विकासन्युज

आईजीआई प्रुडेन्सियलको नाफामा १५६.६७ प्रतिशत उछाल, ईपीएस २०.२१ रुपैयाँ

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस)१२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ । गत वर्ष कम्पनीले २ लाख ३२ हजार ५२३ वटा बीमालेख बिक्री गरेको छ भने ५१ हजार ७३२ वटा बीमालेख नवीकरण भएको जनाएको छ । गत असारसम्म कम्पनीले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

नेपाल रिको नाफा ५१ करोड ५८ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १३.४९ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको गत वर्ष खुद दाबी भुक्तानी ०.९१ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ, विशेष जगेडा कोष ३ अर्ब ९२ करोड रुपैयाँ, महाविपत्ती कोष ३.३३ प्रतिशत बढेर २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ६१.६८ प्रतिशत बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.०३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ ।

लगानीकर्ताको रोजाइमा ‘लो क्याप’ कम्पनी, यस कारण बढ्यो यी ९ स्टकमा आकर्षण

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ९४.५३ अंकले बढेर २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन कारोबार हालसम्मकै उच्च हो । नेप्सले नयाँ रेकर्ड कायम गर्दा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सकारात्मक सर्किट लाग्ने कम्पनीको पहिलो नम्बरमा छ नेशनल हाइड्रोपावर कम्पनी । आइतबार कम्पनीको कुल ११ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सेयर बजारमा यस कमपनीको कुल २ करोड ४६ लाख ६४ हजार ३८० कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत अर्थात् १ करोड ९७ लाख ३१ हजार ५०४ कित्ता संस्थापक सेयर रहेको छ भने २० प्रतिशत अर्थात् ४९ लाख ३२ हजार ८७६ कित्ता सर्वसाधारण सेयर छ । कारोबार मूल्यको आधारमा कम्पनीको आइतबारको बजार पुँजीकरण ५ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको सेयर आइतबार २२२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ४६ करोड रहेको छ । पछिल्लो ५ महिनाको तथ्यांक हेर्ने हो भने यस कम्पनीको न्यूनतम सेयर मूल्य र अधिकतम् २२२ रहेको छ । यस कम्पनीले २०७७/७८ मा १८.५२५ प्रतिशत बोनस र ०.९७५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपश्चात कम्पनीले लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको छ । पिई रेसियो ४११.०१ रहेको छ । कम्पनीले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छैन । न्यून्तम ईपीएस र नेटवर्थसँगै पछिल्लो केही वर्षयता लाभांश दिन नसकेको यस कम्पनीको सेयर मूल्यमा नै सर्किट लागेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लाग्ने दोस्रो कम्पनी हो नेरुडे मिर्मिरे लघुवित्त । यस लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँ पुगेको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम ४८० रुपैयाँमा कारोबार भएको छ भने सबैचन्दा उच्च ९०२ रुपैयाँमा कारोबार भएको छ । आइतबार कम्पनीको २ लाख ३० हजार कित्ता सेयर कारोबार भएको छ । लघुवित्तको १ करोड ३९ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१.४९ अर्थात् ७१ लाख ९६ हजार कित्ता संस्थापक सेयर र ४८.५१ अर्थात् ६७ लाख ८१ हजार सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०७८/७९ मा २३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १.१५७९ प्रतिशत नगद र २२ प्रतिशत बोनस गरेर कुल २३.१५७९ प्रतिशत लाभांश बढेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी ३२.८१ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१४ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७८.५८ रहेको छ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुन सकेको छैन । यस्तै, आइतबार एचआईडीसीएलको पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको २७ रुपैयाँ मूल्य बढेर २९८ रुपैयाँ पुगेको छ । आइतबार कम्पनीको १२ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड ८७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक सेयर रहेको छ भने २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सबैभन्दा कम १५४ रुपैयाँ र सबैभन्दा उच्च २९८ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले २०७९/८० मा नगद लाभांश ५.२६३ प्रतिशत वितरण गरेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो भने २६.२२ रहेको छ । आइतबार खानीखोला हाइड्रोपावर कम्पनीको आइतबार सेयर २७.८० रुपैयाँले बढेर ३०५.८० रुपैयाँ पुगेको छ । कम्पनीको आइतबार २ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा कम्पनीको ४६ लाख ५७ हजार बिज्ञा सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले हालसम्म लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको तेस्रो त्रैमासिक रिपोर्टअनुसार प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैयाँ रहेको छ । त्यस्तै, पिई रेसियो पनि २४१.७७ ऋणात्मक रहेको छ । आइतबार सकारात्मक सर्किट लाग्ने मध्येको कम्पनी आखुखोला जलविद्युत पनि हो । कम्पनीको सेयर १९.८० रुपैयाँ बढेर २१७ रुपैयाँ कायम भएको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर सबैभन्दा कम १४१ रुपैयाँ र सबैभन्दा उच्च २५० रुपैयाँमा कारोबार भएको छ । नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत रहेको छ । जसमध्ये ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ०.४३ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ रहेको छ भने पिई रेसियो ५०२ प्रतिशत रहेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लागेको अर्को कम्पनीको हो अपर तामाकोशी हाइड्रोपावर । आइतबार कम्पनीको सेयर २१ रुपैयाँले बढेर २३४ रुपैयाँ कामय भएको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम १५२ रुपैयाँमा र सबैभन्दा धेरै २६७ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २४ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमास अनुसार प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ । यस्तै, आइतबार शुभम पावरमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको नेप्सेमा २० लाख कित्ता सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर रहेको छ भने ३० प्रतिशत सर्वसाधारण सेयर छ । कम्पनीको पछिल्लो ५२ सातामा न्यूनतम ६१५ रुपैयाँमा र अधिकतम् १०७३ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक अनुसार प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ८७.२३ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै पिई रेसियो १३९.९४ प्रतिशत रहेको छ । आत्मानिर्भर लघुवित्तमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार सेयरमूल्य २९० रुपैयाँ मूल्य बढेर ३ हजार १९० रुपैयाँ पुगेको छ । नेप्सेमा ६ लाख ८५ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ६७ प्रतिशत संस्थापक र ३२ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०८०/८१ मा ५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५ प्रतिशत लाभंश वितरण गरेको छ । आइतबार मिड सोलु हाइड्रोमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ बढेर ९५९ रुपैयाँ पुगेको छ । यस कम्पनीको नेप्सेमा ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३.८५ रुपैयाँ रहेको छ भने नेटवर्थ १०२.६३ रुपैयाँ रहेको छ । पछिल्लो ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् ९५९ रुपैयाँ र न्यूनतम् २९४ रुपैयाँ कायम छ । आइतबार सेयर लगानीकर्ताले ‘लो क्याप’ अर्थात् कम मूल्य भएका कम्पनीहरू छानेको देखिन्छ ।

झोलुंगे पुलले बढाए पर्यटक

ढोरपाटन । झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुंगे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ वटा झोलुंगे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुंगे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् । विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटक तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ । गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुंगे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुर्याउन मद्दत पुर्याएको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ । ‘पुलले बागलुङको पहिचानलाई उचोँ बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवर्द्धन सुरु गरेको छ,’ खड्काले भने, ‘पुलले टाढा–टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ ।’ बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुंगे पुल छन् । एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताए । यसैवर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उनको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनले सुनाए । विकले भने, ‘यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरू घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।’ बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुंगे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उनले बताए । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

धनुषा । हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रविनकुमार यादवले जानकारी दिए । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनले बताए । ज्ञापनपत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् र्‍याली निकालिएको थियो । ज्ञापनपत्रमा संघीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ । (((

जगदम्बा मोटर्स र पोस्टामले सय ‘कन्टेन्ट क्रिएटर’ लाई टिभिएस एन्टर्क स्कुटर पुरस्कार दिने

काठमाडौं । नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरिका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ । उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरूसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हो । टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । साथै, यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उनको भनाइ छ । त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए । कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने बताइएको छ । पोस्टाम प्रयोगकर्ताहरूले यो बाहेक अन्य थुप्रै अवसरमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ । जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्याउनेमा आयोजक विश्वस्त रहेको छ । प्लेस्टोर प्रयोगकर्ताहरूले https://apps.apple.com/np/app/postaam/id1594377538 र एन्ड्रोइड प्रयोगकर्ताहरुले https://play.google.com/store/apps/details?id=com.upliftsolutions.postaam बाट पोस्टाम डाउनलोड गरेर यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंकको अस्थिर नीतिको खरो आलोचनामा बैंकहरू

काठमाडौं । बैंकरहरूले प्रत्यक्ष रूपमा नियामक नेपाल राष्ट्र बैंकको विरोध तथा आलोचना गर्न नगरेपनि अप्रत्यक्ष रूपमा भने आलोचना तथा विरोध गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणमार्फत् बैंकहरूले नियामक राष्ट्र बैंकको अस्थिर नीतिको आलोचना गरेका हुन् । खुलेर नियामकको आलोचना गर्न डराउने बैंकरहरूले आफ्नो वित्तीय विवरणमा समस्या तथा चुनौतमा भने राष्ट्र बैंकको अस्थिर नीतिको आलोचना गरेका हुन् । राष्ट्र बैंक तथा सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानूनहरूमा हुने परिवर्तनले सम्भावित जोखिम उत्पन्न गरेको वित्तीय विवरणमा उल्लेख छ । साथै नियामकबाट जारी नीति तथा निर्देशनबाट हुने सञ्चालन खर्चको वृद्धि तथा आम्दानीमा आउन सक्ने संकुचनका कारण अपेक्षा अनुसारको नाफा नहुने गरेको उनीहरूको भनाइ छ । कृषि विकास बैंकले संचालन लागत बढेको र ब्याज खर्च व्यवस्थापन गर्नलाई चुनौति भएको बताएको छ । साथै विश्व अर्थतन्त्रमा देखिएको मन्दीले प्रभाव पारेको, समय समयमा हुने नीतिगत र कानूनी व्यवस्थामा परिवर्तन, सूचना प्रविधिमा देखिएका चुनौति र अनुपालना लागतमा वृद्धि भएको विषयलाई बैंकले समस्या तथा चुनौतिका रूपमा लिएको छ । साथै ती चुनौतिलाई समाधाका लागि बैंकले सजगताका साथ समग्र प्रणालीमा समय सापेक्ष सुधार गरिरहेको बताएको छ । उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी व्यवसाय वृद्धि तथा विविधिकरण गर्ने, प्रतिस्पर्धी ब्याजदर कायम गर्न संचालन खर्च कटौति र न्यून लागतको निक्षेप र दीर्घकालीन श्रोत संकलनमा जोड दिने, कर्जा र निक्षेप सम्मिश्रणलाई सन्तुलित बनाउने रणनीति बैंकको छ । व्यवसाय नियन्त्रण गर्न केन्द्रीकृत व्यवसायको अवधारणा अवलम्बन गर्ने, डिजिटल बैंकिङ कारोबारमा तिव्रता दिने, संस्थागत संरचनामा व्यापक सुधार गर्ने र कार्यगत दक्षता तथा चुस्तता, संरचनागत नियन्त्रण प्रणाली तथा जोखिम नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने बैंकले बताएको छ । लामो अवधिको श्रोत परिचालनका लागि बाह्य श्रोतको रुपमा (विदेशी मुद्रामा सापटी लिने, विभिन्न दातृ निकायहरुबाट लामो अवधिको कर्जा लिने आदि) र आन्तरिक श्रोतको रूपमा कृषि ऋणपत्र जारी गर्दै लाने नीतिलाई निरन्तरता दिने बैंकको भनाइ छ । एभरेष्ट बैंकले सञ्चालन लागत व्यवस्थापन, व्यावसायिक र अनुभवी कर्मचारी भर्ना, स्थानीय स्तरमा पर्याप्त प्रशिक्षण प्रदान, गैरब्याज आम्दानी वृद्धि, समयमै ऋण असुली र जोखिम सम्पत्तिको गुणस्तर कायम राख्नुपर्ने विषय चुनौतिका रूपमा लिएको छ । यस्तै रूस–युक्रेन युद्ध, इजरायल-हमास द्वन्द्व, आर्थिक अस्थिरता ब्याजदर, मुद्रास्फीति र समग्र वित्तीय प्रणालीमा प्रभाव पारेका कारण नाफामा असर गरेको, बारम्बार नीतिहरू परिवर्तन हुने, ब्याजदरको उतार चढाबले बैंकको खुद ब्याज मार्जिन र नाफामा असर गरेको, निक्षेप तथा कर्जा लगानीमा प्रभाव पारेको बैंकको भनाइ छ । वातावरण, सामाजिक र सुशासनमा ध्यान केन्द्रीत गर्न दिगो अभ्यास र ऋण लगानीमा समेत असर गरेको बैंकले उल्लेख गरेको छ । बढ्दो साइबर ठगीलाई पनि बैंकले चुनौतिका रूपमा अघि सारेको छ । बैंकले व्यापार वृद्धि गर्न डिजिटलमा जोड दिने, ग्राहकको आवश्यकता पत्ता लगाउने र सेवा सहज गर्ने, सम्पत्ति र दायित्वहरूको प्रभावकारी व्यवस्थापन गर्ने र लागत घटाउने र बलियो साइबर सुरक्षा प्रणाली तयार पार्ने बैंकको रणनीति छ । गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीलाई प्रशिक्षण गराउने, गैर बैंकिङ क्षेत्रमा वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्ने, आन्तरिक र बाह्य परिवर्तनहरूलाई नजिकबाट निगरानी गर्ने, बैंकको सकारात्मक ब्राण्डिङमा जोड दिन रणनीतिक मार्केटिङ अभियानमा लगानी गर्ने बैंकको रणनीति तथा योजना छ । ग्लोबल आइएमई बैंकले मर्जरका कारण बैंकको जनशक्ति, व्यवसाय तथा सञ्जालमा भएको आकस्मिक वृद्धिसँगै सञ्चालन जोखिम र व्यवस्थापन खर्चमा मितव्ययीता अपनाउनु, कर्जाको गुणस्तर अभिवृद्धि गरी असुलीको माध्यमबाट निष्क्रिय कर्जा कम गर्नु, अतिरिक्त तरलतालाई गुणस्तरीय कर्जामा लगानी र उचित व्यवस्थापन गर्नु, सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै अन्तरनीहित जोखिमको समयमै पहिचान र उचित व्यवस्थापन गर्नु, बैंकको सञ्चालन तथा व्यवस्थापन खर्चमा थप मितव्ययिता अपनाई पुँजीमा अपेक्षित प्रतिफल दिनु र कार्यरत दक्ष जनशक्तिमा भएको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग गर्नु र जनशक्तिको पलायन दर कम गर्नु समस्या र चुनौति रहेको बताएको छ । देशको अर्थतन्त्रमा उत्पन्न प्रतिकुलतासँगै सिर्जीत तरलता अभावबाट व्यवसायमा परेको असर, कर्जाको साँवा तथा ब्याज भुक्तानीमा पारेको समस्या, दिगो बैंकिङ्ग कारोबारको विस्तार तथा लगानीकर्ताको अपेक्षित प्रतिफल, बैंकहरूमा देखिएको न्यून कर्जा वृद्धि र निक्षेपको अस्थिर ब्याजदर, बैंकिङ्ग क्षेत्रमा रहेको निष्क्रिय कर्जा तथा असुली, प्रविधिको विकाससँगै यसले निम्त्याएका जोखिम, नियामकबाट जारी हुने नीति तथा निर्देशनबाट हुने सञ्चालन खर्चको वृद्धि तथा आम्दानीमा आउन सक्ने संकुचनका कारण अपेक्षित नाफामा हुने कमी, मर्जरका कारण बैंकिङ्ग व्यवसायमा देखिएका विभिन्न समस्यालाई बैंकले चुनौती मानेको छ । सम्पत्ति तथा दायित्वको व्यवस्थापन र पोर्टफोलियोको जोखिम अनुरूप विविधता कायम गर्ने, अर्थतन्त्रमा आएको सिथिलताले गर्दा असर परेका व्यवसायिक संस्था तथा व्यक्तिगत ग्राहकहरूसँग थप सहकार्य, कर्जाको पुनरतालिकीकरण तथा पुर्नसंरचना जस्ता उपायहरूको अवलम्बन गर्ने, खर्चहरूको प्रभावकारी अनुगमन गर्ने तथा उच्च जोखिमयुक्त सम्पत्तिहरूको उचित व्यवस्थापन गर्ने, सञ्चालन, बजार तथा व्यापार जोखिम क्षेत्रहरुको अनुगमन र योजनावद्ध रुपमा प्रभावकारी जोखिम व्यवस्थापन कार्य गर्ने बैंकको रणनीति छ । यस्तै खराब कर्जा असुली तथा व्यवस्थापनमा उच्च प्राथमिकता दिने, पुँजी कोष वृद्धि र अनुपालन तथा जोखिम व्यवस्थापन विभागको थप सबलीकरण गर्ने, समय सापेक्ष हुने गरि प्रविधिमा आधरित नयाँ नयाँ बैंकिङ्ग सेवा तथा सुविधाहरूको विकास र विस्तार गर्ने, कर्मचारी तालिम सम्बन्धमा योजनावद्ध कार्यतालिकाको प्रभावकारीता अभिवृद्धि गर्ने रणनीति बैंकले बनाएको छ । हिमालयन बैंकले पर्याप्त व्यापार क्षेत्रको अभावका कारण सम्पत्ति र दायित्वमा जोखिम बढेको, मुद्रास्फीति बढेको, तीव्र प्रतिस्पर्धाकाबीच वित्तीय संस्थाहरूको संख्या बढी भएको विभिन्न नीतिगत अभावले लगानीमा बाधा पुर्याएको र बैंकको मुख्य व्यवसायिक गतिविधिमा समेत असर परेको, रेमिट्यान्स क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको, ऋणको ब्याजदर घटाउन दबाबलाई चुनौतिका रुपमा लिएको छ । कुमारी बैंकले सञ्चालन लागत न्यूनीकरण र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्नु आन्तरिक चुनौतिका रूपमा लिएको छ । डिजिटाइजेसनलाई व्यापकता गर्नु र ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा दिनु, नयाँ उत्पादन तथा कम जोखिम भएका क्षेत्रमा लगानी गर्ने, गैर बैंकिङ सम्पत्ति व्यवस्थापन र कर्जा असुलीमा जोड दिने गरी रणनीति तयार पारेको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकले दक्ष तथा अनुभवि कर्मचारी भर्ना, कर्मचारी पलायन, सञ्चालन खर्च घटाउनुलाई, लगानी गर्ने वातावरण नभएको, सीमित स्रोतबाट मात्रै निक्षेप संकलन गर्नुपरेको, आकस्मिक प्राकृतिक/साम्प्रदायिक प्रकोपहरूमा स्थानीय र विश्वव्यापी अर्थतन्त्र संवेदनशील रहेको बताएको छ । बैंकले बजार अनुसार सम्पत्ति तथा दायित्वहरूको पुनः मूल्य निर्धारण गर्ने, नयाँ उत्पादन र सेवाहरू दिने, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापन गर्ने, लगानीको लागि नयाँ क्षेत्रहरू पहिचान गर्ने, सुदृढीकरण सेवालाई डिजिटलाइजेशन गर्ने बैंकको रणनीति छ । माछापुच्छ्रे बैंकले शाखा विस्तार तथा मुद्रास्फितिको कारणले संचालन खर्चमा वृद्धि, बैकबाट प्रदान गरिने दीर्घकालिन, मध्यकालिन, चालु पुँजी जस्ता कोषमा आधारित कर्जा तथा प्रतितपत्र, जमानत पत्र जारी गर्ने जस्ता गैह्रकोषीय सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिम, बैंकको आधारभूत संरचना एवं प्राविधिक विकासमा हुन सक्ने खर्च र व्यवस्थापनमा हुन सक्ने जोखिमलाई चुनौति भनेर उल्लेख गरेको छ । यस्तै सम्पत्ति शुद्धीकरण निवारणसँग गाँसिने बैंकका आन्तरिक नियम र नियन्त्रण प्रक्रियामा निहित जोखिम, निक्षेप तथा कर्जा लगानी ब्याजदरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू, समयमा कर्जा असुली नभै उत्पन्न हुने आर्थिक जोखिम, बैंकले प्रयोगमा ल्याएको फिनाकलमा प्राविधिक गडबडीले हुन सक्ने जोखिम र मुख्य कर्मचारीहरूले छोड्दा हुन सक्ने जोखिमलाई आन्तरिक चुनौतिका रूपमा लिएको छ । यस्तै राष्ट्र बैंक तथा सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानूनहरूमा हुने परिवर्तनले उत्पन्न हुन सक्ने सम्भावित जोखिम, सीमित लगानी क्षेत्र र बैंक तथा वित्तीय संस्था बीच भएको तीव्र प्रतिस्पर्धा, विदेशी प्रविधिको परिवर्तन अनुरूप बैंकको गतिशिल परिवर्तन हुन नसक्ने सम्भावना, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट उत्पन्न हुन सक्ने जोखिम, तरलता अभावले बैंकिङ्ग प्रणालीमा पर्न सक्ने सिस्टमेटिक रिस्क, मुद्रा बजारमा ऐतिहासिक रूपमा डलरको मूल्यमा आएको वृद्धिका कारण आयात महँगो भई वैदेशिक मुद्रास्फीतीको दबाबबाट उत्पन्न हुन सक्ने जोखिम र बिदेशी विनिमय कारोबार गर्दा विनिमय दरमा हुने परिवर्तनलाई बाह्य समस्याका भनेर बैंकले चित्रित गरेको छ । ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्न उत्कृष्ट एवं गुणस्तरीय सेवा उपलब्ध गराउने, समय सापेक्ष डिजिटल बैकिङका सुविधा वृद्धि तथा सेवालाई थप गुणस्तरीय बनाइएको, लागत कटौती तथा लागत नियन्त्रणका उपायहरू अवलम्बन गरिएको, कर्जा तथा सापट र लगानी खराब भई हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था गरिएको बैंकको भनाइ छ । बैंकको नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरूस्त राखिएको, भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम दिने गरिएको, बैंकको बैंकिङ सफ्टवेयरमा हुन सक्ने प्राविधिक गडबडीबाट बच्न आवश्यक ब्याकअप राख्ने गरिएको, बिनिमय दरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक सटही घटबढ कोषको व्यवस्था गरिएको, बैंकको संगठनात्मक संरचनामा परिवर्तन गरी बढी प्रभावकारी बनाइएको तथा केही मुख्य कर्मचारीले छोड्दा पनि बैंक नियमित रूपमा सेवा प्रदान गर्न सक्षम रहेको बैंकको भनाइ छ । नबिल बैंकले देशको आर्थिक अवस्थाका कारण एनपीए व्यवस्थापन, न्यून आर्थिक वृद्धि र घट्दो सम्पत्तिको गुणस्तरको ब्याक ड्रपमा सम्पत्ति वृद्धि, गैर–ब्याज आम्दानी सुधार गर्नु र ब्याज जोखिम व्यवस्थापन गर्नुलाई बैंकले चुनौतीका रूपमा लिएको छ । यस्तै अस्थिर बजार तरलता स्थिति, स्थिर ऋण माग, विभिन्न क्षेत्रमा सरकारको कम पुँजीगत खर्चको असर, बढ्दो सूचना सुरक्षा जोखिम, अर्थतन्त्रमा देखिएको सुस्तता पनि चुनौति भनेर उल्लेख गरेको छ । बैंकले सम्पत्ति र दायित्वहरूको विवेकपूर्ण व्यवस्थापन गर्ने, दक्षता मार्फत लागतको प्रभावकारी व्यवस्थापन, गैर–ब्याज आम्दानीको योगदान कायम राख्न वैकल्पिक व्यापार मार्गहरू र च्यानलहरूको अन्वेषण गर्ने, सेवा वितरणमा उल्लेखनीय सुधारको लागि डिजिटलाइजेशनलाई अँगालेको र कर्मचारीहरूलाई तालिममा जोड दिने गरी बैंकले रणनीति बनाएको छ । नेपाल बैंकले निष्क्रिय कर्जाको व्यवस्थापन, दक्ष जनशक्ति, बढ्दो डिजिटलाइजेशन र डिजिटल उत्पादनहरूको जोखिम व्यवस्थापन, रुस-युक्रेन युद्ध र मध्यपूर्वमा भएको अशान्तिलाले विश्व अर्थतन्त्रमा असर पारेको, निर्माण तथा उत्पादन क्षेत्रको वृद्धिमा ह्रास आएको, कम सरकारी खर्चका कारण कर्जा प्रवाहमा कठिनाईलाई चुनौति भनेको छ । नियन्त्रित व्यापार वृद्धि र नाफा व्यवस्थापनमा जोड दिने, संचालन दक्षता अभिवृद्धि गर्ने र नयाँ बैंकिङ उत्पादनहरू पहिचान गर्ने, बैंकिङ सेवाहरू डिजिटाइज गर्ने, बैंकको गैरब्याज आम्दानीका लागि नयाँ क्षेत्रहरू अन्वेषण गर्ने, सम्पत्ति र दायित्व व्यवस्थापनमा जोड दिने, ग्राहक सेवामा प्रभावकारिता कायम राख्ने बैंकको रणनीति तथा योजना छ । एनआईसी एशिया बैंकले बढ्दो निष्क्रीय कर्जा, बढ्दो सञ्चालन लागत, पूर्वी युरोप तथा मध्य पूर्वमा देखा परेको द्वन्दका कारण विश्व अर्थतन्त्रमा मन्दिको खतरा, राजश्व आम्दानी र विकास सर्वमा कमी, न्यून कर्जा माग, बढ्दो सुचना प्रविधिलाई चुनौति भनेर उल्लेख गरेको छ । तर, बैंकले नविनतम् प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्ने, नयाँ क्षेत्रमा लगानी एवं अवसरको निरन्तर खोजी गर्दै जाने, कर्मचारीहरूको निरन्तर वृत्ति विकासमा जोड दिने, प्रतिस्पर्धी क्षमताको विकास गर्दै जाने, विवेकशील जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने, उत्पादनशील क्षेत्र कर्जा लगानी वृद्धिको लागि सम्भाव्य अवसरहरूको खोजी गर्ने, उपभोक्ता कर्जा र साना तथा मौला कर्जा प्रवाहमा जोड दिने, चल्ती तथा बचत निक्षेपमा जोड, मितव्ययी खर्चमा जोड दिने, डिजिटल बैंकिङ्ग गतिविधिहरू तिव्र रुपमा अगाडि बढाउने बैंकको योजना छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकिङ्ग क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, कर्जाको मागको कमिले लगानी विस्तारमा संकुचन, राजनितिक तथा नितिगत अस्थिरता, अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा हुने अनपेक्षीत उतार चढाव, छोटो अन्तरालमा हुने ब्याजदर परिवर्तनलाई बैंकले बाह्य समस्या तथा चुनौतिको रुपमा लिएको छ । मानव संशाधनमा हुने परिवर्तनलाई आन्तरिक समस्या तथा चुनौतिको रुपमा लिएको छ । साथै काबुभन्दा बाहिरका परिस्थिति बाहेक उपरोक्त चुनौति समाधान गर्न व्यवसाय विविधीकरण, ग्राहकमुखी गुणस्तरीय सेवा तथा खर्चमा मितव्ययीता, मानव संशाधन विकास आदि क्षेत्रमा लगानी गर्ने रणनीति लिएको छ । एनएमबी बैंकले आम्दानी विरुद्ध सञ्चालन लागत बढ्दै, प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय सेवाको कमी, अधिक तरलता, कर्जा रिकभरीमा समस्या, लगानीमा नहुनु, सीमित अवसरमा धेरै प्रतिस्पर्धात्मक गर्नुपर्ने चुनौति रहेको जनाएको छ । एनपीए रिकभरीको निरीक्षण गर्न विशेष कर्मचारी परिचालन, डिजिटल च्यानल खुला राख्दै र दीर्घकालीन डिजिटल योजना, वैकल्पिक कोषका स्रोतहरूमा केन्द्रीत, लागतलाई अनुगमन गरी व्यवस्थापन तथा घटाउने, जोखिम व्यवस्थापन र अनुपालन अभ्यासहरू मार्फत वृद्धिमा जोड दिने, ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रहरू र खुद्रा क्षेत्रहरूमा ध्यान दिने बैंकको रणनीति छ । प्राइम बैंकले तरलताको व्यवस्थापन तथा तरलताको कारणले ब्याजदर परिवर्तनले हुन सक्ने जोखिम रहेको, देशको