सिद्धार्थ बैंक र पोखरा फाइनान्सलाई हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक र पोखरा फाइनान्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार मात्रै सिद्धार्थ बैंकलाई १० प्रतिशत र पोखरा फाइनान्सलाई १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यस्तै, बोर्डको अनुमति अनुसार सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल माके्रट लिमिटेड रहेको छ । त्यसैगरी, पोखरा फाइनान्सले ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार कित्ता सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल मार्केट लिमिटेडले गरिरहेको छ ।
रानी पोखरी-२०७२ माघमा उद्घाटन, २०७४ पुसमा ठेक्का तोड्ने तयारी
काठमाडौं । २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुननिर्माण आरम्भ गरेर पुननिर्माणको महाअभियान सुरु भएको थियो । २०७३ बैशाखमा पुननिर्माणका लागि ठेक्का लाग्यो । २०७३ कात्तिकमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता थियो तर यतिबेला ठेक्का तोड्नेबारे छलफल अघि बढेको छ । तर २०७४ पुसमा आईपुग्दा रानीपोखरीको ठेक्का तोडिने अवस्था सृजना भएपछि पुननिर्माणको गतिमाथी नै प्रश्न उठ्न थालेको छ । रानीपोखरीको पुननिर्माणका लागि तयार पारिएको डिजाइनमै केहि समस्या देखिएको छ भने पुननिर्माणको ठेक्का पाएको कम्पनीले पुननिर्माणको काम उचितसँग गरिहेको छैन् । ‘ रानी पोखरी पुननिर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छैन, ठेक्का तोड्ने वा काम गराउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं’, काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भने । उनले डिजाइनमा भने कुनै समस्या नभएको दावी गरे । ‘डिजाइनमा खासै समस्या छैन, हाम्रा प्राबिधिकहरुले पनि काम हेरिरहेका छन तर निर्माण कार्य भने सन्तोषजनक गतिमा अघि नबढेको कुरा सत्य हो’, आचार्यले भने । तर पुरातत्व विभागले भने रानीपोखरीको डिजाइनमै समस्या देखिएको आरोप लगाउँदै आएको छ । विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले डिजाइनमै समस्या रहेकाले पनि रानीपोखरीको पुननिर्माण अन्यौलमा फसेको बताए । काठमाडौं महानगरपालिकाले ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुननिर्माण ठेक्का लगाएको थियो । वल्र्ड वाइड कँडेल केएन केजी जेभीले रानीपोखरी पुननिर्माणको ठेक्का पाएको छ । उता, पुरातत्व विभागले रानी पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माणका लागि एक करोड ४० लाख २८ हजार ५८ रुपैंयाँमा कँडेल/राम जेभी रानीबारीलाई ठेक्का दिएको छ । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।
मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर पछि र सेन्ट्रल फाइनान्स कम्पनीको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ३१.४७८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ ।
खानीखोला हाइड्रोपावरको पुस १८ गतेदेखि बुक क्लोज
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आगामी पुस १८ गतेदेखि बुक क्लोज हुँदै छ । यस हाइड्रो साधारणसभामा जान लागेकोले पुस १८ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ ।
खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउँदै, डलरमा विद्युत खरिद सम्झौता पनि सकिने
काठमाडौ । आगामी २ वर्षपछि ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आउने भएको छ । आगामी सन् २०२० को जुलाईदेखि आयोजनाको आधा स्वामित्व प्रवद्र्धक हिमाल पावर लिमिटेडबाट विद्युत प्राधिकरणमा आउनेछ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । डलर अझ मंहगिएको अवस्थामा बिजुलीमो मूल्य पनि बढ्ने गरेको छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधा/आधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।
क्राउन हिमालयजको नयाँ वर्ष योजना, ३५०० सय मै डिलक्स रुम र ब्रेकफास्ट
काठमाडौं । होटल क्राउन हिमालयज पोखराले नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न पाहुनालाई विभिन्न आकर्षक योजना ल्याएको छ । होटलले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुम्लाई ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो । होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ । धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो । पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ । ‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’ उनले भने, । होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’
एभरेष्ट बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ९९ करोड बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने
काठमाडौं । एभरेष्ट बैंकको २३ औं वार्षिका साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत अर्थात १ अर्ब ९९ करोड १६ लाख रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पेश गर्ने भएको छ । चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव सभाबाट पारित गर्ने कार्यसुचि रहेको छ । संचालक समितिको नयाँ संरचना सभाले पारित गर्ने छ । यस्तै नेपालमा भ्रमण गर्नुपर्दा सञ्चालकलाई १२ हजार, भारत भ्रमण गर्दा पनि १२ हजार र तेस्रो मुलुक भ्रमण गर्नुपर्दा दैनिक ५५० अमेरिकी डलर तथा वास्तविक भ्रमण खर्च दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।
शिवम् सिमेन्टले ३७ करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव लैजादै
काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि उद्योगले पुस २५ गतेको दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिवमले जनाएको छ । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । उद्योगले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी लगानी संरचना तयार पारेको छ । गतवर्ष धितोपत्र बोर्डले उत्पादन मुलकलगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ । उद्योगले १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रवन्धपत्र नियमावली संशोधनको प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै हाल जारी भई मौज्दात रहेको सेयर कम्पनीमा कायम रहेका सेयरधनीले नलिने भएपछि जारीपुँजी ५ अर्ब रुपैयाँलाई घटाएर ३ अर्ब ७० करोड रुपैयाँ कायम गरिने भएको छ । यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो । चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।