विकासन्युज

महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौता, नयाँ खाता खाेल्न सहज हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक र इसेवा फोनपेबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि बैंक र ईसेवा फोनपेबीच आइतबार सम्झौता भएको हो । ग्राहकले अब ईसेवा फोनपेका एजेन्टहरुमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाइ निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ । बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाफोनपेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । बैंकले आगामीदिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न सदा तत्पर रहने बताइएको छ ।

सनफ्लो सनफ्लावर तेल योजनाको चौथो लक्की ड्र विजेता घोषित

काठमाडौं । सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिमबहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासीन्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासीजुनु श्रेष्ठ र पाल्पा निवासी केश मायापुनले हिराको टप जितेका छन् । के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ माएसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जनाविजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गुल्मीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र स्थानिय बासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै गर्दै आइरहेको छ ।

मंसिरमा मूल्य वृद्धि दोब्बर, राष्ट्र बैंककाे तथ्याङ्क भन्छ-‘तलबी कर्मचारीलाई मर्का पर्दैन’

काठमाडौं । चालु आर्थिक वर्षमा मूल्यवृद्धि दोब्बर हुने भएको छ । २०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । मूल्य वृद्धिको असर भारतबाट आएको केन्द्रीय बैंकको तर्क छ । नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेकोमा भारतमा यस्तो मुद्रास्फीति ७.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३.७१ प्रतिशत र २.११ प्रतिशत रहेको थियो । पेट्राेलियम पदार्थमा बारम्बार मूल्य वृद्धि भएकाेले मुद्रास्फितिमा बढी चाप परेकाे अर्थशास्त्रीहरू बताउँछन् । चालु आर्थिक वर्षमा पेट्राेलियम पदार्थकाे मूल्य चार पटक वृद्धि भैसकेकाे छ । मूल्यवृद्धि उच्च भएपनि कर्मचारीलाई मर्का नपरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मंसिरमा मुद्रास्फीति ६.५५ प्रतिशत कर्मचारीको तलब तथा ज्यालादर सूचकाङ्क १०.०४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.३० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.०६ प्रतिशतले बढेको छ ।

सिद्धार्थ बैंकद्धारा निःशुल्क क्यान्सर जाँच शिविर

काठमाडौं । सिद्धार्थ बैंकले अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । बैंकले माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ । हाल बैंकले १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् । “सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो”, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । बैंकले हाल १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

मदन खरेल असक्षम सावित, कार्यकारी पदबाट अल्पकालमै दाेस्राे राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका स्राेतले जानकारी दियाे । निगमकाे कायर्कारी प्रमुखकाे हैसियतमा याे उनकाे दाेस्राे राजीनामा हाे । यसअघि सहकर्मी सुगतरत्न कंसाकारसँग असहमति राख्दै पदबाट राजीनामा दिएका थिए । दाेस्राे राजीनामासँगै उनले अाफूलाई असक्षम सावित गरेका छन् । खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसके निगम भित्र र वाहिरबाट विराेध हुन थालेकाे थियाे । त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए । कार्यकारी अध्यक्ष भए लगत्तै खरेलले तत्कालिन महाप्रवन्धक सुगतरत्न कंशाकारलाई भूमिका विहीन बनाएर निगममा द्वन्द्व निम्ताएका थिए । खरेल छिरेपछि प्रभावशाली व्यवस्थापककाे रूपमा स्थापित कंशाकार ८ महिना हाजिर मात्र गरेर बसेकाे थिए । खरेल यसअघि २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो । खरेलले वायुसेवा निगममा झण्डै तीन दशक काम गरेका थिए । तर कार्यकारी पदमा उनी टिक्न सकेनन् ।

सिटिजन्स बैंकले एकैदिन सञ्चालनमा ल्यायो थप ४ नयाँ शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकैदिन थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आइतबार मात्रै चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटको विस्तारित शाखाहरु संचालनमा ल्याएको हो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं५ को जीतपुरमा शाखा विस्तार गरको हो । यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । सरकारले वित्तीय पहँुचतथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनकालागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेसँगै बैंकले थप ४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। यसबैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन् । बैंकले हाल कुल ८९ वटा शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।