८ कम्पनीको ३ अर्ब भन्दा बढीको सेयर नेप्सेमा सूचिकृत, सेयर कारोबारमा १२ प्रतिशतले गिरावट
काठमाडौं । यस साता ३ करोड ११ लाख ११ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । विभिन्न ८ वटा कम्पनीको उक्त सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको हो । उक्त सेयरको अंकित मूल्य ३ अर्ब ११ करोड ११ लाख रुपैयाँ हो । ग्लोबल आईएमई बैंकको ९८ लाख ६३ हजार कित्ता, डिप्रोक्स लघुवित्त विकास बैंकको ९ लाख २ हजार कित्ता, कृषि विकास बैंको १ करोड १८ लाख १३ हजार कित्ता, इन्नोभेटिम डेभलपमेन्ट बैंकको ६ लाख ३१ हजार कित्ता, माउण्ट मकालु डेभलपमेन्ट बैंकको ४१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । त्यस्तै, सगरमाथा फाइनान्सको २९ लाख ५४ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३०६४७ कारोबारबाट दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरका ४९ लाख आठ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.५९ प्रतिशत कम हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९० अंकले घटेर अन्तिम दिन १५८९.५९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१९ अंकले बढेर ३३७.६१ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२३ करोड ७५ लाख १० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १५ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२८०२ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
भिबोर सोसाइटी र लुम्बनी फाइनान्सलाई मर्जर स्विकृति, लुम्बिनी विकास बैंकको नामबाट कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स लिमिटेडलाई मर्जरको लागि स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले ख वर्गको भिबोर सोसाइटी र ग वर्गको लुम्बिनी फाइनान्सलाई मर्जरको लागि असार १ गते अन्तिम स्विकृति प्रदान गरेको हो । मर्जरपछि लुम्बिनी विकास बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको सेवा प्रदान गर्नेछ । मर्जरपछि लुम्बिनी विकास बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको सेवा प्रदान गर्नेछ । हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड छ भने जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ । त्यस्तै, लुम्बिनी फाइनान्सको चुक्ता पुँजी ५५ करोड ६८ लाख रुपैंयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ८९ लाख रुपैंयाँ रहेके छ ।
एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, गोप्य सूचनाका आधारमा करोडौंको सेयर कारोबार
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ आर्थिक वर्षहरुको साधारणसभा असाढ २३ गते गर्ने र उक्त साधारण सभामा २० प्रतिशत बोनस सेयर दिने, त्यसपछि १ बराबर ६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल १० करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले २० प्रतिशत बोनस सेयर जारी गर्दा चुक्ता पुँजी १२ करोड १५ लाख हुने छ । एक बराबर ६ कित्ता सेयर निष्काशन गर्दा कम्पनीको चुक्ता पुँजी ८५ करोड ५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत साता आफ्ना गोप्य सूचना चुहाएर सेयर कारोबार गरेको छ । संस्थागत सुशासन अत्यन्तै कमजोर भएको यो संस्थाको सञ्चालक, मुख्य प्रवद्र्धक खेतान समूहले प्रस्तावित बोनस र हकप्रद सेयर सम्बन्धी गोप्य सूचना चुहाएर व्यापारिक साझेदार र आफन्तको नाममा अधिकतम सेयर कारोबार गराएका हुन । गत एक महिनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भएको वृद्धि पछिल्लो एक महिनामा कम्पनीको सेयर प्रतिकित्ता ४२३ रुपैयाँले वृद्धि भई विहीबार प्रतिकित्ता २६ सय ४५ रुपैयाँमा कारोबार भएको छ । जवकी यहि अवधिमा बीमा समूहको परिसूचक ५५० अंकले घटेको छ । गत एक महिनामा इन्स्योरेन्स समूहको सेयरमा आएको गिरावट अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर विहीबार मात्र ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । विश्वको पुँजीबजारमा सूचिकृत पब्लिक कम्पनीले गोप्य सूचना चुहाउने र सेयरको ट्रेड गराउनेलाई गम्भिर वित्तीय अपराध मानिन्छ । तर बीमा कम्पनीका नियामक संस्थाहरु बीमा समिति तथा धितोपत्र बोर्ड जस्ता नियामक निकायको कमजोरी, लापरवाहीका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रर्वद्धक र सञ्चालकहरुले व्यापक चलखेल गरिरहेका छन् । कम्पनीले यसअघि २०७१ फागुन १२ गते विशेष साधारणसभा गरेर १ बराबर १.