५ सय भारुबाट व्यवसाय सुरु गरेका धीरुभाईले कसरी खडा गरे रिलायन्स कम्पनी ?
धीरुभाई अम्बानी र उनका छोराहरू- मुकेश र अनिल । काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको स्थापना गर्ने धिरजलाल हिराचन्द अम्बानी उर्फ धिरुभाई अम्बानीको आज ९२औं जन्मदिन हो । २८ डिसेम्बर १९३२ मा गुजरातमा जन्मेका उनले व्यापारको संसारमा प्रवेश गरेर नयाँ क्रान्ति सिर्जना गरे । धीरुभाई अम्बानीको निधनपछि उनको विरासत अहिले उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले सम्हालिरहेका छन् । साधारण परिवारमा जन्मेका धीरुभाई अम्बानीले सानै उमेरमा घरको जिम्मेवारी लिन थालेका थिए । जसका कारण उनले १० कक्षासम्म मात्रै पढ्न पाए । त्यसपछि उनले फलफूल र पकाैँडा बेच्न थाले । यसमा खासै सफलता नपाएपछि उनी जेठो दाजु रमणिकलालको सहयोगमा सन् १९४८ मा यमनको अडेन सहर गए । यही सहरमा उनले पेट्रोल पम्पमा मासिक ३ सय भारुमा जागिर खान थाले । नोकरीमा मन नगएपछि फर्किए यमनमा धीरुभाईले काम गरेको पेट्रोल पम्पको कम्पनी उनको कामबाट खुसी थियो । कम्पनीले उनलाई प्रबन्धकसमेत बनाएको थियो । तर काममा उनी खासै सन्तुष्ट थिएनन् । उनी आफ्नै व्यवसाय गर्न चाहन्थे । यमनमा ६ वर्ष काम गरेपछि उनी १९५४ मा भारत फर्किए । ५०० भारुबाट व्यापार सुरु धिरुभाई फर्कँदा उनको खल्तीमा ५ सय भारु थियो । यद्यपि त्यसबेला ५०० को मूल्य धेरै थियो । भारत फर्किएपछि उनी सपनाको सहर मुम्बई गए । भारत पुगेपछि उनले पोलिस्टरको माग धेरै रहेको थाहा पाए । भारतीय मसला विदेशमा निकै रुचाइन्छ । उनको व्यवसाय यहीँबाट सुरु भयो । उनले मुम्बईमा एउटा घरमा भाडा लिए र काका चम्पकलाल दिमानीको सहयोगमा रिलायन्स कमर्शियल कर्पोरेशन कम्पनी खोलेका थिए । भाडाको यो कोठालाई उनले अफिस बनाए । एउटा टेबुल, तीनवटा कुर्सी र एउटा लेखन प्याडबाट काम सुरु भयो । उनले अदुवा, बेसार र अन्य मसला पश्चिमी देशमा बेच्न थाले । बिस्तारै व्यापार बढ्यो धीरुभाई अब व्यवसायमा स्थापित भइसकेका थिए । व्यवसायलाई अगाडि बढाउने उनको योजना थियो । सन् १९६६ मा उनले अहमदाबाद (गुजरात) मा कपडा मिल सुरु गरे । यसलाई ‘रिलायन्स टेक्सटाइल्स’ नाम दिइएको थियो । धीरुभाईले विमल ब्रान्ड सुरु गरे । बिस्तारै उनले प्लाष्टिक, म्याग्नम, पेट्रोकेमिकल, बिजुली उत्पादनको व्यवसाय सुरु गरे । कम्पनीको नाम परिवर्तन सन् १९८५ मा धीरुभाईले कम्पनीको नाम परिवर्तन गरी रिलायन्स टेक्सटाइल इन्डस्ट्रिज लिमिटेड राखे । उनले यसको नाम रिलायन्स इन्डस्ट्रिज लिमिटेड राखे । सन् १९९१-९२ मा उनले गुजरातमा पेट्रोकेमिकल्सको कारोबार गर्ने पहिलो प्लान्ट बनाए । त्यसपछि धीरुभाई पेट्रोकेमिकल उद्योगमा प्रवेश गरे । सन् १९९८-२००० मा उनले गुजरातको जामनगरमा विश्वको सबैभन्दा ठूलो रिफाइनरी स्थापना गरे । जुलाई २००२ मा धीरुभाइको निधन धीरुभाई अम्बानीको मृत्यु ६ जुलाई २००२ मा भएको थियो । यसअघि उनले रिलायन्सलाई नयाँ उचाइमा पुर्याएका थिए । उनको निधनको केही समयपछि रिलायन्स इन्डस्ट्रीज उनका दुई छोरा मुकेश अम्बानी र अनिल अम्बानी बीच विभाजित भयो । रिलायन्स इन्डस्ट्रीज आज भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । यसको लगाम मुकेश अम्बानीको हातमा छ । बीएसईको आधिकारिक वेबसाइटअनुसार कम्पनीको मार्केट क्याप १६.५२ लाख करोड भारु छ । ः
