५० वर्षपछि देखिनुपर्ने रोग आजभोलि कम उमेरमै देखिन्छन् : डा. आदित्य महासेठ
काठमाडौं । जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको बताए । प्रश्तुत छः केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठसँग गरेको कुराकानीनको सम्पादित अंश । मुटुमा समस्या भएको कसरी थाहा पाउने, मुटु रोगलाई कसरि बुझ्ने ? मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरु पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरु हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदाखेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरु लाग्छन् । हाम्रो देशहरुमा चाहीँ कमन हार्ट डिजिजहरु भन्छन् । त्यो अन्य देशमा पाइँदैन हाम्रो देशमै बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा कमनल्ली बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हार्ट अट्याक, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरु मादक पदार्थ सेवन गर्दा हुने रोगहरु यस अन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरु, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरु धेरै भएपनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो । मुटु र हृदयघातको सम्बन्ध कस्तो हुन्छ, अनि के कारणले हृदयघात बढी हुने गर्दछ ? हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अंगहरुमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र बिस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हामी हृदयघात भन्छौं । बिस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ । पछिल्लो समय हृदयघात वृद्धवद्धामा भन्दापनि युवा अवस्थाका मान्छेहरुमा पनि बढ्दै गएको हो, कस्तो उमेरका बिरामीहरु आउने गर्दछन् ? पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्ष सम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरुसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गथ्र्यो । अहिले दिनभर अफिसमा कम्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरु बढदै गएको हो । यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ । अर्को कुरा पछिल्लो समय मान्छेरुको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरुले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ । यसले मुटुको नसाहरुमा ब्लक गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अनि हामीले मुख्य कुरा त घरको खाना नखाएर बजारको खानेकुराहरु बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, हाम्रो जीवनमा भएको परिवर्तन र सुगर हामी बढी खाने गर्दछौं । सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी पहिलेको जस्तो छैन बिग्रिएको छ । त्यसले गर्दा एकदमै युवा अवस्थामा नै हृदयघात देखिरहेको छ । मुटु रोगबाट बच्नको लागि खानाको सन्तुलन कसरी मिलाउने ? खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ । हाम्रो शरीरलाई अरु सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । त्यसलाई खानु हुँदैन । यसमा सिम्पल कुरा राख्ने हो भने प्राकृतिक कुराहरु खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरु खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो । मुटु रोग र उमेर समूहको अन्तरसम्बन्ध के हुन्छ, तपाईको अनुभवले कस्तो पाउनुभएको छ, कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ? अहिले पनि सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष केटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवा अवस्थाको मान्छेमा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि कमनल्ली भन्ने हो भने हृदयघात ४५ वर्ष कटेपछि मात्रै हो । शरीर जति बुढो हुँदै गयो त्यति नै सन्तुलित खानपान खाँदै गयौं । र जंकफुडहरु, चुरोट, मादक पदार्थ पिउने, शारीरिक अभ्यास नगर्ने र खाएको पनि नपचाउने बानीले हामीमा मुटु रोगको जोखिम बढाउँदै जान्छ । त्यसकारणले शरीरमा बनेको क्यालेस्ट्रोलले कहीँकहीँ त अटाउनु पर्यो नि । कि त नसामा कि त मुटुमा, कि त शरीरमा त्यहाँ नअटाएको खण्डमा उमेर बढ्दै गएपछि हृदयघात हुने हो । तपाईले दैनिक कम्प्युटरमा लामो समय बस्ने मान्छे र शारीरिक अभ्यास कम गर्ने मान्छेमा हृदयघातको जोखिम बढी हुन्छ भन्नुभयो, यसलाई थप स्पष्ट पारिदिनुस् न ? मुटु रोगको रिस्क फ्याक्टरमध्ये शारीरिक अभ्यास नगर्नु पनि एक हो । शारीरिक अभ्यासले एक त मुटुको कन्डिसनलाई ठिक राख्छ । अभ्यास गर्ने क्षमता पनि बढाउँछ । यसले सुगर र प्रेसर नियन्त्रण गर्नको लागि पनि काम लाग्छ । हामीले एक्स्ट्रा खाइरहेको क्यालोरीलाई पचाउन पनि मद्दत गर्छ । त्यसले गर्दा मुटु रोग पनि कम देखिन्छ । खानपानसँगै मुटुको स्याहार कसरि गर्नुपर्छ, अनि चुरोट र मादकपदार्थ गर्ने मान्छेलाई हृदयघात नहुने र नखाने मान्छेलाई हुने भन्ने भाष्य छ नि ? चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहीँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको आउटकमको रुप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभईकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो । कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्युन हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन । यो विज्ञान हो हुन्छ नै र हुँदैन भनेर भन्न चाहीँ अलि गाह्रो नै हुन्छ । अर्को कुरा खानपानको कुरा गर्ने हो भने इटालीतिरका मान्छेमा हृदयघात कम भएको देखिएको छ । किनभने उनीहरुले खाने खानामा जुन तेल हुन्छ नि त्यसमा प्राकृतिक तेलहरु हुन्छ नि बीउबाट बनेको त्यसको मात्रा बढी हुने र माछामासुमा पनि लिन फ्याडहरु खाने गरेको पाइन्छ । चारखुट्टे जनावर होइन कि अरु नै खानाका जनावरहरुको मासु खाने देखिएको छ । खानपिनमा तपाईले फ्याक्ट्रीहरु बनेको प्रशोधित खानेकुरा कम खानुपर्यो । र पशुजन्य मासु कम खानुपर्यो । यसमा चारखुट्टे जनावरको मासु भयो र दुधबाट बनेको परिकारहरु घ्यु, बटर, चिजको मात्रा कम गर्ने र खानामा सलाद र अन्य अन्नहरुको मात्रा राखेर गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट हुन्छ । मौसम र मुटुको सम्बन्ध कस्तो हुन्छ, जाडो समयमा मुटुसम्बन्धी समस्याहरु बढ्दै जाने हुन् ? यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरुमा जलवायु परिवर्तनको कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरुको मेजर इफेक्टरमा चाहीँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौंको वातावरण पनि सामान्य छैन । प्रदुषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरु बनाउँदो रहेछ । र त्यही रेडिकलहरु शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो । अर्को कुरा चिसो समयमा चिसोले गर्दा मुटुको चल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरुमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ । मुटु रोगको घरेलु उपचार हुन्छ कि हुँदैन, मुटुमा कस्तो समस्या आएपछि चिकित्सकको मा जाने ? मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहीँ यस्ता चान्सहरु कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं । हामीले विषेशगरी चिल्लो खानेकुराहरु खानु भएन । प्राकृतिक कुराहरु फलफूल र सलाद लगायतका खानेकुराहरु खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट पे्रसर र सुगरको जाँच गर्नुप¥यो । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन । हामीले मुटुको सुरक्षा कसरी गर्ने ? मुटुलाई माया गर्नको लागि शुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्यो । त्यसको लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै शुरु हुन्छ । त्यसपछि तपाईले मुटुसम्बन्धी कुनैपनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्यो । