विकासन्युज

सेयर बजार घट्दा पनि लगानीकर्ताको आकर्षण स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउने आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् । यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ । बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।  

प्रभु लाइफद्वारा बैदेशिक रोजगार जीवन बीमाको शुरुवात

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । उक्त शाखाको उद्घाटन गर्दै प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले प्रभु लाइफले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले अब देशभरी नै आफ्नो शाखा संजाल पू¥याई जीवन बीमासँग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

तरलता अभावकाे संकेत, राष्ट्र बैंकले विकास ऋणपत्र धितोमा लिएर आईतबार बजारमा ५ अर्ब पठाउदै

काठमाडौं । केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ । राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ । “केही बैंकमा लगानीयोग्य पुँजी नै नभएको देखियो” राष्ट्र बैंक स्रोतले भन्यो “पुँजीको तत्कालिन समस्यालाई समधान गर्न बैंकसंग भएको ऋणपत्र राष्ट्र बैंकले किन्ने भएको हो ।” गत वर्ष पनि बजारमा लगानीयोग्य पुँजी नभएपछि राष्ट्र बैंकले ८ अर्ब ९४ करोड रुपैयाँको विकास ऋणपत्र सोझै खरिद गरेको थियो ।  बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ थप तरलता भएपनि केही बैंकमा अभाव देखिएको राष्ट्र बैंकको भनाई छ । बजारमा लगानीयोग्य पुँजीको अभाव हुने संकेत देखिएपछि बैंकहरुले आफुसंग भएको व्यत्तिगत तथा संस्थापक ठुलो रकम निक्षेप बाहिरन नदिन मुद्धति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । अधिकाँश बैंकको मुद्धति निक्षेपको ब्याज दर १० प्रतिशत पुगिसकेको छ । गत वर्ष लगानीयोग्य पुँजी कम हुदा बैंकले १४ प्रतिशत महंगो ब्याज दिएर उठाएको निक्षेप परिपक्व हुन लागेपछि यसलाई रोक्न ब्याज दर बढाएका हुन् ।    

बुधबारको सेयर कारोबार रद्द गर्न लगानीकर्ताको माग, आंशिक कारोबार रद्द गर्ने नेप्सेको तयारी

  काठमाडौं । बुधबार भएको नेपाल टेलिकमको सेयर कारोबार आंशिक रद्द हुने भएको छ । लगानीकर्ताले बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेर डुवाएको भन्दै उजुरी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले टेलिकमको बुधबारको कारोबार रद्ध गर्ने भएको हो । सुचना सार्वजनिक हुनुअघि भएको कारोबार रद्द हुनुपर्ने देखिएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । उनले बुधबारको आँशिक कारोबार रद्ध हुने जानकारी दिए । यता धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो । १२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

बुक क्लोजको गलत सूचनाबारे टेलिकमलाई धितोपत्र बोर्डको पत्र

काठमाडौं । बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । बोर्डले पत्र लेखेरै टेलिकमसँग स्पष्टीकरण माग्न लागेको हो । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो । १२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ८१६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएपछि बैंकको सेयर मूल्य १ हजार १७४ रुपैयाँबाट घटेर ८१६ रुपैयाँ पुगेको छ ।  

महालक्ष्मी विकास बैंकले सेयर कर्जा लिन बोलायो, ११.९९ प्रतिशतमा ३ दिनभित्र दिने

  काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ । वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा सेयर कर्जा दिने भएको छ । काम सुरु गरेको ३ दिनभित्र कर्जा पाइने महालक्ष्मीले जनाएको छ । १ वर्षका लागि बैंकले महालक्ष्मी सेयर कर्जा योजना ल्याएको हो । व्यक्ति तथा संस्थालाई कर्जा दिने बैंकले जानकारी दिएको छ । यसअघि सिभिल बैंकले १२ प्रतिशत ब्याजमा सेयरधितो कर्जा ल्याएको थियो । सानिमा बैंकले १५ प्रतिशत घटी सेयर कर्जा नदिने जानकारी दिएको छ । पछिल्लो समयमा सेयर बजार घट्न थालेपछि यसलाई बढाउन बैंकहरुले योजनाका साथ सेयर कर्जा योजना ल्याएका हुन् ।

ग्रीन डेभलपमेन्ट बैंकको ४ सय प्रतिशत हकप्रद सेयर माघ २ देखि

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि फागुन ८ गतेसम्म एक सय रुपैंयाँ मूल्यका १ः ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । पुस १६ गतेअघि सेयर खरिद गरेका लगानीकर्ताहरुले हकप्रद सेयर पाउनेछन् । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।