बैंक तथा वित्तीय संस्थासंग जनशक्ति र सामाजिक उत्तरदायित्वमा गरेको लगानी विवरण माग्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने कुल खर्चको ३ प्रतिशत कर्मचारीको वृति विकास र १ प्रतिशत समाजिक उत्तरदाइत्वअन्र्तग सामाजिक सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न राष्ट्र बैंकले जनशक्ति विकासमा खर्च गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । कतिपय बैंक तथा वित्तीय संस्थाले निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले गत आर्थिक वर्षसम्म कर्मचारीको वृति विकास र सामाजिक काममा गरेको खर्चको विवरण दिन निर्देशन जारीको गर्न लागेको छ । बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बैंकले जनशक्ति विकास र समाजिक क्षेत्रमा गरेको लगानीको अनुगमन गर्ने बताउछन् । उनले राष्ट्र बैंकले अनुगमन गरिरहेको र आगामी दिनमा जारी राख्ने उनको भनाई छ ।
सेयर बजारमा अवसरै अवसर छ
मान्छे धनि बन्ने लालचमा महंगो ओच्छानमा निदाउन नसकि निन्द्राको गोलि खान्छन । एक लिटर दुध बेचेर दुई कप चिया खान्छ । धान खेत बेचेर चामल किन्छ । घर बेचेर गाडि किन्छ । र, भन्छ दःुख पाए । आफुलाई सर्वज्ञान सम्पन्न ठान्छ । अरुलाई अपमान गर्छ र आफुले सम्मान नपाएको गुनासो गर्छ । हो ठ्याक्कै यस्तै प्रवृतिका केही मान्छे शेयर बजारमा छन् र त शेयर बजारको महत्व छ । नत्र बालि भित्राउने बेलामा कसले किन खेत बेच्थ्यो र, स्वस्थ रहने बेलामा दुध बेचेर चिया कसले खान्थ्यो र ? अनि, यो शेयरमा फाप्दै फापेनअचाक्लि घाटा भयो भनि फलाक्दै हिन्ने को नै हुन्थ्यो र ? महोदय तिमिहरु छौ र शेयर बजारमा अवसरै अवसर छ ।
सानिमामाई हाइड्रोपावरको हकप्रद निष्कासन अाज अन्तिम दिन
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन बिहीबारदेखि बन्द हुने भएको छ । कम्पनीले ८२ मेगावाटका दुईवटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गरेको हो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।
एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि हकप्रद सेयर निष्कासन गर्दे
काठमाडौं । चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले आउदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर बिक्री गर्दे छ । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्ने छ । अब बैंकको पुँजी संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।
सिद्धार्थ इक्वीटी फन्ड असोज २५ देखि बिक्री खुला हुदै
काठमाडौं । सिद्धार्थ म्युचल फन्डले १० करोड २० लाख एकाई सिद्धार्थ इक्वीटी फन्ड बिक्री खुला गर्न लागको छ । प्रति एकाई १० रुपैयाँ दरको फन्ड आउदो असोज २५ गतेदेखि बिक्री खुला हुदैछ । कोषको प्रवद्र्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । निष्कासन बन्द छिटोमा असोज २९ र ढिलोमा कात्तिक ८ गते हुने छ । कुल १२ करोड एकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई सिद्धार्थ बैंकले राख्ने छ । दरखास्त दिन पाउने संख्या न्युनतम १ सय र बढीमा २४ लाख एकाई रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ । योजनाको अवधि बाँडफाँड गरेको १० वर्षमा हुने छ ।
राजधानीको वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तानी व्यापार मेला सुरु, फर्निचरदेखि गरगहनासम्म
काठमाडौं । राजधानीको त्रिपुरश्वरस्थित युनाइटेड वर्ड ट्रेड सेन्टरमा पाकिस्तानमा उत्पादित वस्तुहरुको व्यापार मेला सुरु भएको छ । बुधबारदेखि सुरुभएको ८ औं संस्करणको ‘मेड इन पाकिस्तान एक्सपो‘को पाकिस्तानी व्यवसायीको सहभागितामा रावलपिन्डी चेम्बर अफ कमर्शले आयोजनामा गरेको हो । एक हप्तासम्म चल्ने यो मेलामा फर्निचर, छालाजन्य वस्तु, हस्तकला सामग्री, गरगहना लगायतका पाकिस्तानी उत्पादनका सामग्रीहरु बिक्रीमा राखिएका छन् । उक्त व्यापार मेलामा पाकिस्तानका ५० जना भन्दा बढी व्यवसायीले भाग लिने आयोजकले जानकारी दिएका छन् । मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पाकिस्तानी सामग्रीमा नेपाली उपभोक्ताको निकै आकर्षित हुने गरेको बताए । उनले भने, ‘हामी नेपाली पाकिस्तान घुम्न गयौं भने साथीभाईहरुले पाकिस्तानी छालाका सामान कोसेली ल्याउन आग्रह गर्छौं । पाकिस्तानी उत्पादनसँग हाम्रो स्नेह जोडिएको छ ।‘ कार्यक्रममा सार्कका महासचिव अमजाद हुसेन बी साइलले दक्षिण एशियाली मुलूकहरुबीच सडक सञ्जालको आवश्यकता रहेको बताए । उनले भने, ‘यदी मैले अलादिनको चिराक भेटाए भने । म जिनसँग सुखसयल माग्दिन । हामी सार्क अन्तर्गका मूलुकबीच कनेक्टीभिटी होस् यही कामना गर्छु ।‘ कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझर जाभेद, पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारी, पाकिस्तान नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष हिमालय शमशेर राणा र र ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष सबिन श्रेष्ठको उपस्थिती रहेको थियो ।
बजारमा पस्यो राजश्व अनुगमन टोली, विल जारी नगर्नेमाथि कार्वाही हुने
काठमाडौं । आन्तरिक राजश्व विभागको अधिकृतको टोली बजार अनुगमन थालेको छ । टोलीले विल विजक जारी गरे नगरको छड्के जाँच गर्न थालेको छ । धेरै स्थानमा विल विजक जारी नगरको भन्ने सुचनाका आधारमा विभागले अनुगमा थालेको हो । विल विजक जारी नगर्नेलाई मूल्य अभिवृद्धि कर ऐन बमोजिम पहिलो पटक ५ हजार तत्कालै जरिवाना गर्न सक्ने र राजश्व छली भएको पाइएमा थप अनुसन्धान गरी कर निर्धारण हुने जानकारी दिएको छ । विल विजक जारी गर्न विभागले प्रत्येक बिक्रेतालाई अनुरोध समेत गरेको छ ।
माछापुच्छ्रे बैंककाे नयाँ सेयर भर्ने सुविधा, अब लाइन बस्नु नपर्ने
काठमाडाैं । माछापुच्छ्रे बैंकले बिना झण्झट लाइन नबसी सेयर भर्ने सुविधा सहितको योजना ल्याएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने र सेयर भरेको रकम खातामा रहने र ब्याज आम्दानी भइरहने बैंकले जनाएको छ । बैंकको जुनसुकै शाखाबाट निःशुल्क सेयर भर्ने सकिने, नगद कारोबार गर्नुनपर्ने, सरलकृत सेयर आवेदन फारम र डिम्याट खाता खोल्ने सुविधा रहेको बैंकले जनाएको छ ।