कुमारी बैंकको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ८३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले जारी गरेको ३५ दिने सूचनाअनुसार उक्त शेयर खरिद गर्न पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइनेछ । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

इच्छुक संस्थापक शेयरधनीले बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालस्थित नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन पुग्ने गरी पेस गर्नुपर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुनेछ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Share News