विकासन्युज

अब घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सकिने

काठमाडौं । बैंशाख ११ गतेदेखि डिश होम प्रयाेगकर्ताले घरमै बसेर  ‘छ माया छपक्कै’ हेर्न सकिने छन् । विश्वमा कोरोनाको कहरसँगै लकडाउनको अवधिका दर्शकको चाहनालाई मध्यनजर गर्दै डिश होमअन्तर्गतकाे सिनेमाघर च्यानल नं. ८८८ बाट प्रदर्शन हुने कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । ‘दर्शकको चाहना अनुसार कम्तीमा २ देखि ४ हप्तासम्म नि जान सक्छ ।’ उनले भने दिपकराज गिरी र केकी अधिकारीको मुख्य भुमिका रहेको यो फिल्मको निर्देशन दिप्रेन्द्र लामाले गरेका थिए । बक्स अफिसमा उच्च स्थान राख्न सफल ‘छ माया छपक्कै’ को माग आएसँगै फेरी डिश होम प्रयोगकर्ताले सिनेमाघर च्यानलमार्फत २ सय २५ रुपैयाँ बढी तिर्नु पर्ने छ । गत मंसिर १३ गते डिश होम अन्तर्गतको चलचित्र च्यानल नं. १०८बाट ‘छ माया छपक्कै’ प्रदर्शन भएको थियो ।

मुक्तिनाथ विकास बैंकद्वारा फुड बैंकमा खाद्यान्न सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकको तुल्सीपुर शाखा कार्यालयले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गर्दै आइरहेको छ । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

नयाँ प्रविधिमा नयाँ सुविधा पस्कदै प्रभु टिभी

काठमाडौं । लकडाउनसँगै टेलिभिजनको प्रयोग बढेको छ । टेलिभिजनको बन्द पर्दाहरु खुल्न थालेका छन् । निष्क्रिय भएका टेलिभिजन चानल सक्रिय भएका छन् । टेलिभिजन उपभोक्ताहरुको रिर्चाज बढ्दो छ । यहि समयमा प्रभु टिभीले पनि आफ्ना सेवाहरु अझ प्रभावकारी बनाएको उक्त कम्पनीको सेल्स एण्ड मार्केटिङ म्यानेजर गंगा गौतम बताउँछन् । ‘६ महिनाको रिर्चाज गर्दा एक महिना बोनस र १२ महिनाको रिर्चाज गर्दा २ महिनाको बोनस उपभोक्तालाई दिएका छौं’ उनले भने । यसको अर्थ प्रभु टिभीका ग्राहकले ६ महिनाको रिचार्ज गर्दा ७ महिनको सुविधा पाउनेछन् भने १२ महिनाको रिचार्ज गर्दा १४ महिनाको सुविधा पाउने व्यवस्था गरिएको छ । २०७७ जेठ ३० गतेसम्म रिचार्ज गर्नेहरुले यो सुविधा पाउने कम्पनीले जनाएको छ । ६ महिनाको रिचार्ज शुल्क १६ सय रुपैयाँ तथा १ वर्षको गर्दा ३ हजार रुपैयाँ लाग्ने गरी अतिरिक्त छुट पनि दिएको गौतमले बताए । ‘अरु टिभीको तुलनामा प्रभु टिभी निकै सस्तो छ । प्रभु टिभी रिचार्जको शुल्क प्रति महिना ३ सय रुपैयाँ रहेको छ’ उनले भने–‘अन्यबाट एचडी क्वालिटीको टिभी हेर्न हेर्न मासिक शुल्क ९ सय रुपैयाँसम्म तिनुपर्छ ।’ धेरै च्यानल अरुमा भन्दा प्रभु टिभीमा बढी च्यानल हेर्न पाइन्छ । काठमाडौंमा मात्रै हाम्रो १ सय २५ वटा च्यानल रहेका छन् । सो संख्यामा ५० भन्दा बढी एचडी च्यानल नै रहेका छन् । एचडी च्यानल प्रसारणमा अरु टिभीभन्दा प्रभु टिभी अगाडि रहेको गौतमले बताए । टेलिभिजनको भिडियो क्वालिटीका आधारमा मुलतः एचडी र एसडी क्वालिटी हुन्छ । एचडी भन्नाले हाई क्वालिटि च्यानल बुझ्नु पर्छ । एसडी च्यानल ग्राहकले निःशुल्क हेर्न सक्छन् । यसको कारण चाहि एसडी च्यानल चाहिँ हावाकै सहायताले चल्न सक्छ । रिचार्ज गर्न सजिलो गौतमका अनुसार कुनै पनि ग्राहकले प्रभु टिभीको रकम भुक्तानी गर्न चाहेमा २ वटा विधि प्रयोग गर्न सक्ने छन् । एउटा भनेको फिजीकल (काजगी) रिचार्ज कार्ड मार्फत भुक्तानी गर्ने हो भने अर्को डिजिटल तरिकाबाट गर्न मिल्छ । ‘अहिले प्रभु टिभीका ग्राहकहरुले प्रभु–पे, ई–सेवा मार्फत रिचार्ज गर्न सक्छन् । यस्तै, आईएमई पे तथा खल्ती जस्ता एपबाट पनि भुक्तानी हुने व्यवस्था तल्कालै मिलाउन हामी लागिरहेका छाैं’ उनले भने । अहिलेको लक डाउन अवधिमा ग्राहकहरुले आफ्नोमा रिचार्ज सकिएको जानकारी दिएमा कम्पनीले १ देखि २ हप्तासम्मको रिचार्ज गरि दिदै आएको उनले बताए । उक्त रकम ग्राहकले लक डाउनपछि रिचार्ज गर्दा काटिन्छ । एनसेलको सिम प्रयोगकर्ताले प्रभु टिभी एक महिनासम्म निःशुल्क पाउने अफर पनि ल्याएको छ । जसका लागि एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिन्छ । प्रभु टिभीको पहुँच २०७५ साल असार महिनाबाट सेवा शुरु गरेको प्रभु टिभीले आफ्नो पहुँच देशभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । हाल काठमाडौं, चितवन, पोखरा र भेडेटारमा स्टेशन राखेको छ । काठमाडौ, पोखरा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहटबाट प्रभु टिभी हेर्न सकिन्छ । यस्तै, सर्लाही, धनुषा, महोत्तरी, झापा, मोरङ्, सुनसरीमा पनि प्रभु टिभी संचालनमा आईरहेको