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरु देखिएको छ भने तपाईंले औषधि शुरु गर्नैपर्यो । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिंगटा लाग्ने प्रमुख कारणहरु हो । हाम्रोमा औषधि नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधि खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा कन्फर्म गर्नुपर्यो । त्यसपछि रहेछ भने औषधि शुरु गर्नुपर्यो । अहिले केएमसीमा मुटुसम्बन्धी रोगको निदानात्मक व्यवस्था र जनशक्तिको अवस्था कस्तो छ ? म विगत दुई वर्षदेखि यहाँ कार्यरत छु । हामीले अहिले क्याथेल्याब सेवा शुरु गरेका छौं । अनि मुटुको ओपिडि दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलि नै रहेको छ । त्यसैगरि हाम्रो आपतकालीन सेवा २४ सै घण्टा शुरु नै हुन्छ । दिनको एक जना मान्छे ड्युटिमा जहिले पनि हुन्छ । हामीले मुटुको जाँचमा पे्रसर, सुगर, कोलेस्ट्रोल बाहेक रगतको सबै जाँचहरु भइ नै हाल्छ । त्यसबाहेक मुटुको इसिजि, इको, टिएमटी र सिटिस्क्यान गर्दछौं । यहाँ मुटुको एमआरआई पनि हुन्छ । मुटुसम्बन्धी अपरेसनहरु नगरिकन गर्ने सम्पूर्ण उपचारहरु म आफैँ गर्छु । अब छिट्टै छाती चिरेर गर्नुपर्ने अपरेसनहरु पनि शुरु हुने तयारीमा छ । सरकारबाट पाउने एक लाखको विपन्न नागरिक स्किम छ त्यो चाहीँ सबै प्यासेन्टलाई उपलब्ध छ । जे होस् मुटु रोगको लागि नेपालमा हुने जतिपनि जाँचहरु र अपरेसनहरु सबै नै यहाँ भइरहेको छ । सरकारले मुटुसम्बन्धी रोगका लागि गरेको लगानी पर्याप्त छ कि छैन ? वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौंमा केन्द्रित चाहीँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन । पूर्व र पश्चिममा पनि बिस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भनेपनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति बिस्तार त गर्नुपर्यो । काठमाडाैंमा भने बिस्तारै सबै हस्पिटलहरुमा क्याथल्याबको सेवाहरु बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि अगाडि बढ्नेवाला छ त्यहीअुसार हामीले तयारी गरेर हामीले अगाडि बढ्नुपर्नेछ । तर गाम्रिण भेगमा जनशक्ति बिस्तार गर्नुपर्ने आवश्यकता छ । आम नागरिकलाई तपाईंको सन्देश के छ ? संसरमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नको लागि केही पनि पैसा चाहिँदैन । खालि एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपैयाँको औषधि हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगरुलाई बेवास्ता गर्नुभएन । मुुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्यो । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बीमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु ।
कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन
बागलुङ । भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङ खोलादेखि मालढुंगसम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ । क्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उनको भनाइ छ । पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् । उनले भने , ‘बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।’ कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्याउने उनको भनाइ छ । ‘कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरहवासँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रूपमा विकास हुँदै गएको छ,’ उनले भने ‘अब गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरूले राख्नुपर्छ ।’ नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुंगा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ । रासस