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नहुँदा नियामक निकायहरु मौन बसेको देखिन्छ । संस्थागत र नीतिगत रुपमा भष्ट्राचार गरेर व्यापार व्यवसाय गर्दै आएको खेतान समूहले प्रवद्र्धन गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीले बारम्बार विवादास्पद काम गर्दै आएको छ । बजारमा बिक्री नभएपछि मिति गुज्रिएको (म्याद नाघेको) मायोज चाउचाउ फिर्ता ल्याई जम्मा भएको गोदाममा हिमालयन स्यान्स एण्ड नूडल्स कम्पनीका मालिक राजेन्द्र खोतानले आगो लगाएर एभरेष्ट इन्स्योन्सबाट करोडौं रुपैयाँ ठगी गरेपछि यो कम्पनी विगत ६ वर्षदेखि बन्द जस्तै छ । हिमालयन स्यान्स एण्ड नूडल्स कम्पनीका मालिक राजेन्द्र खोतान नै एभरेष्ट इन्स्योरेन्स कम्पनीको मुख्य प्रवद्र्धक हुन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको साधारणसभा गरेको थिएन । कम्पनीले सर्बसाधारण सेयरधनीहरुलाई लटरपटर पार्दै ५ वर्षको आर्थिक प्रतिवेदन एकै पटक साधारणसभामा पेश गर्दैछ । कम्पनीको सेयर मूल्य वृद्धि गरेर बेच्नको लागि अधिकृत पुँजी २ अर्ब रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । असार ९ गते बुक क्लोज हुने भएकोले सो अवधिमा यस कम्पनीको सेयर मूल्य व्यापक बढ्ने सम्भावना रहेको छ ।
इटालीयन प्रविधिको आल्दा कम्पनीका उत्पादन नेपाली बजारमा
काठमाडौं । इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौँको पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो । चिम्नी र चुलो उच्च गुणस्तरीय, टीकाउ तथा भरपर्दाे रहेको र किचेनका लागि निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको दावी छ । सबै वर्गका लागि उपयोगी रहेको चिम्नी र चुलोमा एक बर्षको ग्यारेन्टी रहेको सञ्चालक रामहरी दाहालले जानकारी दिए । चिम्नी र चुलोका साथै मोडुलर किचेनसँग सम्बन्धित आधुनिक र किफायती एसेसरिज र हार्डवेयर समान पनि उपलब्ध रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजका सञ्चालक दाहालले बताए । गुणस्तरीय, भरपर्दाे, टीकाउ र नेपाली बजारमा पहिलो भएकाले नेपाली बजारमा निकै लोकप्रिय हुने विश्वास इन्टरप्राइजेजको छ ।
एसइईको नतिजा सार्वजनिक
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा प्रकाशित गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेका छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, २.४५ देखि २.८० सम्म ६१ हजार ९५५, २.५ देखि २.४० सम्म ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् । त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा प्राप्त गरेका छन् । गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ चार लाख ८३ हजार ९६७ ले आवेदन दिएकामा चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए । परीक्षाफलका सम्बधमा परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी विगतको तुलनामा नतिजामा सुधार आएको जनाएको छ । नतिना हेर्न फोन, एसएमए र वेवसाइट नेपाल टेलिकमले नतिजा हेर्नको लागि फोन र एसएमएसको व्यवस्था गरेको छ । १६ सय डायल गरेर नतिजा पाइने छ भने एसएईई टाइप गरेर एउटा स्पेश छोडेर सिम्बवल नम्बर र अल्फाबेट रखेर १६ सयमा एसएमएस गर्न सकिने टेलिकमले जानकारी दिएको छ । १६ सय नम्बरमा एसईई लेखेर सिम्बोलनम्बर मात्रै राखेर हुने एसएमएसबाट पनि नतिजा आउने छ । टेलिकमले आफ्नो वेवसाइटबाट मार्कसिटसहितको नजिता प्राप्त गर्न सकिने सुविधा दिएएको छ । यसका लागि टेलिकमको वेवसाइट www.see.ntc.net.np बाट मार्कसिटसहितको नतिजा हेर्न सकिने छ ।
उड्डयन प्राधिकरणले अनुमति नदिँदा अाकासमा उड्नुपर्ने जहाज २ महिनादेखि ग्राउन्डमै
