बैंकले कुल कर्जाको ३ प्रतिशत विद्यार्थीलाई ऋण दिनुपर्ने, सरकार जमानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको ३ प्रतिशत रकम स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने युवाहरूलाई शैक्षिक कर्जाका रुपमा प्रदान गर्न छुट्याउने व्यवस्था गर्नु पर्ने राय दिएको छ । विदेशी सम्बन्धनका नेपाली कलेजको अध्ययन गर्न बनेको समितिले सरकारलाई यस्तो राय दिएको हो । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोशिएसन नेपाल (आईप्यान) ले सो समितिलाई दिएको सुझावलाई प्रतिवेदनमा उल्लेख गर्दै समितिले हाललाई १.५ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्दै क्रमशः ३ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्नु पर्ने व्यवस्था गर्न राय दिएको हो । सो प्रतिवेदनमा शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कका साथ-साथै खाना बस्नको लागि लाग्ने अनुमानित रकम समेतलाई पुग्ने गरी शैक्षिक कर्जा प्रदान गर्नुु पर्ने उल्लेख छ । यस्तै, स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रदान गर्ने शैक्षिक कर्जाको व्याजमा सरकारले ५० प्रतिशत सहुलीयत प्रदान गर्नु पर्ने र अध्ययन अवधिभर कर्जाको ब्याजलाई पूँजीकरण गरी अध्ययन पुरा भईसके पछिको दोस्रो वर्षबाट मात्रै सावाँब्याज भुक्तानीका लागि किस्ता प्रारम्भहुने व्यवस्था गर्नु पर्ने प्रतिवेदनमार्फत् सुझाव दिइएको छ । यस्तै, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र, शहिद परिवार र गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरू (विद्यार्थी) लाई प्रदान गरिने शैक्षिक कर्जाको जमानी सरकार बस्नु पर्ने राय पनि प्रतिवेदनमा छ । यस्तै, उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूको हकमा स्वदेशीमा सञ्चालित शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई प्रदान गरेको कुल कर्जा रकमको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गर्नु पर्ने राय राखिएको छ । कर्जाको धितो मुल्याङ्कन गरी कर्जा प्रवाह गर्दा एफएमभीको ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने, विदेश अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने र आयस्रोत पेश गर्दा कर चुक्ता गरेको प्रमाण–पत्र पेश गर्ने व्यवस्था अनिवार्य गर्नु पर्ने राय प्रतिवेदनमा छ । यस्तै, विदेशी मुद्रा सटही सुविधा दिँदा आयस्रोत खुल्ने कागजात र कर चुक्ता गरेको प्रमाण पत्र पेश गनु पर्ने व्यवस्थालाई अनिवार्य गर्नु पर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।
देशका यी स्थानमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार बिहीबार अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए । महासचिव राईले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।’ जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेटले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए । साथै, उनले अस्तालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।
तोलामा १६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनपनि १६ सयले बढेर प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री, विश्वासको मत लिने प्रधानमन्त्रीको वचन
काठमाडौं । राजीनामा दिन पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिएर फर्किएका हुन् । राजीनामा दिने तयारीका साथ रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएर फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । रास्वपाका मन्त्रीहरूले पनि प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्। दाहाल नेतृत्वको सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्। यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिइसकेका छन्। अब दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङ नगरपालिकाले गर्यो सम्मान
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन/तिन जना विद्याथीलाई बुधबार एक कार्यक्रमका विच नगरपालिकामा सम्मान गरिएको हो । नगरपालिकाले सामुदायीक विद्यालय तर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालय तर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गावहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर दित्तिय भएका थिए उनलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तितृय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । नीजि विद्यालय तर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुवैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगद सहित प्रमाणपत्र, वालविद्या विकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगद सहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तितृय स्थान हासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायीक तर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी र संस्थागत विद्यालय तर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथा शुभकामना व्यक्त गरेकी छन् । नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारको लगानी अनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्यायन गर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निशुल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिईन् । वालिङ नगरपालिकाबाट शैक्षिक सत्र २०८० सामुदायीक तथा संस्थागत गरी २६ विद्यालयवाट कुल ८ सय २३ विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । जस मध्ये ४ सय १८ जना पास भएका थिए । यि मध्ये भुम्रे माध्यमिक विद्यालयबाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना अनुत्तिर्ण भएपछि सून्य नतिजा ल्याएको थियो ।
लेबनान र साउदी अरेबियाबीच १० मिलियन अमेरिकी डलर सहयोग सम्झौतामा हस्ताक्षर
काठमाडौं । लेबनान र साउदी अरेबियाले लेबनानमा २८ परियोजनाहरू कार्यान्वयन गर्न १० मिलियन अमेरिकी डलर विनियोजन गर्ने सहयोगको ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा लेबनानका प्रधानमन्त्री नजिब मिकातीले लेबनान र साउदी अरेबिया बीचको बलियो भ्रातृ सम्बन्धमा जोड दिँदै साउदी अरेबिया सधैं लेबनानको पक्षमा रहेको र लेबनानको एकतालाई जोगाएको उल्लेख गरे । आफ्नो पक्षका लागि लेबनानका लागि साउदी राजदुत वालिद बुखारीले साउदी अरेबियाको १० मिलियन डलरको आर्थिक सहयोगले मानवीय र राहत प्रयासहरूलाई समर्थन गर्न र लेबनानमा स्थायित्व र विकासलाई प्रवद्र्धन गर्न साउदी नेतृत्वको उत्सुकता झल्काउने बताए । बुखारीले साउदी अरेबियाले लेबनानका लागि २.७ बिलियन डलरका १२९ राहत, मानवीय र विकास परियोजनाहरू विभिन्न क्षेत्रमा कार्यान्वयन गरेको बताए ।