विकासन्युज

५० हजार रोपनी पर्ने जमिन १० लाख हुने अवस्था आयो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्नको लागि मात्रै पनि २० खर्ब रुपैयाँ प्रतिवर्ष खर्च गर्नुपर्ने अवस्था रहेको बताए । उनले जलवायु परिवर्तनले पार्ने अवसरलाई न्युनिकरण गर्ने सन् २०४५ सम्म कार्वन उत्सर्जन नेट शुन्यको लक्ष्य राखिएको भन्दै त्यसको लागि मात्रै नेपाललाई करिव ४७ अर्ब डलर आवश्यकता रहेको बताए । सरकारलाई विभिन्न क्षेत्रमा वित्तीय रकम खर्च गर्नुपर्ने दायित्व बढ्दै गएपनि सरकार र नेपालको आन्तरिक स्रोतबाट सम्भव नभएको बताए । सरकारको आन्तरिक स्रोतले सम्भव नभएकाले वाह्य स्रोत जुटाउनु पर्ने आवश्यकता रहेको जानकारी दिए । यस्तै, उनले वैदेशिक ऋण र वैदेशिक लगानी (एफडिआई) मार्फत नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गरे । सरकारसँग मुलुकलाई समृद्ध बनाउने हुटहुटी रहे पनि सरकार र नेपालीको आकंक्षा पूरा गर्नको लागि मुलुकको वित्तीय स्रोतले नपुग्ने उल्लेख गरे । पछिल्लो समय सरकार र नागरिक दुवैको अपेक्षा बढेको भन्दै परिवर्तन गर्न आवश्यक रहेको बताए । आयोजना आउने भन्नेसाथ ५० हजार रोपनी पर्ने जमिन १० लाख हुने अवस्था रहेको बताए । नागरिकको अपेक्षा बढ्दा विद्युत ट्रान्समिसनको पोल राख्न पनि महँगो पर्ने गरेको जानकारी दिए । ‘नेपालमा धेरै मानिसहरुको मानसिकता नेगेटिभ छ । निजी क्षेत्रको जनता र जनताको निजी क्षेत्र प्रति मानसिकता छ’, उनले भने । गभर्नर अधिकारीले सरकारले हौसिएर निर्णय गर्न नहुने भन्दै अपेक्षा वास्तविकता र सही हुनुपर्नेमा जोड दिए । उनले सरकार र आम नागरिकले वाह्य लगानीलाई असर नपर्ने गरी काम गर्न जरुरी रहेको बताए । पछिल्लो समय नेपालमा धेरै मानिसहरुको मानसिकता नकारात्मक भएको उल्लेख गरे ।

आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताए । भारतको नयाँ दिल्लीबाट काठमाडौं आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उनले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान भने अहिले नियमित भइरहेका छन् । लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएका एयरलाइन्सले जनाएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नागढुंगा सडक अवरुद्ध

मलेखु । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौंबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।

‘लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिइयोस्’

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिनेगरी कानुनी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले लगानी बोर्डले लगानीकर्ताहरूले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको गुनासाे गरे । अध्यक्ष ज्ञवालीले लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए । उनले बोर्डकै फ्रेमवर्कबाट राष्ट्र बैंकबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रूपमा स्पष्ट पारे । उनले आयोजनाहरूको एआईए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको बताए । उनले पुनः निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रूपमा पुनःनिर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रूपमा लैजान आवश्यक रहेकोमा जाेड दिए । अध्यक्ष ज्ञवालीले लगानी बोर्डमार्फत गर्ने एकद्वार प्रणाली बनाउनको लागि कानुनमा विशेष खालको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए । उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवर्द्धन गर्नको लागि नेपालका कुटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए । उनले लगानी बोर्ड लगानी प्रवर्द्धनकाे एजेन्सी मात्रै नभई पब्लिक प्राइभेट पाटनरसिपको अधिकार सम्पन्न निकाय बनाउने हिसावको ऐनमा व्यवस्था गरिने पनि बताए । बाेर्डले तीनवटै सरकारसँग सार्वजनिक—निजी साझेदारीको समग्र आर्थिक प्रणाली विकास गर्ने कुरामा काम गर्ने उल्लेख ग‍रे ।

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि

काठमाडौं । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मंकीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् । अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् । अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् । अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ । सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ । एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ । सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन । रासस

सानिमा बैंकका ग्राहकले दराजमा सामग्री खरिद गर्दा छुट पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । छुटबारेको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

बजारमा कोदोको बिस्कुट र कुकिज बेच्न सुरु

काठमाडौं । आक्र्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । ‘हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका छौं,’ आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ भन्छन्, ‘अहिलेका उपभोक्ताहरु आफ्नो खानाको बारेमा सचेत छन् र उनीहरु स्वस्थ विकल्पहरु खोजिरहेका छन् भने यस मागलाई पूर्ति गर्न हामीले बजारको अध्ययन अनुसन्धान पछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं ।’ कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न भएकोले यसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ । यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रण मा महत्वपुर्ण भूमिका खेल्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट पु¥याउने तयारी गरिरहेको जनाएको छ । हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आक्र्स फूडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । ति मुलुकबाट पनि राम्रो प्रतिक्रिया आएकोले उक्त देशहरुमा पनि चाँडै विस्तार गर्ने तयारी रहेको जनाइएको छ । आक्र्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको प्रवद्र्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निशुल्क दिने अफर पनि चलिरहेको छ ।

इन्फिनिक्सको पर्व अफर सुरु : भेस्पा, स्मार्टफोनलगायत अन्य पुरस्कार जित्ने मौका

काठमाडौं । इन्फिनिक्सले दशैंतिहार र छठका लागि नयाँ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले १५० सीसीकाे भेस्पा स्कूटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म लागू हुनेछ । अफर देशभरका कुनै पनि आधिकारिक इन्फिनिक्स शाेरुममा उपलब्ध हुनेछ। इन्फिनिक्सको स्मार्टफोन किनेर ग्राहकहरूले स्पीन एन्ड वीन ह्वीलमार्फत विभिन्न पुरस्कार जित्ने मौका पाइनेछ । अफर विवरण बम्पर पुरस्कार: अफरकाे अवधि समाप्त भएपछि एक भाग्यशाली विजेतालाई १२५ सीसीकाे भेस्पा स्कूटर दिइनेछ । दैनिक राफल:  प्रत्येक दिन दैनिक राफल ड्रमार्फत एक ग्राहकलाई नयाँ इन्फिनिक्स हट ४० आई  (८+१२८जीबी) जित्न सक्नेछन् । १०० दिनसम्म स्क्रिन निशुल्क: इन्फिनिक्स स्मार्टफोन किन्नेलाई १०० दिनको स्क्रिन ग्यारेन्टी प्रदान गरिनेछ (पानीबाट भएको क्षति समावेश छैन)। सहभागी हुने तरिका याे अफरमा सहभागी हुनका लागि इन्फिनिक्सकाे स्मार्टफोन खरिद गर्नुपर्छ । त्यसपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरीआफ्नो आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । त्यसपछि डिजिटल स्पिन ह्वील घुमाएर पुरस्कार जित्न सकिनेछ ।