उद्योग बाणिज्य महासंघमा राजनीति छिर्यो, मेयरको चुनाव लडेका उपाध्यक्ष निकालिए
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पद मुक्त गरेको छ । मंगलबार बसेको कार्यकारिणी समिति बैठकमा महासंघ अध्यक्ष भवानी राणाले उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त गर्ने पदाधिकारी बैठकको निर्णयलाई पेश गरेकी थिइन् । अध्यक्ष राणाले पेश गरेको प्रस्तावलाई महासंघ कार्यकारिणी समिति बैठकले पास गरेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा म्याग्दीस्थित बेनी नगरपालिकामा एमालेका तर्फबाट मेयर उठेका श्रेष्ठलाई महासंघले पद मुक्त गरेको हो । सक्रिय राजनीति गरेको भन्दै महासंघले उनलाई पदमुक्त गरेको जनाएको छ । तर महासंघकै केन्द्रमा विभिन्न दलको राजनीतिक जिम्मेवारीमा रहेकाहरु पनि ठुलो संख्यामा रहेका छन् ।
दाताहरुको प्रश्नः- ढुकुटीमा पैसा राखेर विकास कसरी हुन्छ ?
काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेकामा सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् । परियोजना कार्यान्वयनमा गम्भीर नहुँदा र कार्यक्षेत्रका समस्या तत्काल समाधान गर्न नसक्दा पुँजीगत खर्च बढ्न नसकेको तर्क गर्दै कार्यसम्पादन संयन्त्रलाई चुस्त तुल्याउँदै भविष्यमा खर्चवृद्धिका लक्ष्यसहित इमानदारीपूर्वक सम्बद्ध पक्षले काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । नेपाल सरकारका वरिष्ठ अधिकारी, एसियाली विकास बैंक (एडिबी) को सहायतामा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचारी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आयोजना गरेको त्रिपक्षीय बैठमा उनीहरूले विकास आयोजना कार्यान्वयन र पुँजीगत खर्च वृद्धिमा जोड दिएका हुन् । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले चालु आवमा तीन खर्ब १२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरिएकामा हिजो मङ्गलबारसम्ममा एक खर्ब २४ अर्ब मात्र खर्च भएको बताउँदै विकास–निर्माणका परियोजना व्यवस्थापनमा संलग्न सबैलाई गम्भीर भएर काम गर्न आग्रह गरे । पुँजीगत खर्च ८५ प्रतिशत पु¥याउने लक्ष्य कागतमा मात्र सीमित भएकामा उनले भविष्यमा त्यसो हुन नदिन बेलैमा चनाखो हुन पनि सम्बद्ध पक्षलाई अनुरोध गरे । एडिबी, विश्व बैंक, विकासका अन्य साझेदारका साथै नेपाल सरकारको लगानीमा सञ्चालन भएका आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र आयोजनासँग सम्बन्धित समस्या समाधानमा केन्द्रित हुन नसक्दा प्रतिफल प्राप्तिमा शिथिलता आएको बताए । “अर्थ मन्त्रालयसहित सरकारी निकायबाट ढिलासुस्ती भयो भने हामीलाई भन्नुहोस्, समस्या समाधानमा तत्काल लाग्छौँ, जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन,” लक्ष्य र परिणाम हासिल गर्न रकमको कुनै अभाव नहुने र परिणाम प्राप्तिमा सघाउन सरकारले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने । दक्षिण एसियाका लागि एडिबीका नायव महानिर्देशक दिवेश शरणले नेपालका ३२ वटा परियोजनामा एडिबीले दुई अर्ब अमेरिकी डलर लगानी गरेको जानकारी दिँदै पूर्वाधार निर्माणका आयोजना सुस्त गतिमा कार्यान्वयन भएकामा चिन्ता व्यक्त गरे । उनले परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षको सक्रिय सहयोगको अपरिहार्यतामा जोड दिए । यहाँस्थित एडिबीका प्रमुख शरद भण्डारीले नेपाल सरकारले आगामी आवका निम्ति सार्वजनिक गरेको बजेटले त्यसको कार्यान्वयन, सुधार र पूँजी वृद्धिका निम्ति गरेको परिकल्पना उत्साहजनक रहेको भन्दै विकास आयोजना कार्यान्वयनमा त्यसले गति दिने विश्वास व्यक्त गरे । चालु आवमा नेपालको आर्थिक वृद्धि दर ६.९ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गर्दै उनले भूकम्पपछिको पुनःर्निर्माण र विद्युत्को अविच्छिन्न आपूर्तिबाट त्यस्तो वृद्धि सम्भव भएको बताए। रासस
हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।
भूकम्प पीडितलाई नयाँ ट्याक्सीः मेरो नम्बर कहिले आउँछ ? फोटो फिचरसहित
काठमाडौं । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु भएको छ । बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा गोला प्रथाबाट ट्याक्सीको नम्बर वितरण सुरु भएको हो । तीन दिनसम्म चल्ने गोला प्रथाको पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण सुरु भएको हो । यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । काभ्रेका भूकम्प पीडितलाई २०१, नुवाकोटका पीडितलाई १२५ र रामेछापका भूकम्प पीडितले १६५ वटा ट्याक्सीको नम्बर पाउनेछन् । बिहिबार दोलखाका २१४, सिन्धुलीका ४६ र सिन्धुपाल्चोकका २५३ गरि ५१३ पीडितलाई ट्याक्सी नम्बर प्रदान गरिनेछ । त्यस्तै, शुक्रबार भने काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ ११७, ओखलढुंगा ३०, गोरखा ७८ र रसुवाका ३० जना भूकम्प पीडितले ट्याक्सीको नम्बर पाउनेछन् । दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५१ हजार तीन सय १२ जनाले आवेदन दिएका छन् । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् । विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवोवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो । ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।
अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनले २.८ कित्ता पाउने
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ । आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
तीन वटा बैकको २० लाख ५६ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । २ वटा वाणिज्य र एउटा विकास बैंकको गरी २० लाख ५६ हजार ६ सय ४ कित्ता सेयर लिलामीमा राखिएको छ । यसमध्ये सानिम बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ किता सेयर रहेको छ । यो सेयर आगामी असार २२ गते भित्रै लिलामी गर्ने बैंकले जानकारी दिएको छ । यसका लागि यही असार १५ गते देखि २२ गते भित्र न्युनमत एक सय रुपैयाँ कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोधन गरेको छ । यसको विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो । यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ । यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ । यो बैैंकले पनि यही असरा १४ देखि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने गरी आवेदन मागेको छ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो । सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ । यो बैैंककले पनि यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।
सबै शीर्ष नेता चुनावी दाैडमा, कुन नेता कहाँ खटिदैँछन् ?
