आईएमई गर्ने पर्बबहादुरले पाए ६ लाखको जीवन बीमा, ९०० जना आईएमई पे क्यासमार्फत् पुरस्कृत
काठमाडौ । यस पटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशिया स्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने आईएमईले जनाएको छ । यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको सो कम्पनीले जनाएको छ । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने छन् । आईएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्याउने सेवा दिदै आएको छ ।
मेगा बैंकको ६५ प्रतिशत हदप्रद शेयर निष्काशन
काठमाडौँ । चुक्तापुँजी बढाउन मेगा बैंकले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद निष्काशन गरिएको हो । हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको नाफाबाट वितरणयोग्य रकम समेत गरी बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।
मेलम्चीपछि याङग्री र लार्केको डिपिआर ६ महिना भित्रै, इआईए अध्ययनका लागि क्षेत्र निर्धारण हुँदै
काठमाडौं । आगामी ६ महिना भित्रै याङग्री र लार्के नदिको पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने आयोजनाको डिपिआर तयार हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले दोश्रो चरण अन्तर्गत यी दुई नदिको ३४ करोड लिटर पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने प्रक्रिया अघि बढाएको हो । हाल स्पेनको इप्टिसा कम्पनीले डिपिआर निर्माणको काम गरिरहेको छ । २५ करोड लागतमा सोही कम्पनी मार्फत डिपिआर, इआईए, एसआईए लगायतको अध्ययन हुने मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर रमाकान्त दुवाडीले बताए । समितिले याङग्री नदिसम्म ९ किलोमिटरको सुरुङ खनेर दैनिक १७ करोड लिटर र त्यसमाथी थप २ किलोमिटरको सुरुङ खनेर लार्के नदिबाट अर्काे १७ करोड लिटर पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने योजना अघि काम अघि बढाएको हो । डिपिआरमा सुरुङको निर्माणको प्राबिधिक पक्ष, लागत, प्रभावित क्षेत्र, सामाजिक तथा सांस्कृतिक प्रभाव, सुन्दरीजलमा निर्माण हुने वाटर ट्रिटमेन्ट प्लान्ट लगायतकाबारेमा विस्तृत तथ्य उजागर हुनेछ । आयोजनाले चौतारा साँगाचोक गढी नगरपालिकाको १०, ११, १२, १३ र १४ नम्बर वडा, इन्द्रावति गाउँपालिकाको ६ देखि १२ नम्बर वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको १ देखि ८ नम्बर वडा र मेलम्ची नगरपालिकाको ९ र १० नम्बर वडालाई प्रभावित क्षेत्रका रुपमा लिएको छ । हालसम्म मेलम्ची खानेपानी आयोजनाको १.७ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । डिसेम्बर महिना भित्रै सुरुङ सम्पन्न हुनेछ । त्यसको केहि समयभित्रै अन्य काम सम्पन्न गरेर उपत्यकाबासीको धारामा मेलम्चीको पानी ल्याइनेछ ।
एनएमबि बैंक र आभार फाउन्डेसनबीच लघुवित्त सेवा सम्झौता
काठमाडौं । एनएमबि बैंकले आभार फाउन्डेसनसँगकाे साझेदारीमा बिपन्न वर्गका ग्राहकलाई लक्षित गरेर लघुवित्त सेवा दिने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी. र आभार फउन्डेसनका महासचिव सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट एनएमबि आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लामा लघुवित्तीय सेवा विस्तार गर्ने छन् । ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ । बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ ।
ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गर्दै कामु कार्यकारी प्रमुखको जिम्मा दिएको बैंकका सञ्चालक सुमन पाेखरेलले जानकारी दिए । पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए । बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत बाहिरबाट नल्याई भित्रबाटै प्रमोशन गर्ने तयारी गरेको बताईएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आ.व.२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले आ.व.२०७३/७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड पुग्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने भएपछि सो रकम चुक्तपुँजी पुग्ने भएको हो । गत आवमा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । गत आवमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा गरेको थियो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको जानकारी दिएको छ । बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन तथा, ८४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको हाल १११ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
विराटनगरमा साल्ट ट्रेडिङको सुपथ मूल्यको पसल सञ्चालन
विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए । विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँ तथा नूनको मूल्य २५ रुपैयाँ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ । भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा १४ हजार ४१६ रुपैयाँ मूल्य बराबरको १८६ किलो चिनी १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस
बीमा समितिमा १६ दरबन्दी थप, अब बजार अनुगमन र नियमनको काम प्रभावकारी बनाउने
काठमाडौं । बीमा समितिमा १ जना निर्देशक र १५ जना सहायक निर्देशक गरी १६ पदका लागि दरबन्दी थपिएको छ । दरबन्दी थप गर्न समिति बीमा समितिले गरेको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृति दिएको छ । थप १६ दरबन्दी थपिएपछि बीमा समितिमा ८० जना कर्मचारी हुने भएका छन् । नयाँ दरबन्दी स्वीकृत भएकोले लोकसेवा आयोगको सहभागितामा कर्मचारी नियुक्ती प्रक्रिया अगाडि बढाउने तयारी शुरु भएको समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । नयाँ भर्ना प्रक्रिया लामो हुने भएकोले आगामी बैशाखसम्म नयाँ दरबन्दी पूर्ति हुन सक्ने समितिको अनुमान छ । त्यस्तै बीमा समितिको कर्मचारी विनियमावली पनि सञ्चालक समितिले पास गरेर स्वीकृतको लागि अर्थमन्त्रालय पठाएको छ । उक्त विनियमावली दशैंअघि नै स्वीकृत हुन सक्ने अर्थमन्त्रालय स्रोतले बतायो । त्यस्तै, बीमा समितिले करिव ७० करोड लगानीमा कुपण्डोलमा अत्याधुनिक भवन बनाउने भएको छ । नयाँ भवनको ड्रोइङ, डिजाइनिङ र कष्ट इष्टिमेट (नक्साङ्कन, डिजाईन र लागन अनुमान) लगायत काम गर्ने जिम्मेवारी समितिले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई दिएको छ । टेण्डर आह्वान गर्नुपूर्वको सबै तयारीका काम गर्न डिनको कार्यालयलाई जिम्मा दिने निर्णय भएको अध्यक्ष चापागाईले बताए । ७ तलाको भवन बनाउन उपयुक्त हुने सुझावसहित प्रारम्भिक डिजाईन आएको तर यसबारे टुङगो लाग्न केही समय लाग्ने उनले बताए । ‘बीमा समिति भित्रको काम धेरै भएका छन् । अब बीमा समितिभन्दा बाहिर गएर गर्ने कामलाई प्राथमिकता दिन्छौं’ अध्यक्ष चापागाईले बताए । अब बीमा बजारकाे अनुगमन र नियमनको काम प्रभावकारी बनाइने उनले बताए ।