विपिन सकुशल घर फर्किने आशामा परिवार
कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास-इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा उनी फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा परिवारमा छ । विपिनका आमा पदमाले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।’ उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन् । ‘युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन’, आमा पदमाले भनिन्, ‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।’ सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ । इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन । विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताए । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।’ उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए । रासस
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
मान्म । यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन दुई करोड ३५ लाख २२ हजार ३९ रुपैयाँको लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिए । ‘सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,’ उनले भने, ‘तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।’ विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताए । | विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । ‘वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,’ उनले भने, ‘बहुप्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको छ ।’ रासस
दुई पांग्रे ईभीमा एथरले मानक स्थापित गर्दैछ: प्रदिप अधिकारी [अन्तर्वार्ता]
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सावरीसाधन (ईभी)को आयात र व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । गत भदौमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शो २०२४ मा पनि ईभीकाे वर्चश्व रह्यो । नेपालमा आईसीई इन्धन गाडीभन्दा धेरै ईभी भित्रने क्रम जारी नै छ । त्यसका लागि बिक्रेता कम्पनीहरूले ईभीको ईकोसिस्टम डेभलपमेन्टमा पनि आक्रामक रूपले काम गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका निम्ति विभिन्न स्थानमा ६० भन्दा धेरै चार्जिङ स्टेशन निर्माण गरिसकेको अवस्था छ । अझै देशभरका विभिन्न स्थानमा ठूलो मात्रामा चार्जिङ स्टेशन निर्माणको तयारीमा प्राधिकरण लागि परेको छ। एक हिसावले भन्नुपर्दा नेपाल ईभीमय भएको भान हुन थालेको छ । तर यो ईभीमय केवल चार पांग्रेले मात्र बनाएको छ । अर्थात नेपालमा चार पांग्रे ईभी ठुलो मात्रामा आयात तथा बिक्री भएपनि तुलनात्मक रूपमा दुई पांग्रे ईभीको आयात र बिक्री सुस्त छ । हाल दुई पांग्रे साधनमा ईभीको हिस्सा केवाल ५ प्रतिशतमा सीमित रहेको छ ।नेपालमा सरकारले ईभीको प्रोत्साहनका लागि विगतमा विभिन्न करमा छुट दिएको अवस्था छ । त्यसको फाइदा उठाउँदै चार पांग्रेले देश ईभीमय हुदा दुई पांग्रे ईभीको व्यपार किन बढ्न सकेन ? दुई पांग्रे ईभीको व्यापार बढाउन सरकार र सरोकारवाला निकायले के-कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? दुई पांग्रे ईभीका लागि देशमा कस्तो ईकोसिस्टम रहेको छ ? यी लगायतका विषयमा नेपालमा एथर ब्राण्डको ईभी स्कुटर आयात तथा बिक्री गर्दै आएको वैद्य इनर्जी प्रालिका बजार प्रमुख प्रदिप अधिकारीसँग विकासन्यूजले गरेको कुराकानीको सम्पादित अंश : हाल नेपालमा दुई पांग्रे विद्युतीय सवारीसाधनको बजार कस्तो छ ? गत वर्षहरूको तुलनामा दुई पांग्रे सवारीको बजार केही हदसम्म सुधार भएको छ । दुई पांग्रे ईभीको बजार पनि बिस्तारै बढ्दै गएको अवस्था छ । दुई पांग्रे सवारीमा ईभीको हिस्सा ४ देखि ५ प्रतिशत रहेको छ । तर, बढ्दो क्रममा रहेको छ । बजारमा केही विश्वासिला