विकासन्युज

चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काइने

काठमाडौं । नेपाल सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ । कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै शनिबार प्रधानमन्त्रीको उपस्थितिमा बसेको मन्त्री, मुख्य सचिव तथा सचिवहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य तथा तिनका अभिभावकहरुको चाँसोलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई स्वदेश फर्काउने निर्णय गरेकाे स्वास्थ्य मन्त्रालयको प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । हाल चीनमा १ सय ७७ नेपाली विद्यार्थी अध्यनरत छन् । बेईजिङ स्थित नेपाली दुतावासले यसमा सहयोग गर्न श्रेष्ठले बताए । चीनबाट प्रस्थान गर्ने विमानस्थलमा उनीहरुको स्वास्थ्य परिक्षण हुनेछ भने उनीहरुलाई नेपाल ल्याएर थप जाँच गरेर संक्रमित भएको अवस्थामा तोकिएको अस्पतालहरुमा आईसोलेसन वार्डमा राखी उपचार गरिनेछ । यस्तै बाँकिलाई दुई हप्ता निगरानीको लागि छुटै स्थानमा राखिनेछ ।

वेष्ट फाइनान्सले चार वटा मन्दिरमा वितरण गर्यो फर्निचर तथा डस्टविन

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले चार वटा मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ चावहिल स्थित सरस्वती मन्दिर, काठमाण्डौको न्यूरोड स्थित संकटा मन्दिरमा, बुटवल स्थित दुर्गा मन्दिर तथा बर्दघाट स्थित शिव मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको हो । बेष्ट फाइनान्स स्थापनाको २४औं वर्ष पुरा गरि २५औं वर्षमा प्रवेश गरेको छ । संस्थाले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ । काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न गौशाला उद्योग वाणिज्य संघ महोत्तरीका अध्यक्ष रामराजा प्रसाद साह, लहान उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्य, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का, संखुवसभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य र महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्तालाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य गरेर ऐन नियममा सहज गरोस् भन्ने धारणा राखेका छन् । अबको नेतृत्वले साना व्यवसायीका पिर मर्का बुझोस् रामराजा प्रसाद साह, अध्यक्ष, गौशाला उद्योग वाणिज्य संघ महोत्तरी नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने माात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ । हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ । चुनावका समयमा धेरै आश्वासन दिने तर पछि हामी साना व्यवसायीहरुको सम्पर्कमा नआउने प्रवृति अबको नेतृत्वले तोड्न सकोस् । अबको नेतत्वले सरकारलाई सल्लाह दिन सकोस् अशोकलाल अमात्य, अध्यक्ष , लहान उद्योग वाणिज्य संघ सिराहा नेपाल उद्योग वाणिज्य महासघंको अब आउने नेतृत्व सफल र सबैलाई बुझ्ने खालको हुनु पर्छ । अबको नीति निमार्ण गर्ने समयमा सरकारलाई सुझाव सल्लाह दिने खालको होस् । अबको नेतृत्व सबै व्यवसायीलाई एकैसाथ लिएर अगाडि बढ्ने खालको होस् । साना व्यापारीका पिर मर्कालाई पनि बुझ्ने खालको होस् । हामी साना उद्योगी भयो भने ठूलो उद्योग चल्ने हो । अहिले देशको अर्थतन्त्र क्रिटीकल अवस्थामा छ । यो अवस्थालाई माथि पुर्याउने खालको नेतृत्व हामीलाई चाहिएको छ । व्यवापार व्यवासाय र विकासमा नेतृत्व गर्ने नेतृत्व हामीलाई चाहिन्छ । देशको विकासमा सक्षम भूमिका खेल्ने नेतृत्व आजको आवश्यकता हो । महासंघलाई सबैको साझा संस्था बनाउने नेतृत्व चाहिन्छ पुस्कर खड्का, अध्यक्ष, उदयपुर उद्योग वाणिज्य संघ हाल सम्म महासंघमा प्रतिस्पर्धात्मक रुपले चुनाव हुन्थ्यो अब सहमतिबाट चुनाव हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं । यसले एउटा नयाँ अभ्यासको सुरुवात पनि हुन्छ । यो अभ्यासले सबै व्यवसायी र उद्योगीहरुलाई समान रुपले हेर्ने र उनीहरुका समस्या समाधान गर्ने परिपाटी सिर्जना हुन्छ । चुनावी प्रक्रियाले व्यवसायी व्यवसायीबीच दरार उत्पन्न हुन्छ । यसले गर्दा सबै उद्योगी व्यवसायीहरुको छाता संगठनका व्यवसायीहरु पनि दुई खण्डमा विभाजित हुन्छन् । यो प्रक्रियाले समग्र नेपालको अर्थतन्त्रलाई नै घाटा गर्छ । एकले अर्काको कुरा नमान्ने, अर्कोलाई असहयोग गर्ने प्रवृति हावी हुन्छ । सबै व्यवसायीहरु एकजुट भयो भने कुनै समस्यामा सरकारसँग वार्ता गर्ने शशक्त आवाज बन्छ । हामी साना उद्योगी भन्दा पनि ठूला घरानाको विषयमा मात्र केन्द्रित हुँदै काम गरको अवस्था छ । अहिले विभिन्न ट्याक्सका कुरा आइरहेका छन् । यसको विषयमा बोल्ने नेतृत्व हामीलाई चाहिन्छ । पछिल्लो समय युवाहरु विदेशीने क्रम पनि बढ्दो छ । एक वर्ष व्यापार व्यवासाय गर्ने तर एक वर्षमै फेरी विदेश जाने परिपाटी बढ्दै गएको छ । त्यस्तो खालको वातावरण सिर्जना नहुने अवस्था नेपाल उद्याग वाणिज्य महासंघको अबको नेतृत्वले गर्न सक्नु पर्छ । अबको नेतृत्ले साना ठूला व्यवसायीलाई एउटै नजरले हेरोस् युवराज शाक्य, अध्यक्ष, संखुवसभा उद्योग वाणिज्य संघ हामी हिमाली/पहाडी जिल्लाका व्यवसायी हौं । नेपाल उद्योग वाणिज्य महासंघले हामी जस्ता साना व्यवसायीलाई हेर्ने विचार पनि फरक गर्नु पर्छ । साना ठूला घराना र व्यवसायी भन्ने दृष्ट्रिकोण बदल्न जरुरी छ । अहिलेसम्म महासंघले हाम्रा समस्या समाधान गर्न सकेको छैन । जिल्ला नगरको कुराहरु उठाउने नेतृत्व हामीलाई चाहिन्छ मोहन प्रसाद गुप्ता, अध्यक्ष, महोत्तरी उद्योग वाणिज्य संघ हाम्रो भनाई त अबको नेतृत्व जिल्ला नगरबाट आउनु पर्छ भन्ने हो । हाम्रा धेरै समस्याहरु छन् । जिल्ला नगरको कुराहरु उठाउने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा समस्याहरु गम्भिरताका रुपमा लिने नेतृत्व आजको आवश्यकता हो । तर, महासंघको नेतृत्वका लागि हाई रुटबाट आउँछन् । यहाँ एउटा छोटी भन्सार छ । भन्सार काट्नका लागि १५/६ कि.मिको बिर्तामोड पुग्नु पर्छ । यो अवस्था अन्त्य हुनु पर्छ । यो क्षेत्र पर्यटनका लागि राम्रो ठाउँ हो । भारतीय पर्यटकहरु आउने मूख्य ठाउँ हो । त्यसैले अब आउने नेतृत्वले यस तर्फ ध्यान दिओस् । सम्बन्धित समाचारः चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क

काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

फागुन १४ को स्ववियू निर्वाचनको बाजी कस्ले मार्ला ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति तोकेको छ । स्ववियू निर्वाचनलाई लिएर यतिबेला विद्यार्थी नेताहरु चुनावी तयारीमा छन् । भविष्यमा नेता जन्माउने क्याम्पसहरुमा आगामी स्ववियू सभापति को ? भन्ने जिज्ञासा सबैतिर छ । विद्यार्थीका हक अधिकार र शैक्षिक आन्दोलनलाई सकारात्मक दिशा दिन सक्ने नेतृत्व अबको स्ववियू निर्वाचनले जन्माउन सक्छ की सक्दैन भन्ने प्रश्न पनि एकातिर उब्जिएको छ । खासगरी अबको स्ववियु निर्वाचन अलि रोचक पनि बन्नेछ । दुई ठूला कम्युनिष्ट तत्कालिन माओवादी केन्द्र र एमाले एक ठाँउमा उभिएपछि यी दुई पार्टीको बिद्यार्थी संगठन एक भईसकेका छन् । यसकारण पनि आगामी निर्वाचनको दृष्य फरक देखिन्छ । मुलुकमा प्रभावशाली नेतृत्व जन्माउने रत्नराज्य क्याम्पस, पृथ्वीनारायण क्याम्पस, कोटेश्वर क्याम्पस र ल क्याम्पसमा आगामी सभापति को भन्ने चर्चा शुरु भएको छ । अझ त्यसमा पनि नेकपा निकट उम्मेद्वार को आउछ भन्ने प्रश्न सबैतिर छ । किनकी दुईपार्टी एक भएपछि नेकपा निकट विद्यार्थी संगठनले नै अबको धेरै क्याम्पसमा नेतृत्व कब्जा गर्छ भन्ने सबैको आँकलन रहेको छ । सँगम देवकोटाले आरआर क्याम्पसमा १२ वर्षसम्मको लामो संघर्ष गरेका छन् । उनले कलेजमा हुने गरेको भ्रष्टचारकाे अन्त्य र विद्यार्थीहरुको हकहितको निम्ति सधै आवाज उठाउँदै आएका छन् । सबैको नजरमा लामो समयदेखि आरआर क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय र अध्ययनरत हुन पूर्व एमाले निकट अखिलका सचिव हुन् देवकोटा । उमेरले २६ टेकेका देवकोटा रत्नराज्य क्याम्पसमा सबैको नजरमा पर्छन् । विद्यार्थीहरुको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने स्वभाव भएका देवकाेटामा आगामी स्ववियूका सभापति बन्ने पक्का रहेको देख्न र सुन्न सकिन्छ । विकासन्युजसँग कुरा गर्दै देवकोटाले आफु रत्नराज्य क्याम्पसको सभापति हुन सबै किसिमले योग्य रहेको बताए । उनले भने- ‘म उमेरले २६ बर्ष भएँ, अझै यही पढिरहेको नियमित विद्यार्थी पनि हुँ । यस क्याम्पसमा आएदेखी नै विद्यार्थीको हकहितको लागी काम गरिरहेको छु । त्यही कारण मैले स्ववियूको कोषाध्यक्ष भएर काम गर्ने अवसर पनि पाँए ।’ उनी एमाले निकट अनेरास्ववियूको निर्वतमान सचिव समेत हुन् । उनले दुई विषयमा स्नात्तकोतर समेत गरिसकेका छन् । देवकोटा अहिले पनि अध्ययनरत छन् । अबको निर्वाचनमा सभापतिको उम्मेद्धार बन्ने कसरतमा देवकोटा लागेका छन् । पूर्व एमालेबाट टिकट पाउँदा देवकोटा सबैभन्दा बलियो उम्मेद्वार हुन् । यता दुई पार्टी एक भएपछि पूर्वमाओवादी केन्द्र निकट नेता देवेन्द्र शर्मा आगामी सभापतिको उम्मेद्धार बन्ने सम्भावना पनि रहेको छ । पूर्वमाओवादीको भागमा रत्नराज्य क्याम्पस परेको खण्डमा शर्माले टिकट पाउने एक स्रोतले बताएकाे छ । पृथ्वीनारायण क्याम्पसका सन्तोष न्यौपाने भन्छन्- संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ उपत्यका बाहिर सबैभन्दा धेरै नेता जन्माउने क्याम्पसको रुपमा पृथ्वीनारायण क्याम्पसलाई लिईन्छ । पृथ्वीनारायण क्याम्पसमा पनि आगामी सभापतिको बलियो दावेदार स्नात्तकोतर अध्ययनरत सन्तोष न्यौपाने हुन् । उमेरले उनी पनि २५ वर्षका भए । पृथ्वीनारायण क्याम्पसमा उनी पनि अनेरास्ववियूका निर्वतमान सचिव हुन् । उनी भन्छन्- ‘संगठनले मलाई विश्वास गर्छ भन्ने मलाई लाग्छ, अहिलेको उमेरहदले पनि मलाई साथ दिन्छ । संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ, क्याम्पसमा टुरिष्ट उम्मेद्धार खडा पक्कै पनि संगठनले गर्दैन ।’ पृथ्वीनारायण क्याम्पसमा पूर्वमाओवादी केन्द्रबाट सभापति उम्मेद्वार भएको खण्डमा बसन्त भट्टचन पनि अर्का दावेदार हुन । उनी अखिल क्रान्तिकारीका निर्वतमान संयोजक पनि हुन् । न्यौपाने क्याम्पसको शैक्षिक गुणस्तर विकास गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्छन् । पिएन क्याम्पसको शैक्षिक आन्दोलन र विद्यार्थी आन्दोलनमा उनको विगतदेखि नै सक्रिय भुमिका रहेको छ । कोटेश्वर क्याम्पसमा स्ववियू सभापतिको बलियो दावेदार हुन् विक्रम पोखरेल । कोटेश्वर क्याम्पस पनि विद्यार्थी राजनीतिको उर्वर शैक्षिक संस्था हो । आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचनको चहलपहल यहाँपनि शुरु भएको छ । खासगरी शुरुदेखी नै यस क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संगठनको कडा प्रतिस्पर्धा हुने गर्छ । कोटेश्वरमा यसपाली नेकपा निकट विद्यार्थी संगठन अखिलबाट स्ववियू सभापतिको बलियो दावेदार हुन विक्रम पोखरेल । उनी पनि उमेरले २६ टेके । क्याम्पसमा उनी नै अहिले सबैभन्दा चहलपहल गर्ने विद्यार्थी नेताको रुपमा रहेका छन् । विद्यार्थीको समस्याका बारेमा उनी अवगत छन् । नियमित क्याम्पस आउने उनी हाल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । पूर्वएमाले निकट अनेरास्ववियूमा उनी क्याम्पस सचिव थिए । उनी स्ववियूका सचिव समेत हुन् । अबको नेतृत्वमा पुग्ने बलियो दावेदारको रुपमा क्याम्पसका विद्यार्थीहरु पनि पोखरेलको नाम लिन्छन् । उनकै नेतृत्वमा क्याम्पसमा पठनपाठनको प्रशासनिक सुधार, ई-लाईब्रेरी, आईडीकार्ड गुणस्तर सुधार, अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अखिल क्रान्तीकारीबाट अहिलेसम्म त्यस्तो बलियो दावेदार नभएकोले पनि उनलाई कोटेश्वरमा सभापतिको बलियो दावेदारको रुपमा हेरिन्छ । त्यस्तै, ल क्याम्पसमा स्ववियू सभापतिको बलियो दावेदार हुन् विशेष शर्मा सुवेदी । ल क्याम्पस पनि राजधानीको चर्को राजनीति हुने क्याम्पस हो । अखिलको क्याम्पस कमिटी सचिव भईसकेका २५ वर्षे सुवेदी यसभन्दा अगाडी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेपछि सभापतिको उम्मेद्वार बन्ने पक्का भइसकेको थियो । तर अन्तिममा निर्वाचन नै स्थगित भयो । अनेरास्ववियूको राम्रो पकड रहेको यस क्याम्पसमा यसपाली पार्टी एकता पछि बनेको नेकपा निकट विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारी एक भएर चुनावी मोर्चामा होमिदैछन् । पशुपति बहुमुखी क्याम्पसका एल के राई लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका विद्यार्थी नेता हुन् ।विद्यार्थी राजनीतिमा सक्रिय र अध्ययनरत पूर्व एमाले निकट अखिलका नेता राइ विद्यार्थीमाझ चिर परिचित छन् ।पशुपति बहुमुखी क्याम्पसमा एल.के. राई सभापतिको दौडमा छन् । उनी अनेरास्ववियूको क्याम्पस कमिटी सचिव पनि हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी २५ वर्षका मात्रै भए । उनको स्थायी ठेगाना खोटाङ हो । उनी विद्यार्थीबीच लोकप्रिय नेता मानिन्छन् । पूर्वमाओवादी निकट तत्कालिन अखिल क्रान्तिकारीमा पनि सभापतिको विषयमा कसरी जाने भन्ने विषयमा छलफल भईरहेको स्रोतले बताएको छ । राईले व्यवस्थापन संकायमा एमबीएसमा उत्तीर्ण गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर दोश्रो वर्ष अध्ययन गरिरहेका छन् । रुपक खड्का नेविसंघको विपक्षी उमेद्वार हुन् ।

गाउँपालिका र रेडक्रसको सहकार्यमा एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण

काठमाडौं । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउँपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी शनिवार उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई गाडी र त्यसको साँचो हस्तान्तरण गरेका हुन् । बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो भएको र चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको हुँदा यो सेवा छिट्टै सुचारु हुने बताए । नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडी उपलव्ध गराइएको जानकारी दिएका छन् । ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो । नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नेरेसो अध्यक्ष संजीव थापाले गत वर्ष पौषमा शिलन्यास गरेका थिए । कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका माननीय सांसद नवराज सिलवालले उद्घाटन गरेका हुन् । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलब्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले वर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती सबै समस्याको समाधान गरिदिएको बताएका छन् । त्यसैगरी गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताएकी छन् । सामुदायिक विकास सबलीकरण कार्यक्रम लोकप्रिय गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छिन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँचसय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाऊने परम्परागत पेशालाई पनि विस्तार गरेकी छन् । अहिले उनको आम्दानी दोब्बर भएको छ । गोमाजस्तै महाँकाल गाउपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् । बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलीकरण कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यले पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको बताए । नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलब्धताका आधारमा देशभरका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिएका छन्।

सेयर बजारमा दुई अर्ब बढीको कारोबार, नेप्सेले नाघ्याे १३४६ बिन्दु

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आज दोश्रो पटक हो । उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सहित नेप्से परिसूचकमा पनि उछाल आएको छ । आइतबारको बजारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर १३४६.६४ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै उच्च बिन्दु हो । बजारमा दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१.५२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ४७, विकास बैंक २८, बैंकिङ् २७ र माइक्रोफाइनान्स २२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा र ट्रेडिङ समूह सामान्य अर्थात क्रमशः १.०९ र ०.६२ अंकले ओरालो लागेका छन् । आइतबार तीन लघुवित्तका लगानकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९३, ९.८९ र ९.८८ प्रतिशतले बढेको छ ।

एमसीसीको विरोध गर्ने भीम रावललाई सुझाव संकलनको जिम्मा

काठमाडौं । सत्तारुढ नेकपाभित्रै मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरोध भएपछि सुझाव संकलन गरिने भएको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यसमिति बैठकले सुझाव संकलन गर्ने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठिन सुझाव समितिमा एमसीसीका केही प्रावधानलाई लिएर विरोध गर्दै आएका भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । रावल एमसीसीको केही प्रावधानको विरोधमा छन् भने ज्ञवाली संसदबाट जस्ताको तस्तै पारित गरेर कार्यान्वयन गरिनु पर्ने पक्षमा छन् । केन्द्रीय कार्यसमिति बैठकमा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनको घोषणा गरे । कार्यदललाई सुझाव संकलनको लागि १० दिनको म्याद दिइएको छ ।