नाका बन्दीप्रति क्षमायाचना गरेपछि मात्रै नरेन्द्र मोदी नागरिक अभिनन्दनका लागि योग्य हुन्छन्
भिम प्रसाद उपाध्याय काठमाडौं । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन गर्ने कुरा भनेको मधेशवादी नेताहरुको चाकरीको अस्त्र हो । तर जनकपुर हिन्दू सबैको पवित्र स्थल हो । ठूला विदेशी सरकार प्रमूख पुग्दा त्यहाँ स्वागत गरे पुग्थ्यो । अभिनन्दन गर्ने त उनको योगदान भएपछि न हो । नरेन्द्र मोदीले नेपाल र नेपाली जनताको मन जित्न र विकासमा अहिलेसम्म कुनै सहयोग गरेका छैनन् । नागरिक अभिनन्दनका नााममा चाकरी गरेर केही पैसा पाइन्छ की ? संघीय सरकारलाइ दबाब दिन पनि सकिन्छ की भन्ने मानसिकता प्रदेश सरकारमा छ । केन्दीय सरकारको सहमति नभै मोदीले प्रदेशमा केही गर्न पाउने छैनन् । पाहुना स्वागत गर्नु हाम्रो संस्कार हो । यसमा केही छैन तर मोदीले ३ बर्षअघि नेपाललाई नाकाबन्दी लगाउने वा लगाउन भारतीय भूमि दिने तथा उकास्ने काम गरे । नेपाल सरकारलाई दबाद दिन विदेश सचिव पठाए र हपार्ने काम गरे । जुन सर्वथा गलत र निन्दनिय थियो । त्यसकारण, नेपाली चाकरीवाज नेताहरुले स्वागत गरे पनि जनतालाई दिएको दुःख यो जुनिमा र बालबालिकामा परेको मानसिक छाप मेटिने छैन । तर छिमेकीहरु असल हुन प्रयत्न गर्नै पर्छ । भारतको विरोध गरेर स्थापित भएको वर्तमान सरकारलाई यसले अलोकप्रिय बनाउने डर भने छ । नाकाबन्दीले नेपाली जनताको हृदयमा धेरै चोट पारेको छ । भर्खरका बालकहरुको मनमा मोदीप्रति नकारात्मक भावना जन्माइदिएको छ । यसका निम्नि मोदीले माफी माग्नु पर्छ । नागरिक अनिनन्दन गरिने कुरा अघि मोदीले क्षमायाचना गर्नुपर्छ । र विगतका कुरा बिर्सेर असल छिमेकी र मित्र बन्न सक्नुपर्छ । क्षमा माग्नु महानता हो र क्षमा दिनु अझ ठूलो महानता हो । अरु फेर्न सकिए पनि छिमेकी फेर्न सकिदैन दुबै मुलुकले यसलाई मनन गर्नुपर्छ । अभिनन्दन गर्दा कोही दुःखी हुने अवस्था रहनु हुदैन ।
९ महिनामा प्राइम लाइफको नाफा १४ करोड ३१ लाख
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा ४ करोड रुपैयाँ बढेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जगेडा कोषको आकार बढेर ९४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ जीवन बीमा शुल्क आर्जन गरेको छ । यो समेत गरी हालसम्म ११ अर्ब ४० करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले बोनसदर न्युनतम ३५ देखि ७५ रुपैयाँ दिने घोषणा गरेको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारणसभा जेठ १८ मा, ४ करोड १७ लाखको बोनस सेयर दिने
काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । सभाले समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पनि निर्वाचन गर्ने बैंकले जनाएको छ ।
नेपाल सेवा लघुवित्तको आईपीओ निष्कासन आजसम्म
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारदेखि बन्द हुने भएको छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढीकोका खरिद आवेदन परेपछि निष्कासन आइतबारसम्म हुने संस्थाले जनाएको छ । सेवाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । २ प्रतिशत अर्थात ३ हजार ६०० कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको थियो । न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।
कामना सेवा विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामीमा, बैशाख ३१ गते बोलपत्र पेश गर्ने अन्तिम दिन
काठमाडौं । कामना सेवा विकास बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी ८ लाख ४९ हजार ९६३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ६ लाख ३७ हजार ८१६ र सर्वसाधारणतर्फ २ लाख १२ हजार १४६ कित्ता हकप्रद लिलामी गर्न बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले प्रक्रिया सुरु गरेको छ । हकप्रद खरिदका लागि बैशाख २४ देखि खुला भई ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिने एनएमबीले जनाएको छ ।
राप्ती हाइड्रोले जेठ १ देखि ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले ५ मेगावाटको रुकमगाड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।
सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्कासन बैंशाख ३१ गतेदेखि
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंशाख ३१ गतेदेखि हकप्रद सेयर निष्कासनन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द असार ३ गते हुने छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।
९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतीय कम्पनीले पायो लाइसेन्स, २०७९ असोजदेखि बिजुली बल्ने
काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ३०औ बैठले प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई २५ वर्षका लागि विद्युत उत्पादनको लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डको निर्णयसंगै एसजेवीएनलाई लाइसेन्स दिन बाटो खुला भएको छ । वोर्डले आउदो साताभित्र एसजेवीएनलाई लाइसेन्स दिने भएको छ । बैठकले आयोजना निर्माणका लागि लगानी जुटाउन प्रवद्र्धक एसजेवीएनलाई आगामी असोज १२ गतेसम्मलाई म्याद थप गरेको छ । लाइसेन्स नपाएपछि एसजेवीएनले आयोजनाको निर्माण सुरु गरिसकेको छ । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादन प्याकेजका लागि स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । दोस्रो प्याकेजको काम गर्न पटेल इन्जिनियरिङ लिमिटेडले पनि १८ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।