मुख, आँखा र कान बन्द गरौं, काेराेनाबाट बचाैं

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भन्ने गर्नुहुन्छ, ‘हामी नेपालीसँग विद्वान पूर्खाको जेनेटिक मेमोरी छ ।’ अध्ययन, सूचना र जानकारी राख्ने सवालमा प्रधानमन्त्री ओलीका अघि सबै नेपाली नतमस्तक होलान् । त्यसैले उहाँले भनेको नपत्याउने कुरै भएन । प्रधानमन्त्री ओली गैडालाई अंग्रेजीमा ‘राइनो’ होइन, गैडाज भनौं भन्नुहुन्छ । युरोपेलीले नेपाली आप पाए भने जापानी किवी खान छोडेर [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भन्ने गर्नुहुन्छ, ‘हामी नेपालीसँग विद्वान पूर्खाको जेनेटिक मेमोरी छ ।’ अध्ययन, सूचना र जानकारी राख्ने सवालमा प्रधानमन्त्री ओलीका अघि सबै नेपाली नतमस्तक होलान् । त्यसैले उहाँले भनेको नपत्याउने कुरै भएन ।

प्रधानमन्त्री ओली गैडालाई अंग्रेजीमा ‘राइनो’ होइन, गैडाज भनौं भन्नुहुन्छ । युरोपेलीले नेपाली आप पाए भने जापानी किवी खान छोडेर नेपाली आपमै झुण्डिन्छन् भन्नुहुन्छ । अझ पछिल्लो समय त कोरोना संक्रमणबाट जोगिन तातोपानीले हातमुख धुने, तातोपानी खाने भन्ने उहाँको सल्लाह छ ।

प्रधानमन्त्री ओलीका अनुसार सबै नेपाली ‘विद्वान पूर्खाको जेनेटिक मेमोरीसहितका’ छन् । त्यसमा पनि औसत नेपालीभन्दा अध्ययनशील, सूचना र जानकारी राख्न अब्बल प्रधानमन्त्री ओलीले नै भनेपछि हामी सबै नेपाली पत्याउँछौं । नेपालीले मात्रै होइन, सम्पूर्ण भारत वर्षले प्रधानमन्त्री ओलीको ‘तातोपानी उपचार पद्धति’ पत्याएर अनुसरण गर्नुपर्छ । किनभने हामी नेपाली मात्रै होइन, सम्पूर्ण भारत वर्ष नै ‘विद्वान पूर्खाको जेनेटिक मेमोरीसहितका’ हुन् ।

प्रधानमन्त्री ओली लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भएको निर्वाचनबाट दुई तिहाई मत पाएको नेकपाको अध्यक्ष पनि हुन् । ‘भारतीय विस्तारबाद’को कुरा नगरौं । भारतको कुरा नगरी नछोड्ने हो भने पनि त्यहाँका प्रधानमन्त्री कम्युनिष्ट पार्टीका अध्यक्ष होइनन् । त्यसैले तुलना गर्न मिल्दैन । अमेरिकी राष्ट्रपतिले पनि दुई तिहाई मत पाएका छैनन् । सार्क राष्ट्रहरु श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स जस्ता देशमा पनि दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको सरकार छैन । त्यसैले सारा संसारले नै हाम्रा प्रधानमन्त्री ओलीले अघि सार्नुभएको ‘तातोपानी उपचार पद्धति’ अनुसरण गर्नुपर्छ ।

संसारभरका भाइरोलोजिष्टहरुले पनि ‘तातोपानी उपचार पद्धति’ कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीको ‘तातोपानी उपचार पद्धति’ नमानेर मेडिकल साइन्सको आधारमा उपचार गर्दा टेकुका डाक्टर शेरबहादुर पुनको हालत के भयो ? विषय विशेषज्ञ भनिनेहरुले चेतून् ।

विश्व स्वास्थ्य संगठनले पनि प्रधानमन्त्री ओलीले भनेको ‘तातोपानी उपचार पद्धति’लाई मान्यता दिनुपर्छ । संसारभरका भाइरोलोजिष्टहरुले पनि ‘तातोपानी उपचार पद्धति’ कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीको ‘तातोपानी उपचार पद्धति’ नमानेर मेडिकल साइन्सको आधारमा उपचार गर्दा टेकुका डाक्टर शेरबहादुर पुनको हालत के भयो ? विषय विशेषज्ञ भनिनेहरुले चेतून् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस आँखाबाट सर्ने खतरा अत्याधिक भएको बताउँनु भएको छ । प्रधानमन्त्रीले भनेपछि भन्नुभयो । कुरा त्यही हो । दायाँबायाँ गर्ने होइन । आँखा छोपेर बस्नुस् । आँखा छोपेर हिड्नुस् । आँखा बन्द नगरेको कारण धेरैले ओम्नी प्रकरण देखे । यो महामारीको संकटमा ओम्नी प्रकरण देख्ने ? प्रधानमन्त्री कार्यालयको भेरिफाइड फेसबुक पेजमा लेखेको कुरा हेर्ने ? सोलुदेखि कैलालीसम्म पैदल हिड्नेहरु देख्ने ? गरिबले खान नपाएको, गर्भवती महिला सयौं किलोमिटर पैदलयात्रा गरेको, निजी अस्पतालहरुले अत्यावश्यक स्वास्थ्य सेवा बन्द गरेर उपचार नगरेको, देश छिर्न नपाएर सिमानामा भोकै प्यासै बसेका मान्छे देख्ने ? सीडीओले नदेखेको, पुलिसले नदेखेको कुरा देख्ने ? नहेर्नु र नदेख्नुपर्ने कुरा हेर्ने ? देख्ने ? त्यसैले कोरोना आँखाबाट सर्ने खतरा अत्याधिक छ । आँखा बन्द गर्नुस् । नहेर्नुस्, कोरोना संक्रमणबाट बच्नुस् ।

सरकारले जारी गरेको लकडाउनमा आँखा बन्द गरेर र कान थुनेर बस्नुस्, प्रधानमन्त्री घण्टा खट्नुहुन्छ । सरी, सरी ! अंक छुटेछ । प्रधानमन्त्री दैनिक १८ घण्टा खट्नुहुन्छ ।

प्रधानमन्त्रीले एउटा कुरा छुटाउनु भएको छ, कोरोना आँखाबाट जत्तिकै संक्रमणको खतरा कानबाट पनि हुन्छ । कोरोना संक्रमणबाट जोगिन कान पनि थुन्नुस् । यदि नेपालीले कान थुनेर कोरोना संक्रमणबाट बच्ने उपाय अपनाएका थिए भने ७० करोड काण्डको टेप सुन्थे ? कान बन्द गर्नुस् । सरकारले जारी गरेको लकडाउनमा आँखा बन्द गरेर र कान थुनेर बस्नुस्, प्रधानमन्त्री घण्टा खट्नुहुन्छ । सरी, सरी ! अंक छुटेछ । प्रधानमन्त्री दैनिक १८ घण्टा खट्नुहुन्छ ।

हामी सबै नेपाली आँखा र कान बन्द गरेर कोरोना संक्रमण विरुद्ध सरकारको अभियानलाई साथ दिऔं, प्रधानमन्त्री ओली लकडाउनमा जनतालाई विशेष राहत दिन दल फुटाउन सजिलो हुने र संबैधानिक निकायलाई सरकारले चाहे जसरी नचाउन सकिने पृष्ठभूमि तयार पार्न अध्यादेश जारी गर्न सिफारिस गर्नुहुन्छ । राम्ररी सुन्नुस्, सरकारले अहिले ल्याएको अध्यादेश हो, अत्याउने आदेश होइन । बढी जान्ने भएर आफै शब्द बनाउने होइन, अफवाह फैलाउने होइन ।

