पुष्पलाल राजमार्ग निर्माणमा समस्या, अन्तरमन्त्रालय समन्वय भएन
काठमाडौँ । झण्डै एक करोड नेपाली लाभान्वित हुने भनिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अन्तरमन्त्रालय समन्वय नहुँदा समस्या आइरहेको छ । वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयसँग पर्याप्त समन्वय हुन नसक्दा कठिनाइ आइरहेको हो । सडक निर्माण भएकै स्थानमा अरु आयोजना निर्माणको योजना बन्नु, निर्माण सामग्री सहजरूपमा प्राप्त नहुनु र रुख कटान झन्झटिलो हुनुलगायतका समस्याले आयोजनालाई निर्वाधरूपमा काम गर्न नदिइएको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयले जनाएको छ । स्थानीय तहले निर्माण सामग्री उत्खनन् र ढुवानीमा गरेको कडाइका कारण काममा बाधा पुगेको निर्देशनालयका प्रमुख दीपक केसीले बताए । यस विषयमा आयोजनाले मन्त्रालयलाई जानकारी गराइसकेको छ । उनले भने, “राष्ट्रिय गौरवका आयोजनामा निर्माण सामग्री सहज बनाउन सरकारले विशेष व्यवस्था गर्नुपर्ने खाँचो छ ।” तीन सय ४४ किलोमिटर सडक कालोपत्र र ६८ पुल निर्माण सम्पन्न हुँदासम्म अझै सडकको सीमा निर्धारण हुनसकेको छैन । अहिलेसम्म स्थानीयवासीले स्वेच्छाले जग्गा दिइरहे पनि भविष्यमा कुनै पनि खालको समस्या आउन सक्ने प्रमुख केसीले बताए । उनले भने, “अहिलेसम्म स्थानीयवासीले ठूलो आयोजना आफ्ना ठाउँमा बन्न लागेकाले जग्गा दिइरहेका छन् तर भोलि समस्या आउन पनि सक्छ ।” फाइल तस्विर सुनकोशी र बूढीगण्डकीमा निर्माण हुनलागेका जलाशययुक्त आयोजनाको अहिले अध्ययन भइरहेको छ । दुवै आयोजनाले यो आयोजनालाई प्रभावित पार्नसक्ने देखिएको प्रमुख केसीले बताए । ती आयोजनामा खोलाबाट निश्चित उचाइसम्म निर्माणका काम गर्न नमिल्ने भए पनि अहिले सडक त्योभन्दा कम उचाइमा रहेको छ । राष्ट्रिय गौरवको आयोजना त्यसमा पनि सडकको काम भइसकेकाले पछि निर्माण हुन लागेका आयोजनाले त्यसमा ध्यान दिनुपर्ने आयोजनाले बताउँदै आएको छ । यसले गर्दा रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली गोरखा र धादिङ जिल्लाका गरी दुई सय किलोमिटर सडकमा समस्या देखिएको हो । सडक निर्वाधरूपमा निर्माण गर्न रणनीतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गर्न आवश्यक गृहकार्य गर्नुपर्नेमा आयोजनाको जोड छ । राष्ट्रिय गौरवको आयोजनालाई निर्माण सामग्रीको उत्खनन् रोक्न नमिल्ने भनी बाध्यकारी व्यवस्था गर्नुपर्ने प्रमुख केसीले बताउनुभयो । जलाशययुक्त आयोजना निर्माण हुने÷नहुने यकिन गरी प्रभावित क्षेत्र निर्धारण हुनुपर्नेमा उनको जोड छ । राष्ट्रिय गौरवको आयोजना निर्वाध सञ्चालन गर्न आवश्यक ऐन, कानून र निर्देशिका बनाउनुपर्ने उनले बताए । विभिन्न समस्या देखिए पनि सडक समयमा सम्पन्न गर्ने गरी अघि बढाइएको प्रमुख केसीले जानकारी दिए । उनका अनुसार हालसम्म ३४४ किमी सडक कालोपत्र भइसकेको छ भने ५८१ किमी सडक निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छन् । आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने भनी सरकारले आयोजनालाई पाँच खण्ड बनाएर निर्माण अघि बढाएको थियो । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई कार्यालयबाट निर्माण भइरहेको आयोजना चाँडो सक्न मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँचवटा कार्यालय बनाएर कार्यान्वनमा ल्याइएको हो । सबै कार्यालयले मातहत हेर्ने सडक, पुल छुट्यएर काम गरिरहेका छन् । अयोजनाका कार्यालय पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन् । राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा नेपालको मध्यपहाडी हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी २०६४÷६५ बाट आयोजना शुरु गरेको हो । गत फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट राजमार्गको रेखाङ्कन स्वीकृत भएसँगै निर्माणकार्य अघि बढेको हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ । सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको हो । २०६४/६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस राजमार्र्गको कूल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । रासस
रघुपति जुट मिललाई किस्ताबन्दीमा महसुल तिर्न प्राधिकरणको पत्र, ११ करोड ९० लाख बक्यौता बाँकी
काठमाडौँ । विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ । प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ । प्राधिकरणले सोही निर्णयअनुसार रघुपति जुट मिललाई ४४ किस्तामा महसुल तिर्ने गरी निर्णय गरी त्यसको जानकारीसमेत गराएको छ । प्राधिकरणले प्रति किस्ता रु २७ लाख पाँच हजार ८०० को दरमा ४४ किस्ता गरी रकम तिर्न पाउने भएको छ । प्राधिकरणलाई रघुपति जुट मिलले बुझाउन बाँकी रहेको छुट बिल रु ११ करोड ९० लाख ५५ हजार २१९ रहेको छ । उद्योगले किस्ताबन्दीमा सहुलियत माग गरेकोमा प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णयअनुसार किस्ताबन्दीमा महसुल तिर्न पाउने गरी व्यवस्था गरिएको हो । प्राधिकरणले तय गरेको किस्ता नबुझाएमा प्राधिकरणको विद्युत् वितरण नियमावली २०६९ अनुसार शुरु किस्ता कायम गरिएको रकममा समेत नियमानुसार थप दस्तुर कायम गरिनेछ । प्राधिकरणको विराटनगर वितरण केन्द्रका निमित्त प्रमुख धु्रव अधिकारीले उद्योगीलाई किस्ताबन्दीमा महसुल उपलब्ध गराउन पत्राचार गरिएको र अन्य उद्योगीलाई पनि सोही सुविधा दिइने जानकारी दिनुभयो । प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको मात्रै कूल रु ११ अर्ब महसुल उठाउन बाँकी रहेको छ । प्राधिकरणले सबै उद्योगीलाई नियमानुसार महसुल तिर्न आग्रह गरेको छ । रासस
अन्तःशुल्क स्टिकर छपाइको बोलपत्र अघि नबढाउन लेखा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी बोलपत्र आह्वान र ओपिसी सिमेन्टको गुणस्तर कायम गर्नेसम्बन्धी पछिल्लो निर्णय तत्काल कार्यान्वयनका लागि अघि नबढाउन सरकारलाई निर्देश गरेको छ । अन्तःशुल्क कार्यालयले अन्तःशुल्क स्टिकर छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा राखिएको शर्तका कारण नेपाली कम्पनीले प्रतिस्पर्धा गर्न नसक्ने परिस्थिति सिर्जना भएको भनी परेको उजूरीमाथिको छलफलपछि समितिले सरकारलाई उक्त निर्देशन दिएको हो । नेपाली कम्पनीले भाग लिनसक्ने गरी आवश्यक कानून परिमार्जन गर्न समितिले एक वर्षअघि अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले समितिको निर्देशनलाई बेवास्ता गर्दै बोलपत्र आह्वान गरेको समितिको बुझाइ छ । नेपाली कम्पनीले कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसक्ने शर्त राखेर एकैचोटी पाँच वर्षका लागि ठूलो परिमाणमा स्टिकर छपाइ गर्न लागेका बेला समितिले यस्तो निर्देशन दिएको हो । स्टिकर छपाइका सन्दर्भमा समितिको यसअघिको निर्देशन कार्यान्वयन नभएको विषयमा आगामी बैठकमा अर्थमन्त्रालय र सम्बन्धित पदाधिकारीसँग जानकारी माग गर्ने निर्णय भएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । स्टिकर छपाइका लागि करीब रु तीन अर्ब बराबरको बोलपत्र आह्वान गरिएको छ । उक्त बोलपत्र आह्वानले नेपाली कम्पनीले आगामी पाँच वर्षसम्म भाग लिन नपाउने अवस्था सिर्जना भएको मात्र नभई ठूलो धनराशि विदेश जाने अवस्था उत्पन्न भएको समितिको बुझाइ छ । नेपाली कम्पनीले स्टिकर छपाइको काम गर्न पाए स्वदेशी उद्योग फस्टाउने र रोजगारी वृद्धि हुने सांसदहरुको बुझाइ छ । यस्तै नापतौल तथा गुणस्तर विभाग मातहतको गुणस्तर निर्धारण परिषद्ले ओपिसी सिमेन्टमा लामो समयदेखि कायम गरिएको गुणस्तर मापनलाई अचानक खुकुलो गरेका विषयमा पनि समितिले उद्योग मन्त्रालयका पदाधिकारीसँग जानकारी माग गर्ने निर्णय गरेको छ । ओपिसी सिमेन्टको गुणस्तर कायम गर्ने सन्दर्भमा पछिल्लो समय गरिएको केही शर्त परिवर्तनले गुणस्तरमा प्रश्न उठेको विषयमा परेको उजुरीमाथिको छलफलका आधारमा समितिले उक्त निर्देश गरेको हो । बैठकमा सांसद धर्मशीला चापागाईँ, लेखराज भट्ट, राजेन्द्र केसी, हृदयेश त्रिपाठी, तेलुला चौधरीलगायतले समितिका निर्णय कार्यान्वयनमा सरकारले बेवास्ता गरेकामा आपत्ति जनाउँदै निर्देशन कार्यान्वयन भए नभएका बारेमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको धारणा राखे । रासस
आज सार्वजनिक बिदा, मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइदै
धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । “जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
चितवन पर्सामा सुजुकिको पुनर्ताजगी कार्यक्रम
काठमाडौँ । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्रालि र पुर्वी चितवनको लागि अनधिकारिक बिक्रेता मोडर्न बाईक सेन्टर पर्साको संयुक्त आयोजनामा सुजुकि जिक्सरका ग्राहक लाई लक्षित गरेर पुनर्ताजगि कार्यक्रम तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । आफ्ना पुराना उपभोक्तलाई लक्षित गरेर राखिएको कार्यक्रममा सर्बप्रथम चियापान र त्यसपश्चात मनोरन्जन गराउने लक्ष्य राखेर बिहानी शो अन्तर्गतको चलचित्र समेत देखाईएको थियो । तत्कालै संचालनमा आएको पर्सा सिने प्लेक्समा उपभोक्तहरुले चलचित्र हेरेर मनोरन्जन लिएका थिए । त्यो भन्दा पहिला बिहानी समय मा जिक्सर २५० लाई टेस्ट ड्राइभ तथा फोटो सेसन कार्यक्रम समेत गराईएको थियो । सुजुकिको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको बिलकुलै पृथक मोटरसाईकललाई प्रत्यक्ष देखाउने अभिप्रायले चलचित्र हलसंगको सहकार्यमा साताब्यापी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै यस अबधिमा खरिद गर्ने तथा साटफेर गर्ने ग्राहकलाई दश हजार नगद छुटको ब्यबस्था साथै चलचित्र हेर्न चाहानेहरुका लागि थप कपल टिकटको ब्यस्था गरिएको मोडर्न बाईक सेन्टरका संचालक अजय तिवारीले जानकारि दिए । केही दिनमा नै नेपालकै सर्बोत्कृट सुजुकि सर्भिस सेन्टर को औपचारिक शुभारम्भ पर्सा बजा बाट गरिने संचालक तिवारीले जानकारि दिए । भिजि सुजुकि नेपाल ले जिक्सर २५० लाई लक्षित गरेर काठमाडौँ तथा पोखरामा स्टन्ट सो र पर्सामा तेस्रो कार्यक्रमको रुपमा पुनर्ताजगी कार्यक्रम तथा जिक्सर अवारनेस कार्यक्रम संचालनमा ल्याएको हो । यस्तै प्रकृतिका अन्य कार्यक्रमहरु नेपालका मुख्य शहरहरुमा गराउँदै लैजाने योजना रहेको भिजि सुजुकि नेपालका बिक्री प्रबन्धक धनिराम भुसालले जानकारी दिए ।
मेगा बैंकले पायो बैंक अफ दी एयर २०१९ अवार्ड, नयाँ पुस्तामा अब्बल बन्दै