छ । प्रभु टिभीको ग्राहक १ लाख २० हजार पुगेको उनले जानकारी दिए । गौतमका अनुसार प्रभु टिभीमा ग्राहकहरु डिलर तथा सब डिलर मार्फत जोडिन सक्छन् । अहिले हाम्रो काठमाडौं जिल्लाभरीमा ४ वटा डिलर छ । यस्तै, भक्तपूर तथा ललितपूरमा एउटा–एउटा डिलर रहेको छ । यसरी काठमाडौ उपत्यकाको हकमा मात्रै हाम्रो डिलर संख्या ६ वटा रहेको छ । साथै, डिलरको अण्डरमा सब डिलर तथा सब डिलरको अण्डरमा पोेइन्टहरु स्थापना गरी हामीले काम गर्दैछाँै । अन्य जिल्लाको डिस्ट्रव्यूशन संरचना पनि यस्तै छ । प्राविधिक समस्या ‘हामी कहाँ प्रभु दोहोरी च्यानल छ । त्यसमा हामीले सबै टेक्निसियन, कल सेन्टरदेखि आवश्यक पर्नेहरुको सम्पर्क नम्बरहरु राखेका छौँ । सोही कारण जुन ग्राहकको सेवामा समस्या आउँछ त्यस्ता ग्राहकले हामीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । हामीले ग्राहकका समस्या तत्काल समाधान गर्नुपर्छ भन्ने विश्वास गछौँ’ गौतमले भने । ‘सेवा अवरुद्ध भएको अवस्थामा हामीले बक्समा रहेको भिएसिआईडी कोडलाई आधार बनाएर काम गछौँ । सबै प्राविधिक कुरा ठिक भएको अवस्थामा हामीले ग्राहकलाई नै निर्देशन दिएर आफ्नो समस्या आफै समाधान गर्न सघाउँदै आएका छौँ । तर समस्या केही जटिलनै देखियो भने पास भएको गाडी मार्फत ग्राहकको घरमा नै गएर समस्या समाधान गछौँ’ उनले भने । प्राविधिक रुपमा नै जटिल समस्या आएर कम्पनीले आफ्ना स्टाफलाई ग्राहकको घरमा नै पठाउनु पर्ने स्थिति त अहिले कम नै छ । अहिले ग्राहकहरुमा त्यस किसिमको जटिल समस्या करिब ५ प्रतिशत मात्रै आउँने गरेको उनले बताए । नयाँ प्रविधि प्रभु टिभी भनेको डिभिबि टी२ फ्रिक्वेन्सि बेस्ड टेलिभिजन हो । दक्षिण एशियामै पछिल्लो प्रविधि युक्त टिभीका भएको कम्पनीको दावी छ । पहिले डिभिडी टि२ प्रविधि प्रयोगमा थियो । हामीले संचालनमा ल्याएको प्रभु टिभी टेलिभिजन जगतको सबैभन्दा पछिल्लो तथा भरपर्दो प्रविधि हो । फ्रिक्वेन्सीबाट भिजुअल पठाएर टिभी नै हेर्न मिल्ने विषेशता प्रभु टिभीमा छ । यसअघि टेलिभिजन हेर्न सेटेलाईटको प्रयोग अनिवार्य थियो । तर प्रभु टिभीले हाल संचालन गरि रहेको प्रविधि सेटेलाईट बेस्ड होइन । प्रभु टिभीको विशेष सुविधा भनेको मोवाइलबाट पनि हेर्न मिल्छ । हरेक परिवारमा टिभी सेट एउटा मात्र हुन्छ । एकधा परिवारमा मात्र एक भन्दा बढी टिभी सेट राखिएको पाइन्छ । तर परिवारमा ४/५ जना हुन्छन् । फरक फरक व्यक्तिको रुचि फरक हुन्छ । एक जनालाई समाचार हेर्न मन लागेको होला । अर्कोलाई खेलकुद हेर्न मन लागेको होला । अर्कोलाई टेलिसिरियल हेर्न मन लागेको होला । अर्कोलाई रियालिटी शो हेर्न मन लागेको होला । सबैलाई एउटा÷एउटा टिभी हुँदैन । तर अहिले धेरै मानिसको घरमा इन्टरनेट छ । सबैको घरमा हरेक व्यक्तिसँग स्मार्ट फोन छ । इन्टरनेटको प्रयोग गरेर सबैले आफ्नो मोवाइल, ल्यापटप, ट्याव वा अन्य ग्याजेटको प्रयोग गरी टिभी हेर्न सकिन्छ । यस्तो सुविधा प्रभु टिभीले मात्र दिएको छ । आधुनिक सुविधा, गुणस्तरीय सेवा, जोड्न सजिलो, एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो, शुल्क पनि सस्तो भएकोले प्रभु टिभी प्रति उपभोक्ताको आकर्षण बढ्दो रहेको गौतमले बताए ।

