विकासन्युज

सीधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई तीन महिना कैद (पूर्णपाठ)

काठमाडौं । अदालतले सीधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले उनीहरूलाई तीन महिनाको कैद सुनाएको हो । सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको प्रवक्ता कुइँकेलले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३÷३ महिनाको कैद सजाय सुनाएको हो । यदि अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइाकेलले जानकारी दिए । सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ । [pdf id=513597]

बाढी पीडित बीमितको दाबी भुक्तानी छिटो गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढीमा क्षति भएको दाबीलाई यथासीघ्र भुक्तानी गर्न निर्देशन दिएका छन् । बाढी पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई उनले निर्देशन दिएका हुन् । बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए । अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरूमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिस लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने जानकारी दिए । अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए । दाबी आउने क्रम जारी रहेकाले अहिले के कति दाबी पेस हुन्छ भन्ने बारे यकिन डाटा उपलब्ध नभएको उनीहरुको भनाइ छ । जलविद्युत आयोजनाहरुमा मात्रै २ अर्ब ४५ करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार २२ सय मेगावाटका जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नै बन्द भएको छ । जलविद्युतको बीमा गर्दा उत्पादन बन्द हुँदाको क्षतिपूर्ती पनि बीमा कम्पनीले कभरेज गर्ने टर्म एण्ड कण्डिसन हुन्छ । यदि यक्त कभरेज पनि पर्नेगरी बीमा गरिएको खण्डमा मात्र सोको पनि क्षतिपूर्ति बीमा कम्पनीले दिने गर्दछ । यसरी सरसर्ती हेर्दा जलविद्युत आयोजनाबाट मात्रै बीमा कम्पनीहरुमा ३ अर्ब बढीको दाबी पेस हुने अनुमाग गर्न सहिन्छ । यस्तै, गोदाम, पसल, मोटर, मोटरसाइकल र कृषि, पोर्टफोलियोको दाबी कति आउँछ आँकलन अहिले नै सकिने अवस्था छैन । प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले बीमा कम्पनीहरुले जति दाबी आए पनि भुक्तानी गर्नुपर्ने भएकाले त्यसका लागि तयार हुन प्राधिकरणले सचेत गराएको बताइन् । उनले भनिन्, ‘बाढी पीडित बीमितले दाबी पेस गर्दै गर्छन, कम्पनीले भुक्तनी दिँदै जाने हो । अहिले भनेको भुक्तानीमा कम्पनीहरु सहज बन्नु पनै बेला हो ।’ उनका अनुसार अहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी दिँदैनन् भन्ने भाष्य तोड्ने बेला हो साथै कम्पनीहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।

महालक्ष्मी विकास बैंकले गर्याे चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकले चणिकलाल तामाङलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका १३ नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जनालाई उद्धार गरेका तामाङलाई बैंकले सम्मान गरेको हो । काभ्रेको तेमाल गाँउपालिका ९ घर भएका ३३ वर्षीय तामाङले बाढीले बगाएका २ जनालाई सकुशल उद्धार गरेका थिए । जोखिम मोलेरै तामाङले साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए । आइतबार केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङको साहसलाई सम्मान गर्दै १ लाख रुपैयाँ नगद सहित सम्मान गरेको बैंकले जनाएको छ । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । ३० वर्षदेखि सेवा दिँदै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक रहेका छन् ।

चौतर्फी दबाबपछि हवाइ भाडा घट्यो, अब तीन दिनसम्म मूल्य वृद्धि नहुने

काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए । ‘तीन दिनलाई एयरलाइन्सहरुले ‘अफर फेयर’ अधिकतम माथिल्लो भाडादर हटाइदिएका छौँ, सस्तो दरमा मात्रै टिकट बिक्री भएको छ,’ उनले भने । सरकारकोतर्फबाट पनि इन्धनमा सहुलियत तथा विमानस्थल शुल्क, जहाज पार्किङ शुल्कमा छुट गर्न आग्रह गरिएको र त्यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले बताए । सामाजिक सञ्जालमा हवाई भाडा महङ्गो भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नै बिपत्तिको समयमा यात्रुहरुसँग पहिलाभन्दा सहुलियत मुल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे । हवाई यात्रुको चाप बढेपछि हवाई कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छोडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध टन् । यस्तो अवस्थामा हवाई भाडा बढाएको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ । सस्तो हवाई भाडा उपलब्ध गराउन क्यानको निर्देशन हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विपद्को अवस्थामा बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको छ । ‘कम्तिमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तोमा उपलब्ध गराउन निर्देशन दिइएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए । ‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी हैन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोही अनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ, अहिलेको विपत्तिमा यात्रुलाई राहत हुनेगरी हवाई भाडा लिन एयरलाइन्सलाई आग्रह गरेका छौँ,’ उनले भने । हाल काठमाडौँ आउने मुख्य सडक मार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकले सञ्चालन गर्याे निःशुल्क स्वास्थ्य जाँच शिविर

काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छट । एनएमबि बैंकले वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने भएकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताएको छ । कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्न जानकारी गराएका थिए । साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्वबारे स्वास्थ्यकर्मी जानकारी गराए । दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यांकर’ पत्रिकाले एसियाकै सर्वोत्कृष्ट ‘बैंक अफदिइयर एसिया’ को उपाधीबा २०१७, २०१८, २०२० र २०२१ मा बैंकले प्राप्त गरेको थियो । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

एक वर्षपछि एनएलजी र एलआईसीलाई हकप्रद निष्काशनको अनुमति, प्रक्रिया पुगेका अन्यले पनि पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले जानकारी दिए । धितोपत्र बोर्डले एनएलजीलाई ६६ प्रतिशत र एलआईसी नेपाललाई ८८.४५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको अध्यक्ष बरालले बताए । बोर्डबाट अनुमति पाएसँगै एनएलजीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । गत फागुनमा सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड पुँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकप्रद सेयरको बाटो रोजेको हो । यस्तै एलआईसी नेपालले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । एलआईसी नेपालले गत वर्षको असोज २९ गते र एनएलजी इन्स्योरेन्सले कात्तिक २ गते हकप्रद सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो । तर, अध्यक्ष नभएको बाहानामा धितोपत्र बोर्डले अनुमति दिन आनाकानी गरेको थियो । पछिल्लो समय भने सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएसँगै अनुमति दिने कार्यमा सेबोन सक्रिय भएको हो । प्रक्रिया पुर्याएर आएका कम्पनीलाई अनुमति दिइरहेको अध्यक्ष बराल बताउँछन् । आफू ऐन अन्तर्गत नै अध्यक्ष भएर आएकाले अनुमति दिएको उनको भनाइ छ ।

बाढीले क्षति पुर्याएका जलविद्युतको मूल्यमा गिरावट

काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार जलविद्यत समूहका रहेका अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । जसमध्ये १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको इप्पानले जनाएको छ । विकासन्युृजलाई प्राप्त तथ्याङ्क अनुसार बाढीले क्षति पुर्याएका जलविद्युत कम्पनीहरूमध्ये ९ वटा हाइड्रोपावर पुँजी बजारमा सूचीकृत छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । मान्डू हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजनामा लगानी गरेको छ । सो आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर सेयर मूल्यमा परेको हो । नेप्सेका अनुसार मान्डु हाइड्रोको सेयर मूल्य ४.४६ प्रतिशत घटेको हो । विहिबार प्रतिकित्ता ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य आइतबार ५५४ रुपैयाँमा झरेको छ । यस्तै माउन्टेन हाइड्रो नेपालको लगानी रहेको तल्लो हेवाखोला जलविद्युतमा करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लगानी गरेको आयोजनामा क्षति पुर्याएपनि कम्पनीको सेयर मूल्य घटेको छ । माउन्टेनको सेयर मूल्य ७.२१ प्रतिशत घटेर २४३.१० रुपैयाँमा झरेको छ । बिहीबार यस कम्पनीको २६२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बाढीले सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुर्याएर बन्द भएको छ । यस कम्पनीमा साहस ऊर्जाको लगानी छ । सोलु दुधकोशीमा लगानी रहेको यस कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशत घटेर ४५६ रुपैयाँमा झरेको छ । बिहीबार प्रतिकित्ता ४९७.१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ३.३० प्रतिशत घटेर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कम्पनीको ५४५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको लगानी माइखोला जलविद्युत आयोजनामा छ । यस आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ । सगरमाथाकै लगानी रहेको माइखोला क्यासकेड जलविद्युतमा पनि करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आइतबार माइखोलाको सेयर मूल्य ४.३९ प्रतिशत घटेर ४५७ रुपैयाँमा झरेको छ । बिहीबार ४७८ रुपैयाँमा कारोबार भएको थियो । यस्तै २ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको माया खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.७५ प्रतिशत घटेको छ । बिहिबार ३४१ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य घटेर ३२५ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । पाँचथर पावरको लगानी रहेको १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेको छ । यसअघिको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको थियो । तर, सञ्चालनमा आउन नपाउँदै पुनः क्षतिग्रस्त भएको हो । आइतबारको कारोबारमा पाँचथर पावरको सेयर मूल्य ८.२७ प्रतिशत अर्थात् २२ रुपैयाँ घटेर २४४ रुपैयाँमा कायम रहेको नेप्सेले जनाएको छ । बिहीबार यस कम्पनीको २६६ रुपैयाँमा कारोबार भएको थियो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । विद्युत् उत्पादन बन्द गरिएको छ । कम्पनीको सेयर मूल्य ३.४१ प्रतिशत अर्थात् ७ रुपैयाँ घटेर १९८ रुपैयाँमा झरेको छ । यसअघि बिहीबार कम्पनीको सेयर मूल्य २०५ रुपैयाँमा कारोबार भएको थियो । तर, बाढीले क्षति पुर्याएको खानीखोला जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको देखिन्छ । कम्पनीको सेयर मूल्य ०.५१ प्रतिशत बढेर २५८ रुपैयाँमा उक्लिएको छ । बिहीबार २५६.७० रुपैयाँमा कारोबार भएको थियो ।

बाढीले काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको थियो । काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ । चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।