विकासन्युज

पशुपतिका मगन्तेलाई मानव सेवा आश्रममा पुनर्स्थापना

काठमाडौं । पशुपतिनाथ मन्दिर आसपास क्षेत्रलाई भिखारीमुक्तु घोषणा गरिएपछि गत मंगलवारयता झण्डै १५० मगन्तेमध्ये ८० जनाभन्दा बढीलाई मानव सेवा आश्रममा पुनर्स्थापित गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बाँकीमध्ये केहीलाई उपचार गराइ खर्च दिएर घर पठाइएको छ। मानव सेवा आश्रमले २०८२ सालसम्ममा देशका प्रमुख शहरका सडक भिखारीमुक्त गराउने लक्ष्य लिएको छ।सडक किनार, पाटीपौवा तथा खासगरी मन्दिर आसपाससहित देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।धार्मिक तथा पर्यटकीय क्षेत्रबाट उनीहरूलाई हटाएर पुनर्स्थापित गर्ने मानव सेवा आश्रमको लक्ष्य छ। पशुपति क्षेत्रबाट शुरू गरिएको उक्त अभियानबारे कोषका सदस्य सचिव प्रदीप ढकालले भने जीविकोपार्जनका लागि हात फैलाएर माग्नुपर्ने अवस्थाका व्यक्तिहरू विकल्प भएमा सम्मानित जीवन जिउन वा पुनर्स्थापित हुनका लागि तयार भएको पाइएपछि विभिन्न संघसंस्थासँग समन्वय गरी हामीले पुनर्स्थापनको प्रयास गरिरहेका छौँ। पुनर्स्थापनाका क्रममा उक्त क्षेत्रमा अधिकांशले कष्टकर जीवनयापन गरिरहेको पाइए पनि केही नक्कली रूपमा मगन्ते बनेको पाइएको कोषले जनाएको छ।विभिन्न जिल्लामा झण्डै पाँच सय जनालाई आश्रय दिएको आश्रमले उनीहरूलाई रोजगारी र सीपमूलक तालिम दिइ सामान्य जीवनमा फर्काउने योजना बनाएको छ। मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डनले भने, हामीले २०८२ सालसम्म नेपालको कुनै पनि सडकमा मागेर जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्नका लागि सरकार, प्रदेश र स्थानीय निकायहरूलाई अनुरोध गरिरहेका छौँ। त्यही अभियानअन्तर्गत आवश्यकता अनुसार आश्रम स्थापना पनि गरिरहेका छौँ। हामीले २०८२ सालसम्म नेपालको कुनै पनि सडकमा मागेर जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्नका लागि सरकार, प्रदेश र स्थानीय निकायहरूलाई अनुरोध गरिरहेका छौँ। स्रोतः बीबीसी

अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा–शेरबहादुर देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाइ समय सरकारमा बसेका कम्युष्टिहरुले नै सञ्चालन गरेको र मुलुकको वेथितिको मुख्य जिम्मेवार उनीहरुनै भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको उनले बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मुलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् । देउवाले यसअघि कांग्रेस सभापति सुशीलकोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले उक्त संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताएका थिए । देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको आरोप लगाएका छन् । ‘लामो समयपछि अघिल्लो बर्ष आर्थिक बृद्धिदर सात प्रतिशत पुगेको थियो,’ उनले भने । यो वर्ष पनि आर्थिक बृद्धिदर करिब ६ प्रतिशत छ भने कसरी अर्थतन्त्र धरासायी भयो उनले प्रश्न गरे । देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या १० लाख पुगेको, राष्ट्रिय ढुकुकटीमा १० अर्ब डलर बराबर संचिति रहेको र २ सय ५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा कसरी ढुकुटी रित्तो भयाे भन्दै उक्त अर्थमन्त्रीकाे भनाइ गैरजिम्मेवारपूर्ण रहेको सभापति देउवाकाे तर्क छ।

यातायात सिण्डिकेट हट्यो, देशभर सडक परमिट खुला

काठमाडौ । यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने बताए । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ । काठमाडौंदेखि धुलीखेलसम्मको रुटबाट तोडिएको यातायात व्यवसायीको सिण्डिकेट अब देशभरी नै तोडिएको छ । काठमाडौंदेखि धुलिखेलसम्म ७ यातायात व्यवसायी संघले ३० वटा बस सञ्चालनमा ल्याएका छन् । साझा यातायात, सिटी यातायता, मेट्रो याताया र अन्नपुर्ण यातायातले सो रुटमा २० वटा बस सञ्चालनमा ल्याएका हुन् । विभागले मयुर यातायातलाई अनुमती दिएपछि व्यवसायी र विभागबीच विवाद बढेको थियो ।

एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ । बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्पmत् सेवा प्रदान गर्दै आएको छ । बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको जनाएको छ ।

आइएमई इन्स्योरेन्स र भरपर्दो कृषक सहकारी संस्थाबीच सामुहिक दुर्घटना बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकहरुको रु. ५० हजारको औषधोपचार बीमा तथा रु. १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको जानकारी गराए । संस्था तथा संस्थासँग आवद्ध सदस्यहरुको आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने उनले विश्वास दिलाएका छन् ।  

भारत पुगेर महासंघको अध्यक्ष राणाले नेपलामा लगानी गर्न आग्रह गरिन्

काठमाडौं । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक सस्थाहरुले नया दिल्लीमा एक कार्यक्रमकाे आयोजना गरेका छ। उक्त कार्यक्रममा नेपालबाट निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् । भारतीय निजी क्षेत्रका प्रतिनिधि सस्थाहरु भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रुपमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् । कार्यक्रममा उनले नेपालमा स्थिर सरकार भएको भन्दै लगानी गर्न आग्रह गरेकी थिइन् । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालायित रहेको उनको भनाइ थियो । उनले कार्यक्रममा नेपालको पछिल्लो वदलिदो परिस्थितिको सम्बन्धमा पनि प्रकाश पारेको बताइएको छ । ‘नेपालमा लगानी गर्ने उपयुक्त समय अहिले जस्तो विगतमा कहिले थिएन,’ उनले भनिन् ‘नेपालमा सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा लगानी गर्ने उपर्युक्त समय आएको छ ।’ त्यस्तै उनले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता रहेको जनाइन् । रकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेको कारण लोडसेडी अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमता वृद्धि भएको उनले कार्यक्रममा जानकारी गराए । जसकारण हाल निकै ठुला परियोजनाहरु अगाडी बढिरहेको भन्दै आगामी दिनमा उद्योग बढ्ने उनको बुझाइ छ ।

पोखरा फाइनान्स बेंसी सहरमा

काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसी सहर बजारमा नयाँ शाखा उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।  शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायतका सेवा प्रदान गर्ने बताएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने उद्देश्यले वेंसी सहरमा शाखा खोलेको जनाएको छ । शाखाको उद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेको बैंकको भनाइ छ । बैंकको जारी पूँजी रु ७५ अर्ब ४१ करोड रहेको छ । संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड गरेको भने जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको जानकारी दिएको छ ।

हकप्रद सेयरको बाढी, ३९ कम्पनीको साढे २१ अर्बको निष्कासन, अझै साढे ९ अर्ब लाइनमा

काठमाडौं । साउनयता बैंक तथा वित्तीयलगायत विभिन्न ३९ कम्पनीले साढे २१ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा अधिकाँश बैंक तथा वित्त र बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा गरी २१ करोड ४८ लाख ९५ हजार कित्ता हकप्रद निष्कासन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गरेका हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकले साढे २ अर्ब र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्तापँुजी पुराउनु पर्ने व्यवस्था गरेपछि हकप्रद सेयर निष्कासन गरेका हुन् । स्वीकृति पाएका मध्ये अधिकाँशले हकप्रद सेयर निष्कासन गरिसकेका छन् । भरखरै स्वीकृति पाएकाले निष्कासनको तयारी गरेका छन् । अनुमति पाएका मध्ये सबैभन्दा बढी हकप्रद सेयर मेगा बैंकले निष्कासन गरेको छ । मेगाले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । यस्तै प्रभु बैंकले २ अर्ब ३५ करोड २५ लाख, सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब १९ करोड ३८ लाख र सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेका छन् । कुमारी बाहेक सबै बैंकले हकप्रद निष्कासन गरेका छन् । हकप्रद निष्कासन गरेपछि सबै बिक्री नहुदा पुनः लिलामी हुदै आएको छ । संस्थापक लगानीकर्ताले पनि हकप्रद सेयरका लागि आवेदन नदिएपछि बिक्री नभएको हो । १८ कम्पनीको ९ अर्ब ५८ करोड पाइपलाइनमा विभिन्न कम्पनीको ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने तयारीमा छन् । यसमध्ये सबै भन्दा ठुलो हकप्रद नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको छ । एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंक तथा वित्त र बीमा बाहेक अपी पावर कम्पनी लिमिटेड र श्रीराम सुगर मिल्स लिमिटेडले हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । अपीले नयाँ आयोजना बनाउन र श्रीरामले उत्पादन क्षमता बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । श्रीरामले ३ सय, एनसीसी बैंकले १०० र अपीले २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसंग अनुमति मागेका छन् । हकप्रद निष्कासन गरेका विवरण प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला