संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारहरूको पदपूर्ति गर्ने काम गरिरहेको बताए । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र शान्ति हाँसिल गर्ने लक्ष्यहरू अनुरुप संक्रमणकालीन न्यायलाई पीडितमैत्री रुपमा व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय मानव अधिकार आयोगका कार्यहरू थप प्रभावकारी तथा चलायमान बनाउन आवश्यक सहयोगका लागि सरकार सधैँ तत्पर रहेको उल्लेख गरे । प्रत्येक वर्ष प्रतिवद्धता जनाउँदै आएको भएपनि आयोगको भवन निर्माण कार्य विलम्व हुन गएको भन्दै आगामी वर्ष उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने प्रीतवद्धता जनाए । ‘वर्तमान सरकार संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारहरुको पदपूर्ति गर्ने काम गरिरहेको छ,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले आयोगको केन्द्रिय, प्रदेश र शाखा कार्यालयहरुको लागि भौतिक तथा आर्थिक श्रोत साधन र अन्य सुधारका निम्ति आवश्यक पर्ने बजेट विनियोजनको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लैजाने बताए । मानव अधिकार आयोगको सांगठनिक संरचनालाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने जानकारी दिए ।
जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । सोमबार रातिबाट नवदुर्गा भवानीको जात्रा सुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा मंगलबार रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ । वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ । यसैगरी, जय वागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ । सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।
नर्सिङ संघमा व्यापक राजनीति, नर्सहरू निराश
काठमाडौं । नेपाली नर्सहरूमा चुनावी सरगर्मी बढेको छ । मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २०औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरूमा चुनावी सरगर्मी बढेको हो । अहिले नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । जिल्लादेखि केन्द्रका नर्सहरू आ-आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् । चुनावका लागि प्रजातान्त्रिक र प्रगतिशील दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रगतिशील समूहबाट बागी उम्मेद्वार पनि अध्यक्षको प्रतिस्पर्धामा रहेकाले यो पटकको चुनाव अझै रोचक बन्ने देखिएको छ । विशेषगरी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी निकट नर्सहरू चुनावी मैदानमा उत्रेका छन् । उनीहरूले दुई दुई दल मिलाएर प्यानल बनाएका छन् । नेकपा एमाले र नेकपा माओवादी निकटका नर्सहरूले संयुक्त प्रगतिशील प्यानलमा दिएर उम्मेद्वारी घोषणा गरेका छन् भने, नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानल समूह बनाएर उम्मेद्वारी दिएका छन् । प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगा थापा अध्यक्षका लागि मैदानमा उत्रेका छन् । दुवै समूहलाई टक्कर दिदैँ प्रगतिशील समूहबाट एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारका रुपमा अध्यक्षको मैदानमा आएकी छन् । यतिबेला नर्सिङ संघको अध्यक्षका लागि तीन जना उम्मेद्वार मैदानमा छन् । अध्यक्ष पदका तीनै जना उम्मेद्वार आ आफ्नो जितका लागि कसरत गरिरहेका छन् । अहिले चुनावी मैदानमा उत्रेका तीनै जना उम्मेदवारहरू आफैमा सक्षम र योग्य व्यक्ति हुन् । उनीहरू करिब चार दशकदेखि यही विषयमा काम गर्दै आएका छन् । आउनुहोस् जानौँ कसको अनुभव कति गंगा थापा नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानलबाट अध्यक्ष पदकी उम्मेद्वार हुन् गंगा थापा । उनी त्रिवि शिक्षण अस्पताल नर्सिङ अफिसरको रुपमा कार्यरत छिन् । ३६ वर्षदेखि नर्सिङ पेशमा आवद्ध उनी अहिले पनि यही पेशामा आवद्ध रहेकी छिन् । उनी यो भन्दा अघिको कार्यकालमा संघको उपाध्यक्षमा पदमा थिइन् । नेपाली नर्सहरूको समस्या र उनले भोग्दै आएको कुराबारे लामो समयदेखि जानकार उनले अध्यक्षमा निर्वाचित भइसकेपछि यो विषयमा आवाज उठाउने पहिलो काम भएको बताएकी छन् । नर्सहरूको पेशागत सुरक्षा सुनिश्चता गर्नेदेखि यो पेशालाई गुणस्तर, आधुनिक तरिकाले लैजाने र देशभर विस्तार गर्ने उनको योजना छ । बसन्ती थापा बसन्ती थापा नेपाल नर्सिङ संघको अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वारी हुन् । सरकारी अस्पताल र कलेजमा विगत ३८ वर्षदेखि कार्यरत उनी अहिले अवकाश प्राप्त प्राध्यापक हुन् । करिब ४ दशकदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध उनी स्थापनाको ६३ वर्षसम्म पनि कुनै काम हुन नसकेको बताउँदै अब राजनीतिबाट अलग भएर काम गर्नुपर्नेबेला आएको बताउँछिन् । लामो समयदेखि काम गर्दा नर्सहरूको समस्या नजिकबाट थाहा भएको बताउँदै उनले यो अवधिसम्म प्रयास धेरै भएको तर, कार्यान्वयन गर्न नसकिएको बताउँदै अब पदभन्दा संस्थालाई दिगो बनाएर लैजानुपर्ने बताइन् । अघिल्लो कार्यकालमा महासचिव बनेकी थापा संस्था र पदाधिकारी गरेको कामप्रति सन्तुष्ट नहुँदा आफै मैदानमा आउनु परेको बताउँछिन् । ‘मैले हामी प्यानुल बनाएर जानुभन्दा सबैपक्षको विज्ञहरूलाई मिलाएर जाउँ, संस्थालाई राम्रो बनाउँ भन्दा कसैले सुनेन,’ उनी भन्छिन्, यहाँ राजनीकिरण धेरै भयो संस्थालाई राम्रो बनाउनुभन्दा पदमा कसरी पुग्ने भन्ने होड चल्यो, मेरो कुराको सुनुवाइ नहुँदा आफै आउनुपर्ने बाध्यता आयो ।’ थापाले नर्सहरूको पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्दै सेवाको गुणस्तर सुधार्न विशेष ध्यान दिने प्रतिबद्धता गरेकी छन् । भन्छिन्,‘नेपाली नर्सहरूले धेरै दुःख झेल्नुपरेको छ, २४ घण्टा डिउटीमा खटरे महिनमा ८ देखि १० हजार पाइरहेका छन्, मेरो योजना भनेकै उनीहरूको पेशागत सुरक्षा र दक्षता अनुसारको पारिश्रमिक उपलब्ध गराउने रहेको छ ।’ चन्द्रकला शर्मा चन्द्रकला शर्मा नेपाल नर्सिङ संघको अध्यक्ष पदका लागि संयुक्त प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदको उम्मेद्वार हुन् । ३३ वर्षदेखि यही क्षेत्रमा कार्यरत उनी हाल उनी सरकारी सेवाबाट अवकाश प्राप्त प्रोफेसर हुन् । उनले महाराजगञ्ज नर्सिङ क्याम्पसको सहायक प्रमुखको रुपमा पनि काम गरेकी थिइन् । २०७५ सालमा नेपाल नर्सिङ परिषदको अध्यक्ष समेत भइसकेकी उनी अहिले नर्सहरूले पाइरहेको समस्या समाधान गर्न अध्यक्षको पदका लागि चुनावमा होमीएको बताउँछिन् । मैले लामो समयदेखि कलेज र अस्पतालमा काम गरेकी छुँ, नर्सहरूको समस्या नजिकबाट थाहा पाएकी छुँ,’उनी भन्छि, ‘अब मैले काम गरेको अनुभव र समस्या समाधानका लागि प्यानल सहित अघि बढेका हौँ ।’ राजनीतिको गन्ध नर्सहरू प्यानल बनाएर निर्वाचनमा जाँदा धेरैले नर्सिङ क्षेत्रमा पनि राजनीति घुसेको तर्क गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आबद्ध नर्सहरू राजनीति लगाइनु राम्रो सन्देश नभएको धेरैको भनाइ छ । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी राजनीतिको गन्ध आएको बताउँछिन् । २००१८ सालदेखि नर्सिङ संघको निर्वाचन हुँदै आएपनि यसरी दलनिकट खुलेर नआएको बताउँदै उनी यो पटक खुलेरै पार्टीनिकट आवद्ध भइ चुनावमा जानु दुखद भएको बताउँछिन् । पहिले बामपन्थी, प्रजातान्त्रिक भन्ने थिएन, म अध्यक्ष हुँदा पनि सरला केसी समूह भनेर चुनावमा गएकी थिएँ, उनी भन्छिन्, अहिले त प्रगती शिल भनेर नै मैदानमा साथीहरू आउनुभएको छ यसमो सन्देश समाजमा राम्रो जाँदैन । उनी राजनीतिक आस्था व्यक्तिगत रुपमा भएपनि पेशागत तरिकाले लाग्दा राजनीति घरसाउनु राम्रो नहुने बताउँछिन् । राजनीति गर्ने आकाक्ष हुनेलाई खुला ठूलो ठाउँ रहेको बताउँदै उनी नर्सिङ संगमै बसेर राजनीति गन्ध आउन नहुने बताउँछन् । नेपाल नर्सिङ संघ नर्सहरूको एक व्यवसायिक संगठन हो । जुन गैर राजनीतिक र गैर साम्प्रदायिक संगठन हो । जुन कुनै वर्ग र धर्मको प्रभावबाट बाहिर रहने भनिएको छ । यो गैर राजनीतिक संगठन भएकाले पनि यसमा राजनीति गर्न नहुने विज्ञहरू बताउँछन् । निराश नर्स नर्सहरूको पेशागत सुरक्षा र हकहितको लागि भन्दै उम्मेद्वार मैदानमा गइरँहदा केही अस्पतालमा कार्यरत नर्सहरू भने कसैलाई मत नदिने तयारीमा छन् । आफ्ना हकहितको लागि कसैले केही गर्न नसकेको बताउँदे यो निर्वाचनमा समाहित नहुने उनीहरूको भनाइ छ । वीर अस्पतालमा कार्यरत एक नर्सले यो चुनावमा कसैलाई मतदान नगर्ने बताएकी छन् । करिब १ दशकदेखि अस्पतालमा कार्यरत उनी नर्सको हितको लागि काम गर्ने भन्दै भोट मागेपनि पदमा पुग्दा कसैले गुनासा समेत नसुन्ने बताउँदै कसैलाई भोट नदिने बताइन् । ‘म जस्तै भोट नहाल्ने धेरै जना हुनुहुन्छ, जो नेपालमै काम गर्ने मन हुादा समेत विदेशको तयारी गरिरहनुभएको छ,’ उनी भन्छिन्,‘नियमित डिउटीमा खटिनेहरूको दुःख उस्तै हो, आउँछन एक छिन् भोट माग्छन्, जान्छन् पीडामा परेकाहरू आवाज कसैले सुन्दैन । ‘उनले नेपालमा नर्सिङ पढेका धेरै नर्सहरू विदेश जाने तयारीमा रहेको बताइन् । महारजगञ्ज अस्पतालमा कार्यरत अर्की नर्सको गुनासो पनि उस्तै छ । उन्ले पनि यो चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेकी छिन् । ‘अहिले चुनावी प्रतिसपर्धामा रहेका दुवै समूहका प्रतिबद्धता हे¥यौँ, ति प्रतिबद्धता नयाँ होइनन्,’ उनी भन्छिन्, ‘जव चुनाव आउँछ, प्रतिवद्धता ल्याएर भोट माग्न पुग्छन्, भोट पाइसकेपछि सबै विर्सन्छन्, नर्सको हितमा भन्दा कसरी राजनीति गर्ने पद पाउने भन्ने मात्र छ ।’ अस्पतालमा कार्यरत धेरै जसो नर्सहरूको गुनासो यस्तै छ । केही नर्सले ४ वर्ष लगाएर पढेको खर्च १० वर्ष काम गर्दा पनि उठाउन नसकेको बताउँदै नेपालमा बसेर काम गर्ने वातावरण नै नरहेका बताएका छन् । प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रेका दुईवटै प्यानलका प्रतिबद्धता भने एकै नासका छन् । चन्द्रकला शर्माको प्यानलले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ भने गंगा थापाको प्यानलले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुपैका प्रतिबद्धतामा नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्नेदेखि लिएर रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने सम्मका बुँदा रहेका छन् । २० मतदान केन्द्र, १५ सय मतदाता नेपाल नर्सिङ संघ वि.सं. २०१८ सालमा स्थापना भइ नर्सहरूको पक्षमा वकालत गर्दै आएरहेको पेशागत संस्था हो । यो संस्थाले नर्सहरूको पेशागत हकहितवारे आवाज उठाउँदै आएको छ ।संघमा आवद्ध करिब एक हजार वाँच सय बढी नर्सहरू रहेका छन् । उनीहरूले आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने छन् । त्यसका लागि देशभरका २० ठाउँमा चुनावी मदतान केन्द्र बनाइएको छ । झापाको लागि प्रादेशिक अस्पताल भदपुर, मोरङ्गको कोशी अञ्चल अस्पताल, सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनकुटाको जिल्ला अस्पताल, राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल,बिरगञ्जको विरगंज नर्सिङ क्याम्पसमा मतदान केन्द्र राखिएको छ । यस्तै चितवनको भरतपुर अस्पताल, काठमाडौंको केन्द्रिय कार्यलय, नेपाल नर्सिङ्ग संघ, लाम्जिपाट भक्तपुरको भक्तपुर अस्पताल, मकवानपुरको हेटौडा अस्पताल मकवानपुर,पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लुम्बिनी अञ्चल अस्पताल, पाल्पाको जिल्ला अस्पताल, पाल्पा, दाङ्गको दाङ्ग उपक्षेत्रिय अस्पताल,नेपालगञ्जको भेरी अस्पताल, नेपालगंज सुर्खेतको प्रादेशिक अस्पताल,जुम्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,रोल्पाको जिल्ला अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र रहेका छन् । यि मतादान केन्द्रमा पायक पर्ने नर्सहरूले मतदान गर्ने छन् ।
कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न
काठमाडौं । कजारिया टायल्सले काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त मेसन मिटमा १५० जना बढी राजमिस्त्री सहभागी रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा भारतबाट प्रशिक्षक ल्याई नेपाली प्राविधिकसँग नयाँ प्रविधिबारे छलफलसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा कजारिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले घर बनाउँदा उच्च तथा गुणस्तरीय निर्माण सामग्री छनौट गर्नुपर्ने बताए । राजमिस्त्रीलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्डबारे चेतना जगाउनु सो मिटको उद्देश्य रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मिटमा सहभागीहरूलाई कम्पनीको उत्पादन, प्रविधि र मूल्यबारे जानकारी गराइएको थियो ।
आइसीएफसी फाइनान्सको लाभांश घोषणा
काठमाडौं । आइसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर २५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
एकैदिन तोलामा २१ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदीको मूल्य समेत बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१० प्रतिशत लाभांश वितरण गर्ने सानिमा माई हाइड्रोपावरको घोषणा
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेको छ ।
तनहुँ हाइड्रोमा प्राधिकरण र एडिबीको अनुगमन, समयमा सक्न निर्देशन
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले प्याकेज–१अन्तर्गत १४० मि. अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो । कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत रुपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो । तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराएका थिए । टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो । आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरुको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न आग्रह गरे । सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए । विद्युतगृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिए । मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको छ । प्याकेज–१को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१को निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भीले गरिरहेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइननिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । विद्युतगृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरहरुको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरुमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ६३ वटा परियोजनाहरु सम्पन्न भएका छन् । १० वटा परियोजना सञ्चालित छन् । आयोजना प्रभावितहरुको जीविकोपार्जन तथा आयआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन भइरहेका छन् । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपालसरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।