पर्यटक अझै लोभ्याउन फेवाताल परिक्रमा गर्ने २७ किलोमिटर पदमार्ग र ५ किलोमिटर साइकल मार्ग बन्ने
काठमाडौं । पोखरामा रहेको फेवाताललाई परिक्रमा गर्ने गरी २७ किलोमिटर लामो पदमार्ग र ५ किलोमिटर साइकल मार्ग निर्माण हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले पर्यटनको गन्तव्य थप गर्नका लागि पदमार्ग निर्माण गर्न लागेको हो । महानगरपालिकाका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार २७ किलोमिटर पदमार्गले पदमार्ग महानगरको जहरेबरबरदेखि कास्कीकोट, स्तुपा,छोरेपाटन हुँदै फेवाताललाई परिक्रमा गर्नेछ । त्यसैगरी फेवातालको किनारमा रहेको रानीवन मा ५ किलोमिटरको साइकलमार्ग र ५ किलोमिटरको पदमार्गको लागि डीपीर सुरु भएको छ । पहिलो प्रतिवेदनबाट साइकलमार्ग र पदमार्ग निर्माणका लागि १६ करोड लागत खर्च लाग्ने अनुमान गरिएको महानगरका प्रसासकिय अधिकृत पौडेलले जानकारी दिए । ३३ वटा वडा रहेको महानगर महानगरमा बाटोघाटो निर्माण, पदमार्ग, साइकलमार्ग, ढल कुलो निर्माण, फोहोर मैला व्यवस्थापन, धुलो नियन्त्रण, पार्क निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम भैरहेको मेयर जिसी बताए । महानगरको सडकमा कुनै खाल्डाखुल्डी परेमा २४ घण्टाभित्र पुरिने र धुलो नियन्त्रणको लागि महानगरले बिहान सडक सरसफाई गर्ने, पानी छेप्ने लगायत काम भैरहेको महानगरले जनाएको छ । यदि कुनै ठाउँको सडकमा खाल्डाखुल्डी भएको थाहा भएमा जो सुकैले महानगरलाई खबर गर्न सक्छन् । महानगरले बाटोमा छोडिएको गाइवस्तु लगायत जनावरलाई प्रतिस्थापन गरिसकेको छ । महानगरमा ६ मिटर भन्दा सागुँरोबाटोलाई मान्याता दिने छैन । निर्माण हुने बाटो पनि ६ मिटर चौडाई भन्दा घटी बनाउन पाइने छैन् । २ सय रोपनी सार्वजनिक जग्गा फिर्ता महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको छ । शहिद पार्क निर्माण महानगरको वडा नं १८ को ५८ रोपनी क्षेत्रफलमा शहिद पार्क निर्माण हुनेछ । विभिन्न राष्ट्रिय विभुतीहरुको मुर्ति र सहिदहरुको शालिक निर्माण गरिनेछ । भुगोल पार्क निर्माणका प्रमुख झपड थापाका अनुसार मुर्ति निर्माणका लागि सम्बन्धित संस्थाले जिम्मा लिनेछन । पर्कभित्र भ्युटावर बगैंचा लगायत मनोरम वातावरण बनाउने महानगरको लक्ष्य रहेको छ । महानगरले आर्थिक वर्ष २०७४ ०७५ मा ४ अर्ब तीन कराडको बजेट बिनियोजन गरेको छ । महानगरले आफ्नै आम्दानीबाट खर्च चलाउन सक्ने महानगरको प्रशासकिय अधिकृत दीर्घ नारायण पौडेलले बताउँछन् । महानगरको राजस्व जिल्ला समन्वय समितीले मालपोत रजिष्ट्रेशन शुल्क मार्फतको करिब ८५ करोड रुपैंया महानगरलाई प्रदान गरे आर्थिक लक्ष्य प्राप्त गर्ने मेयर बिसीले बताए ।
साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ रिसोर्ट बनाउदै, १ वर्षमा सञ्चालनमा ल्याउने
काठमाडौं । साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ होटल निर्माण थालेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३१ स्थित वेगनासमा ५० वेडको साँग्रीला रिसोर्टको निर्माण सुरु भएको हो । होटल आगामी १ वर्षमा सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएको साँग्रीलाले जनाएको छ । रिसोर्ट निर्माण तथा सञ्चालनबाट भौतिक, जैविक, साँस्कृतिक, सामाजिक र वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । यस्तै यसअघि सञ्चालनमा आएको साँग्रीला भिलेज रिसोर्टको पनि वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । काठमाडौंमा रहेको ५ ताँरे साँग्रीला होटलपछि सन् १९९६ मा पोखरामा साँग्रीला भिलेज रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले वेगनासमा अर्को रिसोर्ट सञ्चालनको तयारी थालेको हो । पर्यटकीय नगरी पोखरामा विदेशीको चाप बढेपछि होटल निर्माण गर्ने क्रम बढेको छ । यस्तै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ ।विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी छ । पछिल्लो समयमा होटल खोल्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको होटल क्षेत्रमा लगानी १८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको माघसम्म होटल क्षेत्रमा ९ अर्ब १४ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ लगानी गरेका छन् । राजधानीमा रहेका अपार्टमेन्ट बिक्री नभएपछि केही हाउजिङ कम्पनीले त्यसलाई होटलमा परिणत गर्न लागेका छन् । सिभिल समूहले निर्माण गरेका केही हाउजिङ योजना होटलमा परिणतको तयारी सुरु भएको छ ।
महालक्ष्मी विकास बैंकको साधारणसभा बैंशाख २१ मा, २३ करोड ७० लाख नगद लाभांश बाँड्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सञ्चालकको बैठकभक्ता र सुविधा वृद्धिको प्रस्ताव सभामा पेश हुने छ । बैंक अन्य कुनै बैंकसंग एकआपसमा गाभिने वा प्राप्तिका लागि उपर्यत बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्न सोका आधारमा सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै चलअचल सम्पत्ति दायित्व र कारोबार मूल्याँकन (डीडीए) नियुत्तः गर्न र प्राप्ती र एकआपसमा गाभिन प्रयोजनका लागि निर्णय लिन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
नागरिक लगानी कोष र पुनर्बीमा कम्पनी निक्षेप राख्न बैंक खोज्दै
