खुल्ला विश्वविद्यालयमा पढ्ने हो ? डिग्रीमा ४ वटा नयाँ प्राविधिक विषयको भर्ना खुल्यो
काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले स्नातकोत्तर तहका लागि नयाँ चार प्रविधिक विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ई–लर्निङ, मास्टर एन्ड ई–गर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ सुरु गर्न लागेको छ । विश्विद्यालयले नयाँ विषयका लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । यी विषयमा पढाइ सुरु गर्ने खुला विश्वविद्यालय पहिलो भएको उनले जानकारी दिए । विदेशमा भएपनि नेपालका अन्य विश्वविद्यालयमा यी विषयको पढाइ सुरु भएको छैन् । विश्वविद्यालयले स्नातकोत्तर तहका १८ महिनाका लागि भर्ना खुला गरेको छ । घरमा बसेर अध्ययन गर्ने भएकाले धेरैमा ५४ महिना र थोरैमा ३६ महिनासम्म उतिर्ण भइसक्नु पर्ने उनले बताए । अन्य विषयमा पनि मिनिमम् र म्याक्सिमम् समय राखिएको छ । नेपालमा धेरै लाइब्रेरी छन् तर तिनीहरुको व्यवस्थापन हुन नसकेको बताउदै उनले भने, “यो विषय अध्ययन गरेपछि नेपालमा लाइब्रेरी व्यवस्थापका लागि जनशक्ति उत्पादन हुने छ । “ई– लाइब्रेरी राख्ने भनिएको छ, तर यसलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति छैन त्यसैले जनशक्ति उत्पादका लागि हामीले नेपामा नयाँ विषय ल्याएको हो” शर्माले भने । परम्परागत तरिकाले पढाउने शिक्षक प्रयाप्त मात्रामा छन् तर प्राविधिक शिक्षकहरुको कमी भएको बताउदै उनले खुला विश्वविद्यालयले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन नयाँ विषयको अध्ययापन सुरु गर्न लागेको हो । एउटा कक्षामा २५ देखि ५० जनासम्म मात्र हुने छन् । सरकारले तोकेकाहरुलाई १० प्रतिशत छात्रवृत्ति पनि दिइने शर्माले जानकारी दिए । अन्य विश्वविद्यालयहरुको भन्दा कम शुल्कमा ती विश्वविद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रधान गर्ने लक्ष्य रहेको छ । यस विश्वविद्यालयमा अध्यापन गराउने शिक्षकहरुले २४ सै घन्टा गरेका प्र्रश्नहरुको उत्तर दिने छन् । सरकारले लगानी बढाउँदै गएपछि शुल्क घट्दै जाने र यो शिक्षा गुणस्तरीय र बजारमा उत्कृष्ट हुने समेत शर्माले जानकारी दिए । खुला विश्वविद्यालयमा अध्ययन गर्नेले घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने भएको छ । विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । खुला विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ ।
भारतसंगको विद्युत खरिद सम्झौता चैत १७ गतेदेखि सकिदै, नयाँ सम्झौता गर्न प्राधिकरणले थाल्यो पहल
काठमाडौं । भारतबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही चैत १७ गतेदेखि सकिदै छ । बिजुली आयातलाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरणले नयाँ सम्झौता गर्नका लागि पहल सुरु गरेको छ । बिजुली आयातको सम्झौता गर्न भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडसंग छलफल सुरु भएको प्रवत्ता प्रवल अधिकारीले बताए । निर्धारित समयमा एनभीभीएनसंग खरिद सम्झौता भई बिजुली आपूर्ति निरन्त हुने उनले जानकारी दिए । “अहिले हामीले आन्तरिक छलफल गरिरहेका छौ, छिट्टै एनभीभीएनसंग सम्झौता हुनेछ” उनले भने । पुसको दोस्रो साता विद्युत खरिद सम्झौताको म्याद सकिए पनि प्राधिकरणको अनुरोधमा एनभीभीएनले ३ महिना समय थप गरेको थियो । एनभीभीएनले मार्च ३० सम्म बिजुली दिन सहमत भएको छ ।यो बिजुली ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको छ । प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४६० मेगावाटसम्म बिजुली आयात गरेको छ । १४५ मेगावाट बाहेक अन्य बिजुली व्यापारिक दरमा प्राधिकरणले भारतबाट खरिद गर्दै आएको छ । १४५ मेगावाट सस्तो दरमा गरिद गरेको छ । कुसाह–कटैया, परवानीपुर–रक्सौल, बुटवल–आनन्दनगर र टनकपुरलगायत विभिन्न १० स्थानबाट बाँकी बिजुली आयात भइरहेको छ । हाल बिजुलीको माग १ हजार २ सय मेगावाट मात्र रहेको छ । नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग घटेको अधिकारी बताउछन् । ९९० देखि १ हजार मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । २६० मेगावाट बराबरको लोडसेडिङ भएको उनले जानकारी दिए । लोडसेडिङ साँझ ३ घण्टा उद्योगमा मात्र भइरहेको छ ।
कर्णाली प्रदेशमा फेसबुक चलाउन प्रतिबन्ध
जाजरकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने घोषणा गरेको पर्सिपल्ट सोही प्रदेशको भेरी नगरपालिकाले प्रतिवन्धको घोषणा गरेको छ । नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिए। सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ । रासस
