बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट गरे १ अर्ब बढीको व्यवसाय, सन र एसियन अगाडि
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री भएको छ । १४ जीवन बीमा कम्पनी (लघु जीवनसहित) ले कार्तिक मसान्तसम्म १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन्। वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार सबैभन्दा धेरै सन नेपाल लाइफले गरेको छ । सन् नेपालले चार महिनामा ४६ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले कार्तिक महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सन नेपालले वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत कार्तिक महिनामा ३२ हजार ८१ वटा पोलिसी बिक्री गरेको छ । यसैगरी, एसियन लाइफले २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ८ करोड २६ लाख रुपैयाँको व्यापार गरेको हो । कार्तिक महिनामा एसियन लाइफले १८ हजार ९०४ वटा पोलिसी बिक्री गरेको छ । नेपाल लाइफले ८ करोड ९६ लाख, नेसनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ५ करोड ३४ लाख, सूर्यज्योति लाइफले ५ करोड १७ लाख र रिलायबल लाइफले ४ करोड ३० लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन् । कार्तिक महिनामा नेपाल लाइफले २ करोड १६ लाख, नेसनल लाइफले २ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले १ करोड २८ लाख, सूर्यज्योति लाइफले १ करोड २५ लाख र रिलायबल लाइफले ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत संकलन गरेका छन् । कुनको कति ?
१४ प्रतिशत नगद लाभांश बाँड्ने साना किसान विकास लघुवित्तको घोषणा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ । कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
ब्रिक्स राष्ट्रहरूलाई अमेरिकाको चेतावनी, डलरको विकल्प ल्याए शतप्रतिशत कर
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिएका छन् । अमेरिकाले यी देशहरूले डलरको विकल्पमा आफ्नै मुद्रा ल्याएमा शतप्रतिशत कर लगाउने चेतावनी दिएको हो । ट्रम्पले हिजो सोसल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) मा यस्तो चेतावनी दिएका हुन् । ब्रिक्स देशहरूले आफ्नो मुद्रा चलाएर विश्वव्यापी वित्तीय प्रणालीमा डलरको प्रभुत्व घटाउन चाहन्छन् । भारतका अर्थशास्त्री शरद कोहलीले यसलाई विकासोन्मुख देशहरू विरुद्धको आर्थिक युद्धको रूपमा लिएका छन् । उनले यो विकासोन्मुख देशहरू विरुद्धको आर्थिक युद्धको घोषणा भएको बताउँछन् । विश्वभरका देशहरूले डलरमाथिको आफ्नो निर्भरता घटाउने प्रयास गरिरहेका छन् । ब्रिक्स राष्ट्रहरूले पनि विश्व व्यापारमा डलरको विकल्पका रूपमा आफ्नै मुद्रा ल्याउने योजना बनाएका छन् । अर्थशास्त्री कोहलीले ट्रम्पको चेतावनीको अर्थ ब्रिक्स देशबाट अमेरिकामा हुने आयात लगभग बन्द हुने बताए । शतप्रतिशत ट्यारिफका कारण अमेरिकी जनतालाई यी देशहरूबाट आउने सामान किन्न धेरै महँगो हुनेछ । यसले ब्रिक्स देशहरूबाट अमेरिकामा निर्यात असम्भ बनाउनेछ । कोहलीले भने, ‘अर्कोतर्फबाट हेर्दा ब्रिक्स देशका लागि आफ्ना उत्पादन अमेरिकामा निर्यात गर्न असम्भव हुनेछ किनभने १०० प्रतिशत ट्यारिफले अमेरिकीहरूका लागि निर्यात अव्यावहारिक बनाउँछ ।’ डलरमा अमेरिकी शक्ति डलरमा अमेरिकाको प्रभुत्व नै यसको बल हो । भर्खरै सम्पन्न ब्रिक्स सम्मेलनमा सदस्य राष्ट्रहरूबीच व्यापारका लागि नयाँ मुद्रा ल्याउने प्रस्ताव आएको थियो । अमेरिकाले यसलाई आफ्नो डलरको प्रभुत्वको लागि खतरा मानेको छ । कोहलीले भने, ‘अमेरिकाले डलरमार्फत आफ्नो प्रभाव पार्छ । हालै सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा मुद्रा लन्च गर्ने विषय आएको थियो । यसलाई सदस्य राष्ट्रहरू बीचको व्यापारमा प्रयोग गर्न सकिन्छ । अमेरिकाले यो विचारलाई खतराको रूपमा हेर्छ किनभने यसले डलरको प्रभुत्व घटाउनेछ । कोहलीले डलरमा निर्भरताका कारण धेरै देश आर्थिक संकटको सामना गरिरहेको बताए । ३० वर्षअघि भारतले विदेशी मुद्रा प्राप्त गर्न आफ्नो सुन धितो राख्नुपर्ने उनको स्मरण गराए । विश्वभरको विदेशी मुद्रा सञ्चितिको ६० प्रतिशत डलरमा छ, ८८ प्रतिशत अन्तर्राष्ट्रिय कारोबार डलरमा छ, ६२ प्रतिशत ऋण डलरमा छ, स्विफ्ट भुक्तानी डलरमा छ र कच्चा तेलको मूल्य पनि डलरमै छ । ट्रम्पको चेतावनीपछि ब्रिक्सले पुनर्विचार गर्नुपर्ने ट्रम्पको यो चेतावनीपछि ब्रिक्स देशहरूले आफ्नो रणनीतिमा पुनर्विचार गर्नुपर्ने हुनसक्ने कोहलीको विश्वास छ । यो देशको आर्थिक स्वतन्त्रतालाई रोक्ने प्रयास भएको उनको भनाइ छ । उनका अनुसार यो पूर्णतया अन्याय हो । कोहलीले जोड दिए, ‘यस खतराको आगमनसँगै ब्रिक्स देशहरूले फेरि सोच्नु पर्ने हुनसक्छ । मलाई लाग्छ यो पनि अमेरिकाद्वारा विकासोन्मुख देशहरूमाथिको आर्थिक युद्धको घोषणा हो । यो पूर्णतया अनुपयुक्त छ किनकि यसले सम्बन्धित देशहरूमा आर्थिक स्वतन्त्रता जाँच गरिरहेको छ । ट्रम्पको चेतावनी ट्रम्पले आफ्नो पोस्टमा ब्रिक्स देशहरूले डलरबाट टाढा जान सक्छ भन्ने सोच्न बन्द गर्नुपर्ने बताएका छन् । ब्रिक्स देशहरूले कुनै पनि नयाँ ब्रिक्स मुद्रा सिर्जना नगर्ने वा डलरलाई प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन नगर्ने वाचा गर्नुपर्छ । अन्यथा तिनीहरूले शतप्रतिशत शुल्कको सामना गर्नेछन् र अमेरिकी बजारमा आफ्ना सामानहरू बेच्न बन्द गर्नुपर्नेछ । उनले ब्रिक्सका लागि डलर प्रतिस्थापन गर्न असम्भव भएको र त्यसो गर्ने प्रयास गर्ने कुनै पनि देशले अमेरिकालाई बिदाइ गर्नुपर्ने उल्लेख गरेका छन् । विश्वको नम्बर एक साम्राज्य बन्न खोज्ने अन्तिम प्रयासमा अमेरिका परराष्ट्र मामिलाका जानकारहरू ट्रम्पको चेतावनी गम्भीर रहेको बताउँछन् । ट्रम्पले आफ्नो वाचा पूरा गर्ने उनीहरूको भनाइ छ । यसले केही समय लिन सक्छ, सायद छ महिना वा एक वर्ष । तर, आगामी दिनमा यस्तो हुनेवाला छ । उनले अमेरिका एक हिसाबले विश्वको नम्बर एक साम्राज्य बन्न खोज्ने अन्तिम प्रयास गरिरहेको पनि बताए । ट्रम्पले के गर्न खोजेका छन्, आगामी ४०-५० वर्षको लागि विश्व व्यवस्था वा विश्व मेट्रिक्स अमेरिकाको वरिपरि केन्द्रित छ र राष्ट्रहरूको विदेश नीति, राष्ट्रहरूको मुद्रा र अन्य सबै पक्षहरूमा अमेरिकाको प्रभुत्व छ । विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै गएको जनाइएकाे छ । ब्रिक्स प्लस देशमा भारत, रुस र चीनको भूमिका प्रमुख छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्समा अब पाँच देश थपिएका छन् । जसमा इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स पर्छन् । इवाई भारतको ‘इकोनोमी वाच’ प्रतिवेदनअनुसार विश्वव्यापी आयात-निर्यातमा ब्रिक्स प्लस देशहरूको हिस्सा द्रूत गतिमा बढिरहेको छ । विश्वव्यापी व्यापारिक वस्तु निर्यातमा ब्रिक्स प्लस समूहको हिस्साले २०२६ सम्ममा जी-७ समूहलाई उछिन सक्छ। जसले गर्दा पनि अमेरिका तर्सिएको हो । निर्यात र आयातमा आफ्नो हिस्सा बढाउँदै ब्रिक्स प्लस प्रतिवेदनका अनुसार ब्रिक्स प्लस समूहले वस्तु निर्यात र आयातमा आफ्नो हिस्सा द्रूत गतिमा बढाइरहेका छन् । सन् २००० देखि २०२३ सम्म विश्वव्यापी व्यापारिक निर्यातमा ब्रिक्स प्लस समूहको अंश १०.७ प्रतिशतबाट २३.३ प्रतिशतमा पुगेको छ । यो १२.६ प्रतिशतको उत्कृष्ट वृद्धि हो । यसको विपरित जी-७ को हिस्सेदारी घटेको छ । ४५.१ प्रतिशतबाट घटेर २८.९ प्रतिशतमा झरेको हाे । यसैबीच, बाँकी विश्वले अपेक्षाकृत स्थिर हिस्सेदारी कायम गरेको छ । याे ४४.२ प्रतिशतबाट बढेर ४७.९ प्रतिशत पुगेको छ । इवाईले यो प्रवृत्तिले विश्वव्यापी व्यापार क्षेत्रमा ब्रिक्स प्लस समूहको बढ्दो महत्त्वलाई झल्काउने उल्लेख गरेकाे छ । यसले बहुध्रुवीय विश्वव्यापी आर्थिक परिदृश्यतर्फ सम्भावित परिवर्तनलाई सङ्केत गर्छ । के हो ब्रिक्स समूह ? सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओ’नीलले ब्राजिल, रुस, भारत र चीनलाई बुझाउन संक्षिप्त रूपमा ‘ब्रिक’ शब्द दिएका थिए । उनले यी देशहरू सन् २०५० सम्म विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणीसमेत गरेका थिए। यी ठूला र मध्यम आय भएका तर द्रूत आर्थिक वृद्धि भइरहेका देशहरू हुन् । सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ‘ब्रिक्स’ बनेकाे हाे । ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि सम्मिलित भएका छन् । आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो । सन् २००९ देखि ब्रिक्स राष्ट्रले वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन् । जसमा सदस्य राष्ट्रहरूले पालैपालो आयोजना गर्दै आएका छन् । पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो । ब्रिक्सको १६औं वार्षिक ब्रिक्स शिखर सम्मेलन रुसकाे तातारस्तानको कजान सहरमा सम्पन्न भइसकेकाे छ । (एजेन्सीहरूको सहयोगमा)
आज १२ सयले घट्यो सुनको भाउ
काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलाको १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ ।
एनपिएल : चितवनले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौं गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौंको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन गर्दै
बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उनको भनाई छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त
काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वस्त जनाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा , उधोग , समुन्द्रिक , हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवको अवसरमा आफ्नो विचार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं जसको योगदानले हामी ३१औं वर्ष पूरा गर्न सफल भएका छौँ ।’ त्यसैगरी कम्पनीका फाउन्डिङ एमडी एबम् अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले पनि यस अवसरमा आफ्नो विचार राख्दै भने, ‘यस ३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण हो, हाम्रा ग्राहकवर्गको हामी माथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहनेछ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौं ।’ हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।