विकासन्युज

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृक्षारोपण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । जस अन्तर्गत २७ गते आईतबार देखि १ गते शनिबार सम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ । आईतबार कम्पनीले पोखरा महानगरपालिका स्थित ग्रीन पार्क,  कञ्चनपुर जिल्ला, शुक्लाफाटस्थित बृन्दाबन सामुदायिक वन, सल्यान जिल्ला छाँपडाडा तथा बाँके जिल्ला स्थित सितल छायासामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

गणपति लघुवित्तको नाफा ३ करोड रुपैयाँ धनात्मक, ईपीएस कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेर १३ करोड ३३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेर १३ करोड ९५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोष ५०.५८ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १३.०४ प्रतिशत घटेर १ अर्ब ९१ करोड ८० लाख रुपैयाँ र कर्जा लगानी ९.३७ प्रतिशत घटेर २ अर्ब ५ करोड ३२ लाख रुपैयाँ गरेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५.६९ रुपैयाँ ऋणात्मक थियो । गत असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५९ गुणा छ ।

अर्थमन्त्री र सचिवहरूबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो । कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरू, लक्ष्यहरू र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे । अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क २७.४६ प्रतिशत बढेर ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३६.६३ प्रतिशत बढेर १० अर्ब १ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशत बढेर ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, जीवन बीमा कोष २३.२२ प्रतिशत बढेर ३३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोष ३४ करोड ६८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्ग ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले १० लाख ९ हजार ७२ वटा बीमलेख जारी गरेको छ । कम्पनीको दीर्घकालिन लगानी ३२ अर्ब ३ करोड ९४ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ गरेको छ ।

युनिलिभर नेपालको नाफा २ अर्ब रुपैयाँ, खर्च घटायो

काठमाडौं । युनिलिभर नेपालले गत वर्ष झण्डै २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानी नाफा बढेको भएपनि प्रिमियम वर्गको उपभोगमा आएको सुस्तता र वितरकहरूले खेप्ुन परेको तरलता संकट जस्ता कारण कार्यसम्पादन प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बिक्री आम्दानी ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १९ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी गत असारसम्म बढेर २४ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ थियो । जसमा वित्तीय लागत ३ करोड ४२ लाख रुपैयाँ, कर्मचारी खर्च ६३ करोड १४ लाख रुपैयाँ, कस्ट अफ मेट्रियलको ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ५५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ ।

डलरको मूल्य स्थिर रहँदा साउदी रियालको बढ्यो, यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २८ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४६.३२ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.९८ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.०८ रुपैयाँ र बिक्रीदर १७१.८४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०६ रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४६.३४ रुपैयाँ र बिक्रीदर १४६.९९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.८४ रुपैयाँ र बिक्रीदर १७१.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५४ रुपैयाँ र बिक्रीदर ९७.५१ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ थियो ।

आईजीआई प्रुडेन्सियलको नाफामा १५६.६७ प्रतिशत उछाल, ईपीएस २०.२१ रुपैयाँ

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस)१२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ । गत वर्ष कम्पनीले २ लाख ३२ हजार ५२३ वटा बीमालेख बिक्री गरेको छ भने ५१ हजार ७३२ वटा बीमालेख नवीकरण भएको जनाएको छ । गत असारसम्म कम्पनीले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

नेपाल रिको नाफा ५१ करोड ५८ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १३.४९ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको गत वर्ष खुद दाबी भुक्तानी ०.९१ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ, विशेष जगेडा कोष ३ अर्ब ९२ करोड रुपैयाँ, महाविपत्ती कोष ३.३३ प्रतिशत बढेर २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ६१.६८ प्रतिशत बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.०३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ ।