राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे हुने
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको हो । राष्ट्रपतिलाई प्रधानन्यायाधीसद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । रासस
दुई वर्षमा नेपाली अर्थतन्त्रको आकार ३६ खर्ब हुने, आर्थिक वृद्धिदर आशा भन्दा आधा हुने
काठमाडौं । दुई वर्षपछि नेपालको कुल ग्राहस्थ (जीडीपी) उत्पादन ३६ खर्ब १६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । मंगलबार विश्व बैंकले सार्वजनिक गरेको ‘सिस्टमेटिक कन्ट्री डाइनोस्टिक’ प्रतिवेदनमा सन् २०१७ मा २५ खर्ब ९९ अर्ब रहेको जीडीपी सन् २०१८ र २०१९ मा क्रमशः २८ खर्ब ८४ अर्ब र ३२ खर्ब ४० अर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । उक्त प्रतिवेदनमा आर्थिक वृद्धि दर सन् २०१८, १९ र २० मा क्रमशः ४.६, ४.५ र ४.२ मात्र हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले गरेको प्रक्षेपण नेपालीले गरेको अपेक्षाको झण्डै आधा मात्र हो । स्थीर सरकार बनेको, केन्द्र, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार बनेको बेलामा आर्थिक वृद्धि दुई अंकको हुने सक्ने आशा नेपालीमा पलाईरहेको बेला विश्व बैंकले आशा गरेको भन्दा आधा दरको वृद्धि हुने प्रक्षेपण गरेको छ ।
फक्सवागनले ल्यायो स्प्रिङ एक्स्चेञ्ज अफर, फ्री समानदेखि फाइनान्ससम्मकाे सुविधा
काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले स्प्रिङ एक्स्चेञ्ज अफर ल्याएको छ । सवारी साधान पारखीहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले जर्मन प्रविधिको मास्टरपिस गाडीहरु प्रस्तुत गरेकोछ । त्यस्तै कम्पीको एक्स्चेन्ज अफरअन्तर्गत फ्री सामान, नगद छुट, फाइनान्स सुविधा तथा दुई वर्षसम्मको लागि असीमित किलोमिटरको वारेन्टी लगायत उपलब्ध गराएको छ । उक्त एक्स्चेञ्ज अफर १४ मार्च (बुधबार) देखि २० मार्च सम्म संचालनमा आउने जनाइएको छ । बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आएजसरी नै ग्राहकहरुलाई खुशी प्रदान गरेर वहाँहरुलाई अनुपम अनुभूती दिलाउनको हामीले उक्त अफर ल्याएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विवेक बिजुक्छेले भने । फक्सवागनका कम्प्याक्ट, एसयुभि, साना र मझौलाखा किसिमका यात्रुवाहक कारहरु विभिन्न साइजका बजारमा उपलब्ध छन् ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । रिपोका ब्याजदर ५ प्रतिशत रहेको छ । दुई सातका लागि ल्याइएको रिपो आउदो फागुन १४ गते परिपक्व हुनेछ । केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो । ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।
जगदम्बा स्टिल्सद्धारा क्यापस टपर वस्तीलाई ५१ हजारको चेक प्रदान
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले इन्जिनियररिङ अध्ययन संस्थानका सञ्जिला वस्तीलाई ५१ हजारको चेक प्रदान गरेकाे छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो पटक इन्जिनियररिङ् अध्ययन संस्थान, थापाथली क्यापस हलमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा साे मात्राकाे चेक हस्तान्तरण गरेकाे हाे । उक्त कार्यक्रममा शंकरलाल अग्रवालले गोल्ड मेडल सहित उक्त रकमकाे चेक वस्तीलाई प्रदान गरेकाे हाे । उनी इन्जिनियररिङ् अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता प्राप्त गरि वि.सं. २०७४ सालमा क्यापस टपर हुन् ।
कर्पोरेट फुटसललाई फोर्डको प्रयोजन
काठमाडौं । चैत्र ३ गते संचालन हुन कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको लागि फोर्डले २ लाख ५० हजारको प्रायोजन गर्न लागेको हो । अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालीका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी सम्बन्ध बिस्तार गर्ने बताए । फोर्ड कर्पोरेट फुटसलमा बैंक,होटल,इन्सुरेन्स कम्पनी,हस्पिटल र रेमिटेन्स कम्पनीका बीच प्रतिस्पर्धा हुने छ । एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ ।
चैत दोस्रो साता अन्तर्राष्ट्रिय महिला उद्यमी मेला
काठमाडौं । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत ८ देखि १२ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०१८ हुने भएको छ । स्वदेशमा उत्पादन भएका वस्तु एंव हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले उक्त मेला आयोजना गर्न लागेको हो । आयोजकका अनुसार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, महिला निर्यातकर्ता साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ । मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घर बुन्नका लागि प्रयोग हुने सामाग्री, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, गरगहना लगायतका सामाग्रीहरु राखिने छन् । मेलामा स्वदेशका महिला उद्यामी लगायत बंगलादेश, भारत, थाइल्याण्ड, पाकिस्तान लगयातका महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको सय स्टल राखिने अयोजकको भनाइ छ ।
शाइन रेसुङ्गाको ३६५ दिने बैंकिङ्ग सेवा शुरु, सार्वजनिक बिदामा पनि बैंक खुल्ने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकलाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ३६५ दिन नै बैंकिङ्ग सेवाको शुरु गरेको छ । अब यस बैंकका ग्राहकहरुले सार्वजनिक बिदाको दिन समेत बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले यस बैंकको जुनसुकै शाखामा रहेको खातामा रकम जम्मा गर्न र जुनसुकै शाखा कार्यालयको खाताबाट रकम झिक्न सक्नेछन् । बैंकले पहिलो चरणमा रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क र प्यूठान जिल्लाकोे विजुवारमा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । साथै, भविष्यमा अन्य शाखा कार्यालयहरुबाट समेत यो सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने बैंकले जनाएको छ । चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको बैंकको निक्षेप परिचालन १२ अर्व ४१ करोड, कर्जा लगानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३२ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । साथै, कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा कार्यालय सञ्चालनको अन्तिम तयारी गरिरहेको बैंकले जनाएको छ ।