विकासन्युज

दशैं राम्रो सेल्फी खिच्नकाे लागि अपनाउनुस् यी पाँच टिप्सहरु

काठमाडौं। नेपालीहरूकाे  महान् चाड दशैं नजिकिँदै आईरहेको छ र चाडपर्वको बेला हामी धेरै फोटोहरु खिच्ने गर्छौ। त्यसमाथि पनि अचेल हामी एकदम धेरै सेल्फी खिच्ने गर्छौ। सेल्फी कसरी राम्रो खिच्ने ? जान्नकाे लागी यी टिप्सहरु अपनाउनु हाेस् । १. कुनै पनि फोटो खिच्दा उज्यालो एकदमै महत्वपूर्ण कुरा हो। सेल्फी खिच्दा पनि उज्यालो एकदम महत्वपूर्ण हुन्छ। जहिले पनि सेल्फी खिच्दा उज्यालो कताबाट आईरहेको छ त्यसतर्फबाट सेल्फी खिच्नुहोस्। यदी कोठामा सेल्फी खिच्दै हुनुहुन्छ भने झ्यालतिरबाट फोटो खिच्नुहोस्, झ्याललाई ब्याकग्राउण्ड पारेर फोटो नखिच्नुहोस्। २. हामी कुनै पनि फोटो खिच्दा खेरी फोटो सम्झनाको लागि खिच्छौं। त्यसैले सेल्फी खिच्दा पनि पछी गएर यादको रुपमा राख्नलाई खिच्छौं त्यसैले सेल्फी खिच्दा पनि आफ्नो क्लोजअप फेस मात्र नभएर पछाडिको ब्याकग्राउण्ड पनि राम्रोसँग निकाल्नुहोस्।। ३. हामी सबैको अनुहार बिभिन्न बनावटको हुन्छ त्यसैले फोटो खिच्दा पनि सबैको एउटै कोणबाट फोटो राम्रो आउँदैन। त्यसैले बिभिन्न कोणबाट फोटो खिच्ने प्रयास गर्नुहोस्। ४. सेल्फी खिच्दा नजिकबाट नखिच्नुहोस। यसले अनुहार ठुलो देखिने र अचम्मको देखिन्छ। सेल्फी खिच्दा क्यामरालाई अलिक टाढा राखेर खिच्नुहोस्, सम्भव छ भने सेल्फी स्टिकको प्रयोग गर्नुहोस। ५. सेल्फी खिच्दा कहिलेकाहीँ आफैले क्यामरा क्लिक गर्नलाई अफ्ठेरो भयो भने हेडफोनको प्रयोग गर्नुहोस्। हामीले प्रयोग गर्ने सबै मोबाईल फोनको क्यामरामा फ्ल्यास हुँदैन त्यसैले रातिको समयमा अरु एलईडी लाईटहरुको प्रयोग गर्नसकिन्छ जुन बजारमा सजिलै २/३ सय रूपैयाँमा किन्न  पाईन्छ। यदी यो नभएको अवस्थामा अर्को मोबाईल फोनको फ्ल्यास लाईट पनि प्रयोग गर्न सकिन्छ। ६. सेल्फी खिचेर सकेसम्म न्याचुलरनै राख्नुहोला, धेरै एडिट नगर्नुहोला। सेल्फी खिच्दा हरेक कोणबाट खिच्नुहोला तर सकेसम्म जहाँसम्म फोटो न्याचुलर देखिन्छ त्यती नै राम्रो देखिन्छ।