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड पाएको छ । शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्षअघि स्थापना भएको यो बैंक नया पुस्ताको राम्रो बैंकमा गनिन्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएकाे छ । सर्बसाधारणले यस बैंकमा करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् । बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियाे । हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएकाे बैंकले जनाएकाे छ ।
ओकिनावाको इलेक्ट्रिक स्कुटर ‘लाइट’ सार्वजनिक, फुल चार्जमा ६० किलोमिटर सम्मको रेञ्ज दिने
काठमाडौं । इन्डियन इलेक्ट्रिक टू–ह्विलर उत्पादक कम्पनी ओकिनावाले आफ्नो विल्कुलै नयाँ स्कुटर ‘लाइट’ लाई भारतिय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस इलेक्ट्रिक स्कुटरको मूल्य भारतिय बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकेको छ । यस स्कुटरमा २५० वाटको वाटरप्रुफ बीएलडीसी मोटर दिइएको छ जसले स्कुटरलाई २५ केएमपीएचको गति प्रदान गरेको छ । त्यसैगरी ओकिनावा लाइटमा १.२५ किलोवाटको लिथियम–आयन ब्याट्री समावेस गरिएको छ जसले फुल चार्जमा ५० देखि ६० किलोमिटरसम्मको रेञ्ज दिन्छ भनी कम्पनीले क्लेम गरेको छ । यस डिटेचएवल ब्याट्रीलाई फुल चार्ज हुन कम्तीमा पनि ४ देखि ५ घण्टाको समय लाग्दछ । खुशीको कुरा के हो भने ओकिनावाले यस स्कुटरको खरिदमा ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टी समेत प्रदान गर्ने भएको छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि तर्फ हाइड्रोलिक शक एब्जर्बर्सले यस स्कुटरमा सस्पेन्सनको काम गर्दछन् । ब्रेकको कुरा गर्नुपर्दा अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा भने ड्रम ब्रेक जडान गरिएको छ । सम्पूर्ण लाइटहरु एलईडी रहेको यस स्कुटरमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टार्ट/स्टप बटनजस्ता अन्य धेरै फिचरहरु समावेस गरिएको छ । त्यसैगरी यो स्कुटर ह्वाइट र ब्लु गरी दुई कलर अप्सनहरुमा उपलब्ध रहेको छ ।आउँदो फेब्रुअरीबाट भारतमा आयोजना हुने अटो एक्स्पोमा ओकिनावाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकललाई पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।
दराजकाे एकदिने सेल कार्तिक २५ गते, यस्ता छन् ११.११ फाइदा
काठमाडौं । नेपालको अन्लाईन शपिङ साइट दराजले ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल)यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातमाआयोजना भएकाे छ । एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, तीन हजार भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढिसामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ । साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा तीन हजार पाँच सय रुपैयाँसम्मको छूट पाउनेछन् । यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदीसामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्। ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन । जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट;मन्त्रनाइकी,गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५% को छूट;भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट;आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट;र अन्य अरु धेरै । यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ । उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ । यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ ।