विकासन्युज

एनआईसी एशिया क्यापिटलले ल्यायो नेपालमै पहिलो पटक मिनी एसआईपी सुविधा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले दोस्रो खुलामुखी म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्वीटी लिङ्केड इन्भेष्टमेण्ट स्किम’ (ईएलआईएस) सञ्चालनमा ल्याउने भएको छ ।  यो स्किममा मिनिमम सिस्टमेटिक प्लान (मिनी एसआईपी) तथा सिस्टमेटिक ट्रान्सफर प्लान जस्ता विशेषताहरू समावेश गरिएको छ । जुन नेपालमै पहिलो पटक हो । यस योजनामा संकलित रकममध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये भविष्यमा राम्रो प्रतिफल दिने सम्भावना भएका कम्पनीहरू छनोट गरी लगानी गरिनेछ ।  योजनाअनुसार २० देखि ७५ प्रतिशत रकम आईपीओ जारी गरेका कम्पनी तथा सूचीकृत कम्पनीहरूमा, अधिकतम १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणमा लगानी गरिनेछ ।  साथै लगानी गर्दा कम्पनीहरूको भविष्य प्रगतिसम्बन्धी विस्तृत अध्ययन र अनुसन्धान पश्चात मात्र निर्णय गरिने जनाएको छ । यो योजना एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्न लागेको हो ।  योजनामा व्यवस्थित र नियमित लगानी गर्न इच्छुक दीर्घकालीन प्रतिफल चाहने लगानीकर्ताका लागि यो उपयुक्त विकल्पका रूपमा रहेको कम्पनीको दाबी छ । स-सानो रकम न्यून जोखिमसहित नियमित रूपमा दीर्घकालीन लगानी गर्न इच्छुक व्यक्तिहरूले भविष्यमा उचित प्रतिफलसहित ठूलो रकम संकलन गर्न सक्ने भएकाले यस प्रकारको योजना लाभदायक हुने कम्पनीको धारणा छ। स्किमका मुख्य विशेषताहरू लगानीकर्ताले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी योजनाको प्रतिफल लिन सक्ने नेपालमै पहिलो पटक मात्र ५०० रुपैयाँबाट पनि नियमित लगानी सुरु गर्न सकिने सुविधा यस योजनाबाट एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित अन्य खुलामुखी योजनामा लगानी स्थानान्तरण गर्न सकिने एकमुष्ठ रकम लगानी गरी वा संकलित रकम निश्चित समयपछि आफ्नो आवश्यकता अनुसार नियमित रूपमा निकाल्न सकिने रकम उपलब्ध भएको समयमा थप रकम लगानी गर्न सकिने संघसंस्थाले आफ्ना कर्मचारीको तलबरभत्ताबाट सोझै रकम कट्टा गरी इकाई खरिद गरिदिन सक्ने व्यवस्था अधिकांश रकम दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको गहिरो अध्ययन र अनुसन्धानपछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना अनुसार लगानी गरिने हाल सञ्चालनमा रहेका म्युचुअल फण्ड योजनाबाट नियमित रूपमा उचित प्रतिफल वितरण गर्न सफल व्यवस्थापकद्वारा सञ्चालित मुद्रा बजार उपकरण र धितोपत्र बजारमा अवसर अनुसार लगानी विभाजन गरी इकाईधनीलाई जोखिम व्यवस्थापनसहित प्रतिफल प्रदान गर्ने

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । ।       प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए ।  यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्‍याउने तयारी भइरहेको उनले बताए ।  बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको दाबी गरे । कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।        ‘बाहिरबाट भवन उभिएको देख्छौं । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौं समस्याहरू छन्,’ मन्त्री पौडेलले भने, ‘प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन ।’ बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिँदै उनले स्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गरे । उनका अनुसार अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको छ ।  

आर्थिक अपराधमा तीव्र वृद्धि, ६ हजारभन्दा बढी बैंकिङ कसुर मुद्दा

काठमाडौं । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरमा हुने गरेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैंकिङ कसुर पहिलो नम्बरमा रहेको बताए ।  बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैंकिङ कसुरका दर्ता भएको जानकारी दिए ।  गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उनका अनुसार बैंकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबरजस्तीकरणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उनले जानकारी दिए । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।  औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार यी १० प्रकारका मुख्य संख्याका अपराधहरूले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।  यस्तै, उनले काठमाडौं जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिए । काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए ।  जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यान्वयनतर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ ।  यस्तै, ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यालयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ । 

माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा साउन २८ गते, काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।  सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

याडियाको भेलक्स स्कुटरमा ४० हजारको छुट

काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘विशेष सीमित स्टक अफर’ अन्तर्गत भेलक्स इलेक्ट्रिक स्कुटरमा ४० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । यो छुटपछि २ लाख ८५ हजार रुपैयाँ पर्ने भेलक्स स्कुटर अब ग्राहकले २ लाख ४५ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर सीमित स्टकका लागि मात्र हो र स्टक सकिएपछि स्कुटर पुरानै मूल्यमा बिक्री हुनेछ । याडिया भेलक्समा ३ हजार २०० वाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १७२ एनएम टर्क उत्पन्न गर्छ । यसको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा २.१ किलोवाट आवरको लिथियम-आयोन फस्फेट ब्याट्री छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले १०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यो ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो आयु सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यसमा ग्राउन्ड क्लियरेन्स १७० एमएम, थप सुरक्षाका लागि फ्रन्ट र रियर दुवैमा सीबीएससहितको डिस्क ब्रेक, सजिलो पार्किङ र ह्यान्डलिङका लागि उपयुक्त छ । यसका साथै यसले लामो यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ ।  कम्पनीले भेलक्सको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ ।

सुजुकीको पहिलो विद्युतीय कार ‘ई-भिटारा’ सार्वजनिक हुँदै

काठमाडौं । मारुती सुजुकीको पहिलो विद्युतीय सवारीसाधन ईभी ‘ई-भिटारा’ नेपालमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले यसलाई आगामी शुक्रबार सार्वजनिक गर्न लागेको हो । यो मोडल मारुती सुजुकीले गत जनवरीमा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४’ मा पहिलो पटक प्रदर्शन गरेको थियो ।  ई-भिटारामा अत्याधुनिक एलएफपी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यो गाडी ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । फ्रन्ट–ह्विल ड्राइभ प्रणालीमा आधारित यो कार १०६ किलोवाट, १२८ किलोवाट र १३५ किलोवाटका तीन फरक मोटर विकल्पमा उपलब्ध छ । ई-भिटाराको लम्बाई ४ हजार २७५ एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६३५ एमएम रहेको छ । यसको क्याबिनमा नयाँ अपरेटिङ सिस्टमसहितको डुअल–स्क्रिन लेआउट र विस्तृत जानकारी दिने डिजिटल डायल जस्ता आधुनिक फिचरहरू छन् ।  गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ । गाडीको पछिल्लो भागमा स्प्लिट-फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट, सबै यात्रुका लागि थ्री-पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट जस्ता व्यावहारिक सुविधाहरू पनि दिइएका छन् ।  सुरक्षाका लागि यसमा अत्याधुनिक फिचरहरूको लामो सूची छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा यसमा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । जसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर रहेका छन् ।  यसका साथै गाडीमा ७ वटा एयरब्याग, ३६०-डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर र हिटेड मिरर जस्ता अन्य महत्त्वपूर्ण सुरक्षा तथा सुविधाका फिचरहरू पनि समावेश छन् ।

काठमाडौंको एभरेस्ट कलेजलाई आईएलटीएस परीक्षा सञ्चालनको अनुमति

काठमाडौं । काठमाडौंमा रहेकाे एभरेस्ट कलेजले आधिकारिक रूपमा आईएलटीएस परीक्षा सञ्चालनको अनुमति पाएको छ । २७ वर्षदेखि शिक्षण क्षेत्रमा सक्रिय रहेको एभरेस्ट कलेज अब आधिकारिक ब्रिटिश काउन्सिल आईएलटीएस परीक्षा केन्द्र बनेको हो । यस सुविधाले अन्तर्राष्ट्रिय अध्ययन र रोजगारीका अवसर खोज्ने विद्यार्थीलाई तयारीदेखि परीक्षा सम्मको सम्पूर्ण प्रक्रिया स्थानीयस्तरमै सहज र विश्वासिलो बनाउन मद्दत गर्ने कलेजको विश्वास छ । अन्तर्राष्ट्रिय आईएलटीएस तयारीमा संलग्न विद्यार्थीका लागि कलेजले थापाथलीस्थित आफ्नो क्याम्पसमा सम्पर्क गर्न आह्वान गरेको छ ।

क्लियर स्याम्पु ब्रान्ड मार्फत इङ्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो । युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ । इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।