खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाटै, घरेलु कामदार खसी बोकाझै विक्री
काठमाडौं । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिद्धारा चार महिनाअघि गठित खाडी मुलुकको स्थलगत अनुगमन निरिक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उपसमितिले खाडीका मुलुुकमा घरेलु कामदारको खसी बोकाभै वित्री हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कान्तिपुर दैनिकबाट ।
राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित, नक्सापास भएपनि मापदण्डको पालना भएन
काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ। तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले ती घर मात्रै सुरक्षित ठानिएको छ। सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि भवन संहिता लागू गरेको वर्षौ बिते पनि नागरिकहरूमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतनामा भने विकास हुन सकेको छैन। भूकम्प गएपछि सरकारले भूकम्पप्रतिरोधी घर बनाउन कार्यान्वयन तहमा जोड दिए पनि र नागरिकले इन्जिनियरमार्फत नक्सा पास गर्ने गरे पनि आफूखुसी घर निर्माण गर्ने गरेको पाइएको छ। नक्सा पास गरेर घर बनाए पनि मापदण्डको पालना अझै अझै भएको छैन। नेपाल समाचारपत्र दैनिकबाट ।
सरकारले भेटेन बनाउनलायक नमुना सामुदायिक विद्यालय, छनोटमा भने २२२ वटा
काठमाडौं । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४/७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका छन् । सरकारले सात वर्षमा एक हजार नमुना विद्यालय बनाउने कार्यक्रम बनाएको छ, तर यो आर्थिक वर्षका लागि दुई सय ४० विद्यालय छनोटमा पर्न असफल भए । देशभर माध्यमिक विद्यालयको संख्या झन्डै १० हजार रहेको खबर आजको नयाँ पत्रिकामा छ । १५ लाखका दरले बजेट विनियोजन शिक्षा विभागले नमुना विद्यालयका लागि प्रतिविद्यालय १५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । विनियोजित रकम जिल्ला शिक्षा कार्यालयमा समेत पुगेको शिक्षा विभागका कार्यक्रम शाखा अधिकृत अर्जुन ढकालले बताए । अघिल्ला वर्षमा नमुनाका लागि छनोट भएका विद्यालयलाई विभागले २८ लाख ५० हजार रुपैयाँ बजेट दिएको थियो । ०७२ को भूकम्पले क्षति पुर्याएका अति प्रभावित १४ जिल्लाका १४ सहित १९ वटा सामुदायिक विद्यालय नमुनाका लागि छनोट भइसकेका छन् । गुरुयोजनाका आधारमा रकम नमुना विद्यालय निर्माणका लागि सरकारले गुरुयोजनाका आधारमा रकम उपलब्ध गराउने व्यवस्था छ । नमुना छनोट भएका विद्यालयका लागि ‘सिड मनी’ स्वरूप सरकारले प्रतिविद्यालय १५ लाखका दरले रकम विनियोजन गरी पठाएको थियो । एक सय ६५ विद्यालयलाई छुट्याएको रकम पछि थपिएका विद्यालयका लागि पनि वितरण हुँदै छ । दुई वर्षमा २२२ विद्यालय छनोट विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) ले सात वर्षको अवधिमा एक हजार नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि दुई वर्षमा दुई सय २२ वटा विद्यालय मात्र छनोट भएका छन् । शिक्षा विभागका निर्देशक दीपक शर्माका अनुसार चालू आर्थिक वर्षमा दुई सय ४० निर्वाचन क्षेत्रबाट कम्तीमा एउटा नमुना विद्यालय छनोट गर्ने लक्ष्य रहे पनि पूरा हुन सकेन । नमुना विद्यालय बनाउन छनोट मापदण्ड रहेको र सबै जिल्ला शिक्षा कार्यालयबाट सबै निर्वाचन क्षेत्र पर्ने गरी सिफारिस नआएको बताए । नयाँ पत्रिका दैनिकबाट ।
तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं सीधा उडान शुरु, हप्तामा चार दिन उडान भर्ने
काठमाडौं । तिब्बतको ल्हासास्थित तिब्बत एअरलाईन्सले साउन २४ गतेबाट चेङदु ( काठमाण्डौंको लागि सीधा नियमित उडान संचालन गरेको छ । उक्त्त एअरलाईन्सको प्रारम्भिक उडान नम्बर टीभी ९८:९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो । फर्कने उडान टीभी९९०० काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १९:२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ०० : ५० मा अवतरण हुनेछ कम्पनीले जनाएको छ । शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए(३१९ विमानबाट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीनभित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।
नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो । गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो । किन बढ्यो मूल्य कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ । कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ । बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ । नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’ कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।
चन्द्रप्रसाद ढकालले चढे रेनिगेड३०० सीसी बाइक
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेनिगेड३०० सीसी बाइक चढेका छन् । मंगलबार होटल र्याडीसनमा भएको रेनिगेड३०० सीसी बाइक लन्च कार्यक्रममा ढकालले उक्त बाइक चढेका हुन् ।
एनबीआई र एफएसएफएमबीच सम्झौता, बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा सहयोग
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र फैंकफर्ड स्कूल अफ म्यानेजमेन्ट(एफएसएफएम) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा भएको छ । सम्झौता अनुसार यी दुई संस्थाले सम्मेलन, सभा, कार्यशाला तथा शैक्षिक भ्रमण जस्ता विषयमा सहकार्य गर्ने छन् । उक्त सम्झौता पत्रमा एफएसएफएमका तर्फबाट अन्तराष्ट्रिय परामर्स सेवाका निर्देशक फतमा डिरकेस एवं एनबीआईका तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । सुब्बा नेपालका १० उच्च पदस्थ बैंकिङ्ग कर्मचारीहरुसँग एफएसएफएमका आयोजन गरिएको ‘रिस्क म्यानेजमेन्ट, गोभरनेन्स एण्ड बैंक म्यानेजमेन्ट’ विषयक कार्यशालामा सहभागी हुन फैंकफर्डमा छन् । एनबीआई र एफएसएफएमको सहकार्यले नेपाली बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहने छ । यसबाट नेपाली बैंकिङ्ग समुदायलाई युरोपका विकसित आर्थिक प्रणालीका पहँच पुग्ने छ जसबाट बैंकिङ्ग समुदायले आफ्नो मानव संसाधनको विकास र रुपान्तरणको लागि अनुभव हासिल गर्न सक्ने छन् ।
प्रभु क्यापिटलले ल्यायो मोबाइल एप्स सेवा, लागानीका बारेमा जुनसुकै जानकारी लिन सकिने
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाईल एप्स ल्याएको छ । क्यापिटलले लगानीका बारेमा छिटो तथा सरल तरीकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याएको बताएको छ । यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने क्यापिटले जनाएको छ । त्यस्तै,, आइपीओ तथा एफपीओको नतीजाका साथै सो मा परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सक्नेछन् । यसका साथै हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधा मार्फत लिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले शेयर रजिष्ट्रारको सेवा दिईरहेको कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद शेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनश शेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ । यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने क्यापिटलले बताएको छ ।