विकासन्युज

कानून निर्माणमा सांसदहरुको भुमिका विषयक छलफल

काठमाडौ । संबिधान बमोजिम संसदबाट अब बन्ने ऐन कानून लैङ्गिक मैत्री बनाउन सांसदहरुको भुमिका महत्वपुर्ण हुने बताइएको छ । जागरण नेपालको आयोजनामा राजधानीमा भएको लैङ्गिक मैत्री संघीय कानून निर्माणमा महिला सांसदहरुको भुमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रबेश गरेकोले अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । सबिधानसभाले बनाएको संबिधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानून जनतामुखी बनाउन सबै सांसदको प्रभाबकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका हुन् । सबै खाले हिंसा र अन्याय अन्त नभए सम्म समृद्धि र बिकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका बिकृतिहरुलाई हटाएर सुखी र समृद्धि नेपाल बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा बिगतका बिकृति हटाएर सामाजिक न्याय सहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिबर्तनको प्रारम्भ आफैबाट गर्नु पर्ने आबश्यकता माथि पनि सांसदहरुले जोड दिएका छन् । संसदमा विभिन्न पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभाबकारी रहेको छ त्यत्तिकै रुपमा अब प्रभाबकारी कानून निर्माणमा पनि सबै पक्षको सहयोगी भुमिका हुनुपर्ने बताएकी छन । मन्त्री अर्यालले सांसदहरुकै सुझाबका आधारमा बर्तमान सरकारले सामाजिक न्याय सहितको नीति तथा कार्यक्रम ल्याउने र स्वास्थ्यसंग सम्बन्धित बिषयमा पनि आफुले समानता र महिलामुखी , जनमुखी भएर योजना बनाएर लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । कानुनविद् सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भुमिका कस्तो हुने र बिधेयक निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए । समानतामुखी कानुन निर्माणका लागि बिगतमा जस्तै महिलाहरुको ककस बनाउन पनि उनले सुझाब दिएका थिए । अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठूलो उपलब्धि हाँसिल भएकोले त्यसलाई अब सस्थागत गर्नुपर्ने बताएकी छन ।  

माछापुच्छ्रे बैंकको एमथ्री प्लस बजारमा, ग्राहकलाई सुविधै सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो । उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ । साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि-आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रस्तावित ९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने छ । बैंकले पेश गरेको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस बैंकको नेपालभरी जम्मा ७१शाखा रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।

सनराइज बैंकले शुरु गर्यो भाईबर सेवा, बैंकिङ्ग सेवाको सम्पूर्ण जानकारी लिन सकिने

काठमाडौं । सनराइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । बैंकले हाल ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा एटिम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

टिसीएलले ल्यायो ‘फेरी आयो, हातमा हात्ती अफर’, खरिदमा २७ हजारसम्म नगद फिर्ता

काठमाडौं । टिसीएलले यस नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा ल्याएको छ । अमेरिकामा सर्वाधिक रुचाएको ब्राण्ड टिसीएलले नेपाली बजारमा “फेरी आयो, हातमा हात्ती अफर” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत यसपाली पनि ग्राहकवर्गहरुले एलईडी टिभीको खरिदमा २७ हजार रुपैयाँसम्मकोे क्यास ब्याक पाउने छन् । साथै, उक्त मेसिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एयर कन्डिस्नरमा फ्री इन्स्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गत इओएल प्रा. लिले गर्दै आएको छ ।

नबिल फाउण्डेसनद्धारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ । कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी जेएडब्लुएस नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको छ । ती कम्प्युटरहरु शिवालय माध्यमिक विद्यालय- कुश्मा, पर्बत, बन्देवी माध्यमिक विद्यालय- चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय- पालुङटार, गोर्खा तथा जन विकास माध्यविक विद्यालयका-बेशिसहर, लम्जुङ मा बाँडिएका थिए । नबिल बैंकका बागलुङ् शाखाका शाखा प्रमुख लुजाराज भण्डारीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । यसैगरी बन्देवी माध्यविक विद्यालय- चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख  धर्मराज बंजाराले कम्प्युटरहरु हस्तान्तरण गरेका छन् । यसका साथै पालुङटार, गोर्खास्थित अमर ज्योति माध्यमिक विद्यालयमा बैकका गोर्खा शाखाका संचालन इन्चार्ज विश्वाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रकाश न्यौपानेलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गोर्खा महिला अपाङ्ग संघका अध्यक्ष, श्रीमती गीता माया श्रेष्ठको समेत उपस्थीती रहेको थियो । अन्ततः लम्जुङ स्थित जन विकाश माध्यविक विद्यालयमा नबिल बैंकका बेसिसहर शाखाका संचालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरु लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, युवराज मैनालीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । नबिल फाउण्डेसनले विद्यालय तथा छात्रछात्राका शैक्षिक बिकासमा योगदान पुर्याएकोमा चारवटै विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।

भरतपुर महानगरले बढायाे २००० प्रतिशत कर, ५ सयमा फलाम कुट्नेले अब १० हजार तिर्नुपर्ने

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार कर पु¥याएको छ । रु एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई रु २० हजार कर तोकिएको छ भने रू एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई रू २० हजार पु¥याइएको छ । पेट्रोलपम्पले अब रु २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले रू चार हजार कर तिर्दै आएको थियो । पोल्ट्रीको राजधानी मानिने यहाँ रहेका ह्याचरी उद्योगले रू छ हजारबाट रू ३० हजार कर तिर्न बाध्य भएका छन् । पेन्टस् उद्योगले रू चार हजार ५०० बाट रू ५० हजार, सिमेनमा हलले रू दुई हजारबाट २५ हजार, सिसा पसलले रू एक हजार ५०० बाट रू २० हजार कर तिर्नुपर्ने भएको छ । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए । उनको अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।” भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गरे । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् । रासस

शुक्रबारदेखि नेपाल टेलिकमका प्रीपेड ग्राहकलाई निर्ब्याजी ऋण, ब्यालेन्स नभएर फोन काटिने दिन सकिए

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि  प्रीपेड ग्राहकहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो । अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन् । शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम तय भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।