ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिन प्रोटोन र जगदम्बा मोटर्सको लक्ष्य
काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारीसाधन भविष्यलाई लक्षित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाएका छन् । मलेसियामा विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को नेपालमा शुभारम्भ गर्दै दुवै कम्पनीले दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता स्पष्ट पारेका हुन् । जगदम्बा मोटर्स प्रोटोनको आधिकारिक वितरक हो। मलेसियाली बजारमा प्रोटोन इमास ७ ले पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ । जुलाई २०२५ सम्म यो मलेसियामा नम्बर १ इभी मोडेल बनेको छ । प्रोटोन इमास ७ सी(सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित भएको छ । समग्र रूपमा सबैभन्दा बढी बिक्री हुने इभी बनेर बजारमा अग्रणी स्थान ओगटेको हो। १४ वर्षभन्दा बढी अनुभव बोकेको जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको सफल यात्रा सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको छ । कम्पनीले ग्राहकमैत्री योजनासहित देशभर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०२५ को अन्त्यसम्म १२ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइनेछ (जसमध्ये ३ हाल सञ्चालनमा छन्) बिक्रीपछिको सेवामा कुनै कसुर बाँकी नराख्ने कम्पनीले जनाएको छ । नेपालमा यो मोडेलको आगमनसँगै प्रोटोन र जगदम्बा मोटर्सले ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिने र इलेक्ट्रिक सवारी प्रणालीलाई मुख्यधारमा ल्याउने लक्ष्य राखेका छन् ।
नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग रिलायन्सको नाफा १ अर्ब ४८ करोड
काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित निर्यात उद्योग रिलायन्स स्पिनिङ मिल्सले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ कुल नाफा कमाएको जनाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ करोड ५० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा उद्योगको कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ५ हजार रुपैयाँ कुल नाफा कमाएको उल्लेख छ । कम्पनीले गत वर्ष अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो । २०५४ सालमा स्थापित रिलायन्स मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग हालसम्म कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् । युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले स्पिनिङ मिल्ससहित विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।
नाडा अटो शोमा चांगान लुमिन सार्वजनिक, मूल्य २३ लाख रुपैयाँ
‍काठमाडौं । नेपालका लागि दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मंगलबार चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । चांगान लुमिनको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिने कम्पनीले जनाएको छ। गाडी ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् । सानो आकार हुँदाहुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिंग सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ । चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोमा एमटी- १५ भी टु र एफजेड-एस भी थ्री डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक
काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ । एमटी- १५ भी टु अब आईस स्ट्रोम र भिभिड भाओलेट मेटालिक भेरियन्ट र एफजेड-एस भी थ्री डीएलएक्स आईस फ्लुओ भर्मिलियनमा सार्वजनिक भएको हो । दुवै बाइक भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नम्बर टी डब्ल्यू वान) मा राखिएको छ । उद्घाटन कार्यक्रममा एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको थियो । सार्वजनिक भएका भेरियन्ट जुनसुकैमा पनि ७ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै मोटोजीपी रेस गर्न पनि पाइने जनाइएको छ । एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने नि:शुल्क पाइनेछ। नाडा अटो शो भदौ ८ भदौसम्म सञ्चालन हुनेछ । एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई(पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ।
नाडा अटो शोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)
काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रूपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आज १७औं ‘नाडा अटो शो’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शोमा रोबोट, उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्, जसले अवलोकनकर्ताको ध्यान खिचेको छ । यस्तै, नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी प्रदर्शनीमा छन् । अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् । अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएको छ । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ । यसका साथै अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका नाडा अटो शोले जनाएको छ । मंगलबारदेखि सुरु भएको उक्त अटो शो आगामी भदौ ८ गतेसम्म चल्नेछ ।
अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको बताए । अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्ति समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए । अदालत संविधानको व्याख्याता भएकाले अनुकुल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको जानकारी दिए । आफूले अदालतको हुर्मत लिएको नभइ अनुभव आदानप्रदान गरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री संसदबाट चुनिन्छ । कहिले कहिले अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ । प्रधानमन्त्री संसदबाटै निर्वाचित हुन्छ । कहिले कहिले त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले । किनभने संविधानको व्याख्याता हो अदालत त्यसकारण अदालतको कुर्सीमा बसेपछि व्याख्या गर्न पाइने भएको हुनाले अनुकुल व्याख्या गर्ने सुविधालाई उहाँहरुले प्रयोग गर्दा बर्खास्त वा नियुक्ति प्रधानमन्त्रीको संसदबाट नगरेको पनि हाम्रै देशको ताजै इतिहास छ ।’ प्रधानमन्त्री ओलीले आफूहरु पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रमा अघि बढिरहेको बताए ।
नाडा अटो शोमा फोटोन टुनल्यान्डका मोडल सार्वजनिक
काठमाडौं । नाडा अटो शोमा फोटोन टुनल्यान्डका विभिन्न मोडेल सार्वजनिक भएका छन् । नेपाली बजारमा फोटोन टुनल्यान्डको जी सेभेन पहिल्यै सार्वजनिक गरिएको थियो । तीन प्रमुख मोडलहरू टुनल्यान्ड भी नाइन, टुनल्यान्ड जी सेभेन र ई-टुनल्यान्ड नाडा अटो शोमा राखिएको हो । यी सबै मोडेल उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन् । हाइब्रिड पिकअप टुनल्यान्ड भी नाइन एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । ई-टुनल्यान्ड इलेक्ट्रिक पिकअप हो जसमा विभिन्न विशेषताहरू रहेका छन् । एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो । एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विभिन्न उत्पादनहरू प्रस्तुत गरेको छ ।
नाडामा इएक्स फाइभ र जेवाई एयर सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारीसाधान ब्रान्ड जीली र जुनयाओ अटोका गाडीहरू मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा सार्वजनिक भएको छ। जीलीको इएक्स फाइभ र जुनयाओ अटोको जेवाई एयर ईभी सार्वजनिक भएको हो । जीली म्याक्स र प्रो गरी दुई भर्जनमा उपलब्ध छ भने जेवाई एयर अल्ट्रा र लाइट भर्जनमा उपलब्ध छ । एलआरआर मोटर्सले जीली एक्सफाइभ र जेवाई एयर भित्र्याएको हो । दुवै गाडी आकर्षक छुटसहित आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् । नाडा अटो शोभरि जीली एक्सफाइभ म्याक्स ६४ लाख ९९ हजारमा पाइनेछ, जसको वास्तविक मूल्य ३ लाख रुपैयाँ कम हो । त्यस्तै, स्टाइलिश जीली एक्सफाइभ प्रो ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ, जबकि यसको वास्तविक मूल्य ५८ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, जेवाई एयर अल्ट्राको मूल्य नाडा अटो शोमा ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको खास मूल्य ६८ लाख रुपैयाँ रहेको छ । जेवाई एयर लाइटमात्र ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुवै मोडेल खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाख रुपैयाँ ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन १६ प्रो म्याक्स वा एक तोला सुन वा १ लाख ८० हजारसम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।