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
काठमाडौं । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए । जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको छ । पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ । सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट उद्धार गरिएका दुई जनाबाहेक सबै बेपत्ताको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुले दुर्घटनामा परी अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,’ अग्निनियन्त्रक निकायका एक अधिकारीले भने । ‘विमान लगभग पूर्णरुपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,’ ती अधिकारीले भने । उनले भने, ‘अहिले हामी जलेका मृतशरीर निकाल्ने प्रक्रियामा छौँ, यसका लागि केही समय लाग्नेछ ।’ दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ । विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियाली नागरिक थिए । स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियर बिना नै अवतरण कोसिस गरेको देखाइएको छ। विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासी आगोको ज्वालो निस्किएको थियो । अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ । दक्षिण जिओलका अधिकारीहरूले उच्च स्तरमा आपतकालीन निकायहरूलाई सक्रिय पारेका छन् र सबै उपलब्ध उद्धार र प्रहरी कर्मचारीहरूलाई दुर्घटना स्थलमा तैनाथ गरेका छन् । कार्यवाहक राष्ट्रपति चोइ साङ–मोक मध्याह्नतिर दुर्घटनास्थलमा पुगी घटनास्थलको निरीक्षण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीहरूलाई खोजी कार्यका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । रासस
बेनी-रणवाङ-दरवाङ सडक स्तरोन्नति हुँदै
म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ । हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ । बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।
बालश्रम न्यूनीकरणमा चुनौती, १६ लाख बालबालिका श्रममा संलग्न
काठमाडौं । घटना १- चितवनको एउटा स्थानीय नागरिक समाज समूहले ‘आँशुमुक्त बाल्यकाल’ नामक अभियान सञ्चालन गर्यो । यस अभियानअन्तर्गत समूहले होटल, इँटाभट्टा र कृषि क्षेत्रमा बाल श्रमिकको अवस्था अध्ययन गर्यो । उनीहरूले इँटाभट्टामा १२ बालबालिकाको उद्धार गर्न सफल भए । उद्धार गरिएका बालबालिकालाई पुन:स्थापनाका लागि नजिकैको विद्यालयमा भर्ना गरियो र उनीहरूका अभिभावकलाई आयआर्जनका लागि वैकल्पिक उपाय उपलब्ध गराइयो । घटना २- इलामकाे चिया बगानमा काम गर्ने १० वर्षीय बालिका मनीषा (नाम परिवर्तन) लाई स्कूलमा फर्काउने काम नागरिक समाजको सहयोगमा सम्भव भयो । स्थानीय युवाहरूको समूहले बालबालिकालाई चिया बगानबाट निकालेर विद्यालयमा फर्काउने परियोजना सुरु गरे । यस अभियानले मनीषाजस्तै अन्य ३० बालबालिकाको भविष्य परिवर्तन गर्यो । घटना ३- बाल संरक्षणको क्षेत्रमा काम गर्ने सीवीस नामक एक गैरसरकारी संस्थाले अभियान नै चलाएर ३० वर्षमा ७ हजार ११८ जना बालबालिकालाई श्रम क्षेत्रबाट उद्धार गरेर शिक्षा जोडेको छ । परियोजना प्रमुख उमंग मैनालीका अनुसार जोखिममा रहेका १० हजार २६४ बालवालिकालाई विद्यालय भर्ना अभियानमा सामेल गराएको छ । दुई हजारभन्दा बढी यौन दुर्व्यवहार घटनाबाट बालबालिकाको उद्धार र ३०० भन्दा बढी मुद्दामा न्याय दिलाउन सफल भएको तथ्यांक छ । माथिका केही उदाहरणमात्रै हुन् । नागरिक समाज अर्थात् समाजका सचेत व्यक्ति, नागरिक समाजका संघसंस्थाको प्रयासले मात्रै धेरै विषय परिवर्तन सम्भव भएका छन् । बालश्रम अन्त्यका लागि पनि उनीहरूको पहल महत्त्वपूर्ण कारक हुन सक्छ । बाल श्रमविरुद्धको लडाइँमा नागरिक समाजको सक्रियता र प्रतिबद्धता निर्णायक छ । जनचेतना, उद्धार र पुन: स्थापनाबाट बालश्रममुक्त समाज निर्माणमा नागरिक समाजले उदाहरणीय भूमिका निर्वाह गरेको छ । यस्ता प्रयासलाई दिगो बनाउन सरकार, समुदाय, र नागरिक समाजबीच सहकार्य आवश्यक छ । प्रत्येक बालबालिकालाई शिक्षित र सुरक्षित भविष्य प्रदान गर्नु हाम्रो साझा दायित्व हो । नागरिक समाजको भूमिका बालश्रमको अन्त्यका लागि पहिलो कदम भनेकै यो समस्या र यसको प्रभावबारे जनचेतना फैलाउनु हो । नागरिक समाजका सदस्यहरूले समुदायमा विभिन्न कार्यक्रमहरू आयोजना गरी बालश्रमका कारण बालबालिकाको भविष्य कसरी प्रभावित हुन्छ भन्ने विषयमा जानकारी दिन सक्छन् । गाउँ, नगर, विद्यालय र अन्य सार्वजनिक स्थानहरूमा चेतनामूलक कार्यक्रमले बाल श्रमको न्यूनीकरणमा ठुलो योगदान दिन सक्छ । बालश्रम प्रायः गरिबी र अशिक्षाका कारण हुन्छ । यसलाई न्यून गर्न नागरिक समाजले विद्यालय जाने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छ । विद्यालयहरूमा बच्चाहरूलाई नामांकन गराउन प्रेरित गर्ने, छात्रवृत्ति कार्यक्रमको पहल गर्ने र अभिभावकलाई शिक्षाको महत्त्व बुझाउने काम नागरिक समाजले प्रभावकारी रूपमा गर्न सक्छ । सरकारले बाल श्रम नियन्त्रणका लागि विभिन्न नीति तथा कानुन बनाए पनि कार्यान्वयनमा कमी देखिन्छ । नागरिक समाजले सरकारी निकायलाई जिम्मेवार बनाउने र बालश्रमसम्बन्धी नीति कार्यान्वयनमा प्रभावकारी दबाब दिन सक्छ । यसका लागि नागरिक समाजका सदस्यहरूले आवाज उठाउनुका साथै दिगो समाधानका लागि सरकारसँग सहकार्य गर्नुपर्छ । बालश्रममा परेका बालबालिकाको उद्धार र पुनस्र्थापनामा नागरिक समाजको भूमिका महत्त्वपूर्ण छ। उद्धार गरिएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पुनःस्थापना सुनिश्चित गर्नका लागि उनीहरूले गैरसरकारी संस्थाहरू र दातृ निकायसँग सहकार्य गर्न सक्छन् । नागरिक समाजका सचेत सदस्यहरूले स्थानीय समुदायका युवाहरूलाई बालश्रमको असरबारे शिक्षित गरेर उनीहरूलाई सक्रिय बनाउन उत्तिकै जरुरी छ । मिडियाको भूमिका बालश्रम नेपालको ग्रामीण तथा सहरी क्षेत्रमा जरो गाडेको गम्भीर समस्या हो । आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण लाखौं बालबालिका विद्यालय जानुको सट्टा श्रम गर्न बाध्य छन् । यसको अन्त्यका लागि राज्यका नीति मात्र पर्याप्त हुँदैनन्, यसलाई व्यावहारिक रूपमा रोक्न मिडियाको सक्रिय भूमिका अपरिहार्य छ । विशेषतः नागरिक मिडिया जसले समुदायको आवाजलाई सार्वजनिक गराउँछ, यो अभियानको महत्त्वपूर्ण पक्ष हो । सञ्चार क्षेत्रमा सक्रिय गोविन्द खड्काका अनुसार, ‘बालश्रम अन्त्यका लागि मिडियाले समस्या मात्र देखाउने होइन, समाधानमुखी दृष्टिकोण ल्याउनुपर्छ ।’ मिडियाले जनचेतना अभिवृद्धि, घटना उजाग, नीति निर्माणमा सहयोग हुनेगरि काम गर्नुपर्ने खड्काको धारणा छ । मिडियाले अभियान नै गरेर सञ्चार पैरवी गर्ने हो भने श्रम क्षेत्रमा रहेका हजारौ बालबालिकालाई विद्यालयमा फर्काउन मद्दत पुग्ने बालश्रम क्षेत्रमा काम गर्ने अभियानताको पनि विश्वास छ । ‘बाल संरक्षणको क्षेत्रमा लामो समयलेदि सक्रिय सीवीस नेपालका सल्लाहकार युवराज घिमिरेका अनुसार ‘बाल श्रममाथि मिडियाले लगातार रिपोर्टिङ नगरेसम्म समाजमा यो समस्या लुकेर बसिरहन्छ । नागरिक मिडियाले विषयवस्तुलाई समुदायको पहुँचमा पुर्याएर मात्र होइन, निर्णयकर्ता निकायलाई जवाफदेही बनाउन पनि मद्दत गर्न सक्छ ।’ २०२१ मा पत्रकारहरुको समुहले सर्लाहीमा इँटाभट्टामा बालबालिकाको दयनीय अवस्था देखाउने स्टोरी तयार गरेपछि त्यहाँबाट ३५ बालबालिकालाई उद्धार गरिएको थियो । नागरिक मिडियाले बाल श्रमको अन्त्यका लागि परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ । यो समस्या लुकाएर होइन, समाधानमुखी दृष्टिकोणसहित समुदाय र निर्णयकर्ता दुवैलाई उत्तरदायी बनाउन मिडिया क्रियाशील हुनुपर्छ । बाल श्रमविहीन समाज निर्माणका लागि नागरिक मिडियाको सक्रियता आजको समयको आवश्यकता हो । १० लाख ८० हजार बालबालिका श्रमिक नेपाल बालश्रम प्रतिवेदन सन् २०२१ का अनुसार नेपालमा १० लाख ८० हजार बालबालिका श्रम गरिरहेका छन्, जुन समग्र बालबालिकाको १६ प्रतिशत हो । काठमाडौंमा मात्रै १० हजार श्रमिक बालबालिका रहेको महानगरकोअनुमान छ । श्रममा पूर्ण रूपमा निषेध गरेका १४ बर्ष मुनिका १८ प्रतिशत बालवालिका श्रम क्षेत्रमा रहेका छन् । २ लाख बालबालिकाको अत्यन्त जोखिमपूर्ण श्रम शोषण भइरहेको तथ्यांक छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा झन्डै १६ लाख बालबालिका कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरिरहेको छ । यीमध्ये धेरैजसो बालबालिका जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेका छन् । बाल श्रम, नेपालको आर्थिक र सामाजिक विकासका लागि बाधक एक गम्भीर समस्या बनेको छ । सरकारले नीतिगत पहल गरिरहेको छ । सामाजिक संघ संस्थाले निरन्तर काम पनि गरिरहेका छन् । तर, बालश्रम अन्त्य चुनौती नै बनिरहेको छ । बालश्रमको अन्त्य कुनै एक संस्थाको काम होइन; यो सामूहिक प्रयासबाट मात्र सम्भव छ। नागरिक समाजले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाएमा बालबालिकाको सुरक्षित, शिक्षित, र उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ । यसका लागि सरकार, स्थानीय समुदाय, र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य छ । सरकारले पनि सबैसँग साझा सहकार्यको मोडल अपनाएर काम गर्नुपर्छ । बाल श्रमविहीन समाज निर्माण हामी सबैको दायित्व हो ।
बेजोसकी पूर्वपत्नीको दानप्रति मस्कको प्रश्न, विवादास्पद विचारधारालाई बढावा दिएको आरोप
