विकासन्युज

स्वास्थ्य बजेट ५६ अर्ब ४१ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेकाे छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब, विदेशबाट फर्किनेलाई १० लाख ऋण

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवाडाले संसदमा बजेटबारे जानकारी दिदैं सो कुरा बताएका छन् ।   विदेशबाट फर्किनेले व्यवसाय गर्न १० लाख रुपैंया ऋण पाउने भएका छन् ।

सवारीसाधनमा धुम्रपान र मदिर निधेष

काठमाडौं । सरकारले यो वर्षदेखि सबै सवारीसाधनमा धुम्रपान र मदिरा निषेध गर्ने भएको छ । सरकारले ल्याएको बजेटमा सवारीसाधनमा धुमपान र मदिरा निषेध गर्न लागेको हो ।

विनाधितो १० लाख ऋण, शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण

काठमाडौं । सरकारले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमणपत्र धितो राखेर ५ प्रतिशतसम्म ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड विनियोजन विनियोजन गरिएको छ । अर्थमन्त्रीले यसै आर्थिक वर्षमा रोजगारी प्रत्याभूति विधेयक पेश हुने बताएका छन् । विना धितो परियोजनामा आधारित कर्जा १० लाख रुपैयाँसम्म प्रवाह गरिने भएको छ । त्यस्ताे परियाेजनामा भएकाे लगानी सुरक्षित बनाउन बीमा गरिने भएकाे छ । त्यस्तै सरकारले न्यूनतम ज्याला वृद्धि गर्ने भएको छ ।

यो वर्ष राजश्व लक्ष्य भन्दा कम हुने : अर्थमन्त्री

  काठमाडौं । यो वर्षको राजश्व लक्ष्य भन्दा कम हुने भएको । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँको लक्ष्य लिएकोमा ७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ मात्र उठ्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । झण्डे २ अर्ब कम हुने देखिएको उनले बताए ।

बजेट भाषण शुरुः उच्च आर्थिक वृद्धिदर र न्यायोचित वितरण मार्फत समाजवाद(भिडियोसहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५/७६ को बजेट भाषण शुरु गरेका छन् । दुबै संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट भाषण आरम्भ गरेका हुन् । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) उनले उच्च आर्थिक वृद्धिदर र त्यसको न्यायोचित वितरणमा बजेट केन्द्रित भएको बताएका छन् । उनले समाजवाद उन्मखु बजेट तर्जुमा गरेको समेत बताएका छन् ।

वायु सेवा निगमले को-पाइलटलाई सिधै दिल्ली उडान भर्न दिएपछि पाइलट आन्दोलित

काठमाडौं । वायुसेवा निगमले को पाइलटलाई अन्तराष्ट्रिय उडान भर्न दिएपछि विवाद सुरु भएकोछ । को पाइलट सुदिप रिजाललाई सिधैं अन्तर्राष्ट्रिय उडान दिएपछि आन्तरिक उडान गर्ने पाइलट आन्दोलित भएका हुन् । करारमा नियुक्त गरिएको को पाइलट रिजाललाई पहिले डोमेस्टिक उडान भर्ने जहाजको को पाइलट बनाउनुपर्ने हो तर सिधैं अन्तर्राष्ट्रिय विमानमा को पाइलट राखेपछि विवाद बढेको हो । आन्तरिक उडान गर्ने पाइलटहरुले मगंलबार बिहान ४ वटा उडान बहिस्कार गरेका थिए । उनीहरुले विराटनगर, धनगढी, र नेपालगञ्जको आन्तरिक उडान बहिस्कार गरेका थिए । क्याप्टेन सुभाष रिजालले आफ्नै भाई भएकै कारण सिधैं ठुलो विमानको को पाइलटमा नियुक्त गरेको डोमेस्टिक उडान गर्ने पाइलटहरुले आरोप लगाएका छन् । अहिले भने नियमित उडान सुरु भैसकेको विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

एफपीओ आउने भएपछि एनएमबीको सबैभन्दा बढी कारोबार, सेयर मूल्य घट्याे

काठमाडौं । थप निष्काशन(एफपीओ) आउने भएपछि एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ ल्याउने भएपछि लगानीकर्ताहरुकाे आकर्षण बढेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासन गर्न लागेकाे हाे । मंगलबार बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको कारोबार रकममा वृद्धि भएपनि सेयर मूल्यमा भने गिरावट आएको छ । सोमबार प्रतिकित्ता ४४४ रुपैयाँ रहको बैंकको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता ४१९ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटी हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । समग्रमा मंगलबारको नेप्से परिसूचक ९.१८ अंकले घटेर १३२७ अंकमा झरेको छ । सो दिन कुल १६७ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर ४१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा बीमा समूहबाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह ३३ अंकले घटेको छ । बीमा समूह भने सामान्य ५ अंकले उकालो लागेको छ ।