विकासन्युज

सिजीले ग‍र्यो समिट होटलको शिलान्यास, दुई वर्षभित्रै सञ्चालनमा आउने

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहीबार शिलान्यास गरेको छ ।  काठमाडौंको ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ । सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको समिट होटलको विरासतलाई नयाँ स्वरूप दिँदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरूका साथै नेपाली मौलिकता प्रदान गर्नेछ । करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ । समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ । सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो ।  ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोर्खा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । गोर्खा त्यही स्थल हो जहाँबाट पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम रहेको बताए ।  समिट होटलले गोर्खा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वाससमेत गरिएको छ । केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो । सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ ।

उपसभामुखमा एमालेले मतदान नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ । शुक्रबार संसदमा उपसभामुखका लागि मतदानअघि प्रस्तावक र समर्थकले बोल्ने क्रम जारी छ ।  संसदमा बोल्दै एमालेका सांसद मोहम्मद इस्तियाक राईले एमालेले मतदान नगरेर तटस्थ बस्ने निर्णय गरेको बताए ।   

नयाँ वर्षदेखि साझा यातायातका बस एआई निगरानीमा, सबै गतिविधि रुमबाटै थाहा हुने

काठमाडौं । साझा यातायातले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन डिजिटल रूपान्तरणको सुरुवात गरेको छ । ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा अत्याधुनिक कृत्रिम बाैद्धिकता (एआई) प्रविधिमा आधारित कन्ट्रोल रुम स्थापना भएसँगै साझाले नयाँ फड्को मारेको हो ।  साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार यो प्रणाली अहिले परीक्षणको अन्तिम चरणमा छ र आगामी २०८३ वैशाख दोस्रो वा तेस्रो हप्ताभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ । कन्ट्रोल रुमले साझाका गाडीहरूमा जडान गरिएका सीसीटिभी क्यामेरा र जीपीएस प्रणालीलाई एउटै प्लेटफर्ममा जोड्नेछ ।  यसबाट कार्यालयबाटै गाडीभित्र र बाहिरका गतिविधिहरू लाइभ हेर्न सकिनेछ । यात्रुमाथि हुने दुर्व्यवहार रोकथाम गर्न र सामान हराएमा तत्काल ट्र्याकिङ गर्न सजिलो हुनेछ । यदि चालक निदाएमा, सवारी चलाउँदा धुम्रपान गरेमा वा असामान्य व्यवहार देखाएमा प्रणालीले तत्काल कन्ट्रोल रुममा नोटिफिकेसन पठाउनेछ । गाडीको गति, दुई गाडी बीचको दूरी र बस स्टपमा रोकिने समयको डिजिटल अनुगमन हुनेछ ।  सीईओ अर्यालले भने, ‘अब यात्रुहरू ढुक्क भएर बस चढ्न सक्नेछन्, किनभने प्रत्येक गतिविधि र प्रत्येक व्यक्तिको चलायमान अवस्था रेकर्ड र निगरानीमा रहनेछ । केवल एक क्लिकमै सबै जानकारी हेर्न सकिने यो प्रविधिले सार्वजनिक यातायातमा पारदर्शिता र सुरक्षालाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’ यात्रु र संस्थालाई हुने लाभ यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सार्वजनिक यातायातमा देखिने अव्यवस्थित प्रतिस्पर्धा र ढिलासुस्ती अन्त्य हुने अपेक्षा गरिएको छ । 

महिलालाई अपशब्द बोलेर भिडियो बनाउने राइड सेयरिङका चालक पक्राउ

काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । कुनै पनि भिडियो बनाउँदा वा प्रतिक्रिया व्यक्त गर्नुअघि अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमा आँच आउने किसिमका कार्य नगर्न पनि नेपाल प्रहरीले अनुरोध गरेको छ ।

बीमा व्यवसायको गरिमा उच्च हुनेगरी काम गर्न बीमा कम्पनीलाई सुवेदीको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै उनले बीमा सम्बन्धी ऐन, नियम र निर्देशनहरू बमोजिम बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तार, सुशासन कायम, नविनतम् प्रविधि अवलम्बन र बीमाको पहुँच विस्तारका लागि उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण सदैव तयार रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेलले पछिल्लो समयमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र बीमा क्षेत्रका अधिकाङ्श परिसूचकहरू पनि सकारात्मक रहेको जानकारी दिए । निर्देशक ढुंगेलले जोखिम व्यवस्थापनका साथसाथै ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तारलाई प्राथमिकता दिएर बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणले विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

देशभरका विमानस्थलमा स्तनपान कक्ष, प्राथमिक उपचारदेखि स्यानिटरी प्याड उपलब्ध गराउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलहरूमा स्तनपान कक्ष र प्राथमिक उपचार कक्षदेखि यात्रुलाई दिने विभिन्न सेवामा थप सुधार गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  मन्त्रालयले देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा व्यापक सुधार आवश्यक देखिएको भन्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ ।  स्तनपान तथा शिशु हेरचाह कक्षअन्तर्गत  सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकता अनुसार स्तरोन्नति गर्नुपर्ने सूचनामा उल्लेख छ ।  त्यस्तै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लगि प्राथमिक हेरचाह कक्ष बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।  त्यसैगरी, विमानस्थलमा महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन मन्त्रालयको निर्देशन छ । 

अदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने, ‘तत्काल मताधिकारसहितको अधिकार चाहियो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरूले आफूहरूलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन् ।  बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागी हुनको लागि एउटा साधारणसभामा भाग लिएको हुनुपर्ने बताएका हुन् ।  अदालतबाट हिजोमात्रै न्याय पाएका १८ वस्तुगत संघले महासंघको यसअघिको विशेष साधारण र ५९ औं वार्षिक साधारण सभामा भाग लिइसकेका छन् । साथै उनीहरूले सदस्यताका सबै दस्तुर तिरिसकेका छन् ।  अदालतले सबै सदस्यतालाई मध्यनजर गर्दै महासंघको आसन्न ६०औं वार्षिक साधारण सभामा सहभागी गराउनू भन्ने अन्तरिम आदेश जारी गरेसँगै १८ वस्तु अदालतको निर्णयअनुसार मताधिकारसहित आफूलाई चुनावी प्रक्रियामा सहभागी गराउन माग गरेका हुन् ।  यस्तो छ उनीहरूले प्रस्तुत गरेको मताधिकार प्रयोग पाउनुपर्ने आधारहरू १. हामी उल्लेखित संस्थाहरुले महासंघको सदस्यता दिने निर्णय हुनु पूर्व विभिन्न मितिमा सदस्यता प्राप्तिका लागि आवश्यक कागजात सहित निवेदन दर्ता गरिएका थियौं ।  २. मिति २०८१–११–२४ गते सदस्यता सिफारिस समितिले व्याख्याको लागि कार्यसमिति समक्ष पेश गरेको रहेछ ।  ३. मिति २०८१–११–२६ गते कार्यसमितिवाट हामीलाई विधिवत रुपमा सदस्यता प्रदान गर्ने निर्णय भएको ।  ४. सदस्यता दिने निर्णय बिरुद्द समान अधिकार र जिम्मेवारी रहेको नेपाल पोल एसोसियसनको तर्फबाट किशोर श्रेष्ठ ज्युले सम्मानित उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको ।  ५. उक्त मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने आदेश भई महासंघको मिति २०८१–१२–२८ मा सम्पन्न ५९औं साधारण सभामा सहभागी भएको ।  ६. उल्लेखित मुद्दा मिति २०८२/०९/१६ गते आदेश हुँदा महासंघले सदस्यता वितरण गर्दा तथ्य र कारण नखोली सदस्यता प्रदान गरेको देखिदा सो निर्णयलाई बदर गरि १५ दिन भित्रमा तथ्य र कारण खोली पुन निर्णय गर्नु भनि आदेश भएको ।  ७. सो उपर हामी उल्लेखित संस्थाहरु सम्मानित सर्वोच्च अदालतमा दोहोर्याई पाउँ भनि दोपा निवेदन दायर गरेको साथै महासंघ समेतले दोपा निवेदन दर्ता गरेको ।  ८. मिति २०८२–१२–०४ गते महासंघमा मुद्दाको अन्तिम किनारा नलागेसम्म वा महासंघबाट हामीलाई सहभागी हुनेगरी निर्णय नभएसम्म साधारण सभाको काम कारबाही नगर्नु हुन भनि निवेदन दर्ता गरेको ।  ९. मिति २०८२–१२–०५ गते सम्पन्न महासंघको कार्यसमितिको बैठकबाट हाम्रो सम्बन्धमा कुनै निर्णय नगरी अधिवेशन सम्बन्धि निर्णय र अधिवेशन आह्वान भएको ।  १०.  मिति २०८२–१२–२२ गते हामी मध्यका ७ वटा संस्थाहरुले हाम्रो सहभागिता बिना सम्पन्न गर्न खोजिएको साधारण सभा गैरकानुनी रहेको जिकिर गरि निशेधाज्ञा निवेदन दर्ता गरेकोमा २३ गते अन्तरकालीन अन्तरिम आदेश जारि भएको ।  ११. मिति २०८२–१२–२६ गते दोहोरो छलफल पश्चात सम्मानित अदालतबाट हाम्रो सहभागिता बिना साधारणसभा गर्नु कानुन सम्मत नदेखिएको भनि अन्तरिम आदेश जारी भइ साधारणसभा स्थगित भएको । १८ नयाँ सदस्य विवादले रोकियो महासंघको चुनाव