फेरि पनि दोहोर्याऔं, हामी नेपालीसँग विद्वान पूर्खाको जेनेटिक मेमोरी छ । विद्वानको तौर तरिका नै फरक हुन्छ । विद्वानको सोच्ने शैली नै भिन्न हुन्छ । विद्वान भनेको विद्वान हो के । त्यसैले त नेपालले अत्यावश्यक बस्तु तथा सेवा बिक्री गर्ने पसलहरुलाई विहान ४ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिएको छ ।

कोरोना विहान ढिलोसम्म सुत्छ । त्यसैले ९ बजेसम्म मात्रै पसल खोल्न दिएको हो । कोरोना मान्छे जस्तो हो र, विहान विहान मर्निङवाक गर्ने ? सुत्छ कोरोना ।

कोरोना राति सुत्छ । त्यसैले लकडाउनमा दिउँसो गाडी चलाउन रोकेर रातिराति थाहा नपाए जस्तो गरी मान्छेहरुलाई काठमाडौंबाट बाहिरिन सरकारले दिएको छ । कोरोना विहान ढिलोसम्म सुत्छ । त्यसैले ९ बजेसम्म मात्रै पसल खोल्न दिएको हो । कोरोना मान्छे जस्तो हो र, विहान विहान मर्निङवाक गर्ने ? सुत्छ कोरोना ।

कोरोनालाई मान्छेले स्वास्थसँग सम्बन्धित विषय मात्रै हो भन्छन् । कुरो त्यसो होइन । कोरोना शान्ति सुरक्षासँग सम्बन्धित विषय पनि हो । त्यसैले भीड नियन्त्रण गर्न सजिलो हुन्छ भनेर राति यात्रुबाहक बस चलाउन र विहान मात्रै पसल खोल्न दिएको हो । कुरो बुझ्नु भएन ? दिउँसो कोरोनाको जुलुस आउँछ क्या ।

कोरोनाबाट बच्न मुख बन्द गर्नुपर्ने भएपछि किन चाहियो दाल, चामल, तरकारी, फलफूल, दुध, औषधी, पानी ? यस्ता चिज खान मुख खोल्नुपर्छ, मुख खोलेपछि कोरोना सर्न सक्छ । त्यसैले मुख बन्द गर्नुस् । अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या भयो भनेर बढी हल्ला नगर्नुस् ।

कोरोना संक्रमणको खतरा मुखबाट पनि छ । संक्रमणबाट बच्न मुख बन्द गर्नुस् । नबोल्नुस् । बोल्दा मुख खोल्नुपर्ने हुन्छ । मुख खोल्दा कोरोना भाइरस सर्न सक्छ । कोरोनाबाट बच्न मुख बन्द गर्नुपर्ने भएपछि किन चाहियो दाल, चामल, तरकारी, फलफूल, दुध, औषधी, पानी ? यस्ता चिज खान मुख खोल्नुपर्छ, मुख खोलेपछि कोरोना सर्न सक्छ । त्यसैले मुख बन्द गर्नुस् । अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या भयो भनेर बढी हल्ला नगर्नुस् ।

यी विधि र उपायबारे कुनै शंका छ भने शंका नगर्नुस् । पत्याउनुस्, अनुसरण गर्नुस्, आफै जान्ने नहुनुस् । यो देशमा सरकार छ । लोकतान्त्रिक विधिबाट चुनिएर आएको दुई तिहाई बहुमतको सरकार हो यो । यो सरकारले भनेपछि कोरोनाले पनि टेर्छ । सरकारले नेपालमा कोरोना संक्रमण फैलन दिदैन । कोरोना संक्रमण फैलिएन, कसैलाई बद्नाम गर्न पाइएन, यहाँ कोरोनाले मान्छे मरेनन् भन्ने जस्तो तुच्छ विचार नपाल्नोस् । कोरोना संक्रमण नियन्त्रणको नेपाली विधि अपनाउनुस् । नत्र खतरा होला है ।

Share News