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

पोखरा । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो । कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतकाअनुसार मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलिसहित कालरात्रिको पूजा गरिएको हो । मध्यरातमा गरिएको कालरात्रिको विशेष पूजामा १५० जना भन्दाबढीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । “मल्लकालिन समयदेखि नै शक्ति स्वरुपा कोटभैरवको पूजाआजा भएको पाइन्छ,” उहाँले भन्नुभयो, “तत्कालिन समयदेखि नै दुर्गा पक्षको प्रतिपदाका दिन घटस्थापना गरी फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजासहित विजया दशमीका दिन सामूहिक टिका प्रसाद लगाउने यहाँको प्राचीन संस्कृति हो ।” कालरात्रिका अवसरमा मन्दिरको सम्पत्तिका रुपमा रहेका शक्ति स्वरुपका प्राचीन हातहतियारको पूजासमेत गर्ने गरिन्छ । मन्दिरमा कालरात्रिको पूजामा सहभागी बनेमा विभिन्न दीर्घ रोगको समस्याबाट मुक्ति पाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । सोहि विश्वासकासाथ कालरात्रिको पूजामा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारलगायतका स्थानबाट सर्वसाधारण आउने गरेका छन् । नवदुर्गाको अवसरमा पाठ गरिने सप्तशती (चण्डी)मा कालरात्रिको महिमा उल्लेख छ । शप्तशतीको पहिलो अध्यायको ७९औँ श्लोकमा, “कालरात्रि महारात्रिर्मोहरात्रिश्च दारुण । त्वं श्रीस्त्वमीश्र्वरी त्वं ह्रीस्त्वं बुद्धिबोधलक्षण ।।” भनिएको छ भने अर्गला स्तोत्रको दोस्रो श्लोकमा “जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।” भन्दै कालरात्रिको महिमा गान गरिएको छ । कालरात्रिको महिमालाई आत्मसात गर्दै मन्दिरमा नवदुर्गा विशेष पूजाका साथै कालरात्रिको पूजाआजा हुने गरेको कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । कोटभैरवमा कालरात्रिको पूजा डाँडामा चन्द्रमा आधा अस्त भएका समयमा गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । यसैबीच कोटभैरवको नयाँ मन्दिर निर्माण गरिने भएको छ । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीका तीनतले मन्दिर निर्माण गर्ने सोचका साथ काम अघि बढेको अध्यक्ष महतले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर निर्माणका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उहाँले विभिन्न व्यक्तिबाट चन्दा सहयोग दिइने प्रतिवद्धता व्यक्त गरिएको जानकारी दिनुभयो । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकोले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको सोच रहेको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । मन्दिरमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ । पोखराको पृथ्वीचोकबाट विजयपुर, पावर हाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ । बाटोको सुगमताका साथै ऐतिहासिक महत्वको मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपास क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको छ । यबैबीच कोटभैरव मन्दिरमा आज महानवमी विशेष पूजाका अवसरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । मन्दिरमा भक्तजनबाट एक सयभन्दा बढी बोका तथा कुखुराको बलिसमेत दिइएको समितिले जनाएको छ । रासस

१०० मेगावाटको सुपर त्रिशुली बनाउन ब्लु इनर्जीले ठेकेदारसंग माग्यो आशयपत्र, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । प्रवद्र्धक ब्लु इनर्जी प्राइभेट लिमिटेडले १०० मेगावाटको सुपरत्रिशुली जलविद्युत आयोजना निर्माण गर्न ठेकेदार छनौट सुरु गरेको छ । आयोजना निर्माण गर्नका लागि ब्लु इनर्जीले ठेकेदार कम्पनीबाट आशयपत्र मागेको हो । आशयपत्र पेश गर्ने अन्तिम दिन कात्तिक २९ गतेसम्म तोकिएको छ । आशपत्रबाट छनौट हुने कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउने कम्पनीले जनाएको छ । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा आयोजना बनाउने कम्पनीको तयारी छ । आयोजनाको बाँध, विद्युतगृहलगायत अन्य पुर्वाधार बनाउनका लागि कम्पनीले निर्माण व्यवसायी छनौट गर्न लागेको हो । काम सुरु गरेको ४८ महिनामा आयोजनाको काम सम्पन्न हुने लक्ष्य लिइएको छ । आयोजना आगामी २०७५ कात्तिकदेखि निर्माण सुरु हुने भएको छ । प्रवद्र्धक ब्लु इनर्जीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । आयोजना स्वदेशी तथा विदेशी संयुक्त लगानीमा निर्माण हुनेछ । आयोजनाबाट २०७९ असोज १४ गते ( सन् २०२२ को अक्टुबर) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने भएको छ । यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । आयोजनालाई विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण लगानी हुने उनले जानकारी दिए । उनकाअनुसार आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक संभाव्यता अध्ययनले देखाएको छ । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनर्माणको काम सक्ने लक्ष्य लिएको छ । आयोजनाका लागि आवश्यक पर्ने ७० प्रतिशत जग्गा अधिग्रहण गरिसकेको उनले बताए । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माण लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । यस्तो बाँध भएको सुपर त्रिशुली नेपालको पहिलो आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

बज्र इनर्जीले २४.८ मेगावाटको मादी आयोजना निर्माण गर्ने, सरकार लाइसेन्स दिने तयारीमा

काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्राइभेट लिमिटेडले २४.८ मेगावाटको बज्रमादी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीलाई विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । विभागले ३५ दिने सुचना प्रकाशित गरेर सरोकारवालासंग रायसुझाव मागेको छ । बज्रमादीले ३५ दिनपछि आयोजनाको लाइसेन्स पाउने छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट १४ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । १२.४ मेगावाटको २ वटा फ्रान्सिसको टर्वाइन जडान गर्नुपर्ने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ७.२ किलोमिटर लामो १३२ केभी क्षमताको लेखनाथ सवस्टेशनमा जोडिने छ । आयोजनाको मुल संरचना मादी गाउँपालिकाको हरियो स्वरामा पर्छ । विद्युतगृह सोही गाउपाँलिकाको इदीदेउरालीमा पर्ने कम्पनीले जनाएको छ ।

तास मिलाएर झेली खेलेका रहेछन्, १७ हजार रूपैयाँ खाइदिए -कालाकार माग्ने बुढा

हास्यकालाकार केदार घिमिरे (माग्ने बुढा)  यस वर्षको दशैँ कसरी मनाउदै छन् ? कलाकारहरूले दशैँ कसरी मनाउ छन् ? अहिलेसम्मको सुखद र दुखद दशैँका बारेमा विकासन्यूजका राजाराम न्यौपानेले केदार घिमिरेले गरेको कुराकानी । तपार्इले यो वर्षको दशैँ कसरी मनाउनु हुन्छ ? विगत २/३ वर्ष जस्तै हो यो वर्षको मेरो दशैँ । २/३ भन्दा अगाडीको दशैँ पक्कै फरक छ । त्यतिखेर गाँउमा सबै आफन्त र साथीभाइहरुसँग भेट हुन्थ्याे,  अहिले काठमाडाैमा नै दशैँ मनाइ रहेको छु । तपाइले मनाउनु भएको दशैँ मध्ये संझना आइरने कुन दशैँ हो ? छोरीलाई पहिलो पटक पेल्न चडाउने भनेर सिमार हुदै घर गएका थियाैं। सिमारबाट लोकल बस चडेर हेटौँडा गयौ र फेरी हेटौँडाबाट हातीसुडे घर बसमा जदै थियौ । म आहिरहेको थाहा भाएर सडकमा नै दशैको कार्यक्रम गरिरहेका रहेछन । उनीहरुले बस फुर्केचैरमा रोकेर केदार घिमेरी माग्ने बुढा आको छरे भनेर पुरै बसमा खोजे । तर म बसको हुटमा थिए । उनीहरुले हुटमा पनि आएर खोजे तर चिनेन् । टेलिभीजनमा सबैले चिनेको र प्रत्यक्ष मलाई चिनेनन् । म मदिसे दाजुभाईहरुसँगै थिए र म पनि कालो थिए, त्यसैले पनि चिनेनन् । कार्यक्रम सञ्चालकहरुले भने यहि बसमा माग्ने बुढा आएको छरे, याद गरे हुन्छ यो बस सधै यहि बाटोमा गुडने हो । महिले बसका चालक र सहचालकलाई पछि असजिलो हुने भएकाले मैले भने ‘म नै हो माग्ने बुढा हो ।’ म यो कार्यक्रममा बसे भने घर जाने बस पाँउदिन भने । उनीहरुले मलाइ बाइकको व्यवस्था गछौँ भने । मेरो परिवारलार्इ घर पठाए र म कार्यक्रममा बसे । त्यो सालको दशैँलाई मैले बिर्सन सकेको छैन । तपाइको सबैभन्दा दुखद दशैँ कुन हो ? मलाई थाहा भए पछि २०५० सालमा सबैभन्दा दुखद दशैँ भयो । त्यति बेला मेरो घर आगो लागि भएको थियो । घरमा भएको सबै समान जल्यो र आफ्नो घरमा दशैँको माहोल नै आएन । त्यस वर्ष सबै कुराको अभाव भयो । कति वर्षको हुनु भएको थियो ? म १८ वर्षको भएको थिए । सबै कुरा राम्रोसँग बुझ्थे । तर आफ्नो मनमा कता कता नरामाइलो भैरहेको थियो । सबै साथीहरुले दशैँ मनाउदै थिए तर मेरो मनमा यस वर्ष हाम्रो दशैँ छैन जस्तो लागेको थियो । हामी कम्जोर भएका छौ भने त्यति बेला लागेको थियो । दशैँमा जुवा तास खेल्नु हुन्छ कि हुदैन ? विगत ५/६ वर्ष पहिले तास खेल्ने गरेको थिए । तर अहिले तास जुवा खेलदिन । यो राम्रो बानी पनि होइन जस्तो लागेर मैले तास खेल्न छोडेको हो । समय र पैँसाको पनि नास हो । दशैमा तपाइले तास खेल्दा कति पैँसा हार्नु भएको थियो ? मैले दशैँमा हार जित हुने गरी तास खेलेको छैन । दशैँभन्दा अरु बेला नै एउता खेलमा १७ हजार हारेको थिए । तासमा मिलाएर १७ हजार पैँसा खाइदिए । तास मिलाएर नै मेरो पैँसा जिते । तपाइले तास खेल्दा कति पैँसा जित्नु भएको थियो त ? सिक्ने क्रममा मैले २३ हजार जितेको थिए । जितेको बेला पनि तास खेलिरहु जस्तो लागेको थिएन । दशैँमा मदिरा पिउनु हुन्छ कि हुन्न ? दशैँ पारिवारिक हुने भएकाले पारिवारमा सरिक भएर हिडनु पर्ने हुन्छ । हाम्रो एउटा जेनेरेसनका ३/४ जना जम्मा भयाैं भने मदिरा पिउने गरेका छौ । म थाेरै पिउँछु। पिउनकाे लागि त्यस्तो कुनै पनि पल छैन । दशैँको सपिङग कहाँ गर्ने गर्नु भएको छ ? मैले अाफ्नो लागि किन्ने भनेको जुत्ता मात्रै हो । त्यो पनि कतै कार्यक्रममा गएका बेला जुत्ताले धोका दियो भने मात्रै हो । मेरा लागि किनमेल श्रीमतीले नै गर्ने हो । २/३ वर्ष काठमाडौँमा नै बसेर दशैँमा मनाउनु भएको छ । सहर र गाँउको दशैँ कतिको फरक छ ? दशैको समयमा हाम्रो फिल्म प्रदर्शनको समय छ । त्यसैले गर्दा पनि घर जान सकिदैन । गाँउमाभन्दा सहरको दशैँ अलि फरक हुन्छ । गाँउमा सबै आफन्तहरुसँग भेट हुन्छ सहरमा त्यस्तो हुदैन । गाँउमा मनहरु नजिक र सहरमा मनहरु टाडाटाडा हुन्छन् । कलाकारहरुले कसरी दशैँ मनाउछन् ? सामान्य परिवारको जस्तै हो कलारकारको पनि दशैँ । गाँउतिर घर हुनेहरु गाँउतिर जान्छन । यतै घर हुनेहरु यतै बसेर मनाउने गरेका छन् । दशैँ कसरी मनाउन सुझाव दिनुहुन्छ ? सबैले आफ्नो क्षमता अनुसार खर्च गरेर दशैँ मनाउनु पर्छ । पिङ्ग खेल्दा विचार गरेर खेल्नु पर्छ नत्र कुनै घटना पनि घटन सक्छ । सकेसम्म दशैँलाई सरल तरिकाले मनाउनु नै सबैका लागि राम्रो हुन्छ । खाने, खेल्ने र हिडने कुरामा ख्याल गर्नुपर्छ । तपाई सबैलाई हसाउने मान्छे । मनैदेखि हाँस्नलाई के हुनुपर्छ ? हाँस्ने मान्छे तनावमा हुनु हुँदैन । सबै तनावबाट मुक्त भएर ‘हाँस्न बसेको हुँ’ भन्ने ‘फिल’ गर्नुपर्छ । कहिलेकाहीँ हामीले गाईजात्रा देखाउँदा कतिपय मान्छे हाँस्दैनन् । उनीहरू ऋण, धन, घरको तनावसहित नै त्यहाँ आउँछन् । खुलेर हाँस्न सक्दैनन् । जो मान्छे तनाव छोड्न सक्छ, उही मात्र हाँस्न सक्छ ।

महंगो भाडा असुल्ने ५०० सय सवारी कारवाहीमा, मोटरसाइकल दर्ता लम्बियो,

काठमाडौं । बन्द भएको मोटरसाइकल दर्ता दशैं अघि नखुल्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको दस्तावेज मन्त्रिपरिषदबाट पारित हुन नसकेपछि दर्ता अन्योल बन्दै गएको हो । मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको दस्तावेजमा निर्णय हुन नसकेपछि दशैं अघि दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो । दस्तावेजमा पुरानै बाग्मती अञ्चल अनुसार ९९ लट पछि १०० लट बनाउने उल्लेख भएको विभागका प्रवक्ता गोकर्ण उपाध्ययले बताए । उनले भने हामीले मन्त्रिपरिषदमा समयमै कार्यविधि बनाएर पेस गरेपनि त्यसमा मन्त्रिपरिषले निर्णय लिन सकेन यसैले दशैंअघि दर्ता शुरु हुने प्रक्रियाको सम्भावना सकिएको छ । विभागले प्रदेश अनुसार मोटरसाइकल दर्ता प्रक्रियालाई लैजानु पर्ने भएपनि परानै मोडेलमा लैजाने तयारी गरेको हो । प्रवक्ता उपाध्यायका अनुसार यदि विभागले नयाँ कार्यविधि बनाउनु पर्ने भएमा पनि मन्त्रिपरिषदले निर्णय गर्नुपर्नेछ । नेपालमा सबैभन्दा लोकप्रिय बन्दै गएको सवारी मोटरसाइकलको संख्या २५ लाख नाघिसकेको छ । यसमध्ये बाग्मतिमा ९ हजार ९ सय ९९ वटा मोटरसाइकल पुगिसेको छ । विभागले प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता गर्ने गरको छ । विभागलाई प्राप्त कानूनि अधिकार अनुसार ९९ सय लट मात्र पाइने भएकाले दर्ता प्रक्रियामा कानूनी समस्या परेको हो । बढी भाडा लिने ५०० सवारी कार्वाहीमा  विभागले दशैंको समयमा हुने यातायात क्षेत्रकको अनियमितता रोक्न ४ वटा अनुगमन टोली खटाएको थियो । टोलीले हालसम्म ५ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरिसकेको छ । उपाध्यायका अनुसार सबैभन्दा बढी अनियमितता गर्ने माइक्रो र साना सवारी रहेको छ । यस्ता सवारीलाई जरिवाना गर्ने र बढी लिइएको भाडा फिर्ता गर्ने गरिएको छ । यसैगरी विभागले असोज ३१ गतेदेखि पुन रुट परमिट बन्द गर्ने भएको छ । दशैंलाई लक्षित गरेर सञ्चालन गरिएको रुट परमिट ३१ गतेबाट बन्द हुने प्रवक्ता उपाध्यले बताए ।

‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’

काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।

आफ्नो मुटु स्वस्थ राख्न दशैंमा कस्तो मासु खाने? हार्टअट्याक भएमा अपनाउनुस् यी कुरा

अनिल भट्टराई, वरिष्ठ मुटुरोग विशेषज्ञ काठमाडौं। बिशेष गरेर दशैंमा चिल्लो, बोसो युक्त अझै बिशेष गरेर रातो मासु खाने चलन रहेको छ। त्यसबाहेक यो समयमा मानिसहरुले रक्सी जाँडको पनि बढी सेवन गर्ने गर्छन्।  चाडबाडको समयमा जती बेला हरेक कुरा अत्याधिक खाईन्छ  यसैले गर्दा पनि बिशेष गरी सबैले आफुलाई स्वस्थ राख्ने भन्ने बिषयमा सजक रहन जरुरी छ। मासु दशैंको समयमा अत्याधिक खाइने/मन पराइने परिकार  हो। मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । भुटेको, तारेको मासु भन्दा पनि ग्रेभीवाला मासु खाँदा राम्रो हुन्छ। त्यो बाहेक लिङ मिट जुन छाला र बोसो रहित हुनेगर्छ त्यसको प्रयोग गर्दा पनि सामान्य मासुभन्दा स्वस्थकर हुने गर्छ। सकेसम्म खसीको मासु प्रयोग नगर्दा अझै राम्रो हुन्छ। मासु खाए पनि सेतो मासु खादाँ धेरै स्वस्थकर हुन्छ। हाम्रो प्रचुर रुपमा मासु खाने जुन चलन छ त्यसलाई सक्दो कम गर्न जरुरी छ। मदिरा र धुम्रपान सकेसम्म कम गर्नुपर्छ। त्यस्तै चाडबाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ। जुवातास खेल्ने मानिस लामो समय सम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन्। यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, प्रेसर हाई भएर मुटुको नलीहरु पनि फुटिएको देखिन्छ। त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ। दशैंको समयमा मुटु रोगीमा अझै जटिलता थपिन्छ – दुई दिनमै रोगी बढीहाल्ने भन्दा पनि जसलाई पहिले देखी नै मुटुरोगको समस्या छ, उच्च रक्तचाप छ र पहिले देखी नै औषधी सेवन गरिरहेका छन् उनीहरुलाई चाँही यो समयमा अझै जटिलता थपिन्छ । किनभने मुटुरोगीले त्यसरी बढी चिल्लो रहित मासु, रक्सी खायो, वायम गरेन, रातभर जाग्राम बसेर तास खेल्छ भने पक्कै पनि उसको रक्तचाप बढ्छ वा औषधीको रिक्वायरमेन्ट बढेर जान्छ। त्यस्तै, पहिले नै मुटुको नलीमा केही फरकपन आईसकेको अवस्थामा धेरै लामो समयसम्म चिल्लो भएको मासुजन्य खानेकुरा खाएको अवस्थामा त्यसले चाँही शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाउँछ जसले गर्दा अझै जटिलता थपिने, मुटुको नली साघुँरो हुने र हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढेर जान्छ। कार्बोहाईड्रेट खानामा कम गर्ने – हाम्रो दिनहुँको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको भात र आलु हो। तरकारीमा पनि आलु, अचारमा पनि आलु, हुँदाहुँदा दिउँसो खाजाको रुपमा पनि आलु फ्राइ बनाएको पाईन्छ। यसले गर्दा आलु र भातको मात्रा घटाउन जरुरी छ किनभने यसमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ। सुगर शरीरमा गईसकेपछी पछी गएर चिल्लोमा परिवर्तन हुने गर्छ। त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी छ। यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाईन्छ र आफ्नो स्वास्थ्य पनि राम्रो रहन्छ। अचानक हार्टअट्याक आएमा अर्थात  डाक्टर नआईपुगेको खण्डमा के गर्ने ? – यसमा दुईवटा कुरा छ। घरमा यदि कोही मेडिकल पर्सण छन् भने उसलाई यस बिषयमा थोरै भए पनि जानकारी हुन्छ । तर यदि घरमा त्यस्तो मान्छे छैन भने उसलाई यस बिषयलाई लिएर त्यती ज्ञान नहुनसक्छ। एउटा मुटु बन्द भईसकेको हुन्छ भने अर्को बन्द हुनुभन्दा अगाडिको अवस्था हुनसक्छ। हार्टअट्याक आएको मानिसलाई सामान्य अवस्थामा ल्याउनको लागि अथवा डाक्टर नआईपुगेको खण्डमा छातीको देब्रे पट्टी १ मिनेटमा ६०- ७० चोटि थिच्न जरुरी छ। त्यसमा यदि मानिसले सास लिएको छैन भने प्रत्येक ५ चोटि थिचेपछी नाक बन्द गरेर मुखमा कृतिम श्वासप्रश्वास गर्न सकिन्छ। यसो गर्दा उक्त बेहोस भएको मानिसको फोक्सोमा पनि हावा जान्छ। कसैलाई हार्टअट्याक आएको अवस्थामा यो गर्न सकियो भने धेरै हदसम्म मानिसको ज्यान जोगिन्छ। हृदयघातको लक्षण – कडा रुपमा छातीकोबीच भागमा त्यसमाथी पनि देब्रे भागमा कडा दुखाई महसुस – पसिना चिटचिट आउने – चक्कर लाग्ने – वाकवाक हुने – मुटुको धड्कन तेज रुपमा बढ्ने – बेहोस भएर ढल्ला जस्तो हुने (वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईसँगको कुराकानीमा आधारित )