कांग्रेस – -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता -भीमसेनदास प्रधान ताप्लेजुङ -अर्जुनप्रसाद जोशी पाँचथर -श्यामकुमार घिमिरे इलाम -डा. रामशरण महत झापा -प्रकाशमान सिंह-जीवन परियार संखुवासभा -जगदीश्वरनरसिंह केसी तेह्रथुम -बहादुरसिंह लामा तामाङ भोजपुर -मोहनबहादुर बस्नेत धनकुटा -विमलेन्द्र निधि मोरङ -अर्जुननरसिंह केसी सुनसरी -यज्ञबहादुर थापा सोलुखुम्बु -राजेन्द्रकुमार केसी खोटाङ -प्रकाश शर्मा पौडेल ओखलढुंगा -तेजुलाल चौधरी उदयपुर -चन्द्रबहादुर कुँवर गुल्मी -ध्रुव वाग्ले पाल्पा -कमला पन्त अर्घाखाँची -रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी -महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही -धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु -गोविन्द भट्टराई रुकुम -उदयशमशेर राणा रोल्पा -रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान -सुरेन्द्रराज पाण्डे दाङ -हृदयराम थानी बाँके -चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया -इन्द्र बानियाँ बाजुरा -मोहनप्रसाद बराल अछाम -प्रदीप पौडेल बझाङ -चन्द्र महर्जन डोटी -रत्न शेरचन कैलाली -गगनकुमार थापा दार्चुला -तप्तबहादुर विष्ट बैतडी -शेषनाथ अधिकारी डडेल्धुरा -जीवनबहादुर शाही कञ्चनपुर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ । एमाले नेता को–कहाँ ? -अध्यक्ष केपी ओली झापा -झलनाथ खनाल-सुवास नेम्वाङ इलाम -माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम -उपाध्यक्ष वामदेव गौतम प्युठान -उपाध्यक्ष युवराज ज्ञवाली दाङ -उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला -महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी -उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश -उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही -सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी -सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा -सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी -सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ -शंकर पोखरेल दाङ माओवादी नेता को–कहाँ ? -प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ -कृष्णबहादुर महरा दाङ -देव गुरुङ बाग्लुङ र रुकुम -वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा -गिरिराजमणि पोखरेल मोरङ -टोपबहादुर रायमाझी अर्घाखाँची -राम कार्की ओखलढुंगा, सोलु र झापा -शक्ति बस्नेत बाँके र बर्दिया -गोपाल किराती प्रदेश नम्बर १ -लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७ -मणि थापा प्युठान -चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । राप्रपाका को कहाँ ? -दीपक बोहरा रुपन्देही, -राजेन्द्र लिङ्देन झापा -जयन्त चन्द प्रदेश नं. ७, -सुनीलबहादुर थापा धनकुटा नयाँ शक्तिका कमान्डर -डा. बाबुराम भट्टराई प्रदेश नं. १ -देवेन्द्र पौडेल प्रदेश नं. ५ -हिसिला यमी प्रदेश नं. ७ लोकतान्त्रिक फोरमका कमान्डर नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए । नयाँ पत्रिका दैनिकबाट ।
प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, वातावरण भने झनै दूषित
प्रदूषण नियमन्त्रणका नाममा सरकारले २० वर्षदेखि प्रतिलिट सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । देशभर विग्रदै गएको वातावरण प्रदूषण र सशरी क्षेत्रमा बढेको अत्यधिक प्रदूषणले दैनिकी कष्टकर बनाउँदै गएको छ । सरकारले ०५३ देखि देशभर चल्ने सवारी साधानमा खपत हुने इन्धनबाट यस्तो प्रदूषण शुल्क लिने गरेको छ । ०७४ बैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भैसकेको छ । यो रकम बातावरण प्रदूणा नियन्त्रका नाममा संकलन भएपनि नाम अनुसार खर्च हुन सकेको छैन । नागरिक दैनिकबाट ।