ब्राण्डहरू भित्रिएको अवस्था छ । आजभन्दा ३ वर्ष अघि दुई पांग्रे ईभीको आयात अत्यधिक भएको थियो । धेरै चाइनिज ब्राण्ड थिए । वर्षमा १० हजार यूनिटसम्म आयात भएको अवस्था थियो । केही ब्राण्डहरूले बिक्री गरे तर सर्भिस र पार्ट्समा ध्यान दिएनन् । त्यस प्रकारका ब्राण्ड बिस्तारै पलायन हुँदै गए अनि नयाँ र विश्वासिला ब्राण्डहरू भित्रिए । यसले दुई पांग्रे ईभीमा जनताको विश्वास बढदै गएको छ । नेपालमा दुई पांग्रे ईभीको भविश्य कस्तो छ ? भविष्यमा दुई पांग्रे सवारीमा ईभीको संख्या बढदै जानेछ । तर, चेतना विस्तारमा भने समय लाग्ने देखिन्छ । दुई पांग्रे ईभीको ईकोसिस्टममा अलिक ध्यान दिन जरुरी छ । दुई पांग्रेमा चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, सर्भिसको विषय सहज तरीकाले उपलब्ध गराउने ब्राण्डहरूकाे कमी थियो, तर अब विश्वासिला ब्राण्डहरूले उक्त विषयमा ध्यान दिएका छन् । पूर्वाधार विस्तार गर्दै आएका छन् । जसले जनताको विश्वास बढ्दै गएको छ । यसले गर्दा दुई पांग्रे बजार ईभीतिर लोभिनेछ । दुई पांग्रे ईभीमा एथर कस्तो ब्राण्ड हो, कतिको विश्वासिलो ब्राण्ड हो ? एथर एक भारतीय ब्राण्ड हो । हाम्रो नारा नै छ- मेड ईन ईण्डिया, मेड फर नेपाल ।’ नेपाल धेरैजसो भूभाग पहाडी भएकाले यसका लागि एथर निकै भरपर्दो छ । यो स्मार्ट, भरपर्दाे र टिकाउ पनि छ । २०२३ को नोभेम्बरमा हामीले एथर भित्र्यायौं । त्यस समयदेखि नै हामीले पूर्वधार निर्माणमा ध्यान दियाैं । फास्ट चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, बिक्रीपछिको सर्भिस सेवा उपलब्ध गराएका छौं । जसले आमजनताको मन एथर ब्राण्डले जितिरहेको छ । नेपालमा एथर भित्रिएकाे एक वर्षमा हामीले ८ सय भन्दा धेरै यूनिट डेलिभरी गरिसकेका छौं । १६ वटा चार्जिङ स्टेशन निर्माण गरेका छौं । हामीले दुई पांग्रे ईभीको सबैभन्दा ठूलो सर्भिस सेन्टरको विकास गरेका छौं । अब हाम्रो ध्यान सर्भिस सेन्टर, सेल्स, स्पेयर पार्ट्स र चार्जिङ स्टेशन विस्तारमा रहनेछ । एथरका ३ वटा ब्राण्डहरू नेपालमा उपलब्ध छन् । ४५० एक्स एचआर, ४५० एक्स एलआर र ४५० एस । जुन ३ लाख ५० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म मूल्य पर्दछ । उपभोक्तालाई एउटै मूल्य भएको आईसीई इन्धन दुई पांग्रे कि ईभी किन्दा फाइदा ? यसमा खासगरी ईभी वा आईसीई किन्दा फाइदा भनेर सर्फेसमा भन्न सकिने अवस्था छैन । कुन ब्राण्ड किन्ने हो त्यसमा भर पर्दछ । केही वर्षअघि नेपाल भित्रिएका चाइनिज ब्राण्डहरूमा दुई-तीन वर्षमा ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्थ्यो । त्यस प्रकारका ईभी किन्नुभन्दा आईसीई ब्राण्ड नै किन्दा फाइदा हुन्छ । तर, एथरजस्ता केही विश्वासिला ब्राण्डहरू पनि नेपाल भित्रिएका छन् । एथरले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएको छ । तर, ८ वर्षसम्म ब्याट्रीमा समस्या आएको पाएका छैनौं । आईसीईभन्दा यस एथरजस्ता विश्वासिला ईभी ब्राण्ड किन्दा उपभोक्तालाई फाइदा हुन्छ । ब्याट्री रिसाइकल वा व्यवस्थापनको बारेमा के योजना बनाउनु भएको छ ? हामीले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएपनि ८ देखि १० वर्षसम्म ब्याट्रीमा खासै समस्या आएको हामीले पाएका छैनौं । ८ वर्ष पछिको योजनामा ब्याट्रीको रिसाइकलको बारेमा हामीले अध्ययन गर्दैछौं । ब्याट्री रिसाइकल र रिस्टोरेशनको लागि छुट्टै कम्पनी खडा गर्नेबारे पनि छलफल भइरहेको छ । हामी कम्पनी नै खोलेर रिसाइकल, रिस्टोरेशनको काम गर्न सक्छौं । नेपालको दुई पांग्रे ईभीमा एथरको हिस्सा कस्तो छ ? अहिलेको अवस्थामा दुई पांग्रे सवारीमा ईभीको हिस्सा नै सानो छ । त्यसमध्ये एथर पहिलो नम्बरमा छ । दुई पांग्रे ईभीको व्यापार नै सानो भएर डेलिभरी यूनिट कम देखिएला । तर, बिस्तारै बजार बढदै गएपछि हामी आईसीईसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने लागेको छ । यो एक वर्षमा ८ सय भन्दा धेरै एथर डेलिभरी गरेका छौं । आउँदो वर्षमा ३ हजार बढी यूनिट डेलिभरी गर्ने योजना छ । एथरको बजार विस्तार र वृद्धिका लागि के कस्तो योजना बनाउनु भएको छ ? ढिलो चाँडो मानिसहरूलाई ईभीमा कन्भर्ट गर्नुपर्ने अवस्था छ । नेपालमा नै उत्पादन भएको ऊर्जा प्रयोग गरेर सुलभ मूल्यमा नै मानिसले सवारी चढनु पर्छ भन्ने मान्यतामा हामीले काम गर्दैछौं । हाल आईसीई ब्राण्डका सवारीले जसरी सर्भिस पाउन सहज भएको छ, ईभीलाई पनि त्यसरी नै सहज सर्भिस उपलब्ध गराउनु पर्दछ ।