यूएस बांग्ला विमान चालक अबिद सुल्तानकी श्रीमतीको पनि निधन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बांग्ला विमानका प्रमुख चालक अबिद सुल्तानकी श्रीमतीको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बांग्ला विमान दुर्घटनाको खबर सुन्ने वित्तिकै बिरामी भएकी अफ्साना खानमको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधन भएको अस्पतालका एक अधिकारीले बीबीसी बांग्लालाई बताएका छन्। मोहम्मद सैफुल्लाहका अनुसार दुर्घटनाको खबर लगत्तै बिरामी भएकी अफ्साना खानमको ढाकास्थित न्याशनल इन्स्टिच्युट अफ न्यूरो साइन्सेजको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। चिकित्सकहरूका अनुसार अफ्साना खानम सघन उपचार कक्षमा चिकित्सकहरूको निरीक्षणमा थिइन्। यूएस बांग्ला विमानका मुख्य चालक अबिद सुल्तानको विमान दुर्घटना भएको एक दिनपछि काठमाण्डूको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। यूएस बांग्लामा काम गर्नुअघि उनी बांग्लादेशको एअर फोर्सका विमान चालक थिए। उनीहरूको १४ वर्षको एक छोरा छन्। श्रीमानको मृत्युको खबर आएपछि अफ्साना खानमलाई मस्तिष्कघात भएको थियो। स्रोत ः बीबीसी
पाँच वर्षभित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत बन्ने
काठमाडौं । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । ‘आपसी सद्भावको पहिचान गरि सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए । मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका जानकारी दिए। उनले विमानस्थलको पुर्व तयारीको काम दुई बर्ष भित्र सुरु हुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ । बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य रहेको उनले बताए । निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिने बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय उनले जानकारी दिए। शुक्रबारदेखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।
किरण सुजद्वरा नेपाल एम्बुलेन्स सर्भिसलाई जंगल बुट हस्तान्तरण
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । शुक्रबार नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई उक्त जुत्ता हस्तान्त्रण गरेकी हुन् । कम्पनीले ४४ जोर जंगल बुट हस्तान्तरण गरेको बताएको छ । गोल्डस्टारका जंगल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी हुने कम्पनीको भनाइ छ । हस्तान्त्रणपछि किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक राणाले नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा खुसी भएको बताइन् । ‘यो एउटा सानो प्रयास हो । भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं,’ उनले भनिन्। त्यस्तै एम्बुलेन्स सर्भिसका उपाध्यक्ष आर्चायल गोल्डस्टारसँगको सहकार्यले इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई सहयोग पुग्ने बताए ।
४८ मेगावाटको खिम्ती २ आयोजना ईपीसीएफ मोडेलमा निर्माण हुने, आइतबार चिनियाँ कम्पनीसंग सम्झौता
काठमाडौं । नेपालमा पहिलो पटक इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र फाइनान्सिङ (ईपीसीएफ) खाकामा ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माण हुने भएको छ । चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र चाइना एन्ड पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि आइतबार प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (करिव ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता हुने भएको छ । इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने पिपल्सका महाप्रवन्धक जनार्दन अर्यालले जानकारी दिए । निर्धारित समयमा काम सम्पन्न हुनुका साथै जोखिम काम हुने भएकाले यो खाकामा आयोजना निर्माण हुन लागेको उनले बताए । आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँ छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने अर्यालले जानकारी दिए । आयोजनामा १० बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । बाँकी रकम प्रवद्र्धकको स्वपुँजी (इक्विटी ) र साधारण सेयर (आईपीओ) निष्कासन गरेर जुटाउने भएको छ । सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, ग्लोवल आईएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ऋण लगानी गर्ने भएका हुन् । आयोजनाबाट आउदो ६ वर्ष अर्थात ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
वाईवाई ग्लोकल टिन हिराेको आवेदन वैशाखमा खुल्ने
काठमाडौं । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रम सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन कार्यक्रम अघि बढाउन लागेको हो । ‘किशोर, किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ,’ सिजी फुड्सका सीईओ जीपी शाहले भने ‘सम्झौता अघि बढाउन हामी खुशी छौं । दिगो सम्झौता अघि बढाउने उद्देयका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ ।’ यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन बैशाख २२ मा खुल्ने बताइएको छ ।