काठमाडौं । दुई संस्थाले मुद्धति निक्षेपमा लगानी गर्ने वाणिज्य बैंकसंग प्रस्ताव मागेका छन् । नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफुसंग भएको वचत मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेका हुन् । लगानी कोषले न्युनतम त्रैमाशिक ब्याज भुक्तानी हुने गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा राख्ने जानकारी दिएको छ । आउदो बैशाख ५ गते निक्षेप लिनका लागि बोलपत्र बुझाउन कोषले भनेको छ । ब्याजदर न्युनतम १० प्रतिशतलाई मात्र मान्यता दिने जनाएको छ । यस्तै पुनर्बीमा कम्पनीले पनि आफुसंग भएको रकम २ वर्षका लागि मुद्धति निक्षेपमा राख्न प्रस्ताव मागेको छ । कम्पनीले बैशाखद ४ गतेसम्म प्रस्ताव बुझाउन भनेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि संस्थागत निक्षेपकर्ताबाट बैंकले १३ प्रतिशतमा निक्षेप लिएका थिए । निक्षेप महंगो भएको भन्दै बैंकले मुद्धतिमा बढीमा ११ र साधारण वचतमा ८ प्रतिशत भन्दा बढीमा निक्षेप नउठाउने आन्तरिक सहमति गरेका छन् । बैंकले सर्वसाधरणलाई बराबर ११ प्रतिशत ब्याजमा निक्षेप उठाउने भएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।
एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौतापत्र आदानप्रदान, लगानी बढ्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बनधमा कर्जा सम्झौता पत्र आदान प्रदान गरिएको छ । उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएको जनाइएको छ । दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । बैंकको अनुसार देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणलहरुले स्वदेशी बजारबाट पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न आजको आवश्यकता छ । चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा विक्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी गराएको छ । उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने । त्यस क्षेत्रमा लगानी बृद्धि हुनाले देशको आर्थिक वृद्धिमा सकरात्मक प्राभाव पर्ने बैंकले विश्वास लिएको छ । हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
कतार एयरवेले रुसको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको २५ प्रतिशत शेयर किन्दै
काठमाडौं । कतार एयरवेजले रुसको तेस्रो ठुलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको सम्भावित २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ । हस्ताक्षर समारोह बुधवार ४ अप्रिलमा दोहाको ओरिक्स रोटाना होटलमा भएको जनाइएकाे छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्डका अध्यक्ष विटली वान्ट्सेवसँगै सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । साथै उक्त कार्यक्रममा भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलका वाणिज्य उपप्रमुख एन्टन कुजनेट्सोवको पनि उपस्थिति रहेको बताइएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकेरले भनेका छन्, ‘हामी रूस र कतार राज्य बीचको सांस्कृतिक वर्ष मनाउने क्रममा, भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित २५ प्रतिशतसम्मको शेयर खरिदको लागि भएको सम्झौता घोषणा गर्न धेरै उत्साहित छौँ,’ उनले थपेका छन् ‘गत वर्षको अन्तमा सेन्ट पीटर्सबर्गसम्मको हाम्रो प्रत्यक्ष सेवा र साथै दैनिक तीन उडान सेवाको सुरूवातसँगै यस लगानीले उक्त देशसँग स्थापित भएको हाम्रो सम्बन्धलाई अझ प्रगाढ गर्ने कुरामा विश्वस्त छौँ ।’ स्काइट्रेक्सद्वारा २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित कतार राज्यको यस राष्ट्रिय विमान सेवाले २०१८/२०१९ सत्रमा लण्डन, ग्याट्विक एवं कार्डिफ, बेलायत; लिस्बन, पोर्चुगल; टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया लगायतमा नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने जानकारी गराएको छ ।
नयाँ बर्षमा मेगा बैंकको विभिन्न अफर, खाता खोल्ने ग्राहकलाई ५ लाखको बिमादेखि ११ प्रतिशत ब्याजसम्म
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ । मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवाहरु रहेका छन् । यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था समेत गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको बैंकको भनाइ छ । बैंकको अनुसार १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि सञ्चालनमा छ । ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकको भनाइ छ । ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७५ सालको क्यालेन्डर
काडमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्बधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । मंगलबार सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको जनाइएको छ । बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बीके श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिक गरेका थिए । बैंकको अनुसार संस्कृतविद सत्यमोहन जोशीले समेत क्यालेन्डर निर्माणमा सहयोग पुर्याएका थिए । हाल बैंकले आफ्नो अत्याधुनीक सेवासहित देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटीएम मेसिन र विश्वभर फैलिएर रहेका संञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।