्रिलियाको एसएक्सआर १६० स्कूटर, मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर उपलब्ध हुने भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर उपलब्ध गराउन लागेको हो । नेपालका सबै डिलरमा ४ लाख ९ हजार ९ सय रुपैयाँमा यो स्कूटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्कूटर भारतीय बजारमा केही महिना पहिले लन्च भएको थियो । सोमबार राजधानीको म्यारियट होटलमा आयोजित एक विशेष कार्यक्रममा अप्रिलियाको एसएक्सआर १६० मोडलको स्कूटर लन्च गरिएको छ । एम.भी. दुगड ग्रुपका चेयरम्यान मोतिलाल दुगड, उपाध्यक्ष, विवेक दुगड, उपाध्यक्ष विजय महतो, पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा डेढ महिना अगाडी नै यसको बुकिङ खुलिसकेको थियो । ‘इटालीमा डिजाइन गरिएको अप्रिलिया एसएक्सआर १६० ले नेपाली बजारमा उच्च मापदण्ड पूरा गर्नेछ ।’ पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फीले भने ‘हामी सबै ग्राहकहरूका लागि अप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रिमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं ।’ ‘एम.भी.दुगड ग्रुप पियाजियो ग्रुपसँग साझेदारी गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलियाका प्रिमियम उत्पादनहरु बिक्री बितरण गर्दै आईरहेको छ ।’ एम.भी.दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले भने ‘हामी गुणस्तरीय उत्पादनको कार्य क्षमता बिस्तार गर्न तयार भएका छौं । हाम्रा ग्राहकहरुलाई विश्व स्तरीय पियाजियोको अनुभव प्रदान गर्ने प्रयत्न गर्दैछौं ।’ नेपालका लागि आधिकारिक विक्रेता एम.भी. दुगड ग्रुपले टू ह्वीलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी भएको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले बताए । यस्तै दुगड ग्रुपकै उपाध्यक्ष विजय महतोले नयाँ, आकर्षक, अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । महतोले देशभर रहेका थ्रीएस सुविधा सहितका भेस्पा र अप्रिलियाका ३६ आउटलेटमार्फत यो स्कुटर उपलब्ध हुने बताए । अप्रिलियाको नयाँ स्कूटरमा के छ विशेषता ? अप्रिलियाको नयाँ स्कूटर एसएक्सआर १६० मोडलमा एक्ल सिलिन्डर, ४–स्ट्रोक, एयर –कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन, कमम कार्वन इमिसन इन्जिन टेक्नोलोजी (बिएसभिआइ) लगाएको छ । यसले गर्दा ७१०० आरपिएम मा ११ पीएसको पिक आवर प्रदान गर्छ । यसले ७ लिटर ईन्धन क्षमता राख्छ । यसमा ३ कोट एचडि बडि पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलत डार्क क्रोम एलिमेन्ट्सको साथ उपलब्ध गराइएको छ । एन्टि–लक ब्रेकिंग सिस्टम ९एबीएस० भएको यस स्कुटरमा भेन्टिलेटेड डिस्क ब्रेक र ट्वीनस पट् क्यालिपर हाइड्रोलिक ब्रेकको साथ आउछ । जसले उच्च ब्रेकिंग सुरक्षा प्रदान गर्दछ । यो स्कूरट आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगहरूमा उपलब्ध हुनेछ ।
चिनियाँ मोटरसाइकल नेपाल भित्रिदै, ब्राण्ड एम्बेसडरमा ‘कक्रोज’ नियुक्त
काठमाडाैं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउन लागेको हो । कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हाँस्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ । कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा विक्री सुरु हुनेछ । हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको र चाँडै नै नेपालका विभिन्न सहरहरुमा साेरुम समेत स्थापना गर्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा २ मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दोस्रो चरणमा थप ४ मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ । कम्पनीका अनुसार जोङसेनका २ लाखदेखि ८ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने छन् ।