काठमाडौं । अर्बपति एलन मस्कले म्याकेन्जी स्कटको परोपकारी काममाथि प्रश्न उठाएका छन् । म्याकेन्जी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन् । मस्कले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो धारणा राखेका हुन् । यो पोष्टले स्कटको दानको बारेमा प्रश्न उठाएको छ । स्कटले महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरूमा ध्यान नदिइरहेको दाबी मस्कको छ । मस्कका अनुसार स्कटको दानले विवादास्पद विचारधाराहरूलाई बढावा दिइरहेको छ । पोष्टले स्कटको ‘विश्वासमा आधारित परोपकार’ को बारेमा पनि प्रश्न उठायो । यसअन्तर्गत उनले २ हजार ५०० भन्दा बढी गैरसरकारी संस्थाहरूलाई बिना शर्त चन्दा दिन्छिन् । मस्कले स्कटले जातीय समानता, आप्रवासी अधिकार र एलजीबीटीक्यूजस्ता मुद्दाहरूमा बढी ध्यान केन्द्रित गर्छिन् । यसले ‘एनजीओ/गैर नाफा कम्प्लेक्स’ लाई फाइदा गर्छ । महँगो डिग्री भएकाले यहाँ जागिर पाउँछन् । स्कटले पाँच वर्षमा १६ बिलियन डलर दान गरेको जनाइएको छ । अमेजनको सेयर बढेपछि उनको सम्पत्ति ३६ अर्ब डलर पुगेको छ । महान परोपकारीको रूपमा उभिँदै स्कट जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कट हालैका वर्षहरूमा एक प्रमुख परोपकारीको रूपमा देखा परेकी छन् । उनले सन् २०१९ देखि १९ अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । उनले बिना कुनै सर्त संस्थाहरूलाई ठूलो रकम दिँदै आएकी छन् । यसबाट संस्थाहरूले आवश्यकताअनुसार पैसा खर्च गर्न सक्छन् । दान दिने तरिकामा परिवर्तन यस वर्ष स्कटले आफ्नो दान गर्ने तरिका पनि परिवर्तन गरेकी छन् । पहिलो पटक तिनीहरूले खुला आवेदन प्रक्रिया सुरु गरे । ६ हजारभन्दा बढी गैरसरकारी संस्थाहरूले आवेदन दिएका थिए । स्कटले ३६० भन्दा बढी संस्थाहरूलाई ६४० मिलियन डलर दिने वाचा गरिन् । यो उनको प्रारम्भिक वाचाभन्दा धेरै हो । दान संस्थाहरूले स्कटको बिना शर्त चन्दाको प्रशंसा गरेका छन् । यसले आफ्नो संस्थालाई मात्र नभई सिंगो क्षेत्रलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ । एलन मस्कले स्कटको दानलाई ‘चिन्तित’ भन्दै प्रश्न गरेका छन् । उनी विश्वास गर्छन् कि स्कटले उनको पैसा गलत ठाउँमा लगानी गरिरहेकी छन् । समाजमा विभाजन निम्त्याउन सक्ने यस्ता विषयहरूमा उनी केन्द्रित छिन् । मस्क भन्छन् कि स्कटले संसारको वास्तविक समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । जस्तै गरिबी, भोक र रोग । स्कट र मस्क बीचको यो भिन्नताले दान गर्ने तरिकामा बहस सुरु गर्न सक्छ । स्कट विश्वास गर्दछन् कि संगठनहरूले बिना शर्त पैसा दिनुपर्छ । ताकि तिनीहरूले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकून् । दान खेर जान नदिने गरी दानको सही सदुपयोग र अनुगमन गर्नुपर्ने मस्कको धारणा छ । (एजेन्सीहरूको सहयोगमा)
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट
बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,’ उनले भने । आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
सल्लेरीवासीलाई पानीको चिन्ता- हिउँद नआए हुन्थ्यो लाग्छ
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन । पानीको जोहोमै बित्छ बिहान’, उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो । बिहान अरु काम गर्न भ्याइँदैन । सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ ।’ सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ । यहाँको मुख्य समस्या खानेपानी नै हो । गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ । नजिकै कुवा, खोला र खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन् । बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक वर्ष सताउने गरेको छ । ‘बर्खामा अकासे पानीको भर पर्नुपर्छ । हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ । हामी अर्को बर्खाको पर्खाइमा छौँ’, स्थानीय वेदप्रसाद पाण्डेले भने, ‘पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ । घरमै पानीको धारा बनाउने सपना पूरा नहोलाजस्तो छ ।’ गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ । विद्यालयमा एउटा धारा छ । तर धारोमा पानी आउँदैन । विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन् । पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ । टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन् । ‘सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ । तर, बोकेर सधैँ साध्य नहुने रहेछ । हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो’, प्रधानाध्यापक तारादेव नेम्वाङले भने । तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ । ‘सङ्घीयतापछि आधारभूत आवश्यकता पूरा हुन्छ भन्ने सुनेका थियौँ । स्थानीय सरकार सञ्चालन भएकै आठ वर्ष भयो । हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुनै सकेन’, स्थानीय भगिरथ भण्डारीले भने, ‘दुईपटक तीन तहको चुनाव भयो । सबै उम्मेदवार मत माग्न घरघरमा आउनुभयो । हामीले खानेपानीको समस्या सुनायौँ । भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो । तर, समस्या ज्यूँका त्यूँ देखिन्छ ।’ फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम सुरु गरिएको बताए । ‘सिङ्गो वडामा पानी पुर्याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ८२ लाखमा पाँचवटा ‘रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ’, उनले भने, ‘वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक–एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ । यस वर्ष पाइप विस्तारको काम हुनेछ ।’ घरघरमा पुर्याउने पाइपका लागि एक करोड बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष लिम्बूको भनाइ छ । नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उनले बताए । गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन । स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन् । ‘बिग्ररहन्छ, बनाउन हरेक दिनजसो जानुपर्छ । अरुको हेरी आफ्नो केही सहज जस्तो लाग्छ’, लुङ्गेलीले भने, ‘गाउँमा आयस्रोत छैन । पाइप किन्न सबैले सक्दैनन् । कतिले मेरोबाट थापेर पनि लैजान्छन् । सबैलाई त पुग्दैन ।’ सल्लेरी मात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ । पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ । पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । ‘खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकार लाग्नुपर्छ । सल्लेरी गाउँमा पानी पुर्याउन सरकारको ध्यान जानुपर्छ’, उनले भने । रासस
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
गलकोट । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रुपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ रुपैयाँ करोड विनियोजन गरिएको थियो । रासस