अब अनलाइनबाट टोकन लिएर मात्र मोटरसाइकल कार्यालयको सेवा लिन पाइने

काठमाडौं । अब मोटरसाइकल कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा लिनका लागि टोकन लिनुपर्ने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय माताहतमा रहेको यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली अनिवार्य बनाउन लागेको हो । यातायात व्यवस्था कार्यालय मोटरसाईकलले आईतबारदेखि (साउन ३१ गतेबाट) कार्यालयमा कुनैपनि सेवा लिन आउँदा भेटघाट व्यवस्थापन प्रणाली मार्फत अनलाईन टोकन लिएर मात्र आउनुपर्ने जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै आईतबारदेखि टोकन नलिई आएमा सेवा प्रदान गर्न नसकिने भन्दै अनिवार्य रुपमा टोकन लिन आग्रह गरेको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरु प्रदेश अन्तरगतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा अनलाइन टोकन सिष्टमलाई अनिवार्य गरिएको बताउँछन् । पासमा भरिए बमोजिमको परिचय–पत्र बिना यातायात कार्यालय प्रवेश निषेध गरिएको छ । यदि परिचय–पत्र देखाउन नसकेमा या परिचय पुष्टि नभएका खण्डमा यातायात कार्यालय प्रवेश गर्न पाइने छैन ।

जगदम्बा मोटर्सद्वारा टिभिएस ड्युराम्याक्स प्लस टेम्पाे सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले थ्रि व्हिलर इन्डष्ट्रि मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस आफ्नो डीलर पार्टनरहरु माझ एन्युअल डिलर्स मिट कार्यक्रम समारोहमा लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक हाे । सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्रि व्हिलर्स सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीकाे दाबी छ । टिभिएस ड्युराम्याक्स प्लस थ्रि व्हिलर्सको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको दमदार इन्जिन जडित यो थ्रि व्हिलर्स इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । ४७५० आरपिएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आराम दायक अनुभव गर्न सक्नेछन् ।

अब खल्तीबाट टिभिएसको सबै सवारीसाधनको किस्ता शुल्क भुक्तानी गर्न सकिने

काठमाडाैं । खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो । खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् । खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।