काठमाडौं । आन्तरिक उडानमा नयाँ जहाज थप गरेर उडान सुरु गर्न लागेको श्री एयरलाइन्सले जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति पाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिदाँ श्री ले तयारी अवस्थामा राखिसकेको २ वटा जहाज अझै नियमित उडानमा आउन सकेकाे छैन । श्रीले ले पहिलो जहाज गत चैत्र ३० गते काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । यसले १५ दिन पछि नै दोस्रो ५० सिट क्षमतको जहाज ल्याएको थियो । एउटा जहाज ल्याएको २ महिना र अर्को पनि डेढ महिना भैसक्यो तर अझै प्र्राधिकरणले आवश्यक प्रक्रिया नपुगेको भन्दै अनुमति दिएको छैन । ‘श्रीको जहाजले आवश्यक प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ’, उडान सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले बताए । उनका अनुसार आधा प्रक्रिया पूरा गरिसकेको छ भने अझै आधा प्रक्रिया पूरा गर्न बाँकी रहेको छ । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नियम पालना गरेर उडान अनुमति दिनुपर्छ । हामीकोमा आईकाओका २ जना विज्ञ पनि आएर आवश्यक मूल्यांकन गर्ने काम गरिरहेका छन् । ती विज्ञलाई नै मूल्यांकन गर्न श्री एयरलाइन्सको डकुमेन्ट दिएको पनि सुवेदीले बताए । उनका अनुसार जहाज उडाउने अनुमति आवश्यक प्रक्रिया पूरा नगरि दिन मिल्दैन । प्रक्रिया पूरा गर्दा समय लाग्नु स्वभाविक नै हो । पछिल्लो सयम नेपालको उड्डय सुरक्षाका विषयको कारण वायुसेवा कम्पनीलाई एओसी लिनै निकै गाह्रो भएको पनि सुवेदीले नै स्वीकार गरे । हामीले सम्वन्धित कम्पनीको डकुमेन्ट मात्रै अध्ययन गर्ने हो । हामीले तोकिएको नियम, कानुन र सर्त पालन भएको वा नभएको हेर्ने हो । आवश्यक प्रक्रिया जति छिटो वायुसेवा कम्पनीले पूरा गर्छ उति नै छिटो अनुमति पाउने दाबी पनि सुवेदीले गरे । उनका अनुसार अनुमति छिटो र ढिलो भन्ने विषय सम्वन्धित वायुसेवा कम्पनीकै रहेको पनि उनले बताए । १७ वर्षदेखि हेलिकोप्टरवाट सेवा दिइरहको यो कम्पनीले नियमित उडानका जहाज पनि संचालन गर्न २ वटा जहाज ल्याइसकेको छ । नेपाली आकासमा थप सेवा र सुविधा दिने तथा आन्तरिक हवाई यात्रुको लागि थप विकल्प दिन लागेको यो कम्पनीले भने आफ्नो तर्फबाट सबै प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले यसको डकुमेन्ट मूल्यांकन ढिलो गरेका कारण उडान अनुमति पाउन ढिलो भएको पनि उल्लेख छ । श्रीले बम्वार्डियर सिआरजे—२०० मोडेलको जहाज २ मिहानादेखि ल्याएर विमानस्थलमै थन्काइरहेको छ । पहिले अन्तरिक उडान र त्यसको ६ महिनापछि नै अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरेको यो वायुसेवालाई नियमक निकायकै ढिलाईले सेवा संचालनको समय धकेलिदैँ गएको छ । जहाज उडान तयारी अवस्थामा श्री एयर श्री एयरले २ वटा जहाज ल्याएपछि त्रिपुरेश्वरमा रहेको श्री हेलिकोप्टरको कार्यालयबाट श्रीलाई अलग गरेको छ । यो वायुसेवाले सिनामंगलमा कार्यालय स्थापना गरेर आवश्यक कर्मचारी नियुक्त गरिसकेको छ । १० देखि १२ जना पाइलटलाई आवश्यक तालिम दिएर जहाज उडाउन तयारी अवस्थामा राखेको छ । इन्जिनियरिङङ व्यवस्थापन पनि गरेको श्रीले जानकारी दिएको छ । श्री एयरलाइन्सका अनुसार उडान अनुमतिको मात्रै पर्खाइमा छौं, जहाज उडान गर्न जतिबेला पनि गर्न सक्ने गरी तयारी अवस्थामा बसेको पनि यो वायुसेवा कम्पनीको भनाइ छ । यो वायुसेवाले आन्तरिक उडानका गन्तव्य काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गर्ने भएको छ ।
गरिमा विकास बैंकको ३ लाख कित्ता साधारण सेयरकै लिलामी
काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ३६ हजार ७१ कित्ता साधारण सेयरकै लिलामी गरेर विक्री गर्न लागेको छ । यो बैंकले गत बैशाख १४ देखि जेठ १७ गतेसम्म गरेको हकप्रद सेयरको विक्री खुलामा नविकेको सेयरलाई लिलाम बढाबढ गरे बेच्न लागेको हो । यो बैैंकको संस्थापक सेयर ९ हजार ८४७ कित्ता सेयर पनि लिलामीमा विक्री गरिदैँ छ । यो बैंकले आगामी असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ । यसको सेयर कम्तिमा एक सयर रुपैयाँले कबोल गरेर शीलबन्दी मार्फत आवेदन दिनुपर्ने पनि उल्लेख छ । यसको विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।
भदौमै २ करोड थान भारतीय एलइडी बल्ब आउँदै, ४ सयकाे बल्ल २ सयमै पाइने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी भदौभित्रै २ करोड थान भारतीय एलइडी बल्ब नेपाल ल्याउने भएको छ । प्राधिकरणले आगामी दसैं अगाडि नै भारतबाट यो परिणामको बत्तिका बल्ब ल्याउन लागिएको हो । यो बल्ब खरिद प्रक्रिया अगाडि बढाउन अदालतले दिएको आदेश अनुसार प्राधिकरणले भारतसमक्ष प्रक्रिया अगाडि बढाएको पनि उल्लेख छ । ऊर्जा मन्त्रालय, भारतयि राजदूताबासलगायतसँग छलफल गर्ने तयारीमा प्राधिकरण जुटेको छ । ऊर्जा मन्त्रालयले पनि बल्ब खरिद प्रक्रिया छिटो सुरु गर्न निर्देशन दिएको छ । प्राधिकरणले बजारमा चार सय भन्दा माथि पर्ने यो बल्ब ल्याएर २ सयमै उपभोक्तालाई बेच्ने भएको छ । नागरिक दैनिकबाट ।