विकासन्युज

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गरेका थिए ।

एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आव २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडद्वारा गरिने छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।

ज्योति विकास बैंकका ग्राहकलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले र सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।  

एलआईसी नेपालको अवितिरित ५ लाख कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि करिब ५ लाख कित्ता अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको सेयर फागुन ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताहरूले एलआईसीको केन्द्रीय कायालय पुतलीसडक, विराटनगर, विरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल ल्यूव आयलले अन्य कम्पोनेन्टको व्यापार गर्ने, पुँजी वृद्धि गर्न हकप्रद सेयर

काठमाडौं । नेपाल ल्यूव आयलले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको हो । साथै कम्पनीको पुँजी वृद्धि गर्न सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हाल चुक्ता पुँजी ७ करोड २८ लाख रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले १४ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न माघ २९ गते बिहान ११ बजे ललितपुरमा विशेष साधारण सभा आह्वान गरेको छ । कमपनीको सभाले हकप्रद सेयर निष्काशन पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने विषयमा समेत छलफल गर्नेछ । कम्पनीले लुव्रिकेन्ट्स बाहेकका अन्य कम्पोनेन्टको व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्धपत्र, नियमावली, सञ्चालक समितीको सदस्य, पदाधिकारी र अधिकृत पुँजी, जारि पुँजी एवंम चुक्ता पुँजी कायम गर्नेछ ।

३ जना संस्थापकले बिक्रीमा राखे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार ३ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

कुवेती दिनारको मूल्य ४४८.६७ रुपैयाँ, यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.४४ रुपैयाँ र बिक्रीदर १४५.०७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.८० रुपैयाँ र बिक्रीदर १७२.५५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९५ रुपैयाँ र बिक्रीदर १५२.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.९५ रुपैयाँ र बिक्रीदर ९६.३७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२६ रुपैयाँ र बिक्रीदर १०२.७० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६० रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३६ रुपैयाँ र बिक्रीदर १९.४४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६८ रुपैयाँ र बिक्रीदर १७.७५ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४६.७२ रुपैयाँ र बिक्रीदर ४४८.६७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.१३ रुपैयाँ र बिक्रीदर ३६६.७२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५७.५९ रुपैयाँ र बिक्रीदर ३५९.१५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।