कमजोर अर्थतन्त्रका कारण व्यवसायिक लगानीका अवसरहरूमा दीर्घकालीन स्थायित्व हासिल गर्न कठिनाई र बैंकको निष्कृय कर्जा समेत बढ्दै जाने जोखिम रहेको बताएको छ । कोभिड महामारीका दीर्घकालीन प्रभाव र रुस युक्रेनका साथै मध्यपूर्वमा जारी भूराजनैतिक तनावको कारण विश्व अर्थतन्त्रसँगै मुलुकको अर्थतन्त्रमा समेत परेको नकारात्मक प्रभावबाट सम्पूर्ण बैंकिङ्ग क्षेत्र नै प्रभावित हुन गएको र अनिश्चित समय सम्म प्रभाव पर्न सक्ने, कोरोनापश्चात् नकारात्मक असरले व्यवसाय प्रभावित भएकाले ब्याज तथा ऋण असुलीमा चुनौति रहेको, देशको आर्थिक तथा राजनैतिक उतारचढावबाट उत्पन्न हुन सक्ने नीति निर्देशनबाट हुन सक्ने जोखिम र कृत्रिम बुद्धिमत्ता जस्ता नविनतम सूचना प्रविधिको विकास र अत्यधिक प्रयोगले सिर्जना हुन सक्ने चुनौती रहेको बैंकले बताएको छ । बैंकिङ्ग विविधीकरण, वृहत्तर व्यवसायिक योजना, नयाँ लगानीका क्षेत्रहरुको पहिचान गर्ने, छिटो छरितो गुणस्तरीय एवं भरपर्दो सेवा, ग्राहकमैत्री बैकिङ्ग सेवा सुलभ तरिकाले सर्वसाधारणको पहुँच भित्र पुर्याउने रणनीति बैंकले लिएको छ । निक्षेपकर्ता, ऋणी शेयरधनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको सर्वोत्तम हित संरक्षण गर्दै सबै पक्षलाई लाभान्वित हुने गरी बैंकले आफ्नो कार्य गर्ने बैंकका योजना छ । विगतका वर्षहरूमा आर्जन गरेको मुनाफाबाट बोनस सेयर जारी गर्दै पूँजीको आकार वृद्धि गर्ने नीति अवलम्बन गरेको र बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात बलियो अवस्थामा रहेको र यसलाई थप मजबुत बनाउँदै लैजाने रणनीति बैंकले अपनाएको छ । मुलुकमा आर्थिक मन्दीका कारण अधिकांश उद्योग व्यवसायहरु पूर्ण रूपमा संचालनमा आउन नसकेको अवस्था अझै रहेको र केही व्यवसायहरुमा दीर्घकालिन असर परेको देखिएको छ । बैंकले विभिन्न क्षेत्रका व्यवसायहरुमा परेका असरबारे विस्तृत अध्ययन गरी ऋणीहरूलाई राष्ट्र बैंकद्धारा जारी गरेको मौद्रिक नीति र निर्देशनको समेत अधिनमा रही आवश्यक सुविधा प्रदान गरी समस्या सम्बोधन गर्ने रणनीति तर्जुमा गरेको जनाएको छ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार भएको र व्यापार वृद्धि गर्नुपर्ने, अशक्त ऋणको असुली, कर्मचारी व्यवस्थापन, राजनीतिक र सामाजिक परिवेश, सूचना सुरक्षा जोखिम व्यवस्थापन, ब्याजदर तिव्र उतार–चढ़ाव, हालको सुस्त आर्थिक अवस्थाको कारण समग्र व्यापार र नाफामा प्रभाव परेको बैंकले बताएको छ । आन्तरिक तथा बाह्य परिवेशमा आएको परिवर्तनलाई ध्यानमा राखी व्यवसायिक क्रियाकलाप विस्तार गर्ने, कर्मचारीहरूलाई सीप र क्षमता अभिवृद्धि गर्न तालिमहरू प्रदान गर्ने, ग्राहकको चासोलाई ध्यानमा राख्दै नयाँ उत्पादन र सेवाहरू दिने, गैर-ब्याज आम्दानी बढाउन वैकल्पिक च्यानलहरूमा ध्यान दिने, डिजिटलाइजेसन थप सुधारमा केन्द्रीत हुने, कर्जाको असुलीमा विशेष ध्यान दिई सुरक्षित बैंकिङ अभ्यासलाई निरन्तरता दिने बैंकको रणनीति रहेको छ । सानिमा बैंकले ब्याज तथा गैरब्याज आम्दानीको वृद्धिमा, कर्जा असुलीमा चाप, कर्जाको माग तथा निक्षेप वृद्धिमा सन्तुलन नहुनु, सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको संकुचनबाट उत्पन्न हुन सक्ने जोखिमहरू तथा असुलीमा चाप, नीतिनिर्देशन तथा कानुनहरूमा हुने परिवर्तनले उत्पन्न हुनसक्ने सम्भावित चुनौतीहरू रहेको बैंकले बताएको छ । निक्षेप तथा कर्जाको विविधिकरण गर्ने, आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, पुँजी कोष वृद्धि गर्ने, निष्कृय कर्जा व्यवस्थापन गर्ने, कर्जा असुलीलाई विशेष प्राथमिकता दिने, समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूको मजबुतीकरण गर्ने बैंकको रणनीतिक योजना छन् । नेपाल एसबीआई बैंकले दीर्घकालीन ऋण र लगानीको लागि सीमित अवसर रहेको, विश्वव्यापी र राष्ट्रिय आर्थिक दृष्टिकोणबाट तनावको स्थिति बनेको, बैंकिङ क्षेत्रमा आरओईमा प्रतिस्पर्धा र समयमै रिकभरी नहुने समस्या रहेको बताएको छ । त्यस्ता समस्या र चुनौतीहरू समाधान गर्न बैंकको व्यवस्थापनले खुद्रा ऋण पोर्टफोलियोमा जोड दिएको, कम लागतका निक्षेपहरूमा केन्द्रीत हुने, लागत घटाउन वैकल्पिक प्लेटफर्महरूको पहिचान गर्ने, कार्यसम्पादन अभिवृद्धि गर्न कर्मचारीहरूलाई नियमित इन–हाउस प्रशिक्षण गराउने, राम्रो औद्योगिक सम्बन्ध कायम गर्ने र तनावग्रस्त खाताहरूको नियमितीकरण गराउने बैंकको रणनीति अपनाएको छ । सिद्धार्थ बैंकले बसाइँसराइको बढ्दो प्रवृत्तिको बीचमा दक्ष जनशक्ति कायम गर्ने, व्यापार गर्दा लागत बढेको, शुल्कमा आधारित आम्दानी वृद्धि गर्न कठिनाइ, ऋण असुली र सम्पत्तिको गुणस्तर कायम राख्न समस्या, पुँजी पर्याप्ततामा तनाव रहेको जनाएको छ । कानून, नीति र नियमहरूमा अप्रत्याशित परिवर्तन हुने, बैंक तथा वित्तीय संस्थाहरूबीच तीव्र प्रतिस्पर्धा, सुस्त आर्थिक गतिविधि, सीमित लगानी अवसर र कम प्रतिफल, साइबर धोखाधडी र परिचालन जोखिमहरूको बढ्दो घटना, राष्ट्रिय अर्थतन्त्रलाई असर गर्ने अन्तर्राष्ट्रिय द्वन्द्वले चुनौती खेप्ुनपरेको बैंकको भनाइ छ । आईटी पूर्वाधार सुदृढ गरेर सुरक्षा उपायहरू बलियो बनाउने, सम्पत्तिको गुणस्तर सुधार गर्न क्रेडिट रिकभरीमा तीव्रता दिने, कम पुँजी शुल्क खपत गर्ने पोर्टफोलियोलाई प्राथमिकता दिने, उत्पादनहरू परिमार्जन गर्दै अनुसन्धान र नयाँ उत्पादन र सेवाहरूको विकास गर्ने, आम्दानी बढाउन नयाँ अवसरहरू खोज्दै जाने, कार्यसम्पादनमा बढावा दिने र डिजिटल उत्पादन र सेवाहरूको विविध दायरा बढाएर ग्राहक अनुभव वृद्धि गर्ने बैंकले योजना बनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जोखिम व्यवस्थापनमा निरन्तर जोड दिने, जोखिम मध्येनजर गरी नयाँ अभ्यास गर्ने, स्रोतहरूको विविधीकरण गर्ने, शाखा विस्तार गर्ने, उत्पादन र सेवाहरूलाई अभिवृद्धि र नवीनीकरण गर्ने, स्थानीय साझेदारहरू मार्फत दक्षता सुधार गर्न डिजिटलाइजेसनमा जोड दिने बैंकको योजना छ । सिटिजन्स बैंकले संचालन खर्च वृद्धि, निक्षेप कर्जाको ब्याजदरमा उतार–चढ़ाव, आय विविधिकरण, कर्जाको गुणस्तर अभिवृद्धि र निष्कृय कर्जाको व्यवस्थापन, उपयुक्त लगानीका क्षेत्र पहिचान तथा शाखाको वृद्धि सँगसँगै संचालन जोखिम व्यवस्थापन र सूचना प्रविधिमा हुने अन्तरनीहित जोखिमहरुको पहिचान र व्यवस्थापन जस्ता आन्तरिक समस्या तथा चुनौती रहेको बताएको छ । आर्थिक गतिविधिमा सुस्तता आएका कारण कर्जाको किस्ता तथा पाकेको ब्याज असुलिमा समस्या देखिएको र निष्कृय कर्जा बढ्नुका साथै कर्जा नोक्सानी व्यवस्था बढ्न जाने हुँदा कर्जा जोखिम व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । यस्ता चुनौतीहरू रहेको अवस्थामा बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, बैंकिङ्ग क्षेत्रबाट दक्ष जनशक्तिको पलायन, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरू, सरकारी खर्चमा कमी आउनु, कर्जा असुलीका कानूनी तथा सामाजिक जटिलता लगायत प्रमुख बाह्य समस्या हुन् । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रुपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको छ । बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ्ग सेवाबाट वञ्चित व्यक्ति तथा संघ संस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरुको आक्रामक रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ्ग सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास गर्ने, विभिन्न व्यवसायिक संघसंस्था लगायत व्यक्तिगत ग्राहकहरुसंगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराउने बैंकको योजना छ । बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणाली स्वचालित तथा कागज रहित बनाई खर्च मितव्ययिता मार्फत निर्धारित लक्ष्य प्राप्त गर्ने तथा ग्राहक सेवा सुविधा चुस्त दुरुस्त बनाउने रणनीति अवलम्बन गरेको छ। साथै बैंकले निष्क्रय कर्जा तथा पालेको व्याज तथा कर्जाको भाका नाघेका ऋणीहरुको उचित व्यवस्थापन र गैर बैंकिङ्ग सम्पति विधि गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ ।

श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

काठमाडौं । विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम मन्त्रालयलाई बुझाएको छ । श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीलाई बुझाएको हो । मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयहरु समेटिएको छ । विज्ञ टोलीले तयार गरेको उक्त मयौस्दा अब मन्त्रालयले हेर्नेछ । सुरक्षामन्त्री शरतसिहं भण्डारीले बद्लिदो परिवेशमा बद्लिदो श्रम आप्रवासनका मुद्दालाई सम्बोधन गर्ने विश्वास व्यस्त गरे ।