जसका लागि हामीले यो वर्षका लागि काठमाडौं उपत्यकामा नै ३ वटा सर्भिस सेन्टरको प्लानिङ गरेका छौं । उपत्यका बाहिर चितवन, पोखरा, बुटवल, इटहरी, विराटनगर, दमक, बिर्तामोड, नेपालगञ्ज, धनगढीमा पनि हामीले सर्भिस सेन्टर विस्तार गर्ने योजना बनाएका छौं । जहाँ पनि हामि शोरुम राख्छौं त्यस क्षेत्रमा चार्जिङ स्टेशन, सर्भिस सेन्टर र स्पेयर पाटर्स डिलर पनि विस्तार गछौं । दुई पांग्रे ईभीको बजार विस्तार गर्न सरकार, व्यवसायी लगायत सरोकारवालाले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? व्यवसायीले कुने पनि ब्राण्ड लिएर आउँछ भने त्यसले उपभोक्ताको हितलाई मध्यनजर गर्नु पर्दछ । सर्भिस, स्पेयर र चार्जिङ स्टेशनको पार्टमा काम गर्नु पर्दछ । सरकारले अलिक लचकता अपनाएर दुई पांग्रे ईभीलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । दुई पांग्रे ईभीका लागि सरकारले हालसम्म कुनै पनि चार्जिङ स्टेशन निर्माणको योजना बनाएको छैन । चार्जिङ गर्ने पोर्टहरू पनि फरक-फरक ब्राण्डहरूको फरक-फरक छ । चार्जिङ पोर्टहरू एउटै हुनुपर्ने नियम लागू गरेको खण्डमा एउटा ब्राण्डले निर्माण गरेको चार्जिङ स्टेशनमा सबै ब्राण्डका सवारीले चार्ज गर्न सकिने हुन्छ । यसले गर्दा थोरै पूर्वाधारले पनि धेरै सवारीलाई चल्न सहज हुन्छ । अहिले एउटा ब्राण्डको चार्जिङ स्टेशनले त्यही ब्राण्डको साधनमात्रै चार्ज गर्न मिल्छ । यो दुइपांग्रेमा मात्रै हो । चार पांग्रेमा यस्तो समस्या छैन । यो समस्याको समाधान भएमा मात्रै पनि केही हदसम्म दुई पाग्रे ईभीको बजार बढ्छ । यसैगरी, विद्युत प्राधिकरणले दुई पांग्रेका लागि पनि चार्जिङ स्टेशनहरू निर्माण गरिदिनु पर्यो । यसैगरी, विदेशमा ईभीलाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गर्दछ । तर, नेपाल सरकारले त्यसो गरेको छैन । त्यसो नहुँदा विदेशमा ईभीको मूल्य र नेपालमा त्यसको मूल्य तुलना गर्दा नेपालमा केही महँगो पर्दछ । यी विषयमा सरकारले ध्यान दिनु पर्दछ । ईभीमा केही समस्या आएको खण्डमा स्वयं चालकलाई पनि त्यस विषयमा ज्ञान नहुने र प्राविधिक पनि नपाइने समस्या छ । यो समस्या कसरी समाधान गर्न सकिन्छ ? यो विषय समस्याको विषय नै हो । हामीले पनि एथर नेपाल ल्याउँदा त्यस विषयमा जानकार भएका प्राविधिकहरू पाउन कठिन भएको थियो । त्यसैले भारतबाट नै प्राविधिकहरू यहाँ ल्याएका थियाैं । भारतमा लगेर धेरैलाई तालिम पनि लिने अवसर पनि हामीले जुराएका थियौं । अन्य ब्राण्डहरूले पनि यस विषयमा गर्भिर हुनुपर्दछ । वर्कसपहरूलाई पनि केही विषयहरूलाई तालिम दिनुपर्ने अवस्था छ । ताकि सवारीमा समस्या भएर सर्भिस सेन्टर पुग्न नसकेको अवस्थामा नजिकैको वर्कसपमा गएर समस्याको समाधान गरोस् । व्यापकरूपमा तालिम सञ्चालन गर्नुपर्ने जरुरत छ ।
