विकासन्युज

देव विकास बैंक र एनएमबी माइक्रोफाइनान्सको किन हुँदैछ बुक क्लोज ?

काठमाडौं । देव विकास बैंकको यही कात्तिक २३ गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त ७ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकले गते आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि यही कात्तिक २४ गतेदेखि आगामी मंसिर १५ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त दिन बुक क्लोज हुन लागेको हो । यस कम्पनीे मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ ।

कागजी नोट कटौती गर्दै सरकार, वित्तीय अपराध र अनौपचारिक कारोबार रोक्ने योजना

काठमाडौं । सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको छ । भ्रष्टचार, कालोधन, हुण्डी, पुँजी पलायन र जाली नोट जस्ता अपराधिक गतिविधिलाई नियन्त्रण गर्न काजगी नोटको प्रयोग घटाउने लागिएको हो । ‘भ्रष्टाचार, जाली नोट र वित्तिय अपराधको मुल जरो नै कागजी नोट रहेछ, यसको प्रयोग घटाउँदै लैजाने निष्कर्ष निकालेका हौं’, निवर्तमान अर्थ सचिव डा. शान्तराज सुवेदीले भने । सोही योजना अनुसार नै सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको उनले बताए । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ । सरकारले नोट कारोबारमा कडाई गर्दै त्यसको प्रयोगलाई निरुत्साहित पार्दै जाने योजना अघि सारेको हो । पछिल्लो समयमा अनौपचारिक कारोबारबाट विभिन्न अपराधिक क्रियाकलाप बढेको र त्यसले अनौपचारिक अर्थतन्त्र मौलाएको भन्दै सरकारले त्यस्तो व्यवस्था अघि सारेको हो । ‘नोटको कारोबारको सट्टा अब विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउनु पर्ने आवश्यकता देखेका छौं, डा. सुवेदीले भने । सरकारले दशैका बेलासम्म नोट र सिक्का गरी ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको नोट बजारमा पठाएको थियो । पछिल्लो समय यसको सीमा बढाएर ५ खर्ब रुपैयाँ पुर्याइसकेको छ । ‘करिब पाँच खर्ब मूल्य बराबरको नोट बजारमा पढाएका छौं, अझै माग बढ्ने सम्भावना देखिन्छ, यसले बजारमा वित्तिय अराजकता र भ्रष्टाचार मौलाउन सक्छ’, सुवेदीले भने । संसार भर भ्रष्टाचार र कालोधन उन्मुलनका लागि नोट कारोबारलाई निरुत्साहित पार्ने चलन छ । त्यसका लागि डिजिटल मनी तथा साना नोट मात्रै छाप्ने अभ्यास रहेको छ । जस्तै अमेरिकामा एक सय डलरका मात्रै नोट छापिन्छन् । भारतले १ वर्षअघि आतंकवाद, भ्रष्टचार र जाली नोट र अवैध सम्पत्ति नियन्त्रणका लागि ५ सय र १ हजार दरका भारुलाई प्रतिवन्ध लगाएको थियो । यद्यपी भारतले २ हजार दरका नोट छापेपछि भने बिमुद्रिकरणको योजना माथी नै प्रश्न उठिरहेको छ । नेपालले भने नोटको उपयोग नै घटाउने अभियान थालेको देखिन्छ ।  

सिजी ब्राण्डका घरायसी सामाग्रीहरु नेपाली बजारमा, जाडोमा न्यानोपन दिने

काठमाडौं । सिजी ब्राण्डले जाडोमा न्यानोपनको आभास दिने विभिन्न किसिमका घरायसी सामाग्रीहरु नेपाली बजारमा ल्याएको छ । नजिकिदो जाडोलाई मध्यनजर गरि सिजीले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केटल, वाटर हिटर, वाटर डिसपेनसर, फ्यान हिटर आदि जस्ता सामाग्रीहरु बजारमा ल्याएको हो । ग्राहकले यी सामाग्रीहरु प्रयोग गरि आफ्नो जीवनशैली सजिलैसँग अघि बढाउन सक्ने कम्पनीले जनाएको छ ।

एनएमबि माइक्रोफाइनान्सले चार वटा जिल्लाहरुमा ट्याब्लेट बैंकिङ्ग संचालन गर्ने

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र युरानस टेक प्रालि बिच ट्याब्लेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार काठमाडौंमा एनएमबि माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र युरानस टेकको तर्फबाट प्रबन्ध संचालक निराजन सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सक्षम परियोजना अन्तर्गत परियोजना संचालन भएका जिल्लाहरुमा ट्याब्लेट बैंकिङ्ग संचालन कार्य अगाडी बढाउनेछ । वित्तीय संस्थाले शुरुमा इलाम जिल्लाको दानावारी र राँके शाखा, मुस्ताङ जिल्लाको मुक्तिनाथ, म्याग्दी जिल्लाको घारा र दरबाङ, रुकुम जिल्लाको झुल्नेटा र खोलागाउँ शाखाहरुमा सक्षम परियोजनासँग सम्झौता गरेकाे छ । साथै, साे कम्पनीले साे क्षेत्रका सदस्यहरुलाई वित्तीय पहुँच बृद्धि गर्नका लागि वित्तीय साक्षरता, सर्वसुलभ ढंगले बचत गर्ने तथा ऋण प्रदान गर्ने कार्यक्रम अगाडी बढाउँदै आएको छ । उक्त ट्याब्लेटको माध्यमबाट दैनिक केन्द्र बैठक संचालन गरी फिल्डबाटै डाटा इन्ट्री गरी सदस्यहरुले जम्मा गरेको वचत तथा किस्ता तुरुन्तै पोष्टिङ्ग गर्न सकिने छ । सोही कारण दैनिक कामकाज गर्नको लागि सहज हुने र हाल फिल्ड कर्मचारीहरुले गर्दै आएको काम छिटो छरितो भई एक तिहाई समयमै सबै कार्य सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत कोनाजोले बताएका छन् । साथै, बाँकी समय अन्य उत्पादन मुलक कार्य गर्न सकिने उनले बताए ।

राष्ट्र बैंकले ९६ करोड मुद्धति निक्षेपमा राख्न माग्यो बैंकसंग प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्ने भएको छ । मुद्धति निक्षेपमा राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । केन्द्रीय बैंकले ७६ करोड ९८ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंकमा १४ करोड ४४ लाख र वित्त कम्पनीमा ४ करोड ८० लाख रुपैयाँ निक्षेप राख्ने भएको हो । बैंकले आउदो आइतबार प्रस्ताव पेश गर्ने मिति तोकेको छ । यो मंसिरदेखि आउदो मंसिरसम्मका लागि केन्द्रीय बैंकले निक्षेप राख्न लागेको हो ।

तीन कम्पनीको ४३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो?

काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको ४३ लाख ८ हजार ३१३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, गार्खाज फाइनान्स र नेपाल ग्रामिण विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, गार्खाज फाइनान्सको २८ लाख ९३ हजार कित्ता हकप्रद सेयर र नेपाल ग्रामिण बैंकको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएको छ ।

ज्यान मुद्दाका दोषी बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर गरिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ढुंगेललाई सातदोबाटोबाट पक्राउ गरेको हो। अदालतले गरेको निर्णय कार्यान्वयन नभएकोमा  प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको सन्दर्भमा प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो। ज्यान मुद्दामा दोषी ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै ७ कार्तिकमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

शिखर इन्स्योरेन्सले २९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.५२६ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ बोनस र १ करोड २४ लाख रुपैयाँ नगद लभांश गरि कुल २४ करोड ९६ लाख रुपैयाँ लभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय कात्तिक १३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी करिब एक अर्ब ६ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२९ रुपैयाँ रहेको छ ।