गरिमा विकास बैंकको ४८ औं शाखा नयाँ सडकमा, रुपन्देहीमा पनि खोल्ने तयारी
काठमाडौं । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले आफ्नो ४८ औं शाखा नयाँ सडकमा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् । बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रिय स्तरको गरिमा वकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ । बैंकले राजधानीमा पाँचशाखा सहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमाउत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ । यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।
आईएमई र वाइजम्यानद्धारा इण्डो-नेपाल रेमिटेन्स सेवा शुरु, नेपालमा पैसा पठाउन सजिलो
मुम्बई । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो-नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईबीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् । सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए’ । नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो-नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे । आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने छ । साथै, ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन/दिन यो सम्झौता महक्तपूर्ण हुने छ ।
जाँदै जाँदै अर्थ सचिवको प्रश्न-निजी क्षेत्र पारिवारवादमा फस्यो, खर्बाै पैसा कहाँ गयो ?
काठमाडौं । अर्थसचिव शान्तराज सुवेदीले नेपालको निजी क्षेत्र पारिवारवादमा फसेको आरोप लगाएका छन् । कात्तिक २ गतेबाट अनिवार्य अवकास पाउन लागेको सचिव सुवेदीले अर्थ मन्त्रालयमै पत्रकारहरुलाई बोलाएर निजी क्षेत्र पारिवारिक संकिर्णतामा फसेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको आरोप लगाएका हुन् । ‘निजी क्षेत्र पारिवारिक र संकुचित घेरामा छ, यसलाई संस्थागत, प्रतिष्पर्धी र विश्वव्यापी नबनाउँदासम्म देशको प्रगति सम्भव छैन’, सुवेदीले भने । उनले निजी क्षेत्रसँग खर्बाै पैसा रहेका दावी गरिएको तर सो अनुसार कुनै पनि क्षेत्रमा लगानी नभएको पनि आपक्ति जनाए । ‘निजी क्षेत्रसँग खर्बाै पैसा छ भनिन्छ तर त्यत्रो पैसा छ भने कहाँ गयो ?’, सुवेदीले प्रश्न गरे । उनले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माण गर्न नसकेको पनि निजी क्षेत्रको कटाक्ष गरे ।‘सिंगै देश बनाउँछौं भन्ने तर काठमाडौं–कुलेखानी–हेटौडासम्मको सुरुङ मार्ग समेत बनाउन नसक्नेले के फुर्ति लगाउनु’, सुवेदीले भने । आफ्नो कार्यकालको अन्तिम कार्यक्रममा सहभागी भएको दावी गरिरहेका सचिव सुवेदीले अब सम्पति सुद्धिकरण जटिल मुद्धा बन्दै गएको पनि बताएका थिए । कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुवेदीद्धारा लिखित नेपालको भ्याट प्रणाली सम्बन्धी पुस्तक सार्वजनिक पनि गरिएको थियो । सुवेदीले आफ्नो पीएचडीका लागि गरेको सोधपत्रका आधारमा सो पुस्तक तयार पारेका बताएका थिए । पुस्तकमा नेपालमा भ्याटको सुरुवात, कार्यान्वयनका चुनौती र उपलब्धीका बारेमा चर्चा गरिएको छ ।
निर्माण व्यवसायी शरद गौचनको गुण्डा नाईके वाहुन समूहले हत्या गरेको आशंका
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् । गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए । हत्या गर्न बाटो कुरेर बसेका एक जनाले पहिला इट्टाले गौचनको गाडीको सिसामा हानेर सिसा फुटाएपछि नजिकै रहेका अर्का ब्यक्तिले उनीमाथी २ राउण्ड गोली हानेका थिए । गुण्डा नाईके रमेश बाहुन समुहले गौचन माथि गोली प्रहार गरेको प्रहरीले अशांका गरेको छ । यद्यपी पुष्टि हुन सकेको छैन् । गुण्डा बाहुन अहिले जेलमा छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि बाहुन समुहले नै उनलाई गोली हानेको प्रारम्भीक अनुमान गरिएको छ । अपराधीको पहिचान भएको भन्दै प्रहरीले राजधानीमा सुरक्षा चेकजाँच कडा पारेको छ ।
कतार एयरवेजले ल्यायो ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ योजना, सिट बुकिंगमा ५० प्रतिशत छुट
काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ । सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास यात्रुले दूई सिट बुक गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । नयाँ योजनाले लिजर तथा विजनेश यात्रुलाई आफ्ना परिवार, मित्र लगायतसंग आफ्नो यात्रा योजना बनाउन सघाउने कम्पनीको विश्वास छ । कतार एयरवेजको बृहत्त गणतब्य सञ्जाल मध्य कुनैपनि स्थानका लागि यात्रा गर्दापनि यसको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत यात्रुले फस्र्ट वा विजनेश क्लास क्याविन्समा यात्राका लागि बुकिंग गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने एयरवेजले जनाएको छ । दूई सिट एकै पटक बुक गर्दा यात्रुका लागि छुट योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एहब अमिनले भने यो पृथक योजनाले परिवार, मित्रजन लगायतसंग छुट सहित हाम्रो बहुचर्चित पाँच तारे सेवाको उपभोग गर्दै निस, प्राग र डब्लिन जस्ता रोचक गणतब्यकमा यात्राको मज्जा लिन सक्नेछन् । अक्टोबर ९ देखि १६ भित्र बुकिंग गर्ने यात्रुले ३१ मे २०१८ सम्म यात्रा गर्दा यो योजनाको फाइदा लिन सक्नेछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष लम्बिने, ठेकेदारको लापर्बाही
काठमाडौं । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै आठ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो । हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा आठ महिनाको अवधि छ । निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । विमानस्थल निर्माणका लागि अहिले आवश्यक १० लाख घनमिटर अर्थात् झण्डै ढेड लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको भए पनि पछिल्लो समय सोही कम्पनीले प्रभावकारीरुपमा काम अघि बढाएको शर्माले बताए । “चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले समस्या आएको हो, अहिले काम राम्रो भइरहेको छ कामको कार्यशैली हेरेर बरु केही महिना समयावधि बढाएर भए पनि यही कम्पनीलाई अघि बढाउने योजनामा छौँ”, उनले भने । चिनियाँ कम्पनीले काममा ढिलाइ गरेपछि बीचमै ठेक्का तोडेर नयाँलाई दिने वा पुरानैलाई चेतावनीसहित सक्रिय गराउने भन्नेमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिनाअघि चेतावनीयुक्त निर्देशन दिँदै चिनियाँ कम्पनीलाई काम अघि बढाउन भनेको थियो । दुई महिनाको कार्यशैली हेरेर निर्णय लिने जनाएको थियो । दुई महिनाको प्रतिवेदन आइसकेको र पहिलाको भन्दा सन्तोषजनक काम गरेको पाइएकाले अहिलेकै कम्पनीलाई अघि बढाउने मनःस्थितिमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रहेको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा क्यानका महानिर्देशक सञ्जिव गौतमले भैरहवा विमानस्थलको काम पछिल्लो समय सन्तोषजनक रहेकाले अझै उसको कामको प्रगति हेरेरमात्रै निर्णयमा पुगिने बताए । समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रगति सम्बन्धमा पर्यटनमन्त्री, विभागीय प्रमुख र मातहत निकायका प्रमुखसँग छलफल गरेको हो । पर्यटनमन्त्री जितेन्द्र देवले गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक नभएको बताए । विमानस्थलको निर्माण प्रगतिबारे सरोकार भएका सबै निकायसँग चरणबद्ध गम्भीर छलफल भई नीतिगत निर्णय गरेर मन्त्रालयले दुई महिनाको कार्यप्रगति हेर्ने र सन्तोषजनक नभए अन्य विकल्पमा जाने निर्देशन दिइसकेको र उक्त अवधि पनि सकिएकाले अब समीक्षा गरी निर्णयमा पुग्ने उनको भनाइ छ । मन्त्री देवले ठेकेदार कम्पनीको लापर्बाहीले राष्ट्रिय गौरवको आयोजना नै अन्योल हुने अवस्था आएकाले अब, निर्माण कम्पनीलाई जनशक्ति तथा उपकरण बढाएर काममा तीव्रता दिन आग्रह गरिने बताए । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदारबीच भुक्तानी विवादले निर्माणमा अवरोध आएको र यसको टुंगोका लागि जनशक्ति तथा उपकरण बढाएर काम शुरु भइसकेको जानकारी दिए । चिनिया ठेकेदार कम्पनीका प्रतिनिधि जेरियनले पर्याप्त जनशक्ति र आजारका साथ काम अघि बढाइएको र विद्युत् तथा अन्य निर्माण सामग्रीको सहजता भएको खण्डमा काम प्रभावकारीरुपमा अघि बढ्ने बताए । विमानस्थल निर्माणको तीन किलोमिटर धावन मार्गमा ग्राभेल भइरहेको छ । माटो, ढुंगा र गिट्टीको सहजीकरण चुनौती बनेको आयोजनाको भनाइ छ । टर्मिनल भवनलगाय अन्य पूर्वाधारको काम धमाधम भइरहेको छ । शुरुमा २७७ र थप ५०० गरी जम्मा ७८७ बिगाहा क्षेत्रफलमा तीन किमीभन्दा लामो धावनमार्ग भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको कूल लागत छ अर्ब २२ करोड रुपैयाँ रहेको छ । विमानस्थलको मुख्य चुनौती जग्गा अधिग्रहणको मुआब्जा हो । आयोजनाका अनुसार पाँच बिगाहा जग्गाको करिब रु २३ अर्ब मुआब्जा दिनुपर्ने छ जबकि अहिले २५ करोड रुपैयाँ अर्थात् जम्मा रकमको दुई प्रतिशत मात्र मुआब्जा वितरण गरिएको छ । रुपन्देहीमा निर्माणाधीन सो विमानस्थाल निर्माणबाट ६०० घरपरिवार विस्थापित तथा दुई हजार परिवार प्रभावित भएका छन् । समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले विमानस्थल निर्माण ढिलाइबारे चासो लिँदै चाँडो निर्माणका लागि हालको ठेकेदार कम्पनीलाई नै केही समय दिएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समिति सदस्य एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, भरतबहादुर खड्का, चूडामणि जंगली, पुष्कर आचार्य, गीता वाग्ले, प्रभा बज्राचार्य, पेम्बा लामा, लालबाबु यादवलगायतले धारणा राखेका थिए ।
निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् ।
सोमबार नेप्से परिसूचक १५०१ अंकमा, ३१ करोडको सेयर कारोबार
काठमाडौं । सोमबार नेप्से परिसूचक ८ दशमलब १२ अंकले झरेर १५०१ अंकमा अडेको छ । बजार खुलेको करिब २ घन्टामा ओरालो लागेर १४९३ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा भने केही माथि उकालो लागेको छ । आइतबारको तुलनामा सोमबारको परिसूचकमा केही सुधार देखिएता पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आइतबार ४१ करोडको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ घटी हो । सोमबार सबैभन्दा बढी नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी, सिद्धार्थ चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोे छ । बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । उता सबैभन्दा बढी लक्ष्मी भ्यालू फण्ड १का लगानीकर्ताले भने करिब ४ प्रतिशत कमाएका छन् । समूहका आधारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४७ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने समान्य ४ अंकले उकालो लागेको छ ।