कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पाँच कार्यसूची पेश, अर्को बैठक बुधबार बिहान

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा कार्यसूची पेश गरिएका छन् । मंगलबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले ती कार्यसूची पेश गरेका हुन् । 

बैठकमा पेश गरिएका कार्यसूचीहरूमा संगठनको आगामी कार्यभार ’हामी तयार छौं’ अभियान, भोटेकोसी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधि तथा स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल समावेश छन् । 

मंगलबारको बैठकमा सभापति थापाले सम्बोधन गरेका थिए । पार्टीको अर्को बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

Share News