प्याज प्रतिकिलो ६५ रुपैयाँ, यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले साेमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु. ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु. २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु. ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु. ३०, आलु रातो प्रतिकेजी रु. ४३, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ६५, गाजर (लोकल) प्रतिकेजी रु. ५०, गाजर (तराई) प्रतिकेजी रु. ४०, बन्दा (लोकल) प्रतिकेजी रु. ३०, बन्दा (तराई) प्रतिकेजी रु. २०, बन्दा (नरिवल) प्रतिकेजी रु. २०, काउली स्थानीय प्रतिकेजी रु. २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु. ३०, काउली (तराई) प्रतिकेजी रु. २०, मूला रातो प्रतिकेजी रु. ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु. २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु. ३०, भन्टा लाम्चो प्रतिकेजी रु. ४०, भन्टा डल्लो प्रतिकेजी रु. ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु. ७०, मटरकोसा प्रतिकेजी रु. ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु. ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु. ६०, टाटे सिमी प्रतिकेजी रु. ४०, तिते करेला प्रतिकेजी रु. १३०, लौका प्रतिकेजी रु. ६०, परवर (तराई) प्रतिकेजी रु. १००, फर्सी पाकेको प्रतिकेजी रु. ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु. २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु. २०, सलगम प्रतिकेजी रु. १००, भिण्डी प्रतिकेजी रु. १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु. ४०, पिँडालु प्रतिकेजी रु. १००, स्कूस प्रतिकेजी रु. ५०, रायो साग प्रतिकेजी रु. २०, पालुंगो साग प्रतिकेजी ५०, चमसुरको साग रु. ५०, तोरीको साग प्रतिकेजी रु. ३०, मेथीको साग प्रतिकेजी रु. ५०, प्याज हरियो प्रतिकेजी रु. ५०, बकुला प्रतिकेजी रु. ७०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु. ८०, च्याउ (डल्ले) प्रतिकेजी रु. ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु. ३०, चुकुन्दर प्रतिकेजी रु. ९०, रातो बन्दा प्रतिकेजी रु. ६०, जिरीको साग प्रतिकेजी रु. ७०, ग्याठ कोबी प्रतिकेजी रु. ९०, सेलरी प्रतिकेजी रु. ४००, पार्सले प्रतिकेजी रु. ८००, सौफको साग प्रतिकेजी रु. ८०, पुदिना प्रतिकेजी रु. ४००, गान्टे मूला प्रतिकेजी रु. ८०, इमली प्रतिकेजी रु. १६०, तामा प्रतिकेजी रु. १००, तोफु प्रतिकेजी रु. १२०, गुन्द्रुक प्रतिकेजी रु. ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु. २६०, स्याउ (फूजी) प्रतिकेजी रु. ३००, केरा (दर्जन) रु. १७०, अनार प्रतिकेजी रु. ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु. २४०, अङ्गुर (कालो) प्रतिकेजी रु. ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु. १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु. १००, काँक्रो (लोकल) प्रतिकेजी रु. १६०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु. ९०, निबुवा प्रतिकेजी रु. ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु. २५०, मेवा (नेपाली) प्रतिकेजी रु. ५०, मेवा (भारतीय) प्रतिकेजी रु. १००, अम्बा प्रतिकेजी रु. १२०, लप्सी प्रतिकेजी रु. ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु. ५००, किबी प्रतिकेजी रु. २५०, आभोकाडो प्रतिकेजी रु. २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु. १२०, खुर्सानी सुकेको प्रतिकेजी .रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु. ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु. ३००, भेडे खुर्सानी प्रतिकेजी रु. ७०, लसुन हरियो प्रतिकेजी रु. १२०, हरियो धनियाँ प्रतिकेजी रु. ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु. ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु. ३००, छ्यापी सुकेको प्रतिकेजी रु. १६०, छ्यापी हरियो प्रतिकेजी रु. २५०, ताजा माछा (रहु) प्रतिकेजी रु. ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु. २६०, ताजा माछा (छडी) प्रतिकेजी रु. २६०, ताजा माछा (मुंगरी) प्रतिकेजी रु. ४५०, रुख टमाटर प्रतिकेजी २०० राजा च्याउ प्रतिकेजी रु. ३०० र सिताके च्याउ प्रतिकेजी रु. ८०० तोकेको छ ।