एनसेल अफरः ब्यालेन्स शुन्य भएपनि सेवा लिन मिल्ने, थप्याे डेटाकाे समयसिमा

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँपछि तिर्न सक्छन् । कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र ५ रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् । शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ-आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो । एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका र एक महिनादेखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २३० (कर सहित रु २९३.६९) रुपैयाँमा सुचारु गर्न सक्छन् ।

मुख, आँखा र कान बन्द गरौं, काेराेनाबाट बचाैं

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भन्ने गर्नुहुन्छ, ‘हामी नेपालीसँग विद्वान पूर्खाको जेनेटिक मेमोरी छ ।’ अध्ययन, सूचना र जानकारी राख्ने सवालमा प्रधानमन्त्री ओलीका अघि सबै नेपाली नतमस्तक होलान् । त्यसैले उहाँले भनेको नपत्याउने कुरै भएन । प्रधानमन्त्री ओली गैडालाई अंग्रेजीमा ‘राइनो’ होइन, गैडाज भनौं भन्नुहुन्छ । युरोपेलीले नेपाली आप पाए भने जापानी किवी खान छोडेर नेपाली आपमै झुण्डिन्छन् भन्नुहुन्छ । अझ पछिल्लो समय त कोरोना संक्रमणबाट जोगिन तातोपानीले हातमुख धुने, तातोपानी खाने भन्ने उहाँको सल्लाह छ । प्रधानमन्त्री ओलीका अनुसार सबै नेपाली ‘विद्वान पूर्खाको जेनेटिक मेमोरीसहितका’ छन् । त्यसमा पनि औसत नेपालीभन्दा अध्ययनशील, सूचना र जानकारी राख्न अब्बल प्रधानमन्त्री ओलीले नै भनेपछि हामी सबै नेपाली पत्याउँछौं । नेपालीले मात्रै होइन, सम्पूर्ण भारत वर्षले प्रधानमन्त्री ओलीको ‘तातोपानी उपचार पद्धति’ पत्याएर अनुसरण गर्नुपर्छ । किनभने हामी नेपाली मात्रै होइन, सम्पूर्ण भारत वर्ष नै ‘विद्वान पूर्खाको जेनेटिक मेमोरीसहितका’ हुन् । प्रधानमन्त्री ओली लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भएको निर्वाचनबाट दुई तिहाई मत पाएको नेकपाको अध्यक्ष पनि हुन् । ‘भारतीय विस्तारबाद’को कुरा नगरौं । भारतको कुरा नगरी नछोड्ने हो भने पनि त्यहाँका प्रधानमन्त्री कम्युनिष्ट पार्टीका अध्यक्ष होइनन् । त्यसैले तुलना गर्न मिल्दैन । अमेरिकी राष्ट्रपतिले पनि दुई तिहाई मत पाएका छैनन् । सार्क राष्ट्रहरु श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स जस्ता देशमा पनि दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकार छैन । त्यसैले सारा संसारले नै हाम्रा प्रधानमन्त्री ओलीले अघि सार्नुभएको ‘तातोपानी उपचार पद्धति’ अनुसरण गर्नुपर्छ । संसारभरका भाइरोलोजिष्टहरुले पनि ‘तातोपानी उपचार पद्धति’ कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीको ‘तातोपानी उपचार पद्धति’ नमानेर मेडिकल साइन्सको आधारमा उपचार गर्दा टेकुका डाक्टर शेरबहादुर पुनको हालत के भयो ? विषय विशेषज्ञ भनिनेहरुले चेतून् । विश्व स्वास्थ्य संगठनले पनि प्रधानमन्त्री ओलीले भनेको ‘तातोपानी उपचार पद्धति’लाई मान्यता दिनुपर्छ । संसारभरका भाइरोलोजिष्टहरुले पनि ‘तातोपानी उपचार पद्धति’ कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीको ‘तातोपानी उपचार पद्धति’ नमानेर मेडिकल साइन्सको आधारमा उपचार गर्दा टेकुका डाक्टर शेरबहादुर पुनको हालत के भयो ? विषय विशेषज्ञ भनिनेहरुले चेतून् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस आँखाबाट सर्ने खतरा अत्याधिक भएको बताउँनु भएको छ । प्रधानमन्त्रीले भनेपछि भन्नुभयो । कुरा त्यही हो । दायाँबायाँ गर्ने होइन । आँखा छोपेर बस्नुस् । आँखा छोपेर हिड्नुस् । आँखा बन्द नगरेको कारण धेरैले ओम्नी प्रकरण देखे । यो महामारीको संकटमा ओम्नी प्रकरण देख्ने ? प्रधानमन्त्री कार्यालयको भेरिफाइड फेसबुक पेजमा लेखेको कुरा हेर्ने ? सोलुदेखि कैलालीसम्म पैदल हिड्नेहरु देख्ने ? गरिबले खान नपाएको, गर्भवती महिला सयौं किलोमिटर पैदलयात्रा गरेको, निजी अस्पतालहरुले अत्यावश्यक स्वास्थ्य सेवा बन्द गरेर उपचार नगरेको, देश छिर्न नपाएर सिमानामा भोकै प्यासै बसेका मान्छे देख्ने ? सीडीओले नदेखेको, पुलिसले नदेखेको कुरा देख्ने ? नहेर्नु र नदेख्नुपर्ने कुरा हेर्ने ? देख्ने ? त्यसैले कोरोना आँखाबाट सर्ने खतरा अत्याधिक छ । आँखा बन्द गर्नुस् । नहेर्नुस्, कोरोना संक्रमणबाट बच्नुस् । सरकारले जारी गरेको लकडाउनमा आँखा बन्द गरेर र कान थुनेर बस्नुस्, प्रधानमन्त्री घण्टा खट्नुहुन्छ । सरी, सरी ! अंक छुटेछ । प्रधानमन्त्री दैनिक १८ घण्टा खट्नुहुन्छ । प्रधानमन्त्रीले एउटा कुरा छुटाउनु भएको छ, कोरोना आँखाबाट जत्तिकै संक्रमणको खतरा कानबाट पनि हुन्छ । कोरोना संक्रमणबाट जोगिन कान पनि थुन्नुस् । यदि नेपालीले कान थुनेर कोरोना संक्रमणबाट बच्ने उपाय अपनाएका थिए भने ७० करोड काण्डको टेप सुन्थे ? कान बन्द गर्नुस् । सरकारले जारी गरेको लकडाउनमा आँखा बन्द गरेर र कान थुनेर बस्नुस्, प्रधानमन्त्री घण्टा खट्नुहुन्छ । सरी, सरी ! अंक छुटेछ । प्रधानमन्त्री दैनिक १८ घण्टा खट्नुहुन्छ । हामी सबै नेपाली आँखा र कान बन्द गरेर कोरोना संक्रमण विरुद्ध सरकारको अभियानलाई साथ दिऔं, प्रधानमन्त्री ओली लकडाउनमा जनतालाई विशेष राहत दिन दल फुटाउन सजिलो हुने र संबैधानिक निकायलाई सरकारले चाहे जसरी नचाउन सकिने पृष्ठभूमि तयार पार्न अध्यादेश जारी गर्न सिफारिस गर्नुहुन्छ । राम्ररी सुन्नुस्, सरकारले अहिले ल्याएको अध्यादेश हो, अत्याउने आदेश होइन । बढी जान्ने भएर आफै शब्द बनाउने होइन, अफवाह फैलाउने होइन । फेरि पनि दोहोर्याऔं, हामी नेपालीसँग विद्वान पूर्खाको जेनेटिक मेमोरी छ । विद्वानको तौर तरिका नै फरक हुन्छ । विद्वानको सोच्ने शैली नै भिन्न हुन्छ । विद्वान भनेको विद्वान हो के । त्यसैले त नेपालले अत्यावश्यक बस्तु तथा सेवा बिक्री गर्ने पसलहरुलाई विहान ४ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिएको छ । कोरोना विहान ढिलोसम्म सुत्छ । त्यसैले ९ बजेसम्म मात्रै पसल खोल्न दिएको हो । कोरोना मान्छे जस्तो हो र, विहान विहान मर्निङवाक गर्ने ? सुत्छ कोरोना । कोरोना राति सुत्छ । त्यसैले लकडाउनमा दिउँसो गाडी चलाउन रोकेर रातिराति थाहा नपाए जस्तो गरी मान्छेहरुलाई काठमाडौंबाट बाहिरिन सरकारले दिएको छ । कोरोना विहान ढिलोसम्म सुत्छ । त्यसैले ९ बजेसम्म मात्रै पसल खोल्न दिएको हो । कोरोना मान्छे जस्तो हो र, विहान विहान मर्निङवाक गर्ने ? सुत्छ कोरोना । कोरोनालाई मान्छेले स्वास्थसँग सम्बन्धित विषय मात्रै हो भन्छन् । कुरो त्यसो होइन । कोरोना शान्ति सुरक्षासँग सम्बन्धित विषय पनि हो । त्यसैले भीड नियन्त्रण गर्न सजिलो हुन्छ भनेर राति यात्रुबाहक बस चलाउन र विहान मात्रै पसल खोल्न दिएको हो । कुरो बुझ्नु भएन ? दिउँसो कोरोनाको जुलुस आउँछ क्या । कोरोनाबाट बच्न मुख बन्द गर्नुपर्ने भएपछि किन चाहियो दाल, चामल, तरकारी, फलफूल, दुध, औषधी, पानी ? यस्ता चिज खान मुख खोल्नुपर्छ, मुख खोलेपछि कोरोना सर्न सक्छ । त्यसैले मुख बन्द गर्नुस् । अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या भयो भनेर बढी हल्ला नगर्नुस् । कोरोना संक्रमणको खतरा मुखबाट पनि छ । संक्रमणबाट बच्न मुख बन्द गर्नुस् । नबोल्नुस् । बोल्दा मुख खोल्नुपर्ने हुन्छ । मुख खोल्दा कोरोना भाइरस सर्न सक्छ । कोरोनाबाट बच्न मुख बन्द गर्नुपर्ने भएपछि किन चाहियो दाल, चामल, तरकारी, फलफूल, दुध, औषधी, पानी ? यस्ता चिज खान मुख खोल्नुपर्छ, मुख खोलेपछि कोरोना सर्न सक्छ । त्यसैले मुख बन्द गर्नुस् । अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या भयो भनेर बढी हल्ला नगर्नुस् । यी विधि र उपायबारे कुनै शंका छ भने शंका नगर्नुस् । पत्याउनुस्, अनुसरण गर्नुस्, आफै जान्ने नहुनुस् । यो देशमा सरकार छ । लोकतान्त्रिक विधिबाट चुनिएर आएको दुई तिहाई बहुमतको सरकार हो यो । यो सरकारले भनेपछि कोरोनाले पनि टेर्छ । सरकारले नेपालमा कोरोना संक्रमण फैलन दिदैन । कोरोना संक्रमण फैलिएन, कसैलाई बद्नाम गर्न पाइएन, यहाँ कोरोनाले मान्छे मरेनन् भन्ने जस्तो तुच्छ विचार नपाल्नोस् । कोरोना संक्रमण नियन्त्रणको नेपाली विधि अपनाउनुस् । नत्र खतरा होला है ।

पहिलो पटक यार्सा सङ्कलनमा रोक

काठमाडौं । अहिलेको विषम परिस्थितिमा निर्वाधरूपमा यार्सागुम्बा सङ्कलन गर्न दिनु घातक हुनसक्ने भन्दै हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन रोकिएको छ । विश्भर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्व सतर्कता अपनाउनका लागि सङ्कलनमा रोक लगाइएको हो । मङ्गलबार सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । देश लकडाउनमा रहेको अवस्थामा हजारौं मान्छे भित्र्याएर फुकुवा गर्न नसकिने बताउँदै समयमै जिल्लाका मुख्य नाका बन्द गरिने समेत प्रजिअ सुनारले बताए । अवस्था खुकुलो हुँदै गएमा पछि त्यहीअनुसार निर्णय हुने उनले बताए । जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले आगामी २० गतेभित्र पुनः एक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताए । डोल्पाली जनता वर्षौँदेखि यार्सागुम्बामै निर्भर भएकाले एकपटक सोच्नैपर्छ प्रमुख बुढाले भने । यसबारे शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले आधिकारिक धारणा भने सार्वजानिक गरेको छैन । समितिको बैठकमा उपस्थित स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिमध्ये केहीले यार्सा सङ्कलन रोक्नुपर्ने र केहीले रोक्न नहुने धारण राखेका थिए । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ । नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वरभूमिको रुपमा चिनिने डोल्पामा विगत २० वर्षदेखि व्यावसायिकरूपमा यार्सागुम्बा सङ्कलन हुँदै आएको छ । अघिल्लो वर्षमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट दशौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि डोल्पा आउने गर्थे । यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णयसँगै अवैध चोरी निकासी बढ्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायको भनाइ छ । सबैको रिपोर्ट नेगेटिभ डोल्पाको जगदुल्ला गाउँपालिकामा परीक्षण गरिएका आठसहित गाउँमै रहेका एक जनाको ¥यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको टोेली मङ्गलबार गाउँपालिकामै पुगेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । भारतलगायतका अन्य मुलुकबाट भित्रिएका नागरिकको आरडिटी परिक्षण गर्नु पहिलो प्राथमिकतामा रहेको भन्दै जिल्ला अस्पताल डोल्पाले सोमबार डा मच्छिन्द्र बडुवालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको थियो । टोलीले जगदुल्लामा परीक्षण सम्पन्न गरिसकेकाले मुड्केचुला गाउँपालिकातर्फ हिँडेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए । रासस

२० प्रतिशत दूध खपत : निःशुल्क बाँडिदै

काठमाडौं । सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् । काठमाडौंबाहेक चितवन, बुटवल र नेपालगञ्जमा समेत दूध बोकेका ट्याङ्करमा अवरोध गर्ने गरिएको नेपाल डेरी एशोसिएशनले जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहाल सरकारले लकडाउनक अवधिमा छुट रहेको भने तापनि ढुवानीसँगै पसलमा समेत दूध बिक्री गर्न अवरोध भएको बताउनुहुन्छ । काठमाडौंका नयाँसडक, कोटेश्वरलगायत स्थानमा दूध बोकेको गाडीका चालक तथा सहचालकलाई कुटपिट गर्नेसम्मका कार्य भएको उनले जानकारी दिए । “हामीलाई कुनै पास उपलब्ध गराइएको छैन, दिनदिन हाम्रा साथी र दूध बोकेका गाडीहरुलाई अवरोध गरिएको छ”, उनले भने, “चितवनबाट काठमाडौं आएको दूधको ट्याङकर बाटोमा रोकेर फर्काइयो, ढुवानीमा पटकपटक अवरोध भएपछि डेरी सञ्चालन गर्न कठिनाइ भएको छ ।” उनका अनुसार हाल दैनिक २० प्रतिशत मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण भएको छ । लकडाउनमा डेरी उद्योगलाई दुई अर्ब नोक्सान भएको पाँच अर्ब बराबरको सामान मौज्दात रहेको छ । लकडाउनका कारण दूध बिक्री कम भएपछि डेरी उद्योगले निःशुल्क दूध बिक्री गर्न थालेका छन् । खपत कम भएपछि यत्तिकै दूध फाल्दा विरोध आउन थालेपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका, झापाको दमक र रुपन्देहीमा निःशुल्क रुपमा क्वारेन्टाइस्थल तथा सुत्केरीलाई दूध तथा घिउ दिन थालिएको डेरी सञ्चालक बताउँछन् । बूढानीलकण्ठ नगरपालिकास्थित बिन्ध्यवासिनी डेरीले नगरपालिकासँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क एक किलो घिउ दिन थालेको छ । नगरपालिका कार्यालय र वडा नम्बर ८ र ९ सँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क घिउ दिन थालिएको डेरी सञ्चालक चेतनाथ दाहाल बताउनुहुन्छ । उनका अनुसार हालसम्म वडाको सिफारिसका आधारमा सात जनालाई घिउ दिइसकिएको छ । नगरपालिकाका रहेका अन्य डेरीले समेत निःशुल्क एक किलो घिउ दिने तयारी गरेको उनले जानकारी दिए । त्यस्तै झापा, दमक नगरपालिकाका क्वारेन्टाइनमा बसेका १७ जनालाई सोमबारदेखि दैनिक निःशुल्क १० लिटर दूध दिन थालिएको गोरस डेरी उद्योगले जनाएको छ । नेपाल डेरी एशोसिएशन जिल्ला अध्यक्षसमेत रहेका डेरी सञ्चालक सोम घिमिरेका अनुसार पहिलो दिन १० लिटर दूध, एक किलो नौनी र पनिरसमेत दिइएको थियो । बीस दिनसम्म क्वारेन्टाइनमा रहेका मानिसलाई दैनिक निःशुल्क दूध उपलब्ध गराउने गरी नगरपालिकासँग समन्वय भएको उनले जानकारी दिए । दमक– ४ स्थित दाहाल प्रतिष्ठान र मानसरोवर कलेजमा बनाइएको क्वारेन्टाइनमा १७ जना रहेको नगरपालिकाले जनाएको छ । बीस दिनपछि क्वारेन्टाइनमा फेरि मानिस राखिएमा आफूले पुनः दूध उपलब्ध गराउने घिमिरेले जानकारी दिए। उनका अनुसार दूध लिन घरमै नगर प्रहरी आउने गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा रहेकालाई लक्ष्य गर्दै सिद्धार्थ डेरी उद्योगले पनि दैनिक निःशुल्क रुपमा दूध उपलब्ध गराएको छ । बन्दाबन्दी अवधिमा खपत कम भएपछि यत्तिकै दूधलाई फाल्नुभन्दा मानवीय नाताले निःशुल्क दिन थालिएको डेरी सञ्चालक कृष्णा भट्टराई बताए । उनका अनुसार हाल दैनिक १० लिटर दूध, दही र सातामा चार किलो पनिर वितरण गरिएको छ । रासस

बेलायतमा काेराेनाबाट हालसम्म १८ नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस